Posted by: ThahaChaena December 31, 2012
Login in to Rate this Post:
0
?
क्या झक्कास को गयो यो पाली पनि कहिला-दाइ(क्याली) .....
<< हुनत कुनै एकले यो चोलालाई जसरी बुझ्छ र बांच्छ, तेही नियम नै अर्कोकालागी पनि लागु हुनुपर्छ भन्ने पनि मेरो मान्यता होइन - कोही साधु छन् यहाँ, कोही सर्जग छन् यहाँ, सृष्टी यो एउटै भएपनी शृजनाका हजार सन्तती छन् यहाँ; बांच्नु कसैलाई बरदान यहाँ, मृत्यु कसैलाई मोक्ष यहाँ, दृश्य त्यो एउटै भएपनी हेर्नेका हजार दृष्टी छन् यहाँ । र सायद, अपवाद भन्नुको अस्तित्व पनि छ क्यारे यहाँ ! >> ----बा कस्तो लेख्या गाँठे चित्त देखि चिरिप्पा हुने गरि भित्तै समाउन पर्ने गरि .......
हजुरको कथा पढेर येही केहि फुर्यो , गलती भए माफी पाम है ......
यहाँ हरेक को खुसि परिस्थितिको धारले रेटीन्छ
प्रत्यक खालि मुटुमा अमर नाम अन्जानै लेखिन्छ
एउटीको मुटु चिरेर अर्कीको सिउँदो भरिन्छ
पाउनु र गुमाउनुलाइ भाग्यको तराजुमा जोखिन्छ
प्रेमको कथा अन्त्यमा व्यथा बनाई बजारमा बेचिन्छ
हो, यो एउटा बजार हो
यहाँ प्रत्यक मायाको मोल तोकिन्छ
यहाँ हरेक हाँसोलाइ बलिन्द्रधारा आँसुले सिन्चिंछ
मस्त जीवन निसास्सिएर रोकिएको हरेक कुनामा भेटिन्छ
असिमित चाहना र सपना लखेटिरहेको आत्मा, मौन भोलिमा थामिन्छ
हो, यो एउटा बधशाला हो
यहाँ प्रतिपल चंचल हृदयाभाव गिंडीन्छ
भोक र भोगको तुवाँलोमा ब्यर्थै धसिंछ
पबित्र एवं अनुपम प्रेम त्यागको कैदमा थुनिन्छ
अनि भन्न मन हुन्छ ,
यो मन्दिर हो ,
त्यागको मन्दिर ,
खुसिको मन्दिर ,
प्रेमको मन्दिर ,
पुजाको मन्दिर
जहाँ भगवान हैन माया पुजिन्छ ..
- थाने .
..अर्को भागको प्रतिक्ष्यामा