Posted by: caliber19 January 3, 2013
Login in to Rate this Post:
0
?
ठुल्दाइ,
TMS,
Old Jeans,
लरे माठ्साब, र
बार्मासे; लाई धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछु, मेरो पिठ्युंमा धाप मार्दिनु भै अघी बढ्ने हौसला दिनु भ'कोमा ।
थाने, र
sukuchha मित्रहरुसँग खुला दिलको क्षमा चाहन्छु, यहाँहरुको अपेक्षा अनुरुपको लेख्न नसकेकोमा । यधपी आभार ब्यक्त नगरिरहन सक्दिन, आखिर तपाईंहरुकै सल्लाह र टिप्पणी नै हुन् मैले आफुलाई मज्बुद बनाउदै लाने खुराकहरु, जस्को मलाई संधै खांचो परीरहने छ र जस्लाई म संधै हात फैलाएर स्वागत गरिरहने छु ।
अलिकती आफ्नै कुरो,
ढाइ हप्ता अघी जसो, जतिबेला मैले उपहार सुरु गरें; अहिलेको अलावा अरु ३ वटा अन्त्यहरु विकल्पका रुपमा थिए ।
१) जिना र म पात्रलाई लिएर अघी बढ्ने - आंशिक वियोगान्त ।
२) रिया र गुरु पात्रलाई लिएर अघी बढ्ने - पूर्ण वियोगान्त ।
३) रिया, गुरु र म पात्रलाई लिएर अघी बढ्ने - त्रिकोणात्मक वियोगान्त ।
तर नया सालको तात्तातो जोश र उमंगमा किन पाठकलाई मन खिस्रिक्क हुने उपहार पस्कुं भनेर मैले अहिलेको अन्त्य रोजेको हुँ । हुन त अन्त्यले कुनै पनि कथाको कहिले पनि गुणस्तर मापन गर्दैन र गरिनुनी हुंदैन, एसर्थ दोष स्विकार्य छ । विषेश: त अन्तिम भागमा थुप्रै कुराहरुमा लेख्न सकिन्थ्यो होला तर क्लाइमेक्स् अघी एदी म धेरैतिर पोखिएं भनें क्लाइमेक्स्मा जुन स्वाद पस्किम्ला भन्ने मैले सोचेकोथें त्यो बांकी नरहला कि भन्ने मेरो ब्रम्हलाई लागेकोले, थोरै दौडाएर लगेको हुँ; शायद म गलत भएं त्यहांनीर - आगामी दिन्मा याद रहने छ ।
अरु सम्पूर्ण मौन पाठकहरुलाई नि मुरी-मुरी धन्यवाद; छिट्टै भेट्ने वाचाका साथ ।