Posted by: ritthe September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

 


(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?


उत्तर: ठुल्दाले नेताहरुको होइन चुरोटको मात्र खिल्ली उडाउनु हुन्छ !



२) चुरोट जेठो कि ठुल्दाई जेठो?


उत्तर: हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भने जस्तै भईहाल्यो नि ! 



३) ठूल्दाईले म:म खाएको र पकाएको अनुभवलाई केलाउनुहोस र भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!


उत्तर: ठुल्दाइकै मुख बाट सुने बमोजिम ३६ बर्षे  म:म अनुभवमा कम्तिमा पनि बर्षको एउटा भैंसी जोड्ने हो भने ३६ वटा भैंसी को प्राण आहुती भएको मान्न सकिन्छ !



४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि तीण मध्ये कुनमा बढि आनन्द दियो?  क) चिया खानमा, ख) घाम ताप्नमा, ग)चिलिम तान्नमा


उत्तर: चिया सुरुप्प पार्दै चिलिम फुइ फुइ तान्नमा !


५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?


उत्तर: महेन्द्र बौचा को म:म सम्झिदै वान डे म्याच हेर्नु हुन्छ ! अरु त उपाय नै छैन? मखुला?

Read Full Discussion Thread for this article