[Show all top banners]

caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lutee_bahun

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उपहार (कथा)

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE: <<  1 2 3  
[VIEWED 14526 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-15-12 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?         Liked by
 

उपहार (कथा) भाग १ 
 
 
आज बेतोड्ले काम गरियो । कसम खाएर भन्नुपर्दा म ऊतिसारो काम ठग्ने मान्छे नि होइन तर हिंजो-आज मेरो काम गराइमा अलिकती स्वार्थ पनि लुकेको छ । एस्पाला क्रिश्मस अन्तै मनाउने कि भन्ने योजना तर्जुमा भाकोले छुट्टीको अर्जी हाल्याथें, तेस्कै कार्यन्वयनको लागी भे नि काम गरे जस्तो देखाउनै परो ! हरेक १५ मिनेट - आधी घण्टामा मार्ल्बोरो फुक्नु पर्ने यो ज्यानका खिल्लिहरुले, धेरै नै राहतको साश लिएका छन् क्यारे आजभोलि ! तर एती हुंदा हुंदै पनि बेला मौकामा फाट्ट-फुट्ट साझाको चौतारीमा कमेन्ट हान्न भ्याइहाल्थें म । आजको सेरोफेरो सतबिउमा केन्द्रित रह्यो; आफ्ना पितृ सम्झें, डांडा पारीका घाम-जुन सम्झें - मन कस्तो कस्तो भएर आयो । कुनै चाड-पर्व वा विशेष तिथी-मिती को बेलामा त सब्कुरा चट्याक चुटुक छोडेर नेपाल नै हान्निम् कि जस्तो लाग्छ मलाई तर देशको बारेमा अनलाइन खबर पढ्दा पढ्दै आफ से आफ नेल हत्कडीमा कैद हुनपुग्छु । 
 
 
हुन त यहाँबाट फर्किएका दाजुभाइ-दिदिबैनिले नेपालमा राम्रै गरिखाको सुसमाचारहरु एदाकदा सुन्न पाईन्छ, तेस्ले मन्मा हर्ष नि पैदा गर्छ; हौशला पनि । तर कथित परीबन्धले आफ्नो लाज छोप्दै हामी बुढाबुढी एतै खुम्चिराछम्; छोराछोरी एतै हुर्किंदैछन्, हामीले केही दु:ख सहीदिंदा भावी सन्ततीको त भविश्य सुनिश्चित होलाकी भन्ने तुक वा बेतुकको बैशाखीले खोच्याउंदै । अब यो सुनिश्चितताको अर्थ पाठक वर्गको आ-आफ्नै शब्दकोषलाई जिम्मा लाएं - पैसाको गणना, पेशाको तुलना, विध्याको आर्जन, विलाशिताको भोग वा सायद अरु केही । 
 
 
मेरो चिन्जानका एकजना मदिरे (प्राय मदिरापान कै क्रममा भेटघाट हुने) मित्र छन् यहाँ अर्को फ्ल्याटमा । आफ्नो आधी जसो पे चेक क्यासिनो तिरै बुझांछन् । 
आज नजुम हो । म झिंजो मान्दै भन्छु कहिलेकाँहीं week-end मा । 
लु न त क्वाटर ऊछालुम् । ऊनी पच्चिस पैशो रेडी पार्छन् । head आए जाने, tail आए नजाने शर्तमा सिक्का ऊछालिन्छ । 
tail आएको खण्डमा ऊन्को सदाझैं सत्वाणी जुञ्जिन्छ; राजा, अघी त ख्याल-ख्यालको भयो, अब "सांच्चै" को जोखाना हेरुम् ल । 
सुधाले मलाई 'राजा' भन्ने हुंदा ऊनिनी राजा नै भन्छन् र अन्तिममा "सांच्चै" को head आएसी घिच्याउंउंदै लान्छन् पनि । 
मैले यहाँ "सांच्चै" लाई किन जोड दिन खोजेको हुँ भने, हाम्रा राजनेताहरुले अहिले ठ्याक्कै तेस्तै चरितार्थ जग्जाहेर गर्दैछन्; राष्ट्रपतिले "सांच्चै" को चुनाव म्याद थप गर्दा नि ऊनिहरुले "सांच्चै" सहमती जुटाउन सकेनन् र फेरी पटक-पटक चिल्लो चाप्लो घस्दै पनि भनी राका छन् कि अब त राष्ट्रपतिले अन्तिम पटक "सांच्चै" को म्याद थपिदिए हामी "सांच्चै" को सहमती जुटाउंछौ ! 
 
 
रात रहे अग्राख् पलाउंछ भन्छन्, एही राजनैतीक खिचातानीको समिकरणले हाम्रा सर्व गुण सम्पन्न नेताजिहरुले के समाधान निकाल्लान् त्यो भोलीका दिनले देखाउला नै; अहिले चाहीं म अलिकती मपाइं व्याख्यान गरिहालुम है त । 
 
 
मेरो जन्म पुर्वाञ्चल, धरानको, लक्ष्मी चोकमा भएको रे; विधालयको अभिलेख र नगरपालिकाको ढड्डामा नि तेइ छ । तर, चुरोट फुक्ने बाहेक लक्ष्मी बाजेका कुनै पनि सत्गुण यो ज्यानमा छैन बरु जुंगाका रेखी बस्दै गर्दा ममा कता-कता दुर्बाशा ऋषीका लक्षणहरु देखिन थालेका थिए । राङा चोकमा कोदोको २-४ तोङ्बा लाएसी भोटेपुलका ब्रो हरुसँग कट्टी प्रदर्शनी समारोहमा सामेल भैहालिन्थ्यो प्राय: । धार्मिक आस्था नभएनी पञ्च कन्या र दन्तकालीतिर पुर्याउंथ्यो गुरु, देवी दर्शन र चिलिम मार्न; कहिलेकाइं ऊतै पनि र्याङ-ठ्याङ नमिल्ने - सानोतिनु धर्मयुद्ध सुरु भैहाल्थ्यो । मैले एकबाजी त बुढासुब्बाका एक ज्योतिष बालाई नि छोडिन, राम्रै लछार-पछार गरियो । आजभोलि निषेध गर्याछन् तर बुढासुब्बा बाको धनुष मानिने टुप्पा नभाको बांसमा ऊबेला नाम लेख्यो भने त्यो जोडीको पिरती अमर र अजर हुन्छ भन्ने विश्वास त्योबेला थियो, हामी नि लेख्थिम् । भुत्राको हुनु ! अर्कोचोटी जांदा फेरी अर्कै ठिटिको नाम लेख्नुपर्ने बाध्यता हुन्थ्यो ! 
 
 
एकचोटि सानीमाकी छोरी शौरभी धरान घुम्न आकी थि । मेरो मनाहिको बावजुद पनि शौरभीले ज्योतिष बालाई हात हेराइ । झुस्स दारी पालेका र कलेजी रंगको दौरा सुरुवाल, कालो इश्टकोट, प्याजी ढाकाको टोपी लाएका ज्योतिष बा हर्षित देखिए । निधारमा लामो पंहेलो टिका थियो, चन्दन हो कि बेसन हो मैले ठम्याउन सकिन, अगाडि फिंजाइ राखेको गेरु रंगको कपडामा केही वेद-पुराण-अगरबत्ती-रुद्राक्ष माला-फुल-प्रशादी आदी थिए ।  म साइडमा ऊभिएर कामना गर्दैथें, हे भगवान यिन्ले फेरी तेइ घिसापिटा डाइलग नभनुन् ! तर ज्योतिष बा आफैलाई साडे सातको दशा लाग्या रइछ त्यो दिन ! 
ओहो ! नानी त कस्ती भाग्यमानी, बत्तिस लक्षणले युक्त, जोडी पनि साह्रै राम्रो जुरेको छ, एही वर्ष लगन नि जुर्ला जस्तो छ, वहाँ बाबुको नि बिदेश योग छ है एइ बर्ष, अब डलर कमाउंदै सुखी जीवन बांच्ने दिन आउंदैछ यहाँहरुको___ 
ज्योतिष बाको अचुक भविश्यवाणी त छोरा-नाती सम्मै रेडिमेड थ्यो होला, मैले हात्को हेल्मेटले बजाइदी हालें । तेस्पछी त 'दाई के गर्नु भाको, छोड्दिनु न' भन्दै एकातिर शौरभी भावनात्मक रुपले कालो निलो हुनथाली, अर्कोतिर भौतिक रुपले नै ज्योतिष बा कालो निलो हुनथाले । 
 
 
छोरोले कर्म-काण्ड गर्ने पण्डितलाई कुट्यो भनेर पछी मेरी आमैले निराहार व्रत नि बस्नुभाथ्यो । खै ! मेरो पाप कती पखालियो, त्यो त चित्रगुप्त माठ्साब नै जानुन् । 
 
 
SLC पछी सँगैका थुप्रै साथीहरु 'गुर्खा' तिर लागे तर मैले त टराइ नि गरिन, बाबाको कथा झल्झली दिमागमा थियो । दौंतरिको लहै-लहै मा बाबाले नि 'गुर्खा' मा टराइ गर्नुभा रेछ, गल्ला वालाले "ओई बाजे, बाहुनको छोरो भएर नि फौजमा जान खोज्ने हो !" भन्दै झापारेर पठाइदे पछी बल्ल वहाँको पढाईप्रती मोह जागेको रे ! अब आफुले नि जबर्जस्ती मोह जगाउनु पर्ने भयो ! 
 
 
चताराको सेकुवा र भेडेटारको चिकेन चिल्ली संग घरेलु माल्पानी खांदै जसोतसो ISc सक्काइयो । कि त हात्तीसारमा बिटेक गर्ने कि पुर्वाञ्चलमा बिई गर्ने गुरुको र मेरो प्लान थियो तर घरबाट राजधानी खेदाइ छाडे । आफ्नै बलबुतोले हो कि भन्सुनले हो, तेस्मा शंकै छ तर केयु मा भर्ना चाइं पाइयो । 
 
 
सुरुको दिन intro मै बित्यो, थोर बहुत्का थोपडा र ठाउँ-ठेगाना नि दिलमा छापिए तर विश्व सुन्दरी भ्रम पाल्नेहरुले पहिलो भेटमै घांस किन हाल्थे र ? दोश्रो दिन नि आशिलो नजरले हामी पछाडितिर ढुकिराथिम्, एउटी बाला हामीतिरै सोझीईन्, देख्न त हिंजै देख्या हो तर तेत्तिसारो वास्ता गरिएनछ क्यारे । 
can i seat here ? सानो मिक्की माउससंगै २-४ वोटा चाबी झुण्ड्याएको आफ्नो रातो झोलाले मेरो देब्रेतिरको सिट इंगित गर्दै सोधिन् । 
yes, please. मैले नि एही भन्ने तर्खरमा थिएं तर गुरु अग्गु भईहाल्यो, भलै उ मेरो दाहिनेतिर बसेको थियो । धन्न प्रभु, कोही त टेम पास मिल्यो भनेर चित्त बुझाएं मैले । 
 
 
जिना नाम रहेछ ऊस्को, मतुवाली थरकी । बाबा इन्डियन आर्मी रे, जन्म र हुर्काइ ऊतै भएछ । टुटे फुटेको नेपाली बोल्थी, ऊसँग बात मार्दा कि हिन्दी कि त अंग्रेजिमा बोल्नुपर्ने भो । अंग्रेजिमा त हालत अलिक टाइट नै थ्यो आफ्नो त्योबेला तर दिलिप साब र स्वर्गिय राजेश खन्नाको फ्यान भएर होला, हिन्दी भाषा काम चलाऊ नै थियो मेरो; ऊस्को र मेरो दोस्ती जम्ला जस्तो भो । 
 
 
तेश्रो दिन पनि हामी ऊसैगरी नैन बिच्छ्याएर बसेकाथेम्, जिना कुनै पुरानो अंग्रेजी ऊपन्यास पढ्दैथी । हिंजो अस्ती नदेखेकी एक नव युवती हाम्रै तिर आइ, गुरुको सत्र पर्ला जस्तो छांट्कांट देखियो । कपाललाई खास्सै मेहनत नगरि डल्फिन जस्तो देखिने निलो कांटाले पछाडि च्यापेकी, स्क्रु जस्तो बटारिएको सुनको नथिया, सानो कालो टिकुली र कालै टप लाएकी त्यो मोरी त नभन्दै गुरुकै छेउमा पो गएर बसी ! मैले पछुतो नजरले एस्सो हेर्दा, गहुंगोरो वर्णकी - हिस्सी परेकी त्यो सुन्दरिको ओंठको चिपिष्टिकमा बल्ल मात्रै ध्यान गयो । गुरुलाई कुहिनो हान्दै डेस्कमुनिको ऊस्को खुट्टामा प्याट्ट लात्तो हिर्काएं, उ अब रत्नाकर डांकाबाट बाल्मिकी भैसक्याथ्यो, झोलाबाट प्रोग्रामिङको किताब निकालेर करीब ३ हप्ता पछी पढ्नुपर्ने एल्गोरिदम आजै पढ्न थाल्यो ! 
 
 
डिस्टर्ब गर्नु ऊपयुक्त छैन भन्ने निश्कर्ष निकालेर नाश्ता ब्रेकको घण्टी बज्नासाथ म एक्लै चमेना गृहतिर लागें, पछी-पछी दौडंदै जिना आइपुगी । ऊस्लाई पाश्चात्य साहित्यको खुबै राम्रो ज्ञान रहेछ, मेरो सामान्य ज्ञानमा पनि हल्का फुल्का गफ दिन भ्याउने खुराक भएकोले चना-तरकारी-समोशा-कोक र चिया सँगै हामी निकै बेर समालोचक भै टोपलिम् । 
 
 
क्लास सक्केपछी हामी बाहिर निक्लिन हतारिंदै थिम्, चुरोट तान्नु जो हतार थियो, रिया; विहानकी नव युवती, ले गुरुलाई रोकी । म बाहिर निस्केर सुर्य तान्दै गुरुलाई पर्खि बसें । 
don't you think its a bad thing ? जिना मसंगै बसेकी थि, ऊपदेश दिन थाली । 
may be, but who cares ? मैले फुर्‍र धुवां छोड्दै भनें । 
exactly. ऊस्ले आफ्नो मिक्की माउसवाला झोलाबाट कुनै बिदेशी ब्राण्डको चुरोट निकालेर पो तान्न थाली, म ट्वां परें ! 
you too smoke ?? 
sometime. 
 
क्या हो गुरु ? मछ्लीलाई त जाल नि हान्नु पर्याछैन, लौ समात् भनेर पानी बाइर आफै आउंदैछन् हं ! राती सुत्ने तर्खरमा मैले सोधें । 
किन ? रन आउट भएं भनेर डाहा लाग्यो ? 
क्रिजमा गएर त जो नि ऊम्मिन्छ बाबु, ब्याटिङ पो गर्न सक्नु पर्‍यो त ! 
छक्का ठोकिन्छ गुरु, हेर्दै जा न । 
लु है मेरो शुभकामना, धेरै जोस्सेर बोल्ड नभएस् फेरी । अनी किन रोकेकी रैछे नि रियाले, कतै आजै i love you त भनिन ? 
तेरो मुखमा .... (चल्तिको चक्किको नाम लियो) यार ! तर आज नोट मात्र मागेकी थि, ऊस्को २ दिन छुटेकोले । 
नोट त हाम्ले नि सार्याथिम् त बाबै, बाल्मिकीजी कै हेन् राइटिङ किन मन परेछ त ! 
कृष्णजीलाई पहिलेइ बुक देखेर होलानी ! खान्दानी सपना साकार होलाजस्तो छ त, बाउ लाउरे हुन नसके नि सशुरो बाउ लाउरे परेछन् । 
चुप्लाग् साले, just friend. 
२ दिन्मा जस्ट फ्रेन्ड, ४ दिन्मा बेस्ट फ्रेन्ड, १४ दिन्मा बेड फ्रेन्ड ! हजुर त प्रगतिशिल मान्छे, गरामा फाली कैले अड्क्या छ र ? 
खेत त ऊर्बर नै होला सायद तर खेती गर्ने नै मुड छैन, बुझिस् ? 
तेसोभे सिजनल खेतिपाती मात्रै हुने भो त ? 
त्यो नि मन छैन यार, यो बारी बांझै रला' जस्तो छ । 
नापियो, भोको बिरालोले कैले सम्म मुसा नखाने नाटक गर्दोरेछ - हेरुम्ला । 
 
 
बित्दो समयमा हामी चार जनाबिच प्रगाढ मित्रता झाङ्गिदै थियो, अरु तीन अनुहार पनि सर्कलमा समाहित भए; रुबी, शरु र जीवन । अब optional छान्ने वा alternate राख्ने पनि सौभाग्य प्राप्त भो - लड्का हामी तीन र लड्की ऊनिहरु चार भाकोले । तर धरोधर्म म तेतिन्जेल सम्म नि neutral नै थें, कहीं-कतै 'क्लिक' भईराथेन । कलेज छिर्नु अघी, इन्टर्भल वा घर फर्किने बेला; गेट बाहिरको सानो चिया पसलमा हामी एक-अर्कालाई कुरी बस्थेम्, रामेछापतिरका बुद्दी दाइको चिया पसल थ्यो त्यो । गुरु, म र जीवन गुट्खाको फांको हालेर सुर्य तान्दै कुर्थेम् भने जिना, रिया, रुबी र शरु भने देख्दै पिरो न पिरो होलाजस्तो त्यो रातो तितौरामा जुटेका भेटिन्थे - अनी जिनाको हात्मा ऊस्को बिदेशी ब्राण्ड नि हुन्थ्यो । 
जिना, wanna try this ? म कहिलेकाहीं सुर्य पास गर्न खोज्थें । 
no thanku, may be 'lil tough fo'me. 
अरे ! तुम्ने नेपालमा आएर सुर्य नही खाया तो कुछ नही खाया । जीवन हावा भर्थ्यो प्राय । 
देखेङ्गे यार, अभी क्युं गले पड् रहे हो ? जिनाको जवाफ हुन्थ्यो ।
 
 
म अलिक फरासिलो मिजासको थिएं, साथीभाइसामु जोक, कविता वा गीत गुनगुनाइ रन्थें । ऐले त stand-up आर्टिष्टका बकाइदा नाम-दाम सहित एल्बम निक्लिन्छ तर त्यो बेला गुमनाम आर्टिष्टका हिन्दी क्यारिकेचरका टेप निक्लिन्थे, मेरा जोकका खुराक तेही हुन्थे, अमिताभ बच्चनको 'नाम दिनानाथ चौहान ..' देखी हेमाजीको 'युं तो मुझे ज्यादा बात कर्नेकी आदत तो है नही ..' सम्म एउटै आर्टिस्टले भ्याएको हुन्थ्यो । गीत-संगीतको माम्लामा चाइं aerosmith र rolling-stone ले दिमाग कब्जा गरेकाथे । अनी कविताको हकमा चाइं, कैलेकांई चक्किहरु न बढी न कम भेर ठीक्क सन्तुलन्मा खाइयारैछ भने, मलाई आँफै फुर्थे । 
 
 
पाठ्यक्रम तन्काउनु पर्दा वा पिरेड सक्काउनुपर्दा; अब त गुरुजन पनि भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! 
कुरा के भाकोथ्यो भने म चुट्कुला सुनाउदै गर्दा, " .. फलानोले  त्यस्तो भनेसी ढिस्कानोले के भन्यो भनेर ब्याखा गर्दै जांदा .. ढिस्कानोले पनि एता ऊताको या हु कुरा गर्दै .. "  भन्दो रैछु, तेही "या हु" लाई लिएर गुरुजन भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! आफुसँग खुराक प्रसश्तै हुन्थ्यो, म नि गएर सुनाइदीहाल्थें । 
 
 
एक दिन कुन्नी के मुड चल्यो युवराज सरको, गीत गाउन भन्नुभो, मैले नि एत्तिकै गाइदिएं ... तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं ... । 
क्रमश: 
Last edited: 20-Dec-12 03:44 PM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-27-12 1:35 PM     [Snapshot: 1436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 pokhrelikanchi, 
प्रशंसाको लागि धन्यवाद । अर्को भाग राखिसकें त हाउ, कता गाएब हो ? 
 
Old Jeans, 
thanx fo'ur tym  n comment, it really means alot.  
 
sukuchha, 
के सारो डाहा मानेको लौ हेर ! तर अहिले नै २टै हात्मा लड्डु छैन हो मित्र, मिठाइ पसल बाहिर पुगेको मात्र हो । 
 
थाने, 
वाह ! कती राम्रा पंक्तिहरु, मेरो सबै कथाको सार निचोरिएर आए जस्तो लाग्यो ! टाउको झुकाएं प्रभु, तर यो टुक्रा-टाक्रिले मनै भरेन क्या सोम; full-phase कहिले पढ्न पाउने सुअवसर प्रदान गर्ने हो भन्या ? म त कुरी रा'छु है, आशको निराश नहोस् गुरु । 
 
लरे माठ्साब, 
रिया नै ठीक हो कि भन्ने .. हामीलाई पनि लागेको अवस्था त हो तर यहाँहरु जस्तै हितैषिका अमुल्य सुझाव र बहुमतको चाहना अनुरुप लेख्तै जांदा काहानीमा टुइष्ट पनि आउंछ कि भन्ने .. हामीलाई लागेको अवस्था पनि हो ! 
 
क्रेजी, 
कथा पछ्याइदिनु भाको मा धन्यवाद । तपाईं जस्तो मार्मिक र जीवन्त लेख्न त जान्दिन; मेरो मनचिन्ते र उरन्ठ्याउला लेख पनि मन पराइदिनु भाको मा खुशी लाग्यो । 
 
भक्ते दाजै, 
मेरो कथा पढिदिएर ठुलो गुन लाइदिनु भो, आभारी भएं । 
 
साथै, मुरि-मुरी धन्यवाद अन्य सम्पूर्ण पाठकहरुलाई पनि । 

 
Posted on 12-27-12 3:11 PM     [Snapshot: 1464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

cali ji, 
           यो कुरा ले सारै मन छोयो " चाहिएका सबै कुरा पाइंदैनन् र पाहिएका सबै कुरा चाइदैनन्; जीवनमा"

ani   जिया को नेपाली त प्रस्ट राम्रो भएछ !!!!  चिठी पड्दा कतै बाट पनि इन्डियन मिसिएको chiana

Tara sarai ramailo lagi racha padera .. arko bhaag chittai hai
 
Posted on 12-27-12 3:12 PM     [Snapshot: 1463]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 अस्ति नै भन्या काइँला बा लाई , "जिना" लाई आइ लोप यु भन्दिनु भनेर . मान्नु भएन . झन्डै जिना -मरना भएको . 


उत्तम शैली, उत्तम चित्रण , उत्तम उद्दरण . 

 
Posted on 12-27-12 11:44 PM     [Snapshot: 1550]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 jaw dropping !
 
Posted on 12-28-12 9:52 AM     [Snapshot: 1611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 वाउ ! cali ब्रोले खतरा लेख्नु भयेछ ...बल्ल पढेको आज सबै भाग ...मित्र सारै राम्रो लग्यो...
 

 
Posted on 12-31-12 12:25 PM     [Snapshot: 1755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 उपहार (कथा) भाग ५ 
 
 
उही तिमीलाई चटर-पटर गरेर हैरान पार्ने 
पागल 
 
 
चिट्ठी पढि सकेर मन कस्तो-कस्तो भो । यो केटीको सुद्धी कहिले फिर्ने होला भन्ने लाग्यो । यि सब कुराहरु भैसकेपछी पनि ? मलाई त लागेको थियो, जीवनयात्रामा अघी बढ्न र बाटोमा भेटिने बेथाहरु बटुल्न, अब त एस्ले सिकेकीहोली । जीवनलाई परिवर्तनसँग समानान्तर रुपले अर्थ्याउने मान्छेले फेरी किन तेसैलाई भाविको लेखोटसँग, पुर्व जन्म र पुनर जन्मको परीणामसँग जोडेकिहोली ! किन बांचाइलाई जन्मदै लेखिने जित र हार अथवा बदल्नै नसकिने साश्वत सार भनेर बुझेकिहोली ? हुनत कुनै एकले यो चोलालाई जसरी बुझ्छ र बांच्छ, तेही नियम नै अर्कोकालागी पनि लागु हुनुपर्छ भन्ने पनि मेरो मान्यता होइन - कोही साधु छन् यहाँ, कोही सर्जग छन् यहाँ, सृष्टी यो एउटै भएपनी शृजनाका हजार सन्तती छन् यहाँ; बांच्नु कसैलाई बरदान यहाँ, मृत्‍यु कसैलाई मोक्ष यहाँ, दृश्य त्यो एउटै भएपनी हेर्नेका हजार दृष्टी छन् यहाँ । र सायद, अपवाद भन्नुको अस्तित्व पनि छ क्यारे यहाँ ! 
 
 
क्लासमा ग्रुप बाहिरका २-४ जना थिए, म कसैसँग केही नबोली झोला फालेर झरें । चुरोट खान्छु भनेर निकालें, जिनाले कुनै दिन बट्टै झम्टेको र क्षितिजतीर हेर्दै लामो पप तानेको घटना कताबाट हो, स्‍मृतिमा आइपुग्यो; एकछिन बट्टा तेत्तिकै ओल्टाइ-पल्टाइ हेरिरहें । बट्टाको लोगो र अक्षरहरु केइ नि देखिन बरु, उस्को "can i sit here ?" सोधाई देखी मेरो, "जिना, छिट्टो निको होउ ल, प्लिज ।" सुझ्याइ सम्मका सबै यादहरु कुनै डिजिटल क्यामेरामा प्ले गरिएझैं तेही चुरोटको बट्टामा एक पछी अर्को चित्रित भैरहेका थिए । 
के छ र हो त्यस्तो special त्यो प्याकेटमा ? रियाले अतितसँगको सेतुलाई चुंडाउंदै सोधी, कुन बेला हो मेरै छेउमा आएर उभिएकी रैछे । 
हेरन, यो luxury kings भनेर किन लेख्याहोला भनेर सोचिरा'नी ! ढांट्ने क्रममा मलाई दुइबाजी सोच्नै पर्दैन, दिमाग खुबै छिटो चल्छ । 
luxurious feel गराउंदो हो नि त तिमीजस्तो चुरोटेहरुलाई ! संगै बस्दै भनी । 
के यो मैले चुरोट खानुप्रती ब्यङ्य वा आपत्ति हो ? प्रसंगलाई मोड्नु मात्र मेरो ध्येय थियो । 
तिमी हरेक कुराको अर्थ खोतल्नु किन जरुरी मान्छौ ? फुक न जती मन लाग्छ, तिम्रै ड्याडीको पैसा हो ! रिया ठान्थी, यि वाक्य उस्ले आफैले भनेकी हो; म ठान्थें, मैले उस्लाई भन्न लगाएको हुँ ! 
एदी कुनै दिन मैले आफ्नै कमाइले खाएछु भने ? 
तेस्ले कुनै अन्तर ल्याउंदैन, सायद । 
एदी तिम्रो कमाइले खाएछु भने ? 
मलाई खुशी नै होला तर केही सिमाहरु हुन सक्छन् । 
एदी हाम्रो कमाइले खाएछु भने ? 
खुशी कम र सिमा बेसिको अनुपातमा संभावना देख्छु म । 
तिम्रो संभावना सिघ्र नै साकार होस् भन्ने चाहन्छु म, तर सिमाहरु केही कम हुन सक्लान् कि ? 
मत्लब ? अब बल्ल झट्का लाग्यो उस्लाई । 
तिमी हरेक मत्लबलाई बोलेरै बयान गर्नु किन जरुरी मान्छेउ ? मैले एक खिल्ली सुर्य निकालेर सल्काएं, सपना र बिपनाको संघारमा उभिएकी जस्ती देखिन्थी रिया । 
 
 
दाईss दुइटा चियाss । आज उसैले मगाइ । 
यो कस्को कमाइबाट ? 
तिम्रो सशुरा बाउको ! प्लिज एक पटक डाइरेक्ट भनन, मलाई heart-attack आउला जस्तो भैसक्यो । 
मलाई अड् लाग्छ । तिम्ले बुझेउ त, भएन ! 
नाइ, नाइ ! उ खुट्टा बजार्दै मेरो पाखुरो समातेर झ्यांक्न थाली । 
ok, i like you. 
अहं, एतिले त मरिगए हुंदैन । ३ वर्ष कुराएका छौ, छिट्टो केss ! 
पख, कुनै दिन ring ल्याएर formally भनुम्ला । 
भो, पछीका कुरा पछी गरौंला, अहिले खुरुक्क भन । 
ए बा ! अहिले देखी नै घुर्की ? म त आफ्नो निर्णयमाथी पुनरविचार गर्नुपर्छ कि क्या हो ! 
अनी के त ? एक-एक तड्पाइको ब्याज सहित अशुली गर्नुछ । ल-ल, get on your knee ! 
stop kidding. यो सब म गर्छु होला नि ? 
अरे वा ! you have to ! नत्र म रिसाएर गएं ! उ उठी । 
अरे यार, बसन । ok, ब्रेकमा भन्छु ल छतमा, happy ? उस्को हात तान्दै बसाएं । 
no way, अहिले नै भन्नुपर्छ । right now, right here. 
हांसो-मजाकमा कुनै पनि नौटंकी गर्न मलाई कहिले पनि जोख्नु-जमाउनु पर्दैन तर यहाँ कुरा अलिक भिन्दै थियो, मलाई पक्कै अप्ठ्यारो लागेको थियो, अर्को उपाए थिएन पनि । हातको चुरोट फ्यालेर घुंडा टेकें, उ बेन्चमै बसेकी थिई, उस्को हात समातेर बडा मुश्किलले भनें, "riya, i love you, will you please marry me ?" 
oh, thanku-thanku-thanku ! उस्ले गम्ल्याङ्ग अंगालो हाल्दै मलाई भुंइमै ढलाई । 
ओए ! के गरेकी ? कपडा सबै फोहोर भो भन्या । उस्लाई माथि घचेट्दै भनें । 
बालै भो, thanku-kiss चाइं ब्रेकमा ल, first-lip's ! बीस्तारै भनी, केही लजाउंदै । 
no way, रियाजी । right now, right here ! ढाडको धुलो झार्दै भनें । 
नाटक नगर ! उस्ले चिया समाती, मैले चुरोट निकालें । 
एss आफुलाई पर्दा चाइं नाटक ? मलाई त चाइयो, चाइयो ! 
सांच्चै भन ! भर्खरै एक सुरुप चिया तानेको ओंठ पुछ्दै भनी । 
अं । 
सांच्चै भन ? हातको चिया साइडतिर राखी । के गर्छे यो ? एहीं चटक देखाउन थाली कि के हो ? मलाई डर लाग्यो । 
हैन-हैन, जिस्केको मात्रै ! के हो तिमी त ? पछाडिबाट उस्को कपाल तान्दै भनें । 
प्यार किया तो डरना क्या ! कुमले धकेल्दै भनी । 
धेरै फिल्मी नहोउ, चिया सक, क्लास सुरु हुने बेला हुनथाल्यो । 
आज बंक गरुम्न ! आंखामा चमक ल्याउंदै मेरो हात समातेर प्रस्ताव राखी । 
शुरुवात नै क्लास छोडेर गर्ने र भन्या ? 
हेरन, मलाई त कस्तो छट्पटी भैसक्यो के । कता जाउं - के गरुं भा'छ ! 
खुरुक्क क्लासमा जाने, ध्यान दिएर पढ्ने । 
हस् पतिदेवजी, तर यो शनिबार पक्का है त, हामी दुईजना मात्रै ! 
 
 
के भो रिया ? anything wrong ? उस्को निन्याउरो मुख देखेर सोधें, अर्को दिन । 
मैले हाम्रो बारेमा भनेकोथिएं घरमा । 
अनी ? 
वहाँहरुले मान्नु भएन । भुइंतिर हेर्दै भनी । 
हेर, मैले त पहिले नै भनेको थिएं एस्तो हुनसक्छ भनेर । अब ? 
म त कस्तो दोधारमा परें । तिमी भन न के गर्ने ? 
मेरो बिचारमा त अहिले नै आत्ती हाल्नुपर्ने त्यस्तो केइ छैन । भन त, कस्का बाउ-आमाले, 'जा छोरी, पढाई-लेखाइ छोडेर कुनै केटासँग छिल्लिंदै हिंड्' भन्लान् र ?' फेरी त्यो पनि मजस्तो भर्खरै बिई पढ्दै गरेको केटोसँग, वहाँहरुलाई तिम्रो भविश्यको चिन्ता त होलानी । समय बित्दै जांदा सायद वहाँहरुको धारणा पनि बद्लेला । मैले सान्त्वना दिंदै भनें । 
तर पछी पनि मान्नु भएन भने ? उस्ले संका पोखी । 
ठण्डा दिमागले सोच रिया; हेर, हामी आफ्नो खुट्टामा उभिएका छैनौ तेसैले तिमीलाई कहीं अन्तै लिएर जान त अलिक गार्हो होला तर आज-अहिले नै घरमा लिएर जान सक्छु र मेरा बाउ-आमालाई जसरी भएनी मनाउने ग्यारेन्टी पनि लिन्छु । त्यो भन्दा पहिले तिमीबाट भने मात्र एउटा कुरा जान्न चाहन्छु; के यो सही हुनेछ या गलत ? र, कुनै पनि निर्णय लिनकोलागी तिमी स्वतन्त्र छेउ । 
तिम्रालागी सही के हो ? 
समय । आफुलाई योग्य पार्न चाहन्छु, तिम्रालागी । 
के यो तिम्रो एक्लो विश्वास हो ? 
होइन, तिम्रो निर्णयले अहम् भूमिका खेल्नेछ । 
मेरो निर्णयले तिमीमाथी घात हुनेछ भनेर डराएका छैनौ ? 
तिमीलाई आफ्नो मानिसकेपछी तेस्ता कुराहरु गौण हुन् । 
पक्का ? 
भन, म तयार छु । 
तेसोभए भरे खाना खान आउ घरमा ! कुटिल पाराले मुस्काउंदै भनी । 
केरे ? कुनै नराम्रो सपनाको बिच्मै ब्युंझे जस्तो भएं म । 
एकपटक भेट्न खोज्नु भा'छ ! green signal छ, नडराउ ! अब उ ताली बजाउंदै हांस्न थाली, मलाई ठुलै डज् दिएकी थिई ! 
पख काली, मेरो हातबाट राम्रै भेटेउ अब । मैले खेदाएं, झोला च्यापेर दौडीई उ । 
 
 
टाइममा आइपुग है, first impression को सवाल छ ! छुट्टीने बेलामा रियाले फेरी याद दिलाई । 
ल बाबा । ६ बजे भन्या होइन त ? साडे ५ बजे नै आम्ला भएन ? 
ओहो ! किन एस्तो आत्तुरी ? आजै कन्यादान गर्दिन्छन जस्तो लाग्यो कि के हो ? 
के था' ? हाम्लाई यो कालीले हुक्क पारीसकी, आजै लैजा भन्न नि के बेर ? 
उस्, सपना नदेख ! सुनन, केइ नखाइ आउन मिल्छ भने ? 
भोकै आउनु ? मलाई उस्को आशय था' थियो तै पनि जोक गरें । 
त्यो भनेकी होइन, बदमाश ! बीस्तारै चिमोटी उस्ले । 
 
 
सांच्चै जांदैनस् त भन्या ? म त एक्लै हुने भएं त ! भरे सांझमा गुरुलाई मनाउदै थिएं । 
याssर, मलाई यो सब कुरामा नफसा न हो ! बुढो पार्टीसँग मेरो ट्रम नै खान्न के, तंलाई त थाहै छ नि । 
एउटा कुनोमा जांड तान्दै मलाई company दिएर बसेस्, भैगो त ! 
ज्वाँईं साब्लाई मान-मनितो गर्न बोला'होलान, म किन जानुनी ? उस्को जाने मुड देखिन, मलाई नि कर गर्न मन लागेन तर कता-कता मनमा मलाई बिझिरहेको थियो; मैले बाजी मारें भन्ने कुरामा त खेद थिएन कतै गुरुलाई ? 
तैंले कुनै दिन रियालाई मन पराउंथिस् हो ? 
साले, एस्तो गाली नदे है । तैंले यसरी बुझ्छस् भने म जान तयार छु - जेसुकै गर्न नि तयार छु । 
मलाई कहिलेकाइं guilty feel भएजस्तो हुन्छ यार, तेसैले सोधेको; अन्यथा नली' ल । 
मैले कहिलेइ उस्लाई___ ए, सरी; वहाँलाई त्यो नजरले हेरेको छैन, ढुक्क हो । 
i hope तैंले सांचो बोलेको छस्, तंबाट खोसेर आफ्नालागी केही हाशिल गरें भने त्यो मलाई बाचुन्जेल बोझ हुनेछ, बुझिस् ? 
यो भ्रमलाई गिदीबाट निकाल् र धेरै sentimental पनि नहो । बरु, छिटो गैहाल्, सशुरा बाले घडी हेर्दै होलान ! 
लु त यार, म निक्लिनु पर्ला अब । 
best of luck ! धेरै नखाएस् ल, म यहाँ बन्दोबस्त गरिराख्छु, भरे celebrate गर्नुपर्छ । 
 
 
टाढैबाट रियालाई कौशिमा देखें, अलिक चैनको साश पलायो । उ तल आएर गेट खोलिदीई, आफ्नो फट्फटे लगेर टोयोटा कोरोलाको छेउमा ठड्याएं; क्यार्नु ! मेरा बा बिज्नेसम्यान परेनन् त भनेर चित्त बुझाएं । 
ओए काली, घरमा को-को छन् हं ? मैले करीब-करीब साशैले सोधें । 
ठुलो ड्याडी - ठुलो ममी र अंकल-आन्टी नि आउनुभा'छ । किन, नर्भस ? 
अं यार । एक-दुइवटा औषधी खाएर आउनुपर्ने रेछ ! 
अनी त कुटाइ पनि खान्थेउनी । चिन्ता नमान क्या बुढा, म छु नि । सिंढी उक्लंदै गर्दा मेरो हात च्याप्प समातेर उस्ले भनी । उस्ले एती भनिदिंदा मात्र पनि ममा गज्जबको साहश बटुलियो ! तर कोइ ठुलो मान्छे वा परिवारका सदस्य साथमा भैदिएको भए हुने, भन्ने सोचाइले अलिकती अभाव पनि खट्कियो । 
 
 
बैठक कोठामा रियाको ठुलो ड्याडी र अंकल मात्र थिए, signature को बिर्को खोली सक्या रहेछन्, साथमा मासु र अचारका केही परीकारहरु पनि थिए । नमस्कार गरेर म छुट्टै सोफामा बसें, रिया भुइंमै बसेर रिमोट खेलाउन थाली । 
हामी त सुरु गरिसक्याछम् केरे, बाबुलाई चल्छ कि चल्दैन ? ठुलो ड्याडी अलिक फरासिला रहेछन्, वार्ताको थालनी उनैले गरे । अंकलजीले मन्द-मन्द मुस्कान छरी मात्र रहे । 
ऐले एकछिनमा के, सबैसँग भेटिसके पछी । मैले केही बोल्नु अगावै रियाले सजिलो पारीदीई । 
लैजा न त किचनतिर, आईमाई टोली उतै त होलान् । तेरो ड्याडी पनि कता हरायो ? 
जाम् । रियाले बोली र ईशाराले एकैसाथ भनी । 
 
 
आज तिमी बियर मात्र खाउ है, ममिको आइडिया हो यो । रियाले भन्न त मेरो कानमा भनी, तर किचनमा भएका सबैले सुन्नेगरी ! 
हेर एस्को सोमत ! अब यो तालले त हुंदैन त केटी, तपाईं-हजुर भन्न कैले सिक्ने हो ? नारीवर्गमा भने आन्टी अलिक बोलक्कड रैछिन् । 
साशु आमैले नजानिदो किसिमले मलाई हेरी मात्र राख्थिन, तर जब मैले था' पाएं कि जस्तो हुन्थ्यो, उनी आफ्नै काममा ब्यस्त भए जस्तो गर्थिन । दिउंसै तर्साउने जस्तो यो बज्जेमा मेरी छोरीले के देखिछ त, भनेर अचम्म मान्दै थिईन् कि ? ठुलो ममी भने हातमा सोमरशको गिलास समातेर एउटा कुर्सिमा बिराजमान थिन, किचनको एउटा कुनोमा रेडलेबलको आधी जती बोतल थियो - सायद तेहिंबाट खन्याइेएको हुंदो हो । साशु आमै र आन्टिजीका सामुन्ने पनि एकेक वटा प्याला थिए तर उनिहरु के-केजाती पकाउंदै पनि थिए । म अर्को कुर्सिमा भरसक भलादमी देखिने चेष्टा गर्दै र भित्र-भित्र थुरथुर काम्दै बसेको थिएं, रिया मसंगै उभिएकी थिई । 
बाबुको घर धरान भन्नु भा हैन त ? ठुली साशुलाई मैले कैले भनेछु कुन्नी ! सायद रियाले साशु आमैलाई र साशु आमैले उन्लाई पास गरेको मेरो बायो-डाटाको आधारमा सोधेकी थिन । 
हजुर । मैले पानीको गिलास डाइनिङ टेबुलमा राख्दै भनें । आफुहरु भने रेडलेबल धोकिराछन् मलाई भने पानीमै टारिरहेका थिए । अघी त कता हो बियर सम्मको कुरा भएनी उठाएका थिए तर तेही दिने नि छांट्काटै छैन ! तिमीहरुले बिर्स्यौ कि क्या हो भनेर सोध्नु पनि मिलेन ! 
आss, म त ज्वांई साब नै भन्छु; अहिले देखी नै सजिलो के ! अनी ज्वाँईं साब्को घर कतातीर पर्‍यो कुन्नी, धरान त एकचोटी म पनि गा'छु एस्को अंकलसँग । आन्टीजीले एक सिप लिंदै सोधिन । रियाले पुलुक्क साशु आमैतीर हेरी, साशु आमैले रिले खेल्या झैं, फेरी तेही लुक मलाई दिईन ! 
लक्ष्मी चोक हो आन्टी, बुढासुब्बा उक्लिने बाटोको छेवैमा । 
घरमा को-को हुनुहुन्छ नि बाबुको ? रियाले सबै बेलिबिस्तार लाइसक्या हुंदी हो तर यि ठुली साशुलाई किन पुन: प्रसारण सुन्ने मन थियो खै ! 
अहिले त बाबा-आमा मात्र हुनुहुन्छ, दाई बाहिरै हुनुन्छ । 
बाहिर भन्नाले नेपालमै कि बिदेशतीर ? 
अमेरिका । 
ए, भनेपछी त ज्वाँईं साब्को पनि उतै जाने प्लान त होलानी, पढाई सक्काएर ? 
खोइ आन्टी, अहिले त केइ सोचेको छैन त्यो बारेमा । 
मलाई त मन पर्दैन है अर्काको देशमा गएर चाकडी गर्न, गर्नेलाई एहीं छ नि प्रशस्तै । ठुली साशुको चालामाला हेर्दा त यो ज्यानले फल बेगर नै रेड कार्ड पाउला जस्तो छनक देखियो ! 
जेसुकै भन्नुस् दिदी, अमेरिका भन्या अमेरिका नै हो । कतिले टाउकै फोर्छु भन्दा नि जान पाउंदैनन् । जानु पर्छ ब्यारे ज्वाँईं साब, बरु एसो मिलाएर हामीलाई नि बोलाउनुहोला ! धन्न लाइन्स्-वुमन मेरै पक्षमा थिईन् । अब मुख्य डर गएर अड्कियो बेला-बेलामा कर्के नजरले हेरीरहेकी fourth official मा, उन्ले substitution को बोर्ड देखाइदिन् भने त राम नाम सत्य ! 
हामी एकछिन बाहिर गएर आउंछम्, हुन्न ? रियालाई पनि कौन बनेगा करोडपती मन परेनछ क्यारे । 
कता जाने भन्छे यो, सांझ परेको बेलामा ? आन्टीजीले चिन्ताको बार हालिन् । 
तिं अगाडि हो के, आइस्क्रिम खान । रियाले एक लात्तो हानी त्यो बारमा । 
ल हेर ! कुरै-कुरामा केही खानेकुरा पनि दिईएनछ । सुरुमा 'नमस्ते' फर्काएकी थिईन तेस्पछी बल्ल अहिले साशु आमै बोलिन् । कुरै-कुरामा होइन, एक्लै-एक्लै सुरै-सुरामा भुलेर हो भन्नु मन ला'थ्यो ! 
ऐले आएर खाम्ला, हिंड जाम् । रियाले मतीर हेर्दै भनी । 
रिया !! साशु आमैले अलिक ठुलो स्वरमा सचेत गराइन् । 
ह्याss हाम्रो चल्छ के ! पछी भन्नु परे भनुम्ला नि । हिंडीबक्स्योस् ! 
 
 
कां जान ला' सानु ? हाम्रो बोइङ को ट्रान्जिट बैठकमा नपरेकोले, ठुलो ड्याडीबाट इन्क्वाएरी भयो । marshaller ज्यु चाइं अघी झैं मुस्काइ मात्र रहे, aircraft land नहुने भएसी उनी सकृय हुनुपर्ने काम नि भएन । 
एत्तिकै, एकछिन हावा खान । आज रिया नै मेरो आधिकारीक प्रवक्ता बनेकी थिई । 
तर त्यो हावाको नाम सुर्य पर्‍यो, है बुढा ! तल झर्दै गर्दा उसैले भनी । 
क्रमश: 
 

 
Posted on 12-31-12 12:43 PM     [Snapshot: 1758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 जेठोबाठो बन्धु, 
तपाईं त्यो फिलिम बनाउने सुर मात्र कस्नुस् न; मात्र किन, screenplay र dialogue पनि सित्तैमा दिम्ला नि हाउ ! 
 
pokhrelikanchi, 
मेरा पंक्तिले यहाँको मन छोएछ, खुशी लाग्यो । जिनाको चिट्ठिमा अलिकती हिन्दी-पारा घुसाउने हो कि (?) भनेर मैले नि एक मनले सोचेकोथें तर भावनात्मक मर्म हराउला कि भन्ने डरले तेसो गरिन, बिराएको भए माफ पाम् । 
 
ठुल्दाइ, 
पुन: क्रितज्ञता ज्ञापन गरें । खोइ दाई, आई लोप यु भन्नु मनले नै मानेन, दिल्पे जोर नही चल्ता - भन्छन् नि दाई ! तर एस्बार भनेकोछु दाई, अर्किलाई ! 
 
Old Jeans, 
once again, thanx dude ! 
 
aakinchan, 
कथा पढिदिनु भाकोमा र मन पराइदिनु भाकोमा धन्यवाद । साथै, समस्त अन्य पाठक वर्गहरुप्रती पनि आभार, नयाँ सालको शुभकामना पनि । 

 
Posted on 12-31-12 2:54 PM     [Snapshot: 1786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्या झक्कास को गयो यो पाली पनि कहिला-दाइ(क्याली) .....

<< हुनत कुनै एकले यो चोलालाई जसरी बुझ्छ र बांच्छ, तेही नियम नै अर्कोकालागी पनि लागु हुनुपर्छ भन्ने पनि मेरो मान्यता होइन - कोही साधु छन् यहाँ, कोही सर्जग छन् यहाँ, सृष्टी यो एउटै भएपनी शृजनाका हजार सन्तती छन् यहाँ; बांच्नु कसैलाई बरदान यहाँ, मृत्‍यु कसैलाई मोक्ष यहाँ, दृश्य त्यो एउटै भएपनी हेर्नेका हजार दृष्टी छन् यहाँ । र सायद, अपवाद भन्नुको अस्तित्व पनि छ क्यारे यहाँ !  >> ----बा कस्तो लेख्या गाँठे चित्त देखि चिरिप्पा हुने गरि भित्तै समाउन पर्ने गरि .......

हजुरको कथा पढेर येही केहि फुर्यो , गलती भए माफी पाम है ......


यहाँ हरेक को खुसि परिस्थितिको धारले रेटीन्छ  
प्रत्यक खालि मुटुमा अमर नाम अन्जानै लेखिन्छ
एउटीको मुटु चिरेर अर्कीको सिउँदो भरिन्छ
पाउनु र गुमाउनुलाइ भाग्यको तराजुमा जोखिन्छ  
प्रेमको कथा अन्त्यमा व्यथा बनाई बजारमा बेचिन्छ
हो, यो एउटा बजार हो
यहाँ प्रत्यक मायाको मोल तोकिन्छ
यहाँ हरेक हाँसोलाइ बलिन्द्रधारा आँसुले सिन्चिंछ
मस्त जीवन निसास्सिएर रोकिएको हरेक कुनामा भेटिन्छ
असिमित चाहना र सपना लखेटिरहेको आत्मा, मौन भोलिमा थामिन्छ
हो, यो एउटा बधशाला हो
यहाँ प्रतिपल चंचल हृदयाभाव गिंडीन्छ
भोक र भोगको तुवाँलोमा ब्यर्थै धसिंछ  
पबित्र एवं अनुपम प्रेम त्यागको कैदमा थुनिन्छ
अनि भन्न मन हुन्छ ,
यो मन्दिर हो ,
त्यागको मन्दिर ,
खुसिको मन्दिर ,
प्रेमको मन्दिर ,
पुजाको मन्दिर  
जहाँ भगवान हैन माया पुजिन्छ ..


- थाने .

..अर्को भागको प्रतिक्ष्यामा



 
Posted on 12-31-12 3:59 PM     [Snapshot: 1832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 dhanyabaad Cali ji yeti ramro lekh post garnubhako ma...dherai din pachhi dil baag baag ho gaya bhanya jastai bho. 
 
Posted on 01-02-13 2:36 AM     [Snapshot: 2005]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 <<< तिमी हरेक मत्लबलाई बोलेरै बयान गर्नु किन जरुरी मान्छेउ ? मैले एक खिल्ली सुर्य निकालेर सल्काएं>>> कस्तो है यो सुर्यको सर्को पनि ...जस्तो बेलामा पनि  तानु तानु लाग्ने...

<<< बांच्नु कसैलाई बरदान यहाँ, मृत्‍यु कसैलाई मोक्ष यहाँ, दृश्य त्यो एउटै भएपनी हेर्नेका हजार दृष्टी छन् यहाँ>>> सारा जीवनको निस्कर्ष लग्यो यो त 

अनि प्रभो के सारो राम्रो बर्णन हो ससुरालीको माहौलको , शब्द संग खेल्न त प्रभोलाई पनि राम्रो आउदो रैछ नि ... 
लेख्दै जाम प्रभो पढ्ने हामी छदै छौ नि ....
 

 
Posted on 01-02-13 6:36 PM     [Snapshot: 2090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 उपहार (कथा) भाग ६
 
 
तर त्यो हावाको नाम सुर्य पर्‍यो, है बुढा ! तल झर्दै गर्दा उसैले भनी । 
 
 
खोइ, ड्यडिलाई त देखिन त काली ? उ butterscotch खांदैथी', मलाई गुलियो उतिसारो मन पर्दैन । 
बेडरुमतीरै हुनुन्छ होला । अलिक लाज मान्नुन्छ एस्ता कुरामा । 
केरे ? झन् म पो लजाउनु पर्ने होइन र ? 
पख न ऐले २-४ शट् दिएपछी लेक्चर सुरु हुन्छ ड्याडिको ! 
alright, कापी-कलम लिएर बस्नुपर्ला तेसोभए ! 
 
 
ड्याडी दर्शन ! बल्ल बैठकमा सवारी भा'रेछ ड्याडिको । 
ल, ल बसौं । सानु, दुइटा गिलास ल्या त । ठुलो ड्याडिले नै निम्त्याए । म सशुरा बासंगै बसें, रिया भित्रतीर लागी । 
मेरो त अलिकती काम थियो .. सशुरा बाले बल्ल मुख फोरे । 
ए, ठिकै छनी । म पनि अघी भर्खरै हो आएको । मैले हांस्न खोज्दै भनें । 
सशुरा-ज्वाइं त उस्तै-उस्तै भेटिए जस्तो छ है । हाम्रो यो पनि निकै कम बोल्छ । ठुलो ड्याडीले सहजकर्ताको भूमिका खेल्नथाले तर, उन्लाई म पनि कम बोल्छु भन्ने किन लागेछ कुन्नी ! पछी था' पाउनेछौ बुढा, मैले डिङ हांक्न थालेसी अच्छे-अच्छेका पनि बोल्ती बन्द हुन्छ भनेर, मनमनै सोचें । रिया किश्तिमा दुइटा खाली गिलास र एउटा भरी बियर मग लिएर आइपुगी । 
बियर कस्लाई होनी ? अंकलजीको पनि वाक्य फुट्नथाल्यो अब, signature ले ताल दिन थालेर नि होला । रियाले हातको ईशाराले मतीर देखाइ । उस्लाई गाह्रो थियो, 'यिन्लाइ' भन्दा सोमतको डाइलग खाइने, 'वहांलाई' भन्ने उस्को बानी नाइ !
कां यो खाइरने ? मलाई त जुस खा' जस्तो लाग्छ भन्या ! भित्रै लैजा । ठुलो ड्याडिले मेरो दिलको कुरा भनिदिए, कुरो सही हो पनि; फेरी पहिलो पटक सशुराली आएको बेला पटक-पटक ट्वाइलेट गैर'नु मेरालागी पनि अप्ठेरो ! 
बाबुलाई soda राखौं कि ice ? बारटेण्डर बनेका ठुलो ड्याडिले सोधे । आफ्नो निट खाने बानी, अरु केही मिसायो भने पातलो भएझैं लाग्छ ! तर त्यहां औकात देखाइहाल्नु पनि भएन । 
थोरै ice. मैले मन मारेरै भनें । 
बाबा, त्यो अलिक मिलाइदिनु त । आन्टीजीले आफ्नो पतीदेवलाई टेबुलमा ठाउँ बनाइदिन आग्रह गरिन्, नयाँ लटको बफ-छोयलाकोलागी । मैले घांटी कन्याएजस्तो गरी आफ्नो जनै छामें, कतै बाहिरै देख्याछकी भनेर ! हुन त रियाले भनीसक्या हुंदी हो, ठुलो खशी र दारावाला खशी नि मलाई चल्छ भनेर । 
दिदी के गर्दैछे ? तिमेरुको सक्याभे एतै आव । सशुरा बाले अर्धाङ्गिनीको backup महसुश गरे । 
अं, अब एकछिनमा । एक-दुइटा पुराना प्लेट लिएर भित्र जांदै आन्टीजीले भनिन्, fanta (होला सायद) को गिलास बोकेर रिया आई । 
 
 
हिंजै जस्तो लाग्छ एस्लाई तेल घसेको, अब ऐले हेर .. तर ब्या त आफ्नो खुट्टामा उभिएपछी मात्र गर्दिने है, फेरी बाबुको घरकासँग पनि भेट्नु पर्‍यो; हाम्ले मात्र भनेर नि भएन । ठुली साशु भाव-विभोर हुने बहुत कोशीस गरिन् । महेफिल अब जम्न लाग्याथ्यो, हामी सबै बैठकमै थेम् । मैले भर्खरै २ गिलास मात्र अन्लोड गर्याथें र मात्रै, अंझ त्यो नि ice सँग ! तेही भएर ठुली साशु बचिन्, नत्र त भन्दिंदो हुँ - 'जन्म दिने बाउ-आमालाई मत्लव छैन एस्ता कुरा, तिमी बेसी जान्ने हुन्छ्यौ बुढी ?' 
खै ! हाम्ले भनेर हुनेनी हैन, हाम्ले नभनेर नहुनेनी हैन । केटा-केटिको मन मिलेपछी के गर्नु ? आन्टीजीले खास्साको कुरा गरिन् । एस्पाला 'लुक्' को रिले खेलमा भने केही नया खेलाडीहरु पनि सामेल भए; 'किन प्याच्च बोलेकी' भन्ने पारामा अंकलजीले आन्टीजीलाई हेरे, 'ठिकै होइन त' भन्ने पारामा आन्टिजीले सशुरा बालाई हेरिन्, 'सांच्चै हो र' भन्ने पारामा सशुरा बाले साशु आमैलाई हेरे, 'कुन्नी, यो मोरोको के भर' भन्ने शंकाको पारामा साशु आमैले मतिर हेर्दै खेल टुंग्याइन् । 
भेटौंलान्त वहाँहरुलाई पनि, आजै-अहिल्यै के हतार छ र ? ठुलो ड्याडिले बारटेण्डिङ गर्दै भने । 
एता पनि है । सशुरा बाले आफ्नो र मेरो गिलास देखाए, हाम्लाई मुडमा आउन अंझै २-४ गिलास बांकी थ्यो, सायद । 
एss धेरै नराख्दिनुस् है, पढ्न पो जानुपर्छ त भोली । रियाले चिन्ता पोखे जस्तो गरी तर उस्लाई नि था'थ्यो मेरो क्यापासिटी कती छ भनेर र मलाई नि था'थ्यो उस्को त्यो fanta जस्तो देखिने गिलासमा केको मिश्रण छ भनेर ! 
हामी पनि अफिस जाने होनी सानु, तेरै घरमा को बसीरन्छ र ? ठुलो ड्याडिले गरुड पुराण वाच्या जस्तो मिठो लयमा भने । 
लेखापढी गर्ने मान्छेले कां हाम्रो सिखो गरेर हुनेभो त नि ? यि ठुली साशुको मुखमा त कसैले टेपै लाइदेनी हुने ! मलाई अलि-अली लाग्न थालेको पनि उत्रेला जस्तो कुरा गरिन् । 
खाना कतिखेर खाने ? साशु आमैले सशुरा बालाई सोधिन् । आफुले पकाएका मिठा व्यञ्जनहरु मलाई भोजन गराउनु भन्दा पनि छिटो-छरितो मलाई घिचाएर त्यांबाट दफा गराउने उद्देश्यले नै अभिप्रेरित हुंदो हो उन्को सोधाई ! 
खाम्ला नि एकछिन्मा । सशुरा बाले हातको घडी हेर्दै भने, मैले सिध्धिनै लागेको आफ्नो गिलासलाई हेरें अनी ठुलो ड्याडी नजिकैको बोतललाई । 
बाबुलाई पनि त ढिला भोहोला । ठुली साशुले एकबार फेरी आगो ओकलिन् । मलाई त्यो रापमा धेरै सुकुटी भैर'नु मन लागेन, गिलासमा जेजती बचेकोथियो एकै घुट्कोमा स्वाट्ट पारेर भनें, "हजुर, अब खाएर लाग्नु पर्ला ।" 
 
 
करीब डेड दशक नै बितिसकेछ, ऐले त ठुली साशुको ब्यबहारमा निकै लचीलोपना हुन्छ, हुनुपनि पर्‍यो । अबनी तिन्का के हिम्मत हाम्लाई रुखो बोली बोल्ने, हाम्ले केइ भन्नु अगाडी नै हाम्रा छोराछोरीले र्याखर्याख्ती पार्दिन्छन् फेरी उतिसारो भेट नि हुंदैन; १-२ वर्षको एकचोटी न हो । 
 
 
एस्पाला क्रिश्मस मान्न दाइले san fransisco तिरै बोलाउनु भाथ्यो, भाग्यवस कामबाट लामो बिदा पाइयो पनि । phoenix मा १ घण्टा चानचुनको transit र तेस्पछी sfo मा ल्याण्डिङ थियो हाम्रो, अनी तेतैबाट la मा जिनालाई भेट्ने कार्यक्रम पनि तय भाथ्यो । जिनाको बारेमा पछी मैले सबै भन्देकोथें, रियालाई । मैले बुझे अनुसार रियाको मनमा त कुनै तुक बांकी थे'न, जिनाको मनको कुरा उही जानोस् ! 
 
 
जिना एक्लै हो कि अरु कोही पनि आउंदैछन् र ? sfo बाट lax कालागी प्लेन बोर्ड हुनुभन्दा केही पहिले रियाले सोधेकी थिई । 
राम जाने ! खै के surprise छ त भन्थी केरे फोनमा । 
पुरानै टाइपको surprise त नदेली नि ! 
त्यो ट्याकल गर्ने तेरै जिम्मा है काली अब, मैले त एकबार भोगिसकें । 
मनभित्र लड्डु फुटिराहोला, मलाई चेपारो घस्छौ ! लोग्नेमान्छेकालागी 'घरकी मुर्गी दाल बराबर' त हो नि ! 
होइन बुढी, मेरो चिकेन तन्दुरी त तैं हो नि । 
भो-भो देखियो; अघी त्यो लाइनमा अगाडिपट्टीकी गोरिलाई कसरी घुर्दैथेउ, देख्याथें मैले । 
ए बा ! कतै न कतै त हेर्नै पर्‍यो त यार ! पट्टा ला'को घोडा जस्तो भएर हिनुम त म ? हैन, छोराछोरी साथमा नहुने बित्तिकै किन तंलाई झगडाको मुड चल्छ हं ? 
तिमीसँग झगडा गर्न मज्जा आउंछ के ! उ हांस्दै मेरो ज्याकेटमा झुण्डीई । 
के गर्या ? खै छोड् ! छोराछोरीको आमा भएर पनि .. 
दिल जवान छ नि बुढा ! मेरो ज्याकेटको भित्रपट्टीबाट हात छिराउंदै उस्ले अंगालो मारी, एक त अमेरिका झन san fransisco airport को त्यो भिड, एस्ता कुरा कल्लाई मत्लव हुनु ? 
 
 
baggage claim बाट निस्कनासाथ जिना देखापरी । केही आश्चर्य र औपचारीकता पछी उस्को बासस्थानतीर लागियो । 
तिमीहरु मात्रै आएछौ त, म त सबै आउनेहोला भन्ठानेको । lexus भित्र बजिरहेको mltr को complicated heart को आवाज कम गर्दै जिनाले सोधी । 
अं, दाइकोमा नै बस्छौं भने उनिहरुले । रिया अगाडि बसेकीथी' उसैले भनी । 
अनी क्रिश्मसमै आउनु पर्दैन त ? शिसामा मलाई हेर्दै सोधी । 
क्रिश्मसमा आएपछी फेरी new year छुट्ने ! मैले पनि शिसामै हेरेर भनें । 
बसाइ कती छ नि ? यो प्रश्न साझारुपमा तेर्स्याइ । 
wednesday 4 pm मा त फ्लाईट नै छ, san fransisco बाट । रियाले उत्तर दिई । 
एss ! एतिछिटो जान पाउंदैनौ है, अलिक बस्नुपर्छ । १६ वर्षपछी त बल्ल भेट भा'छ ! 
हैन, return ticket नै काटेर आको भन्या । २-३ दिन त बसीहालिन्छ नि, कामबाट बिदा पनि तेती नै मिल्यो । मैले बाध्यता पोखें । 
बाहानामा त तिम्लाई कल्ले जित्छ र ? यिं भएर पनि कहिल्यै भेट्ने होइन ? उस्ले नि गुनासो बिसाइ । 
ए ! तेसो पो ! यो डाइलग त हजुरकालागी पनि त लागु हुन्छ होला, हैन ? 
तेइ भन्या, झन तिमी त एक्लो मान्छे; जता-जतीखेर हिंडु भनेनी सजिलो ! रियाले पनि थप्थाप पारी । 
भन्न सजिलो छ मैचा .. जिनाले अलिकती स्पिड बढाउंदै लेन चेन्ज गरी । मार्ल्बोरो-रेड निकालेर एउटा मलाई दिई, एउटा आफुले सल्काइ; मैले  light खाने गर्याथें तर त्यो दिन red नै सल्काएं । जिनाले अलिकती शिसा झारी, तैपनी गाडीभित्र धुवां मडारिंदै थियो, उसैगरी हामी तिनै जनाको मगजभित्र पनि १६ वर्ष अघिको याद मडारिंदै थियो; सायद । 
 
 
तेही राती kansas बाट शरु र भोलीपल्ट बिहान houston बाट रुबी र जीवन पनि आइपुगे । अब त झन माहोल पुरै कलेजवाला बनेको थियो, गुरुको मात्र अभाव खट्कियो । बारबिक्यु र सि-फुडसँग कुन जांडका कती गिलास ठोक्काउंदै के-के गफ भए, तेस्को हिसाब-किताब रहेन । 
 
 
छुट्टीने बेलामा, जिनाले मलाई एउटा पोको थमाउंदै भनेकी थिई, "लौ, तिम्लाई नयाँ सालको उपहार" अनी रियालाई भनेकी थिई, "तिम्रोलागी त पैसाले किनिने कुनै वस्तु ल्याइन है मैले, त्यो साह्रै तुच्छ हुन जान्थ्यो । एस्तो अमुल्य उपहार दिसक्याछु मैले ।" 
 
 
हाम्रा तर्फबाट पनि जिनाको घर पुगेको रातमै एक-एकवटा पोका थमाएका थियौं उस्लाई, रियाले दिएको पोकोभित्र केही ज्वयलरी आइटमहरु थिए तर मेरो पोकोभित्र जिनाले १६ वर्ष अघी मलाई दिएको उही नोटबुक र अर्को चिट्ठी थियो । उस्को आग्रह, उस्लाई नै मैले उपहार दिएकोथिएं, तर बेग्लै अर्थले । अहिले म san fransisco देखी dc उडेको us airways को flight 721 भित्र 5d मा बसेर यो कथाको बिट मार्दैछु; अघिल्लतीरका २ सिटमा छोराछोरीहरु brave हेरिरहेका छन्, संगै बसेकी रिया मेरो कुममा टाउको अड्याएर यो उपहार पढ्दैछे, la मा मैले छोडेको उपहार खोलेर - खै ! जिना के गर्दैहोली, के सोच्दैहोली ? म एसै भन्न सक्दिन । 
अश्तु 
 

 
Posted on 01-02-13 8:27 PM     [Snapshot: 2123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 थाने, 
सुरुमा त सलाम अनी साधुवाद ! मायाको मन्दिरलाई एती राम्रा शब्दहरुले सिंगारीदिनु भएकोमा । लेख्दैजाम् गुरु, थानेभित्रको त्यो कवीलाई हर्ष-उल्लासले स्वागत गर्न हामी लालायित छौं । 
कथालाई ट्र्याजिक पार्न खोज्या भे अलिक लम्बिन्थ्यो होला, तर होस् योबार तेसो नगरुम् भनेर पनि हो र भोलिदेखी फेरी डिउटी धाउनुपर्ने भएकोले फुर्सदाभाव पनि होलाकी भनेर सक्काइदिएं है त । 
 
जेठोबाठो बन्धु, 
तपाईंको दिल बाग-बां भएछ, त्यो नि मेरो कथाले; के सुन्नु परेको गांठे, म त मर्छु कि क्या हो !
 
aakinchan, 
यहाँका प्रशंसाका शब्दहरुकालागी पनि आभार प्रकट गर्दछु । सुर्यको सर्को त अजबकै हुन्छनी प्रभु ! तर क्यार्नु, यां अर्कैले चित्त बुझाउनु पर्याछ । 
 
अन्य पाठकहरुलाई पनि धन्यवादका गुच्छाहरु चढाएं; शिघ्र भेटको आशा राख्दै । 

 
Posted on 01-03-13 9:32 AM     [Snapshot: 2199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 काहिला दाइ , अन्तिम भाग नि दामी गैराथ्यो एक्कासी १६ बर्ष पछि (हिन्दि फिल्मी स्टाइलमा सोलाह साल बाद ) पो आयो अनि त कथा प्रेमिका भेट्न गाको प्रेमीलाइ कुकुरले लखेटेको जस्तरी दौड्यो .... हुन त काम गर्ने परो....कति एउतै कथामा झुन्दिनी भन्ठान्नुभो होला भन्ने मानेको छु ...
 
तर त्यो जिनाको surprise चै के रैछ ? अनि त्यो सानो बाकसां के रैछ हँ ? 
 
<<लेख्दैजाम् गुरु, थानेभित्रको त्यो कवीलाई हर्ष-उल्लासले स्वागत गर्न हामी लालायित छौं । >> - हजुरहरुको प्रेरणाले नै लेख्न सिक्दै छु सुरुवात साझा नै हो ..... धन्य हो हजुरहरु र धन्यबाद हजुरलाई कहिला-दाइ 

 
Posted on 01-03-13 9:53 AM     [Snapshot: 2207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 कथा अधोपान्त पढियो . एउटा अदृश्य नशा बोकेको कथा, एउटा अव्यक्त वक्तब्य लुकेको कथा, इन्भिजिबल सुगन्ध छरेको कथा . 
 
यस्तो राम्रो कथा लेख्ने काइँला बा , कता लुकेर बस्या भन्या यो भन्दा पहिले ? 
 
साझा कथा मंच मा काइँला बा ले नयाँ आयाम थप्नु भएको छ . डर लाग्छ अब त्यो उचाइ सम्म पुग्न न सकिएला कि कतै ............

 
Posted on 01-03-13 11:08 AM     [Snapshot: 2235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 Very interesting end.
 अन्तिम मा पनि खुल्दुली कायेम राख्न सक्नु  तपाइको खुबी लाई माने मैले 
 
Posted on 01-03-13 11:51 AM     [Snapshot: 2263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Superfluous ! 
 
Posted on 01-03-13 3:25 PM     [Snapshot: 2302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

काइला मार्ट्साब -

गज्जब को कथा - यो भन्दा राम्रो अन्त यो कथा को  नहोलाकी भन्ने मलाइ लागिरहेको छ -

धेरै धेरै धन्यबाद र बधाई छ -

अर्को कथा को पर्खाइमा
 
Posted on 01-03-13 3:36 PM     [Snapshot: 2314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 गज्जब को काईला दाइ, आज बल्ल फुर्सद भयो पढ्ने....
सानो मुख ले कति नै बयान गर्न सकिन्छ र, त्यसै ले अर्को कथा को पर्तिक्ष्या मा. 

 
Posted on 01-03-13 3:45 PM     [Snapshot: 2307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 contrary to most peoples opinion,  for me the last part ended rather abruptly. the flow was also super fast like the race  of usain bolt. i liked more, earlier part where u described each scene with lots of details full of pulsating feelings. nevertheless, u have agood knack of story telling, i eagerly wait for new story.salute.
 
Posted on 01-03-13 4:56 PM     [Snapshot: 2349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ, 
TMS, 
Old Jeans, 
लरे माठ्साब, र 
बार्मासे; लाई धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछु, मेरो पिठ्युंमा धाप मार्दिनु भै अघी बढ्ने हौसला दिनु भ'कोमा । 
 
थाने, र 
sukuchha मित्रहरुसँग खुला दिलको क्षमा चाहन्छु, यहाँहरुको अपेक्षा अनुरुपको लेख्न नसकेकोमा । यधपी आभार ब्यक्त नगरिरहन सक्दिन, आखिर तपाईंहरुकै सल्लाह र टिप्पणी नै हुन् मैले आफुलाई मज्बुद बनाउदै लाने खुराकहरु, जस्को मलाई संधै खांचो परीरहने छ र जस्लाई म संधै हात फैलाएर स्वागत गरिरहने छु । 
 
अलिकती आफ्नै कुरो, 
ढाइ हप्ता अघी जसो, जतिबेला मैले उपहार सुरु गरें; अहिलेको अलावा अरु ३ वटा अन्त्यहरु विकल्पका रुपमा थिए । 
१) जिना र म पात्रलाई लिएर अघी बढ्ने - आंशिक वियोगान्त । 
२) रिया र गुरु पात्रलाई लिएर अघी बढ्ने - पूर्ण वियोगान्त । 
३) रिया, गुरु र म पात्रलाई लिएर अघी बढ्ने - त्रिकोणात्मक वियोगान्त । 
तर नया सालको तात्तातो जोश र उमंगमा किन पाठकलाई मन खिस्रिक्क हुने उपहार पस्कुं भनेर मैले अहिलेको अन्त्य रोजेको हुँ । हुन त अन्त्यले कुनै पनि कथाको कहिले पनि गुणस्तर मापन गर्दैन र गरिनुनी हुंदैन, एसर्थ दोष स्विकार्य छ । विषेश: त अन्तिम भागमा थुप्रै कुराहरुमा लेख्न सकिन्थ्यो होला तर क्लाइमेक्स् अघी एदी म धेरैतिर पोखिएं भनें क्लाइमेक्स्मा जुन स्वाद पस्किम्ला भन्ने मैले सोचेकोथें त्यो बांकी नरहला कि भन्ने मेरो ब्रम्हलाई लागेकोले, थोरै दौडाएर लगेको हुँ; शायद म गलत भएं त्यहांनीर - आगामी दिन्मा याद रहने छ । 
 
अरु सम्पूर्ण मौन पाठकहरुलाई नि मुरी-मुरी धन्यवाद; छिट्टै भेट्ने वाचाका साथ । 

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Why you can't trust the vaccines 100%
Divorce Law in Nepal.
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
~चौतारी १९९~
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Gemstones in Nepal
Nepali Billionaires & Millionaires
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
होलीको नाममा यस्तो अश्लिलता देखियो
360 Nepalese Professors in the US Colleges and Universities
Don't apply Canada Immigration through COLIN R. SINGER
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
TPS to GC (PERM-I140-I485) TimeLine
नेपालमा बढ्दै गरेको यौन बिकृति
TPS FEDERAL NOTICE
Finally tps extended (18 months) ( full statement)
नफर्किने गरि नेपाल जाने सोच
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters