[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खाली पानाबाट.....

[Please view other pages to see the rest of the postings. Total posts: 129]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 45392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM

 
Posted on 05-22-08 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, kati ramro lekhey ko yar-- timilai "sajha dakshinbahu padak" le sammanit garnu parne bela bhaecha aba -- timra harek katha haru din pratidin ajha pariskrit hudai jadai chan, khas gari expression of feminine psychology part ekdamai shasakta cha. lekhdai jau, la mero pani subhakamana timilaai.
 
Posted on 05-22-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma pani positive sochna man parauchhu, Sajal kaamai parera gayeko hola ani Geeta ko ba sacchai birami bha holan jasto lageko chha. Tara, teso nahuna ni sakchha, bhanyena bhane ???


 
Posted on 05-22-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा मा बगोरहेँ धेरै बेर ,सँधै भने जस्तै यो कथाले मलाई बाँधेको छ ,

एउटा सानो सुझाव ,

सजल जाने दिनमा गीताको पनि बुबा बिरामी हुनु। १ घन्टा अघि गीता निस्किनु अनि त्यसपछि सजल। यो संयोग पनि हुन सक्थ्यो

यस्तो कुरा हरु कथा मा एक्स्प्लेन नगरि अघि बढे कथा अझ रमाइलो हुन्छ जस्तो लाग्छ ।।।।।।।।किनकि गिता गइ भन्ने बित्तिकै निलुको मनमाँ त्यो बिझ्यो भन्ने कुरा थाहा भइहाल्छ ,

अरु त u are at ur best ...........जे लेख्छौ राम्रै ले्ख्छौ यत्ति खेर।।।।।


 
Posted on 05-23-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाउनु त स्वार्थ होइन र ? मीराको प्रेममा पाउने कुरा कहाँथ्यो र? तै पनि उसले क्रिश्न भगवानलाइ मनभित्रै पाइ "
हाहाहाहा एस्तो भाषा आज्काल कसैले पनि बोल्छ जस्तो लाग्दैन, हिन्दी फिल्म को पुरनो dialog जस्तो लाग्ने, नयन भन्ने मान्छेले खुब मसाला हिन्दी मुभि हेर्छ जस्तो छ , हाहाहा
 
Posted on 05-23-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prerana,

deu na ta tyo puraskar. baru uttar tira fakine ho ki dashinatira bhana hai.

Cheli,

Yes, u r right. positive nai socheko ramro huncha hai?

fucheketo,

thanks for ur suggestion. maile pani bistarai sikdai chu.

mohanB,

ma pani herchu tyo meerako filimharu ta. I mean meera nayarko kya.


 
Posted on 05-23-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब अर्को भाग पनि त लेख्नु पर्‍यो नि हजुर ! धेरै सस्पेन्स नराखौ बरु !

 
Posted on 05-23-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

सजल आउने क्षणसम्मको समय निलुलाइ जिन्दगीको सबै भन्दा लामो समय लाग्यो। धेरै चोटि उसले 'गीता'को नाम पनि पन्छ्याइ मनबाट। तर 'गीता' सजल सम्झिनेसाथ आइ पुग्थी निलुको मानसपटलमा। सजल आउनासाथ निलु ढुक्क भइ गीता सङै नदेखेर। उसले राहतको स्वास फेरि। सजल अलि ताजा देखिएको थ्यो। अस्ति जस्तो तनाब उसको मुहारमा देखिएको थिएन। निलुको शरीरमा सजलको आँखा एकैछिन अडिएको थियो। निलु अलि बढि सजिएकी थी त्यो दिन। सजल २ बजे आयो। एकछिन सासु सङ कुरा गर्‍यो र फेरि बाहिर निस्क्यो जरुरी मीटिङ छ भनेर। निलु अलिकति दुखी भइ। सजलको ब्यस्तता देखेर। साँझ सात बजेतिर सजल घर फर्क्यो। बेलुकिको खाना खाइसकेर निलु कोठामा गयेर सजलको प्रतिक्षा गर्न थाली। सजल तल अफिस कोठाभित्र गएकोथ्यो। आधा घन्टासम्म पनि सजल कोठामा नआएपछि निलु उसलाइ बोलाउन गइ।


सजलको अफिस कोठाको ढोका खुला थियो। सजल भित्र कम्प्युटरमा केहि टाइप गर्दै थ्यो। येसो हेर्दा निलुलाइ सजल "च्याट" गरे झैं लाग्यो। तर निलु देख्नासाथ सजल ले कम्प्युटर बन्द गर्‍यो।

"मलाइ केहि समय दिन सक्छौ, प्लिज?" निलु ले अनुरोध गरी।


"म अहिले ब्यस्त छु।" सजलको जवाफ आयो।


"५ मिनेट मात्र भए पुग्छ।"


"के कुरा हो यहीँ भन।"


"म यो कुरा माथी हाम्रो कोठामा गर्न चाहन्छु।"


"यहाँ के हुन्छ र?"


"यहाँ तिम्रो कामको बाताबरण छ। म हाम्रो निजी कुराहरुलाइ तिम्रो काम सङ मुछ्न चाहन्न।"


"तिमी जाँदै गर, म आँउछु।" सजलको उत्तरले निलु माथी गइ।


केहिबेरपछि सजल उनिहरुको कोठामा आइपुग्यो। ढोकाभित्र पस्ना साथ नबसिकन सजलले सोध्यो।


"ल भन के कुरा हो तिम्रो?"


"तिमीलाइ बस्न फुर्सद छैन?" निलुले सोधी।


"म ब्यस्त छु। तिम्रो कुरा भन।" सजलले रुखो उत्तर दियो।


"के तिमी मलाइ माया गर्छौ?" निलुको प्रश्नले सजल छक्क पर्‍यो।


"कुन फिलिमको "बाक्य" हो यो?" निलुको प्रश्नलाइ सजलले हाँसोमा उडायो।


"सजल, म तिमीलाइ "सिरियसली" सोध्दैछु। के तिमी मलाइ माया गर्छौ?" निलु झन् गम्भिर भइ।


"म तिमीलाइ माया गर्छु भनेर फिलिमको नायकले जस्तो छातीमा लेखेर हिँड्नु पर्‍यो?" सजल रिसायो।


"तिमीले मेरो प्रश्नको उत्तर अझै दिएनौ।" निलु निरास भइ।


"म सङ यस्तो रङ न ढङको कुरा गर्ने फुर्सद छैन।" सजल ढोकातिर लम्क्यो।


निलु दौडेर ढोका लाउन गइ र ढोका छेकेर बसी।


"आज तिमीले मलाइ भन्नै पर्छ।" निलुले ढिपी गरी।


"मलाइ धेरै रिस नउठाउ, निलु।" सजल रातो भयो रिसले।


"तिमी मलाइ किन त्यस्तो माया गर्दैनौ, जस्तो एउटा लोग्नेले स्वास्नीलाइ गर्छ। एउटा पुरुषले नारीलाइ गर्ने माया। म भित्रको चाहनाहरुलाइ किन बुझ्दैनौ तिमी ? मेरो शरीरभित्रको आगोलाइ किन शीतल गर्न सक्दैनौ तिमी ?" निलुको मनमा दबिएर रहेको कुराहरु निस्क्यो।


"निलु,तिमी बम्बैको बेश्यालयमा बस्ने केटिहरु जस्तो कुरा गर्दैछौ।" सजलको बोलीको बाणले निलुलाइ घाइते बनायो।


"तिमी पनि त नपुंसक जस्तो चरित्र देखाँउदैछौ नि सजल।" निलुले आफ्नो चोटको पीडामा सजलको अँहमा प्रहार गरी। सजल रन्थनियो निलुको प्रहारले। उसले निलुको चुल्ठो समात्यो, निलुले आफ्नो बचाउको प्रयत्न गरी। त्यसपछि निलुलाइ धकेल्यो सजलले। निलु पर भुइँमा पछारिन पुगी। ढोका खोलेर सजल बाहिर निस्क्यो।


क्रमश:

Last edited: 23-May-08 11:39 AM
Last edited: 23-May-08 11:43 AM

 
Posted on 05-23-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो शरीरभित्रको आगोलाइ किन शीतल गर्न सक्दैनौ तिमी ?" good I like this point

suman anwar suman


 
Posted on 05-23-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for ur comment, sumansuman Ji.

 


 
Posted on 05-23-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग

निलुको टाउको झनन भयो, बेस्सरी भुँइमा ठोकिएकोथ्यो। एकछिनसम्म निलुले टाउको चलाइन। रगत आयो कि भनेर हातले छामी। रगत थिएन, बाहिर चोट थिएन। केहि बेर निलु उठ्न पनि सकिन। निलु त्यहीँ रुन थाली। उसले यसरी परिस्थीती अझ बिग्रिन्छ भनेर सोचेकि थिन। उ कुरा गर्न चाहन्थी, झगडा होइन। बल प्रयोग भएपछि सम्बन्ध झनै बिक्रित देखिन थाल्यो। उ बिस्तारै उठी। ढाड नराम्ररी दुख्यो। शरीरको दुखाइ भन्दा गार्हो मनको दुखाइथ्यो। त्यो दिनको घटना एकदम असोचनिय थियो निलुको लागि। कहाँनिर गल्ती भयो भनेर निलुले फेरि सम्झिन थाली अघीको बार्तालापमा। शायद उसले सजलसङ कुरा गरेको मिलेन। अथवा कुरागर्दाको भाब मिलेन। तर यसरी झगडा र उल्टो परिस्थितीले सम्बन्ध अघि कसरी बढ्छ र? अर्को दिन माइती जानु छ निलुलाइ सजलसङै। सोच्दा सोच्दै निलुले सजलसङ सम्झौता गर्नु बाहेक अरु बिकल्प देखिन। आखिर उसको लोग्ने हो सजल। लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन्। बाथरुममा गएर मुख धोइ निलुले। अनि एक्छिनलाइ उनिहरुको झगडा बिर्सिने कोशिश गर्न थाली। "गीता" सम्झी फेरि। शायद उनिहरुको झगडाले गीतालाइ फाइदा पुर्‍याउन सक्छ। गीता खुशी हुन्छे। सजलले निलुको कुरा काट्छ गीतासङ। त्यसरी कुरा बढ्नुभन्दा सजलसङ माफी माग्नु बेश हुन्छ। सम्बन्ध बनाउनु पर्छ निलु आफैले। एकछिन खाटमा पल्टेर निलु सबै कुरा बिर्सिने कोशिश गर्न लागी। रात अलि छिप्पेपछि निलुले सजल कहाँ गयो होला भनेर सम्झी। कतै रिसमा "ड्राइव" गर्‍यो कि भन्ने पिर लाग्यो। घर छोडेर गयो भने फेरि अर्को आपत हुन्छ? सासुले पनि उनिहरुको झगडा भएको कुरा थाहा पाउने भयो भने? बिहे भएको महिनादिन भाको छैन झगडा गर्ने कस्ती बुहारी भन्यो भने? अनेक प्रश्नले निलुलाइ बिथोल्यो। उ सजलसङ कुनै पनि हालतमा माफी माग्नेछे। १२ बजेसम्म सजल नफर्केपछि निलु तल ओर्ली।

सजलको अफिस कोठाको बत्ती बलिरहेकोथ्यो। सजल बाहिर गाको रहेनछ भन्ने थाहा पाएर निलुलाइ ढुक्क लाग्यो। त्यो कोठाको ढोका लागेकोथ्यो। शायद सजल भित्र हुनुपर्छ भनेर निलुले ढोकालाइ हलुका धकेली। ढोका खुल्यो। भित्रपस्नासाथ निलुको आँखाहरु झस्के। सोफामा सजल र नयन निर्बस्त्र एक अर्कालाइ अङालेर चुमिरहेका थे। उनिहरुको लुगाहरु भुँइभरि छरिएको थ्यो। अचानक निलुको प्रबेशले नयन तर्स्यो, उ जुरुक्क उठेर लुगा लाउन थाल्यो। सजल उठ्ने प्रयत्न गरेन। भुइँबाट लुगा तानेर आफ्नो लाज लुकाँउदै सजलको शिर नुही रह्यो। एकछिनसम्म निलुको मस्तिस्क रोकियो। के देखेको भन्ने कुरालाइ बुझ्न गार्हो भयो। नयन बाहिरियो, सजलको आँखाहरु भुँइमा गाढियो। त्यहाँ निलु के गर्दैछे? मनबाट आएको प्रश्नले निलु फेरि झस्की। आफ्नो भुमिका नभएको ठाँउमा निलु किन आनो उपस्थिती जनाँउदैछे? निलु लामो सपनाबाट ब्युँझे जस्तै भइ। उ केहि बोलीन। केहि भन्नु पर्ने आबश्यक्ता देखिन।

माथी गएर निलुले केहि खोजिन। बुबाले दिनु भएको डायरी झिकि र पल्टाउन थाली खाली पानाहरु। त्यहाँ केहि लेखिएको थिएन तर अद्द्रिश्य रुपमा धेरै कुराहरु कोरिएकोथ्यो। ती खाली पानाहरु निलुको नाटक जस्तो बिहेको साक्षी थिए। उसले त्यो नाटकमा दुलहीको भुमिका पाएकी थी र राम्ररी नैं आफ्नो भुमिका निभाउने प्रयत्न गरेकी थी। नाटक उसले थाहा नपाइकन शुरु भयो र नाटकको अन्त्य उसकै आँखा अगाडी भयो। अब उसको जिबनको अरु पानाहरु पनि छन्। उसलाइ कसैसङ गुनासो थिएन। उ त्यो खाली पाना भएको डायरी मात्र लिएर माइती गइ। समय क्रममा उसको जिबनमा अरु पानाहरु थपिदैँ गए, तर त्यो खाली पाना सधैं खाली रह्यो।

समाप्त!


यस कथालाइ धैर्यताकासाथ पढिदिनु हुने सबै साथीहरुलाइ धन्यबाद।


 
Posted on 05-23-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ajhai suspense mai chhodichhe crazyle. hijo "bholi sabai suspense khulchha" bhaneki haina? kasti jhelli.

 
Posted on 05-23-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile lekhda nalekhdai arko part aaisakya raichha.
nayanko nam dekhna sath yasto bho malai sochdai nasocheko kura. wow kya gajjabko katha.

 
Posted on 05-23-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What an ending. Never expected this story to end the way it did. I truely enjoyed reading your story. Crazy, now you are in my list of "Must read Writers of Sajha".
 
Posted on 05-23-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी , सबै भाग पढेँ असाध्यै मन पर्यो बिशेषत: निलुको मन भित्र गुम्सेका कुराहरुको एकस्प्रेसन्स!

सम्पूर्ण कथा एउटा सिङ्गो कथा बनेको छ त्यसमा दुइ मत छैन। कथाको अन्त्यले कथाको स्तरियता धेरै बढाएको जस्तो लाग्यो! बधाई छ!


 
Posted on 05-23-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ शिरिश दाईले  भन्या कुरा ठ्याक्कै मिल्यो, सजल गे नै रइछन्त
त्यस्पछी के डिवोर्स हुन्छ तिनीहरुको? काँ समाप्त लेख्या अहिले नै, अरु नि थप्नु पर्‍यो !
निक्कै राम्रो कथा पस्केकोमा धेरै धन्यवाद छ क्रेजी !

 
Posted on 05-23-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty,

Thank u very much for ur comment!

Sujaata,

Really? malai kasto laj lagyo sathi. he he he. Thanks for reading and commenting each part.

Biru,

feri badhai?

dherai dherai dhanyabad padhidieko ma ani commentko lagi pani.

chyangba khoi?


 
Posted on 05-23-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe,

ho ni ta ! shirish jyu ko guess thyakkai milyo.

aba ke thapu ma?  arko bhag timi thapa na.

ma padchu.

Thank u very much for ur active participation!


 
Posted on 05-23-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नै राम्रो कथा। कथा सकेपछी कमेन्त गरुला भनी बसेको थिएँ अब त कथा किन सक्या जस्तो लाग्यो।
सस्पेन्स पनि क्या सस्पेन्स - कथा को अन्त सम्म पनि गेस गर्न सकिएन।
तर एस कथा लाई निरन्त्रता दिएको भये हुन्थ्यो,
दामी गयो ल। चियर्स।
 
Posted on 05-23-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चियर्स serial ज्यु,

कमेन्टको लागि पाथी पाथी धन्यबाद!

सस्पेन्स पनि क्या सस्पेन्स - कथा को अन्त सम्म पनि गेस गर्न सकिएन।

हो र भन्या ? शिरिश ज्यु ले त कति गेस गर्नु भाको थ्यो। एउटा ठ्याक्कै मिल्यो नि।


 
Posted on 05-23-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Feeling so bad for Nilu man... i heard that these things actually do happen in our society. Anyone have heard about the real time experience in similar cases. i have read few stories about Indian girls who are married off to NRI guys that are gay.

there was a story about a Nepali women who was married to a man when she ws just 16 and he was a gay and treated her real bad. I think this happened in London and she was very helpless as her husband would be wearing her clothes most of the time in the house and she being so young did not know what to do. I think she wrote a book on that as well. Not sure..


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters