खण्ड ४
मनमा अन्तरद्वन्द चलिरहयो । मनले एउटा कुरा भन्थ्यो, मस्तिस्कले अर्को | डयरी पढ्नु कि नपढ्नु भयो | बिश्वास र कौतुहल्ता बिच लडाईं नै भयो । अखिर मैले एक चोटी त सोध्नु पर्थ्यो समिरलाई | उस को बिश्वास मैले तोड्नु हुन्न | सबै कुरामा हारेर पनि संसार जित्ने प्रयत्नमा लगेको एक घाइते योधा हो उ | उसको बिश्वास तोड्नु भनेको मित्रता तोड्नु सरह नै हो, दिमागले यसो भनिरहेको थियो भने मनले साथीको दु:ख बुझेर उसको घाउमा मलम लगाउनु नै एउटा असल मित्रको कर्तब्य हो भनिरहेको थियो । “उसको लागि कही गर्न सक्थे कि ?” भन्ने त थाहा हुन्थ्यो मलाई । समिरले आजसम्म कही कुरा पनि भनेन भनेर रिस पनि उठिराखेको थियो तर समिरले आफ्नो आँसु कसैलाई पनि देखाउन चाहदैन भन्ने पनि राम्ररी थाहा थियो मलाई |
शरिरिक गृह्युद्रमा अखिरमा आएर मनले नै जित्यो | किनकी यो चोटी मसँग पर्याप्त कारण थियो उसको डायरी पढ्ने, यही सोचेरे मस्तिस्कको उतरचढाबलाई दबाए । यत्रो एक बर्ष सम्म नपढ्एको डायरी आजै किन पढे त भन्ने प्रश्नको पनि उतर थियो मसँग | धेरै मनस्पटलमा कुरा नखेलाई म सरासर डायरी बोकेर आफ्नो कोठातर्फ लगे । समिता अझ पनि सुक्क सुक्क आँसु झर्दै थिई । म उसलाई बिस्तारै सम्झाउन थाले ।
"किन समिरले हामीलाई कही पनि भन्दैन? के हामी उसको साथी होइनौ र ? यस्तो दु:ख पर्दा पनि कही भनेन, जबो एउटा text त गर्न सक्थ्यो नि । हामीले चाहिँ सानोतिनो समस्या भनेनौ भने पनि रिसाउँछ । सबैको दु:ख आफ्नो सम्झेर solve गर्न खोज्छ, तर आफ्नो दु:ख कसैलाई देखाउदैन | अरुको दु:ख बुझेर सह्योग गर्नु र आफुलाई पर्दा आफ्नालाई समस्या बताउनु नै एउटा असल साथीको परिभाषा हुन्छ । तर समिर भने............. ।“ उ आँसु पुच्छदै मनको बह पोख्दै थिई । उसको रिस, रग, क्रोधतामा पनि समिरप्रति भने साहनुभुती नै देखिन्थ्यो ।
थाहा छैन समिर उसले भने जस्तो साथीको परिभाषाभित्र पर्थ्यो कि पर्दैन थियो तर मेरो लागि भने समिरजस्तो असल साथी अरु कोइ पनि थिएन र सायद अरु कसैको पनि हुँदैनन होला । समिर आफैमा महान थियो | मलाई आज पनि याद छ ती दिनहरु, जब म समितालाई भर्खर-भर्खर मन पराउन थालेको थिए | भनौ न Frist Sight love नै थियो त्यो । समिरलाई मैले त्यही क्लससँगै लिएदेखि चिनेको । पढ्न्तेहरु कक्षामा सधै अगाडी बस्थे । ठुला ठुला चस्मा लगाउनेहरुको हुलमा समिर एउटा मात्र चस्मा नलगाउने थियो । हेर्दै खेर चट्ट मिलेको ज्यान, बाटुलो अनुहार, त्यो पढन्तेहरुको हुलको आपबाद नै थियो । हामी उरनथेउला केटाहरु चाहिँ पछाडी नै हुन्थयौ । नेपालदेखि लग्या बानी कहाँ छुट्थ्यो र यति सजिलै । फेरी केटाहरु उस्तै हुन कहाँ राम्री केटीहरु छन उतै बास हुन्थ्यो । म चाहिँ समितालाई देखे देखिनै सधै समितको side को seatमा बस्न थलेको थिए । केटाहरु चाहिँ अलि रुष्ट पनि देखिन्थे, केटा हरुसँग नबसेर केटीको sideमा गएर बस्यो भनेर । केटाहरु लाई के थाहा म उसलाई कति धेरै मन पराउछु भनेर । सोचेका होलन one night stand भनेर तर केटीहरु feeling सँग कहिले पनि खेल्नहुँदैन भन्ने मलाई राम्ररी थाहा थियो ।क्लसबहिर भने म केटाहरुसँगै हुन्थे , केटाहरुकै अखडामा बास हुन्थ्यो मेरो । क्लस सिधिएपछी त चुरोटको धुँवामै बित्थ्यो हाम्रो दिन ।
त्यति बेलासम्म त समिरसँग बोलचाल पनि हुँदैन थियो ।त्यति बेला हामी समिरलाई “google.com” भनेर बोलाउथ्यौ । क्लसमा जे सोधे पनि हात उठाएर जवाफ दिने उ नै पहिलो हुन्थ्यो । फेरी “google.com” नाम राख्ने पनि अरु कोइ नभएर म नै थिए ।अरु क्लस म ढिला गए पनि त्यो क्लसमा चाहिँ म सधै टाईमभन्दा अगाडी नै जान्थे । समिताको sideको seat अरु कसैले overtake गर्ने हो कि भनेर सधै चिन्ता हुन्थ्यो ।समिर फेरी century स्कोरर ।सधै टेस्टमा assignmentमा १००-१०० ल्याउथ्यो ।समिता केहि सिक्नु पर्यो भने समिरसँग libraryमा हुन्थी ।
मेरो पनि schedule नै चेन्ज हुन थलिसकेको थियो ।केटाहरु मस्त धुँवा उडाइरेहका हुन्थे, आफुलाई भने library जान हतार हुन्थ्यो ।केटाहरु केटी पछी लगेर यो पनि बिग्रने भयो भन्थे, तर मलाई थाहा थियो म कति धेरै मन पराउन थालेको थिए । आफुलाई भने समितालाई एक छिन देखे भने पनि मन नै आनन्द भएर आउथ्यो । तर समितको अगाडी पुगेर बोल्न पनि नखोजेको होइन तर उनको अगाडी पुगेपछी मेरो आवाजमा full stop नै लग्थ्यो । चाहेर पनि कहिले मनको कुरा उसको अगाडी राख्न सकेको थिइन ।आँट नै आउदैन्थ्यो उसको सामु गएर बोल्न ।
मलाई अब एउटा उसको साथीको साहाराको जरुरी नै थियो| मेरो कुरा उसको सामु राख्न, तर को त कोइ पनि चिनेको थिइन मैले उसका साथीहरु । कक्षामा भएका सबै केटीसँग दोस्ती गरियो तर पनि कही काम लागेन । आखिरी option भनेको समिर नै थियो । उसँग दोस्ती गरेर नै म समिताको नजिक हुन सक्थे र मनका कुरा भन्ने बिचार गरेर समिरसँग दोस्तीको हात बढाए । अब म पनि calculus का प्रोब्लेम बोकेर समिरतर्फ धाउन थाले । उसले कही नभनि सिकाइदिन्थ्यो । सायद उसलाई मेरो सँगत मनपर्दैन थियो होला तेसैले चुप चाप सिकाइदिन्थ्यो, केहि बोल्दैन थियो । मलाई त जसरी पनि उसको मन जित्नु थियो ताकी म समिताको नजिक हुन सक्यौ । तर उसमा कही स्वार्थ थिएन । जति बेला भन्यो जे भन्यो त्यही सिकाइदिन्थ्यो । उ जाँड,रक्सी,चुरोट कही नखाने मान्छे ,अब उसलाई impress पार्न त मैले चुरोट खान भएन कलेजमा, यसो चेन्ज भएको जस्तो त देखाउन पर्यो भनेर कलेजमा चुरोट खान पनि छोडिसकेको थिए । सधै libraryमा देखिन थाले ।क्लसमा पनि सधै समिरकै sideमा बस्न थाले । केटाहरु सँगको हिमचिम पनि हटाए । केटाहरुसँग अड्डामा मात्र भेट गर्न थाले । त्यसपछी बल्ल समिर अलि अलि बोल्न थल्यो । libraryमा समितासँगै राखेर सिकाइदिन थाल्यो । बिस्तारै समिता पनि मसँग बोल्न थाली । बिस्तारै यो क्रम बढदै गयो ।
१ महिनैमा घनिष्टा निकै बढ्यो । म अब समिर अनि समिता कै groupमा रमाउन थलिसकेको थिए । निकै धेरै परिवर्तन आइसकेको थियो ममा पनि । समिरले धेरै कुरामा मलाई चेन्ज गरिसकेको थियो । मेरो सोच्ने तरिका नै फरक भैसकेको थियो । हामी कहिले दु:ख नगरेको मान्छे उसले कहिले कही आफूले गरेको दु:खको उदाहरण दिन्थ्यो । भन्थ्यो सङ्घर्ष नै जीवन हो । जीवनलाई नजिकबाट निहालेको मान्छे थियो उ। त्यसपछी उसका सबै कुरा ठीक लग्थ्यो मलाई । म कहिले दु:ख भन्ने नदेखेको मान्छेले पनि उसको दु:ख भने मह्सुस गर्न सक्थे । ससानो किस्सा सुनाउथियो तर साह्रै मार्मिक हुन्थ्यो । जीवनप्रति धेरै सकारात्मक हुन थालीसकेको थिए । त्यसैले पहिलाका केटाहरुसँग बोल्न पनि घिर्ना लग्न थालीसकेको थियो ।कहिले काही धुँवा उडाउन चाहिँ केटाहरुकहाँ पुग्ने गर्थे । सायद जीवन बुझेर अगाडी बढनु पर्ने कुरा समय मै सिके । समिरले गर्दा म आज यहाँ छु र यो अवस्थामा छु ।समिरसँग सबै कुराहरु खुलेर गर्ने भैसकेको थिए । समितालाई मन पराउने कुरा पनि गरिसकेको थिए । समिरले पनि सहयोग गर्ने प्रतिबद्ता दिइसकेको थियो ।
एकदिन समिर र समिताले नै मलाई केटाहरुसँग चुरोट खादै गर्दा भेटेका थिए । सायद त्यो दिन होला जिन्दगीको एक मात्र दिन जुन दिन मलाई सबसे बढी आत्मग्लनी भएको थियो । समितालाई smokeको allergy छ भन्ने कुरा पहिलै थाहा भएको भए म पहिला नै नाटक नै नगरी completely छोडीदिन्थे होला चुरोट खान । आफ्नै कियाकलाप देखेर आफैलाई नराम्रो महसुस भएको थियो । त्यो दिनबाट न मैले मेरो अनुहार समिरलाई देखाउन सके न त समितालाई नै । समिरले कल गर्दा पनि उठाइन मैले । के भनेर बोल्ने भनेर मात्र डर लग्थ्यो । क्लस पनि गइन लाजले गर्दा । झुट बोल्न नहुने रहेछ, झुट बोलेकै कारणले म कोइ सँग बोल्न पनि नसक्ने भएको थिए । बनको बाघले खायोस नखायोस मन को बाघले खाइसकेको थियो मलाई ।
मायाको टुँसा नपलाउदै मैले मारदिएको भान हुन थलिसकेको थियो । बल्ल संसारमा एक्लो भएको महसुस भएको थियो । समिरले एकपल्ट भनेको थियो, जब मान्छे एक्लो हुन्छ तब उसले जीवनका सङ्घर्ष बुझ्छ । र मलाई पनि त्यस्तै भान भएको थियो । २-३ दिनसम्म पनि क्लस नगएपछि समिरले मलाई खोज्दै मेरै apartment मा आयो । शब्द मुखबाट निस्केन्न । कालो निलो भएको थिए म मानौ ठुलै अपराध गरेको जस्तो । माफी पनि के भनेर मग्नु जस्तो भइरहेको थियो । डर लागि रहेकोथियो । उसले किन क्लस न आएको भनेर सोध्यो? मैले केहि पनि उतर दिइन । मैले निकै भाबुक भएर समिरसँग माफी मागेको थिए आफ्नो गल्तीको लागि । निकै कुराहरु सम्झएको थियो उसले मलाई त्यो दिन । “Mistake सबै बाट हुन्छ तर त्यसको मतलब त्यो गल्ती लुकाएर बसेर आफुलाई कमजोर बनाउनु त समस्याको समाधान त होईन नि? माफी माग्नु नै ठुलो कुरा हो ? At least तिमीले आफुले त realize गर्यौ नि आफ्नो mistake त्यो नै ठुलो कुरा हो । हरेक मान्छेमा केहि न केहि कमजोरी र गलत अचारण हुन्छ त्यसको मतलब सबै मान्छे नराम्रा त होईनन नि ? के गलत के सही बुझेर आफुलाई परिवर्तन गरेर लग्न सक्नु पर्छ मनिसले ? तिमी पहिला भन्दा धेरै परिवर्तन भैसकेको छौ । मनिसले एकै चोटी सबै कुराहरु त चेन्ज गर्न सक्दैन नि । अरु सबै कुरामा तिमी परिवर्तन भैसक्यौ अब चुरोट पनि चाडै नै छोड्छौ भन्ने बिश्वास छ मलाई । त्यो ठुलो कुरा होईन ।आफुलाई यस्तो कमजोर नबनाउ ?हामीलाई नराम्रो त लाग्यो त्यो दिन । तर हामीले कहिले पनि तिमीलाई त्यस्तो नराम्रो त सोचेनौ । तिमी आफैलाई नराम्रो लाग्यो नि त्यो कुराले होईन र । यहाँबाट पनि थाहा हुन्छ तिम्रो मन सफा छ भनेर।“
समीरका शब्दहरुबाट मैले यस्तो मिल्ने साथी गुमाए भन्ने भयबाट चाहिँ मुक्त भएको थिए | साच्चै समिरका ती शब्दहरुमा मेरो लागि उर्जाहरु नै थिए ।
अब मलाई समिताको मात्र डर थियो । के सोच्ने हो भनेर । “उसलाई धुँवा को allergy छ । She hates smoker. त्यही भएर पनि अलि बढी रिसएकी छे तिमीसँग भनेर समिर ले भनेपछी त दिमागको fuse नै उडेको थियो नि मेरो ।मेरो प्रेमकाहनी त सुरु नै नभइ सिध्धिन लगेको थियो ।मुटुमा कसैले जोडले हानेको महसुस भइरहेको थियो ।जती नै टेन्सन भए नि चुरोट चाही छुन पनि मन लागेन ।
समिताबाट म आफै टाढा टाढा भैरहेको थिए । म उबाट मप्रतीको घिणा देख्न चाहन्न थिए ।जती नै मुटुमा पिडा भए पनि दबाएर नै राख्थे ।यो सबै कुराहरु समिरले निकै नै याद गरेर बसेको रहेछ । मलाई समिताबाट टाढा हुन खोज्नुको कारण पनि सोधेको थियो ।त्यतिधेरै माया गर्छौ भने किन छोड्न खोज्छौ ? उसकै लागि भनेर तिमी आज यति धेरै परिवर्तन भएका छौ ? कुनै कुरामा पनि यति चाडै हार मान्नुहुँदैन । सङ्घर्ष नै जीवन हो । आज सम्म त म सङ्घर्ष गर्दैछु, सायद कुनै दिन त त्यो सफलता पाँउछु, अनि मेरो परिवार लाई एउटा सुखद जीवन दिन सक्छु ।
तर समिरको प्रश्न को उतर म सँग थिएन । तर उसको सम्झाउने तरिकामा निकै दम थियो ।हेरक घटना लाई उसको जीवनको किस्सासँग जोडेर सम्झौथ्यो । अनि उसले भोगेको कष्ट सामु त आफ्नो त हातीको सामु कमिला जस्तो लग्थ्यो । अनि हौसला पनि आउथ्यो । बोलेको कुरा पुराउथ्यो, त्यो नै सबसे बढी मलाई मनपर्ने उसको बानी थियो । “समितालाई तिमी साँच्चै नै धेरै माया गर्छौ । छोड्नु तिम्रो ठुलो गल्ती हुनेछ । You will never get back true love again in your life.You have to regret your whole life for this. म समितासँग कुरा गरौंला” |
नभन्दै के भनेर सम्झायो थाहा छैन समिरले तर १५ दिनमा नै उसको मप्रतिको सोचाइमा परिवर्तन आइसकेको थियो । बिस्तारै हामी बिचको माया प्रगाढ हुँदै गयो । समिरले नै हाम्रो मायाको टुँसोलाई जोगाएको थियो । न त मैले समिरलाई कहिले सोधे कि समिरले कसरी सम्झयो भनेर न त समितलाई नै । जे भए पनि म खुशी थिए, समिर मेरो जिन्दगीमा त भागवान नै भएर आएको थियो ।
सधै मलाई खुशी राख्ने मान्छे दुखी भएको म कसरी हेर्न सक्थे र ? ? ?
_________________________________________________________________________
"तिमी किन टोलएर बसेको र ? के भयो तिमीलाई फेरी ? समिताको आवाजले म झसङ्ग भए ।
"बिगतका केहि कुरा याद आयो ।" मैले मसिनो स्वरले उतर दिए ।
डायरी हातमै थियो ।
क्रमश…………………………