Posted by: nepali lover November 8, 2012
Login in to Rate this Post:
0
?
मलाई सधै उसको जीवनको बारेमा जान्ने कौतुहलता भने रहन्थ्यो | मैले बूज्न पनि नखोजेको चाही होइन तर पनि उसको नजिकको कोइ पनि थिएन मैले चिनेको | उसले पनि कहिले पनि भनेन | कहिलेकहिँ जीवनको किस्सा सुनाउथियो, त्यो पनि कुनै संदर्विक प्रसङ्ग आयो भने मात्रै | सायद उसले सबै भन्दा बढी मलाई नै भनेको थियो होला तर पनि मलाई लाग्थ्यो उसको जीवनको ५% कुरा पनि थाहा छैन मलाई | मैले चाहेको भए उसको सिरानीबाट डायरी निकालेर पनि पढ्न सक्थे | तर म उसको मप्रतिको विश्वासमा आँकुर लगाउन चाहन थिए | उ राती कहिलेकहिँ त्यो डायरी लेख्ने गर्थ्यो | मैले एक चोटी उसलाई सोधेको पनि थिए | उसले भनेको यसमा मेरो पूरा जीवन छ |मलाई सधै लाग्थ्यो त्यो डायरी भित्र के के कुरा चैँ होला !!! तर कहिले सहस चैँ गरिन सिरानी गएर खोतल्न | मलाई राम्रोसंग थाहा थियो उसलाई आरुले उसको समान चलाएको मन पर्दैन भनेर !! त्यसमाथि पनि उसले म माथि ठुलो गुण लगाएको छ तेसैले पनि उसको दोस्ती मेरो लागि अमुल्य नै थियो | उसको कुराबाट थाहा हुन्थ्यो उ राम्रै र हुनेखाने परिवारमा हुर्केको थियो | तर कहिले पनि उसले भनेन कि उसको कहिलेबाट र कसरि त्यो दुखका दिन सुरु भयो भनेर |म अड्कल पनि सक्दिन थिए किनकि जस्तो सुकै दुख भए पनि हाम्रो सामु कहिले भन्दैन थियो | जति बेला पनि प्रसन्न मुद्रामै हुन्थ्यो | जुन रात उसले डायरीमा २-४ पन्ना कोर्थ्यो त्यो दिन उसलाई केहिभएको छ भने थाहा हुन्थ्यो मलाई | यति कुरा पत्ता लगाउन पनि मलाई ६ महिना नै लागेको थियो | तर आज किन त ......
"तिमि किन ढोकामा नै उभिएर बसेको र ? समिताको आवाजले म झसङ्ग नै भए नि ??
उता हेर त समिर ....
उ पनि अकनबक परि ....
क्रमश...................