Posted by: nepali lover November 8, 2012
कथा भित्रको कथा
Login in to Rate this Post:     0       ?        
 कामको    बोझले   हो  कि  मन् आज  एकदमै  भारी लागेको  थकानले   गर्दा  राम्रोसंग  सोच्न  पनि  सकेको  छैन |
 भोलिको  exam  कसरी दिने  भन्ने  सोच्दा सोच्दै  कति  बेला  घर  पुगेछु  थाहा  नै  भएन | गाडीबाट  झोला  निकाले 
अनि  रूमतिर   लागे | आज  घरमा  खाना नपाकाउनु   पर्ला  बाहिर बाट  order गर्नुपर्ला  भनेर  सोच्दै  रूमको  अघि
पुगिसकेको पनि पत्तो भएन मलाई | यसो  साचो   हालेर  खोल्न खोज्छु  ढोका   खुलाई  रहेछ | मनमा  अनेक
  शंकाउपशंका  उब्जिन  थाल्यो | बिहान  आफुले  बकाइदा लगाएर  गएको  ढोका  हो,  अनि  सधै  आफु  नै   अगाडी  घर 
आइपुग्ने   हो  कसरी खुला  भयो     ढोका   ?   ला  चोर    आएन  !!  यस्तै  कुरा  सोच्दै   ढोका खोलेको     झसङ्ग 
भए  ? एकचोटी  आखा  मिचे   पनि सपना  पो  हो  कि  भनेर  होइन  बिपनामै  रहेछु | मुख  बाट  एकरति  पनि  आवाज 
निस्केन | मनमा  अनेक  कुरा  खेल्न  थाल्यो  | आखिर  किन    ??? यस्तो   कमजोर  मान्छे    होइन  समिर  !!!
हाम्रो  प्रेरणाको  स्रोत  थियो    |

 मेरो  एकमात्र  असल  मित्र,  जसको  मित्रताले  मलाई  कहिले  नराम्रो  संगतमा  पर्नदिएन  |सधै एउटा  अविभाबकसरहको 
भूमिका  खेलेको  थियो  समिरले  मेरो  जिन्दगी  मा  ?? उमेरमा  कलिलो  भए पनि दिमाग एकदम पाको थियो | सायद
  त्यसैले होला हामी भन्दा भिन्न थियो | कहिले  हरेस  खानुहुदैन  भनेर  सम्झौथ्यो  अनि   आफुले  भोगेको   दुख  संघर्सको 
कुरा  सुनाउथियो ??? साच्चै उसको  कुरा  सुनेर  मलाई  पनि  हौसला  आउथ्यो  अनि  आट पनि  | सायद  उसैको  संगतले  गर्दा 
होला  मैले  पनि  प्रोब्लेमहरुसंग  कूल  भएर  सामना  गर्न  सिकेको  थिए  | हुन    आफ्नो  समस्या , दु:ख , बेदना  हामी  सामु
  कहिले  पनि  भन्दैन  थियो , तर  हामी  कहिलेकहिँ  सानोतिनो  कुरामा  बिचलित  भयौ  भने आफुले  गरेको  दु:ख आफुले भोगेको
पिडा सुनाउथियो  अनि  सम्झौथ्यो | अनि  मलाई   लाग्थ्यो  समिर  साच्चै नै  महान    ? आफ्नो  भन्दापनि  साथीभाईको बढी
चिन्ता  हुन्थ्यो  ? कसैलाई  हेल्प  गर्नुपर्यो,  सबैभन्दा  आगाडी  हुन्थ्यो  ?? कहिले  काही  सोध्थ्ये  उसलाई  किन  उसले  अरुको 
लागि  येती धेरै  कष्ट गर्छ  !!! ऊसले  भन्थ्यो  मैले  भोगेको  दु:खबाट  सिकेको  छु,  मान्छेलाई  दु:ख  पर्दा  कति   पिडा  हुन्छ  भनेर ,
एउटा सहारा पनि उसको लागि कति महत्तोपूर्ण हुन्छ भनेर | कहिलेकाही    मलाई  पनि  आत्मग्लानी  हुन्थ्यो,  आफुले  कहिलेकाही 
खाली  हुदा  पनि  कसैले   हेल्प  माग्यो  भने पनि    क्लासमा  छु    काममा  छु  भनेर  ढाटेकोमा ??  जे होस्  मलाई   एउटा  कुरामा 
खुशी  लाग्छ कि  लईफमा   मैले  समिरजस्तो  मिल्ने  साथी  भेटेको छु  भनेर  ? समिर  कै  संगतले  मैले  चुरोट  खान  पनि  छोडीसकेको 
थिए ?? समिरमा  एउटा  पनि  नराम्रो  बानी थिएन,  त्येसैले  होला  सायद    सबैको  प्यारो  थियो |

 

Last edited: 08-Nov-12 05:48 PM
Read Full Discussion Thread for this article