समिर couchमा लडिरहेको थियो ! हातमा Jack Daniel ठुलो बोतल थियो ! समिरको हातमा व्हिस्कीको बोतल देखेर हामी दुईजानै अच्चममा परेको थियौ | कहिले जाड ,रक्सी,चुरोट नखाने मान्छे अझ हामीलाई पनि खानु हुदैन भनेर सिकाउने मान्छे आज किन त्यत्रो jack daniel सिधाएछ ! मनमा खुल्दुली रहयो ! समिता पनि ताजुक मुद्रामा मलाई हेर्दै थिई | सायद उसले पनि कहिले पनि कल्पना गरेको थिइन होला उसले यस्तो दिन पनि देख्न पर्ला भनेर ! हामी दुवैजना गएर समिरलाई उठाउन खोज्यौ| तर उसले यति धेरै पिएको थियो कि हामीले डेग पनि लगाउन सकेनौ | बल्ल बल्ल तानेर सोफामा उसलाई सुतायौ |
समिताले सिरानी ओछाइदिई अनि blancket ओडाइदिई | अनि बोतल ग्लासको ठेगान लगाउन थाली | अनि सफा सुगर त्यही त हो नि केटीको जात !!
आफ्नो भने दिमागनै घुमीसकेको थियो | भोलि जाच छ भने कुरालाई त दिमागले गोली नै मरिसकेको थियो ! दिमागमा त एउटै प्रश्न मात्र थियो | समिता kitchen मा छिरीसकेकी थिई | मलाई के के सोधैथिई याद नै भएन !
" आकाश !!!" उसले चिचाएपछि म झसङ्ग भए |
"समिरलाई के भएछ आज ,दिनभरि मेरो फोन पनि उठाएको थिएन ! तिमीलाई त केहि त भनेको होला नि ?"
उछच्शुखताको साथ् उसले मलाई प्रश्न गरि |
"मलाई त केहि भनेको छैन | दिउस एकैछिन् कुरा भएको थियो | त्यतिबेला त राम्रैसंग बोलेको थियो " मैले प्रतिउत्तर दिए |
"हिजो सम्म decemberमा नेपाल जाने कुराले एकदम खुसि देखिन्थ्यो तर आज के भएछ के ? " निराश भएर उ तरकारी चलाउन थाली |
म समिताको अनुहारको निराशाको रेखाहरु केलाउन थाले ! उसको अनुहार आज एकदम मलिन देखिन्थ्यो |
मैले उसको यस्तो भयवित् मुद्रा कहिले पनि देखेको थिएन | सायद समिर प्रति उनको सान्तोना थियो त्यो !
हुन पनि किन नहोस् समिर नभईदिएको भए सायद हाम्रो मिलन हुदैन थियो होला ! मैले मेरो मनको कुरा कहिले समितालाई भन्न सक्दिन थिए होला | समिरले मलाई ठुलो उपकार गरेको छ |
केटीको कुरा त पकै होइन मलाई अड्कल लगइसकेको थिए | प्राय: कोइ केटीसंग पनि बोल्दैन थियो समिर , अनि जहाँ सम्म मलाई थाहा थियो उसको कोइ girlfriend थिएन ! केटीको कुराले यति change गर्दैन उसलाई भन्ने मलाई रामरी थाहा थियो |
प्रजिताको किस्सा सुनाई सकेको थियो मलाई | उसले खुशी दिन नसक्ने भए पछि आफैले आफ्नो मायाको गला घोटेको थियो | उसले आफ्नो दु:खमा प्रजिता सरिफ गराएको थिएन | उसको पनि भबिस्य अन्योलगस्त भएकोले प्रजिताको जीवन पनि धरासाई हुने सोचेर आफैले छोडेको थियो | त्यसपछि अरु केटीको बारेमा कहिले सोचेको पनि थिएन | कहिलेकहिँ चाही गम्बीर भएर कुरा पनि गर्थ्यो प्रजिताको बारेमा |
आज सम्म उसले केहि कुरा पनि गलत गरेको थिएन | तर कहिले काही सोच्छु म, प्रजितालाई छोड्नु उसको गलत निर्णय थिएन ??
तर त्यो प्रश्न आफुभित्रै मर्थ्यो | किनकि समिर कहिले पनि pastको कुरा गर्न रुचाउदैन थियो | प्रसङ्ग आयो भने मात्र गर्थ्यो त्यो पनि लिमिटेड कुरा |||
सधै आन्योलमै रख्दिन्थ्यो कति कुरा | यो उसको खुबी थियो या कमजोरी कहिले पत्ता लगाउन सकिन मैले |
समिताले खाना पनि बनाइसकिछे |
"आकाश , खाना खान आउ" उसको बोलिले मेरो धयानमग्न एकाग्रता खलबलियो !
म जुरुक्क उठेर dining table तिर लागे |
समिता खाना पस्किदै थिई |
म चाही समिर उठाउन खोजे | तर उसले यति धेरै पिएको थियो उसलाई मेरो बोलि र चालले केहि असर गरेन !
सायद उ भोकै थियो होला | तर उठाउनै नसके पछि मेरो के लाग्थ्यो र !!
आफुले पनि दिनभरी केहि नखाएकोले पक्कापक भात बजाउन थाले |
तर आज खानाको केहि स्वाद आएन मलाई |एउटै गास पनि मलाई टर्रो,पिरो,अमिलो,चर्को अनि गुलियो लागेको थियो आज ! जबरजस्ती दुईचार गास टिपे |
समिरको फोनको घन्टी बजेको बज्यै थियो | सबै call नेपालबाटै आइरहेको थियो | ६-७ चोटी लगातार बजेपछि मैले फोन उठाईदिए | थाहा छ उसलाई उसको समान चलाएको मन पर्दैन तर मेरो साथी हो आज उसलाई केहि भएको छ त्यो कुरा पत्ता लगाएर उसको घाऊमा मलम लगाउनु मेरो कर्तब्य पनि हो | सायद यो फोन बाट मलाई केहि थाहा हुन सक्थ्यो ! "मैले हेल्लो भने!"
उताबाट बुढो मान्छेको आवाज आयो " बाबु समिर ! आफुलाई सह्माल ! बिधिको बिधान हामीले कहाँ मेट्न सक्छौ र !"
मेरो ओठमुख सुक्यो |
"हजुर म समिर होइन समिरको साथी आकाश !" मैले मसिनो स्वरले उतर दिए |
"बाबु समिरलाई सम्झाउ है ! दैबको लेखालाई हामीले कहाँ मेट्न सक्छौ र ? अब हामीले यहाँ बसेर त फोन मात्रै गर्ने हो तिमीहरु राम्रोसंग सम्झाउ है | आज .......................................... "
उताबाट बुढा बोल्दै थिए | मेरो आखाबाट बर्रर आसु झर्दै थिए |
क्रमश