[Show all top banners]

nepali lover
Replies to this thread:

More by nepali lover
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

nepali lover
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा भित्रको कथा
[VIEWED 4700 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-12 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 कामको    बोझले   हो  कि  मन् आज  एकदमै  भारी लागेको  थकानले   गर्दा  राम्रोसंग  सोच्न  पनि  सकेको  छैन |
 भोलिको  exam  कसरी दिने  भन्ने  सोच्दा सोच्दै  कति  बेला  घर  पुगेछु  थाहा  नै  भएन | गाडीबाट  झोला  निकाले 
अनि  रूमतिर   लागे | आज  घरमा  खाना नपाकाउनु   पर्ला  बाहिर बाट  order गर्नुपर्ला  भनेर  सोच्दै  रूमको  अघि
पुगिसकेको पनि पत्तो भएन मलाई | यसो  साचो   हालेर  खोल्न खोज्छु  ढोका   खुलाई  रहेछ | मनमा  अनेक
  शंकाउपशंका  उब्जिन  थाल्यो | बिहान  आफुले  बकाइदा लगाएर  गएको  ढोका  हो,  अनि  सधै  आफु  नै   अगाडी  घर 
आइपुग्ने   हो  कसरी खुला  भयो     ढोका   ?   ला  चोर    आएन  !!  यस्तै  कुरा  सोच्दै   ढोका खोलेको     झसङ्ग 
भए  ? एकचोटी  आखा  मिचे   पनि सपना  पो  हो  कि  भनेर  होइन  बिपनामै  रहेछु | मुख  बाट  एकरति  पनि  आवाज 
निस्केन | मनमा  अनेक  कुरा  खेल्न  थाल्यो  | आखिर  किन    ??? यस्तो   कमजोर  मान्छे    होइन  समिर  !!!
हाम्रो  प्रेरणाको  स्रोत  थियो    |

 मेरो  एकमात्र  असल  मित्र,  जसको  मित्रताले  मलाई  कहिले  नराम्रो  संगतमा  पर्नदिएन  |सधै एउटा  अविभाबकसरहको 
भूमिका  खेलेको  थियो  समिरले  मेरो  जिन्दगी  मा  ?? उमेरमा  कलिलो  भए पनि दिमाग एकदम पाको थियो | सायद
  त्यसैले होला हामी भन्दा भिन्न थियो | कहिले  हरेस  खानुहुदैन  भनेर  सम्झौथ्यो  अनि   आफुले  भोगेको   दुख  संघर्सको 
कुरा  सुनाउथियो ??? साच्चै उसको  कुरा  सुनेर  मलाई  पनि  हौसला  आउथ्यो  अनि  आट पनि  | सायद  उसैको  संगतले  गर्दा 
होला  मैले  पनि  प्रोब्लेमहरुसंग  कूल  भएर  सामना  गर्न  सिकेको  थिए  | हुन    आफ्नो  समस्या , दु:ख , बेदना  हामी  सामु
  कहिले  पनि  भन्दैन  थियो , तर  हामी  कहिलेकहिँ  सानोतिनो  कुरामा  बिचलित  भयौ  भने आफुले  गरेको  दु:ख आफुले भोगेको
पिडा सुनाउथियो  अनि  सम्झौथ्यो | अनि  मलाई   लाग्थ्यो  समिर  साच्चै नै  महान    ? आफ्नो  भन्दापनि  साथीभाईको बढी
चिन्ता  हुन्थ्यो  ? कसैलाई  हेल्प  गर्नुपर्यो,  सबैभन्दा  आगाडी  हुन्थ्यो  ?? कहिले  काही  सोध्थ्ये  उसलाई  किन  उसले  अरुको 
लागि  येती धेरै  कष्ट गर्छ  !!! ऊसले  भन्थ्यो  मैले  भोगेको  दु:खबाट  सिकेको  छु,  मान्छेलाई  दु:ख  पर्दा  कति   पिडा  हुन्छ  भनेर ,
एउटा सहारा पनि उसको लागि कति महत्तोपूर्ण हुन्छ भनेर | कहिलेकाही    मलाई  पनि  आत्मग्लानी  हुन्थ्यो,  आफुले  कहिलेकाही 
खाली  हुदा  पनि  कसैले   हेल्प  माग्यो  भने पनि    क्लासमा  छु    काममा  छु  भनेर  ढाटेकोमा ??  जे होस्  मलाई   एउटा  कुरामा 
खुशी  लाग्छ कि  लईफमा   मैले  समिरजस्तो  मिल्ने  साथी  भेटेको छु  भनेर  ? समिर  कै  संगतले  मैले  चुरोट  खान  पनि  छोडीसकेको 
थिए ?? समिरमा  एउटा  पनि  नराम्रो  बानी थिएन,  त्येसैले  होला  सायद    सबैको  प्यारो  थियो |

 

Last edited: 08-Nov-12 05:48 PM

 
Posted on 11-08-12 5:49 PM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 मलाई सधै उसको जीवनको बारेमा जान्ने कौतुहलता भने रहन्थ्यो | मैले बूज्न पनि नखोजेको चाही होइन तर पनि उसको नजिकको कोइ  पनि थिएन मैले चिनेको | उसले पनि कहिले पनि भनेन | कहिलेकहिँ जीवनको किस्सा सुनाउथियो, त्यो पनि कुनै संदर्विक प्रसङ्ग आयो भने मात्रै | सायद उसले सबै भन्दा बढी मलाई नै भनेको थियो होला तर पनि मलाई लाग्थ्यो उसको जीवनको % कुरा  पनि थाहा छैन  मलाई | मैले चाहेको भए उसको सिरानीबाट  डायरी निकालेर पनि पढ्न सक्थे | तर उसको मप्रतिको विश्वासमा आँकुर लगाउन चाहन थिए | राती कहिलेकहिँ त्यो डायरी लेख्ने गर्थ्यो | मैले एक चोटी उसलाई सोधेको पनि थिए | उसले भनेको यसमा मेरो पूरा जीवन |मलाई सधै लाग्थ्यो त्यो डायरी भित्र के के कुरा चैँ होला !!! तर कहिले सहस चैँ गरिन सिरानी गएर खोतल्न | मलाई राम्रोसंग थाहा थियो उसलाई आरुले उसको समान चलाएको मन पर्दैन भनेर !! त्यसमाथि पनि उसले माथि ठुलो गुण लगाएको तेसैले पनि उसको दोस्ती मेरो लागि अमुल्य नै थियो | उसको कुराबाट थाहा हुन्थ्यो राम्रै हुनेखाने परिवारमा हुर्केको थियो | तर कहिले पनि उसले भनेन कि उसको  कहिलेबाट कसरि त्यो दुखका दिन सुरु भयो भनेर | अड्कल पनि सक्दिन थिए किनकि जस्तो सुकै दुख भए पनि हाम्रो सामु कहिले भन्दैन थियो | जति बेला पनि प्रसन्न मुद्रामै हुन्थ्यो | जुन रात उसले डायरीमा -  पन्ना कोर्थ्यो त्यो दिन उसलाई  केहिभएको भने थाहा हुन्थ्यो मलाई | यति कुरा पत्ता लगाउन पनि मलाई महिना नै लागेको थियो | तर आज किन   ......

 

"तिमि किन ढोकामा नै उभिएर बसेको ? समिताको आवाजले झसङ्ग नै भए नि  ??

उता हेर समिर ....

  पनि अकनबक परि ....

 

                                                                                        क्रमश...................


 
Posted on 11-08-12 11:09 PM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौन के भो समिरलाइ अब.... कस्तो ठाउमा ल्याएर क्रमश टाँसेको हरे.... ल झट्ट राखुम न अर्को टुक्रा पनि......

 
Posted on 11-12-12 12:22 PM     [Snapshot: 334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

                                                                                                    part 2

 समिर couchमा लडिरहेको थियो ! हातमा Jack Daniel ठुलो बोतल थियो ! समिरको हातमा व्हिस्कीको बोतल देखेर हामी दुईजानै अच्चममा परेको थियौ | कहिले जाड ,रक्सी,चुरोट नखाने मान्छे अझ हामीलाई पनि खानु हुदैन भनेर सिकाउने मान्छे आज किन त्यत्रो jack daniel सिधाएछ ! मनमा खुल्दुली रहयो ! समिता पनि ताजुक मुद्रामा मलाई हेर्दै थिई | सायद उसले पनि कहिले पनि कल्पना गरेको थिइन होला उसले यस्तो दिन पनि देख्न पर्ला  भनेर ! हामी दुवैजना गएर समिरलाई उठाउन खोज्यौ| तर उसले यति धेरै पिएको थियो कि हामीले डेग पनि लगाउन सकेनौ | बल्ल बल्ल तानेर सोफामा उसलाई सुतायौ |

समिताले सिरानी ओछाइदिई अनि blancket ओडाइदिई  | अनि बोतल  ग्लासको ठेगान लगाउन थाली | अनि सफा सुगर त्यही त हो नि केटीको जात !!

आफ्नो भने दिमागनै घुमीसकेको थियो | भोलि जाच छ भने कुरालाई त दिमागले गोली नै मरिसकेको थियो ! दिमागमा त एउटै प्रश्न मात्र थियो | समिता kitchen मा छिरीसकेकी थिई | मलाई के के सोधैथिई याद नै भएन  !

" आकाश !!!" उसले चिचाएपछि म झसङ्ग भए |

 "समिरलाई के भएछ आज ,दिनभरि मेरो फोन पनि उठाएको थिएन ! तिमीलाई त केहि त भनेको होला नि ?"

उछच्शुखताको साथ् उसले मलाई प्रश्न गरि |

"मलाई त केहि भनेको छैन | दिउस एकैछिन् कुरा भएको थियो | त्यतिबेला त राम्रैसंग बोलेको थियो " मैले प्रतिउत्तर दिए |

"हिजो सम्म decemberमा नेपाल जाने कुराले एकदम खुसि देखिन्थ्यो तर आज के भएछ के ? " निराश भएर उ तरकारी चलाउन थाली |

म समिताको अनुहारको निराशाको रेखाहरु केलाउन थाले ! उसको अनुहार आज एकदम मलिन देखिन्थ्यो |

मैले उसको यस्तो भयवित् मुद्रा  कहिले पनि देखेको थिएन | सायद समिर प्रति उनको सान्तोना थियो त्यो !

हुन पनि किन नहोस् समिर नभईदिएको भए सायद हाम्रो मिलन हुदैन थियो होला ! मैले मेरो मनको कुरा कहिले समितालाई भन्न  सक्दिन थिए होला | समिरले मलाई ठुलो उपकार गरेको छ |

 

केटीको कुरा त पकै होइन मलाई अड्कल लगइसकेको थिए | प्राय: कोइ केटीसंग पनि बोल्दैन थियो समिर , अनि जहाँ सम्म मलाई थाहा थियो उसको कोइ girlfriend  थिएन ! केटीको कुराले यति change गर्दैन उसलाई भन्ने मलाई रामरी थाहा थियो |

प्रजिताको किस्सा सुनाई सकेको थियो मलाई | उसले खुशी दिन नसक्ने भए पछि आफैले आफ्नो मायाको गला घोटेको थियो  | उसले आफ्नो दु:खमा प्रजिता सरिफ गराएको थिएन | उसको पनि भबिस्य अन्योलगस्त भएकोले प्रजिताको जीवन पनि धरासाई हुने सोचेर आफैले छोडेको थियो | त्यसपछि अरु केटीको बारेमा कहिले सोचेको पनि थिएन | कहिलेकहिँ चाही गम्बीर भएर कुरा पनि गर्थ्यो प्रजिताको बारेमा |

आज सम्म उसले केहि कुरा पनि गलत गरेको थिएन | तर कहिले काही सोच्छु म, प्रजितालाई छोड्नु  उसको गलत निर्णय थिएन ??

 तर त्यो प्रश्न आफुभित्रै मर्थ्यो | किनकि समिर कहिले पनि pastको  कुरा गर्न रुचाउदैन थियो | प्रसङ्ग आयो भने मात्र गर्थ्यो त्यो पनि लिमिटेड कुरा |||

सधै आन्योलमै रख्दिन्थ्यो कति कुरा | यो उसको खुबी थियो या कमजोरी कहिले पत्ता लगाउन सकिन मैले |

 

समिताले खाना पनि बनाइसकिछे |

"आकाश , खाना खान आउ" उसको बोलिले मेरो धयानमग्न  एकाग्रता खलबलियो !

म जुरुक्क उठेर dining table तिर लागे |

समिता खाना पस्किदै थिई |

म चाही समिर उठाउन खोजे | तर उसले यति धेरै पिएको थियो  उसलाई मेरो बोलि र चालले केहि असर गरेन !

सायद उ भोकै थियो होला | तर उठाउनै नसके पछि मेरो के लाग्थ्यो र !!

आफुले पनि दिनभरी केहि नखाएकोले पक्कापक भात बजाउन थाले |

तर आज खानाको केहि स्वाद आएन मलाई |एउटै गास पनि मलाई टर्रो,पिरो,अमिलो,चर्को अनि गुलियो लागेको थियो आज ! जबरजस्ती दुईचार गास टिपे |

 

समिरको फोनको घन्टी बजेको बज्यै थियो | सबै call नेपालबाटै आइरहेको थियो | ६-७ चोटी लगातार बजेपछि मैले फोन उठाईदिए | थाहा छ उसलाई उसको समान चलाएको मन पर्दैन तर मेरो साथी हो आज उसलाई केहि भएको छ त्यो कुरा पत्ता लगाएर उसको घाऊमा मलम लगाउनु मेरो कर्तब्य पनि हो | सायद यो फोन बाट मलाई केहि थाहा हुन सक्थ्यो ! "मैले हेल्लो भने!"

उताबाट बुढो मान्छेको आवाज आयो " बाबु समिर ! आफुलाई सह्माल ! बिधिको बिधान हामीले कहाँ मेट्न सक्छौ र !"

मेरो ओठमुख सुक्यो |

"हजुर म समिर होइन समिरको साथी आकाश !" मैले मसिनो स्वरले उतर दिए |

"बाबु समिरलाई सम्झाउ है ! दैबको लेखालाई हामीले कहाँ मेट्न सक्छौ र ? अब हामीले यहाँ बसेर त फोन मात्रै गर्ने हो तिमीहरु राम्रोसंग सम्झाउ है | आज .......................................... "

 उताबाट बुढा बोल्दै थिए | मेरो आखाबाट बर्रर आसु झर्दै थिए |

 

                                                                    क्रमश  

Last edited: 12-Nov-12 12:23 PM

 
Posted on 11-12-12 1:06 PM     [Snapshot: 355]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 वाह नेपाली_प्रेमी !! सररर गैरहेछ कथा . म चै पढ्दै छु..... र सोच्दैछु ... समिरको मस्तिस्कका हुरी-आंधीबेहेरीको बारेमा ..........गहन चित्रण मानव स्वभावको,....... 

अरु पनि थप्नुस है ....प्रतिक्ष्या मा....
 
Posted on 11-12-12 1:41 PM     [Snapshot: 374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Bastawik hos ya kalpanik,maanai bharyera aayo. Ati saral sabda ko prayog bhayeta pani ek ek sabda ko aavas pain6. Arko bhag ko pratikchya ma.
 
Posted on 11-12-12 2:03 PM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अर्को भाग को प्रतीक्षा मा

 
Posted on 11-12-12 3:56 PM     [Snapshot: 435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 मा पनि अर्को भाग को पर्तिक्ष्या मा 
 
Posted on 11-14-12 1:49 PM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 कथा मनपरइदिनु भएकोमा सबैलाई धन्यबाद दिन चाहन्छु | यो मेरो पहिलो कथा लेखन हो | ठुल्दाई, ठाने, दीपिका दिदि  हरुका कथा पढेर मलाई पनि कथा लेख्ने प्रेरणा मिलेको हो | जति सक्दो चाडो तेस्रो भाग पनि राख्ने छु | 
 

 
Posted on 11-14-12 7:07 PM     [Snapshot: 603]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

                              खण्ड ३

 

आँसु झर्दै थिए | म आफुलाई सम्हाल्न सकेको थिइन कसरी समिर लाई सान्तोना दिन सक्थे र ! दिनु पनि कसरी आज उसले आफ्नो आमा गुमाएको छ |मैले के भनेर सम्झाउने होला | म बरन्डामा निस्किएर आफ्नो आँसु समिताबाट लुकाऊदै थिए | बूढा उता बोलिरहेका थिए | मलाई त केहि प्रश्न गर्ने सहस पनि आएन | आज मैले धेरै यथार्थ थाहा पाएको थिए समिरको जीवनको ! बूढा भन्दै थिए, "त्यति कलिलैमा बाउ गुमाएको थियो, आज आमा पनि गुमायो | सधै दुखमै मात्र बित्ने भयो यीनीहरुको जिन्दगी त ! बाउ पनि त्यति सोझा थिए, पापीहरुले  देखिसहेनन | अब यिही कहिला भाईबहिनी यहाँ कसरी बाचूँन एक्लै | अब त यिनको सहारा पनि कोइ छैनन् यहाँ त ! बल्ल दुर्गाको अनुहारमा अलि अलि खुशी देख्न पाइएको थियो, त्यो पनि धेरै दिन रहेन |”

 हिजो मात्रै दुर्गाले म कहाँ आएर, "हरिबोल बाजे ! समिरको  अब २ महिनैमा पढाई सिधिन्छ रे ! त्येसपछि त राम्रो काम पाउछ रे उतै | यो समाज अगाडी केहि गरेर देखायो  | मलाई आज एकदम खुशी लागेको छ बाजे ! अब त म आनन्द ले मर्न पाउने  भए " भन्दै थिई | कालले पनि आजै लिएर गयो | अभागी रहेछे नी कहिले पनि सुखको सास फेर्न पाईन | पहिला दाजुभाईले ठगे, पछि  यो पापी समाजले ठग्यो ,आज आएर नियतिले पनि ठग्यो | पापीहरुले त्यस्तो नगरेका भए ,त्यस्तो सुखसहेलको जिन्दगी एकै चोटीमा खरानी भयो | नारन बितेपछि धेरै दुख गरेर हुकाएकी थिई | तीन ओटा लालाबाला च्यापेर एक्लै संघर्स गरेकी थिई | बल्ल खुशीका दिन आउन लागेका थिए त्यो पनि दैबले देखिसहेनन  | दैब पनि कति निस्तुरी हुँदा रहेछन  ||

यहाँ दुईजनै रोहेर उस्तै जात्रा छ | कसैले सम्झाउनै सकेको होइन | "समिर खोइ त बाबु !"

 मुखबाट शब्द फुटेन | आखाबाट तप तप आँसुमात्र झरिरहेको थियो ! आकाश धमिलिन थालीसकेको थियो | पुर्णिमाको रात पनि किन मलाई औसीझैँ लग्न थालिसकेको थियो | " बा ! समिर त अघिनै सुतिसक्यो ! आज टाउको दुखेको छ अलि सन्चो छैन  भनेर अघिनै सुतिसक्यो " अनायाशमै के बोलेछु पत्तै भएन|

"समिर त अलि बुझकी थियो, मुटुभित्र दुख भएपनि कहिले पनि कमजोर भएन | यो दुख पनि बहन सहन गर्यो होला, येसो भाईबहिनीलाई पनि सम्झौथियो की भनेर फोन गरेको बाबु ! नत्र यिनीहरु त रोहेरै मर्ने भए "

 

सबैको अब एकमात्र विश्वासको जड भनेको समिर नै  थियो , कसरी म जाड़ खाएर बेहोस भएर ढलेको छ भन्न सक्थे र !

"हुन्छ बा ! म एकैछिनमा उठाएर फोन गर्न लगाउछु, हजुरले यहाको चिन्ता लिनुपर्दैन , हामी छौ बा ! हामी विचार गरौला नि ! बरु! भाईबहिनीलाई सम्झाउदै गर्नुस | म एकैछिनमा फोन गर्न लगाउछु " आँसुको भेल पुछ्दै बूढालाई यति भनेर फोन काटिदिए| यहाँभन्दा सुन्ने  शक्ति पनि थिएन , न त बोल्न लबज नै थिए| एकै चोटी लामो सास फेरे | भकानो फुटेर आयो | सधै भगवानले पनि किन कमजोरलाई मात्रै हेप्छन ? सायद भगवाननै छैन होला यो संसारमा ? नत्र किन सधै कमजोर मात्र पिसिन्छन ?

अनेक प्रश्नहरु मनमा अन्तरङ्ग गर्दै थिए | आँखाका बलिन्द्र आँसु रोकिएका पनि थिएनन् !

20 F को जाडोमा पनि खल्खली पसिना आउन थालिसकेको थियो| मौसमको पनि केहि फरक परिरहेको थिएन |

एक्कसी  मन गह्रुङ्गो भएर आयो  | यो घटनाले मलाई नै यति निरिह र कमजोर बनाएको थियो मैले कसरी समिरलाई सम्झाउन सक्थे र ! आँखानै तिरिमिरी हुन थालीसकेको थियो !

म सरासर बरन्डाबाट निस्किए अनि गाडीको चाबी बोकेर कोठाबाट निस्किए | समिता के गर्दै थिई पनि याद भएन मलाई | म नजिकैको Gas Station मा गएर एक बट्टा marlboro light र एउटा lighter किने | मैले चुरोट खान छोडीसकेको कुरा पनि मैले बिर्सिसकेको थिए | अनि घर फर्किएर सरासर बरन्डातिर लागे | घर फर्किदा सम्ममा मैले तीन ओटा चुरोट खाइसकेको रहेछु पतै भएन मलाई | बट्टाबाट एउटा खिल्ली निकालेर सल्काएको मात्र क थिए समिताको आवाज ले झसङ्ग भए ! "आकाश ! तिमी यहाँ पो छौ ? मैले सारा घर खोजिसके , के गरेर बसेको नी तिमी !"

"यतिकै.............." समितातिर फर्केको मात्र के थिए , मेरो मुखमा चुरोटको ठुटो देखेर उसलाई फेरी देवी चढीहाल्यो |

"तिमी आहिले सम्म पनि चुरोट खान्छौ ? हामीलाई चाही छोडे भनेर झुट बोलेको तिमीले ? तिमीले मलाई सम्म झुट बोल्छु भनेर कल्पना सम्म गरेको थिइन | तिमी कस्तो घुसघुसे रहेछौ आज बल्ल थाहा पाए ?"

सास नफेरीकन भन थाली |

"सुन न समिरको ........?" मेरो आवाज त भुइँमा पनि खस्न नदिइ फेरी उसको गन्थन सुरु भयो |

"तिमीले मलाई सम्म यस्तो धोका दिन्छौ भने मैले सोचेको पनि थिइन | तिमीहरु केटा मान्छेहरु सबै उस्तै हो |सधै विश्वासघात नै गर्छौ | तिमीलाई विश्वास गर्नुनै मेरो गल्ति थियो | bla bla bla ................" रेडियो नेपालको समाचार भन्दा तेज रफ्तारमा गाली गर्न थाली |

म उसको गाली सुनिरहे अनि कति बेला उसका कुरा सिधिन्छ र आफ्नो कुरा भनौला भनेर कुरिरहे |

१५ मिनेटपछि  बल्ल उ सान्त भइ | अझ पनि उसको नाकको टुप्पोमा मैले रिसचै देखिरहेको थिए |

"समिरको mummy बित्नु भएछ आज | उसको छिमेकी बाजेले फोन गर्नुभएको थियो | मैले समिरको फोन उठाइदिएको थिए अनि थाहा पाएको , त्यसैले समिरले आज यस्तो हालत बनाएको रहेछ .."

मैले यति मात्र के भनेको थिए समिताको आँखाबाट पनि बर्रर आँसुका धारा बग्न थाले |

मैले त्यहा भन्दा एक शब्द पनि बढी बोलीन | केटीको जात त्यही त हो नी अहिले रूहाबसी चल्न बेर लाग्दैन |

मैले समितलाई सम्झाउदै भित्र कोठामा लागे |

समिर उठछ की भनेर एक चोटी गएर घचाघचाए | तर उ बेहोससरह नै थियो |

धेरै कुरा मनमा खेल्न थाल्यो | हरिबोल बूढाले मेरो मनमा धेरै कतुहलता उब्जाईदिएका थिए |

आखिर के भएको थियो समिरको बाबालाई ? किन पापीहरुले त्यस्तो गरे भनेको होलान बूढाले ?

पापी समाज किन भनेका होलान ?? कस्तो दुख थियो त्यो ??

आदि इत्यादी प्रश्न मनमा खेल्न थालेको थियो ???

त्यहाँ भन्दा बढी मलाई प्राजितासंग बिछोड कसरी र किन भयो भन्ने जान्न मन थियो |

   समिर नै थियो त्यो जसले मलाई समितासंग बिछोडिन खोज्दा सम्झाएको थियो |

मलाई अझ पनि याद छ त्यो sentence "You will never get back true love again in your life.You have to regret your whole life for this.”                                 "

जे सुकै होस् आज समीरको डायरी पढ्ने निर्णय गरे | रिसाए पनि रिसाहोस |आखिर साथी हो मलाई पनि हक छ उसको बारेमा जान्न, अनि उसको दु:ख share गर्न | यही सोचेर म सरासर उसको बेडरूममा गए अनि सिरानी बाट उसको डायरी निकाले |

 

                                                                             क्रमश ..............  

     


 
Posted on 11-14-12 9:30 PM     [Snapshot: 644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धेरै राम्रो कथा, आखा नै रसाएर आयो !
बाकि भाग को pratiskhya मा .

 
Posted on 11-15-12 9:56 AM     [Snapshot: 700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 नेपाली_प्रेमी मित्र,   "......... यो मेरो पहिलो कथा लेखन हो | ठुल्दाई, ठाने, दीपिका दिदि  हरुका कथा पढेर मलाई पनि कथा लेख्ने प्रेरणा मिलेको हो ..."  

त्यो ठाने भनेर मलाई भन्या त हैन ..... लौनलौन पर्भु कत्रो इज्जत बक्सेको नि ठुल्दाई र दिपिका दि संगै नाम रखदेर तर मैले कहिले लेखे पर्भो म आफै ट्वाँSSSS  ... हजुरले साझाका अरु लेखकसंग मलाई झुक्किनु भयो जस्तो छ ..... म पाठक पात्र मात्र हूँ , हजुरको जस्तो सरल, मानव-भावना र परिस्थितिको बन्धन उदंग्यौने नुतन लेखाइहरुलाइ अगाडी धकेल्ने र हावा दिने मात्र हो पर्भो मेरो काम ..... अर्को भागको पर्तिक्ष्यामा .....
 
- थाने

 
Posted on 11-15-12 12:56 PM     [Snapshot: 746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माफ गर्नु होला ठाने ज्यू ! मैले दीप दाईको नाम लेख्न खोजेको हजुरको नाम लेखेछु ! हजुर साझामा जताततै छाउने भएर दिमागमा हजुर नाम आएछ !
हजुर जस्तो पाठकको पनि हौसलाको आपेक्षा राखद्छु | गल्ती सुधारदिनु भएकोमा धेरै धेरै धन्यबाद !!!

-नेपाली प्रेमी
 
Posted on 11-15-12 2:21 PM     [Snapshot: 765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 लाग्छ, दीप जी , दीपिका जी , क्रेजी जी , फुच्चे केटो , सोम्व्हेरइनद अर्थ  आदि स्थापित कथाकारहरुको सूचीमा नयाँ नाम जोडिएको छ - नेपाली लभर .
 
एक दम राम्रो, पहिलेका भागहरु भन्दा परिस्कृत लाग्यो. मन छुने  मात्र हैन मन रुने प्रस्तुती . 

 
Posted on 11-17-12 2:58 AM     [Snapshot: 955]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Cant wait for the next part...please post it soon!!! Enjoying your piece of literature!! Good job..
 
Posted on 11-19-12 10:18 PM     [Snapshot: 1211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

                                                                                खण्ड ४  

   
मनमा अन्तरद्वन्द चलिरहयो । मनले एउटा कुरा भन्थ्यो, मस्तिस्कले अर्को | डयरी पढ्नु कि नपढ्नु भयो | बिश्वास र कौतुहल्ता बिच लडाईं नै भयो । अखिर मैले एक चोटी त सोध्नु पर्थ्यो समिरलाई | उस को बिश्वास मैले तोड्नु हुन्न | सबै कुरामा हारेर पनि संसार जित्ने प्रयत्नमा लगेको एक घाइते योधा हो उ | उसको बिश्वास तोड्नु भनेको मित्रता तोड्नु सरह नै हो, दिमागले यसो भनिरहेको थियो भने मनले साथीको दु:ख बुझेर उसको घाउमा मलम लगाउनु  नै एउटा असल मित्रको कर्तब्य हो भनिरहेको थियो । “उसको लागि कही गर्न सक्थे कि ?” भन्ने त थाहा हुन्थ्यो मलाई । समिरले आजसम्म कही कुरा पनि भनेन भनेर रिस पनि उठिराखेको थियो तर समिरले आफ्नो आँसु कसैलाई पनि देखाउन चाहदैन भन्ने पनि राम्ररी थाहा थियो मलाई |

शरिरिक गृह्युद्रमा अखिरमा आएर मनले नै जित्यो | किनकी यो चोटी मसँग पर्याप्त कारण थियो उसको डायरी पढ्ने, यही सोचेरे मस्तिस्कको उतरचढाबलाई दबाए । यत्रो एक बर्ष सम्म नपढ्एको डायरी आजै किन पढे त भन्ने प्रश्नको पनि उतर थियो मसँग | धेरै मनस्पटलमा कुरा नखेलाई म सरासर डायरी बोकेर आफ्नो कोठातर्फ लगे । समिता अझ पनि सुक्क सुक्क आँसु झर्दै थिई । म उसलाई बिस्तारै सम्झाउन थाले ।

"किन समिरले हामीलाई कही पनि भन्दैन? के हामी उसको साथी होइनौ र ? यस्तो दु:ख पर्दा पनि कही भनेन, जबो एउटा text त गर्न सक्थ्यो नि । हामीले चाहिँ सानोतिनो समस्या भनेनौ भने पनि रिसाउँछ । सबैको दु:ख आफ्नो सम्झेर solve गर्न खोज्छ, तर आफ्नो दु:ख कसैलाई देखाउदैन | अरुको दु:ख बुझेर सह्योग गर्नु र आफुलाई पर्दा आफ्नालाई समस्या बताउनु नै एउटा असल साथीको परिभाषा हुन्छ । तर समिर भने............. ।“ उ आँसु पुच्छदै मनको बह पोख्दै थिई ।  उसको रिस, रग, क्रोधतामा पनि समिरप्रति भने साहनुभुती नै देखिन्थ्यो ।

थाहा छैन समिर उसले भने जस्तो साथीको परिभाषाभित्र पर्थ्यो कि पर्दैन थियो तर मेरो लागि भने समिरजस्तो असल साथी अरु कोइ पनि थिएन र सायद अरु कसैको पनि हुँदैनन होला । समिर आफैमा महान थियो | मलाई आज पनि याद छ ती दिनहरु, जब म समितालाई भर्खर-भर्खर मन पराउन थालेको थिए | भनौ न Frist Sight love नै थियो त्यो । समिरलाई मैले त्यही क्लससँगै लिएदेखि चिनेको । पढ्न्तेहरु कक्षामा सधै अगाडी बस्थे । ठुला ठुला चस्मा लगाउनेहरुको हुलमा समिर एउटा मात्र चस्मा नलगाउने थियो । हेर्दै खेर चट्ट मिलेको ज्यान, बाटुलो अनुहार, त्यो पढन्तेहरुको हुलको आपबाद नै थियो । हामी उरनथेउला केटाहरु चाहिँ पछाडी नै हुन्थयौ ।  नेपालदेखि लग्या बानी कहाँ छुट्थ्यो र यति सजिलै । फेरी केटाहरु उस्तै हुन कहाँ राम्री केटीहरु छन उतै बास हुन्थ्यो । म चाहिँ समितालाई देखे देखिनै सधै समितको side को seatमा बस्न थलेको थिए । केटाहरु चाहिँ अलि रुष्ट पनि देखिन्थे, केटा हरुसँग नबसेर केटीको sideमा गएर बस्यो भनेर । केटाहरु लाई के थाहा म उसलाई कति धेरै मन पराउछु भनेर । सोचेका होलन one night stand भनेर तर केटीहरु feeling सँग कहिले पनि खेल्नहुँदैन भन्ने मलाई राम्ररी थाहा थियो ।क्लसबहिर भने म केटाहरुसँगै हुन्थे , केटाहरुकै अखडामा बास हुन्थ्यो मेरो । क्लस सिधिएपछी त चुरोटको धुँवामै बित्थ्यो हाम्रो दिन ।

त्यति बेलासम्म त समिरसँग बोलचाल पनि हुँदैन थियो ।त्यति बेला हामी समिरलाई “google.com” भनेर बोलाउथ्यौ । क्लसमा जे सोधे पनि हात उठाएर जवाफ दिने उ नै पहिलो हुन्थ्यो । फेरी “google.com” नाम राख्ने पनि अरु कोइ नभएर म नै थिए ।अरु क्लस म ढिला गए पनि त्यो क्लसमा चाहिँ म सधै टाईमभन्दा अगाडी नै जान्थे । समिताको sideको seat अरु कसैले overtake गर्ने हो कि भनेर सधै चिन्ता हुन्थ्यो ।समिर फेरी century स्कोरर ।सधै टेस्टमा assignmentमा १००-१०० ल्याउथ्यो ।समिता केहि सिक्नु पर्यो भने समिरसँग libraryमा हुन्थी । 

मेरो पनि schedule नै चेन्ज हुन थलिसकेको थियो ।केटाहरु मस्त धुँवा उडाइरेहका हुन्थे, आफुलाई भने library जान हतार हुन्थ्यो ।केटाहरु केटी पछी लगेर यो पनि बिग्रने भयो भन्थे, तर मलाई थाहा थियो म कति धेरै मन पराउन थालेको थिए । आफुलाई भने समितालाई एक छिन देखे भने पनि मन नै आनन्द भएर आउथ्यो । तर समितको अगाडी पुगेर बोल्न पनि नखोजेको होइन तर उनको अगाडी पुगेपछी मेरो आवाजमा full stop नै लग्थ्यो । चाहेर पनि कहिले मनको कुरा उसको अगाडी राख्न सकेको थिइन ।आँट नै आउदैन्थ्यो उसको सामु गएर बोल्न ।

मलाई अब एउटा उसको साथीको साहाराको जरुरी नै थियो| मेरो कुरा उसको सामु  राख्न, तर को त कोइ पनि चिनेको थिइन मैले उसका साथीहरु । कक्षामा भएका सबै केटीसँग दोस्ती गरियो तर पनि कही काम लागेन । आखिरी option भनेको समिर नै थियो । उसँग दोस्ती गरेर नै म समिताको नजिक हुन सक्थे र मनका कुरा भन्ने बिचार गरेर समिरसँग दोस्तीको हात बढाए । अब म पनि calculus का प्रोब्लेम बोकेर समिरतर्फ धाउन थाले । उसले कही नभनि सिकाइदिन्थ्यो । सायद उसलाई मेरो सँगत मनपर्दैन थियो होला तेसैले चुप चाप सिकाइदिन्थ्यो, केहि बोल्दैन थियो । मलाई त जसरी पनि उसको मन जित्नु थियो ताकी म समिताको नजिक हुन सक्यौ । तर उसमा कही स्वार्थ थिएन । जति बेला भन्यो जे भन्यो त्यही सिकाइदिन्थ्यो । उ जाँड,रक्सी,चुरोट कही नखाने मान्छे ,अब उसलाई impress पार्न त मैले चुरोट खान भएन कलेजमा, यसो चेन्ज भएको जस्तो त देखाउन पर्यो भनेर कलेजमा चुरोट खान पनि छोडिसकेको थिए । सधै libraryमा देखिन थाले ।क्लसमा पनि सधै समिरकै sideमा बस्न थाले । केटाहरु सँगको हिमचिम पनि हटाए । केटाहरुसँग अड्डामा मात्र भेट गर्न थाले । त्यसपछी बल्ल समिर अलि अलि बोल्न थल्यो । libraryमा समितासँगै राखेर सिकाइदिन थाल्यो । बिस्तारै समिता पनि मसँग बोल्न थाली । बिस्तारै यो क्रम बढदै गयो । 

१ महिनैमा घनिष्टा निकै बढ्यो । म अब समिर अनि समिता कै groupमा रमाउन थलिसकेको थिए । निकै धेरै परिवर्तन आइसकेको थियो ममा पनि । समिरले धेरै कुरामा मलाई चेन्ज गरिसकेको थियो । मेरो सोच्ने तरिका नै फरक भैसकेको थियो । हामी कहिले दु:ख नगरेको मान्छे उसले कहिले कही आफूले गरेको दु:खको उदाहरण दिन्थ्यो । भन्थ्यो सङ्घर्ष नै जीवन हो । जीवनलाई नजिकबाट निहालेको मान्छे थियो उ। त्यसपछी  उसका सबै कुरा ठीक लग्थ्यो मलाई । म कहिले दु:ख भन्ने नदेखेको मान्छेले पनि उसको दु:ख भने मह्सुस गर्न सक्थे । ससानो किस्सा सुनाउथियो तर साह्रै मार्मिक हुन्थ्यो । जीवनप्रति धेरै सकारात्मक हुन थालीसकेको थिए । त्यसैले पहिलाका केटाहरुसँग बोल्न पनि घिर्ना लग्न थालीसकेको थियो ।कहिले काही धुँवा उडाउन चाहिँ केटाहरुकहाँ पुग्ने गर्थे । सायद जीवन बुझेर अगाडी बढनु पर्ने कुरा समय मै सिके । समिरले गर्दा म आज यहाँ छु र यो अवस्थामा छु ।समिरसँग सबै कुराहरु खुलेर गर्ने भैसकेको थिए । समितालाई मन पराउने कुरा पनि गरिसकेको थिए । समिरले पनि सहयोग गर्ने प्रतिबद्ता दिइसकेको थियो । 

एकदिन समिर र समिताले नै मलाई केटाहरुसँग चुरोट खादै गर्दा भेटेका थिए । सायद त्यो दिन होला जिन्दगीको एक मात्र दिन जुन दिन मलाई सबसे बढी आत्मग्लनी भएको थियो । समितालाई smokeको allergy छ भन्ने कुरा पहिलै थाहा भएको भए म पहिला नै नाटक नै नगरी completely छोडीदिन्थे होला चुरोट खान । आफ्नै कियाकलाप देखेर आफैलाई नराम्रो महसुस भएको थियो । त्यो दिनबाट न मैले मेरो अनुहार समिरलाई देखाउन सके न त समितालाई नै । समिरले कल गर्दा पनि उठाइन मैले । के भनेर बोल्ने भनेर मात्र डर लग्थ्यो । क्लस पनि गइन लाजले गर्दा । झुट बोल्न नहुने रहेछ, झुट बोलेकै कारणले म कोइ सँग बोल्न पनि नसक्ने भएको थिए । बनको बाघले खायोस नखायोस मन को बाघले खाइसकेको थियो मलाई ।

मायाको टुँसा नपलाउदै मैले मारदिएको भान हुन थलिसकेको थियो । बल्ल संसारमा एक्लो भएको महसुस भएको थियो । समिरले एकपल्ट भनेको थियो, जब मान्छे एक्लो हुन्छ तब उसले जीवनका सङ्घर्ष बुझ्छ । र मलाई पनि त्यस्तै भान भएको थियो । २-३ दिनसम्म पनि क्लस नगएपछि समिरले मलाई खोज्दै मेरै apartment मा आयो । शब्द मुखबाट निस्केन्न । कालो निलो भएको थिए म मानौ ठुलै अपराध गरेको जस्तो । माफी पनि के भनेर मग्नु जस्तो भइरहेको थियो । डर लागि रहेकोथियो । उसले किन क्लस न आएको भनेर सोध्यो?  मैले केहि पनि उतर दिइन । मैले निकै भाबुक भएर समिरसँग माफी मागेको थिए आफ्नो गल्तीको लागि । निकै कुराहरु सम्झएको थियो उसले मलाई त्यो दिन । “Mistake सबै बाट हुन्छ तर त्यसको मतलब त्यो गल्ती लुकाएर बसेर आफुलाई कमजोर बनाउनु त समस्याको समाधान त होईन नि? माफी माग्नु नै ठुलो कुरा हो ? At least तिमीले आफुले त realize गर्यौ नि आफ्नो mistake त्यो नै ठुलो कुरा हो । हरेक मान्छेमा केहि न केहि कमजोरी र गलत अचारण हुन्छ त्यसको मतलब सबै मान्छे नराम्रा त होईनन नि ? के गलत के सही बुझेर आफुलाई परिवर्तन गरेर लग्न सक्नु पर्छ मनिसले ? तिमी पहिला भन्दा धेरै परिवर्तन भैसकेको छौ । मनिसले एकै चोटी सबै कुराहरु त चेन्ज गर्न सक्दैन नि । अरु सबै कुरामा तिमी परिवर्तन भैसक्यौ अब चुरोट पनि चाडै नै छोड्छौ भन्ने बिश्वास छ मलाई । त्यो ठुलो कुरा होईन ।आफुलाई यस्तो कमजोर नबनाउ ?हामीलाई नराम्रो त लाग्यो त्यो दिन । तर हामीले कहिले पनि तिमीलाई त्यस्तो नराम्रो त सोचेनौ । तिमी आफैलाई नराम्रो लाग्यो नि त्यो कुराले होईन र । यहाँबाट पनि थाहा हुन्छ तिम्रो मन सफा छ भनेर।“
समीरका शब्दहरुबाट मैले यस्तो मिल्ने साथी गुमाए भन्ने भयबाट चाहिँ मुक्त भएको थिए | साच्चै समिरका ती शब्दहरुमा मेरो लागि उर्जाहरु नै थिए ।


अब मलाई समिताको मात्र डर थियो । के सोच्ने हो भनेर । “उसलाई धुँवा को allergy छ । She hates smoker. त्यही भएर पनि अलि बढी रिसएकी छे तिमीसँग भनेर समिर ले भनेपछी त दिमागको fuse नै उडेको थियो नि मेरो ।मेरो प्रेमकाहनी त सुरु नै नभइ सिध्धिन लगेको थियो ।मुटुमा कसैले जोडले हानेको महसुस भइरहेको थियो ।जती नै टेन्सन भए नि चुरोट चाही छुन पनि मन लागेन ।
समिताबाट म आफै टाढा टाढा भैरहेको थिए । म उबाट मप्रतीको घिणा देख्न चाहन्न थिए ।जती नै मुटुमा पिडा भए पनि दबाएर नै राख्थे ।यो सबै कुराहरु समिरले निकै नै याद गरेर बसेको रहेछ । मलाई समिताबाट टाढा हुन खोज्नुको कारण पनि सोधेको थियो ।त्यतिधेरै माया गर्छौ भने किन छोड्न खोज्छौ  ? उसकै लागि भनेर तिमी आज यति धेरै परिवर्तन भएका छौ ? कुनै कुरामा पनि यति चाडै हार मान्नुहुँदैन । सङ्घर्ष नै जीवन हो । आज सम्म त म सङ्घर्ष गर्दैछु, सायद कुनै दिन त त्यो सफलता पाँउछु, अनि मेरो परिवार लाई एउटा सुखद जीवन दिन सक्छु ।

तर समिरको प्रश्न को उतर म सँग थिएन । तर उसको सम्झाउने तरिकामा निकै दम थियो ।हेरक घटना लाई उसको जीवनको किस्सासँग जोडेर सम्झौथ्यो । अनि उसले भोगेको कष्ट सामु त आफ्नो त हातीको सामु कमिला जस्तो लग्थ्यो । अनि हौसला पनि आउथ्यो । बोलेको कुरा पुराउथ्यो, त्यो नै सबसे बढी मलाई मनपर्ने उसको बानी थियो । “समितालाई तिमी साँच्चै नै धेरै माया गर्छौ । छोड्नु तिम्रो ठुलो गल्ती हुनेछ । You will never get back true love again in your life.You have to regret your whole life for this. म समितासँग कुरा गरौंला” |

नभन्दै के भनेर सम्झायो थाहा छैन समिरले तर १५ दिनमा नै उसको मप्रतिको सोचाइमा परिवर्तन आइसकेको थियो । बिस्तारै हामी बिचको माया प्रगाढ हुँदै गयो । समिरले नै हाम्रो मायाको टुँसोलाई जोगाएको थियो । न त मैले समिरलाई कहिले सोधे कि समिरले कसरी सम्झयो भनेर न त समितलाई नै । जे भए पनि म खुशी थिए, समिर मेरो जिन्दगीमा त भागवान नै भएर आएको थियो ।
सधै मलाई खुशी राख्ने मान्छे दुखी भएको म कसरी हेर्न सक्थे र ? ? ?
_________________________________________________________________________


"तिमी किन टोलएर बसेको र ? के भयो तिमीलाई फेरी ? समिताको आवाजले म झसङ्ग भए ।
"बिगतका केहि कुरा याद आयो ।" मैले मसिनो स्वरले उतर दिए ।

 डायरी हातमै थियो ।
                                             क्रमश………………………… 
                              


 
Posted on 11-20-12 12:07 PM     [Snapshot: 1286]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 नेपालि-प्रेमी मित्र पढ्दै छु है......अर्को भागको प्रतिक्ष्यारत छु ...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
Returning to Nepal
TPS to GC (PERM-I140-I485) TimeLine
लिङ्ग को आकर कत्रो?
वा अमेरिका !! थू अमेरिका !! दलदल अमेरिका
coding at age of 45
How to get benefits for parents after Greencard
TPS to AOS
Check out HOW TO : workout Videos
F-UCK YOU
भिनाजुको स्वेटर
Controversial article but worth the read! Himalayan Times
Travelling via Europe
Nepali chef in London shoots for the stars
लक्ष्मण गाम्नागे- Best
Why most of the items purchased in Amazon are not authentic?
Insurance for dv lottery winner
need room in Richmond VA
Chiya pasal / cafe
TPS officially extended till Jan 4, 2021
Funny jokes
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters