सजल आउने क्षणसम्मको समय निलुलाइ जिन्दगीको सबै भन्दा लामो समय लाग्यो। धेरै चोटि उसले 'गीता'को नाम पनि पन्छ्याइ मनबाट। तर 'गीता' सजल सम्झिनेसाथ आइ पुग्थी निलुको मानसपटलमा। सजल आउनासाथ निलु ढुक्क भइ गीता सङै नदेखेर। उसले राहतको स्वास फेरि। सजल अलि ताजा देखिएको थ्यो। अस्ति जस्तो तनाब उसको मुहारमा देखिएको थिएन। निलुको शरीरमा सजलको आँखा एकैछिन अडिएको थियो। निलु अलि बढि सजिएकी थी त्यो दिन। सजल २ बजे आयो। एकछिन सासु सङ कुरा गर्यो र फेरि बाहिर निस्क्यो जरुरी मीटिङ छ भनेर। निलु अलिकति दुखी भइ। सजलको ब्यस्तता देखेर। साँझ सात बजेतिर सजल घर फर्क्यो। बेलुकिको खाना खाइसकेर निलु कोठामा गयेर सजलको प्रतिक्षा गर्न थाली। सजल तल अफिस कोठाभित्र गएकोथ्यो। आधा घन्टासम्म पनि सजल कोठामा नआएपछि निलु उसलाइ बोलाउन गइ।
सजलको अफिस कोठाको ढोका खुला थियो। सजल भित्र कम्प्युटरमा केहि टाइप गर्दै थ्यो। येसो हेर्दा निलुलाइ सजल "च्याट" गरे झैं लाग्यो। तर निलु देख्नासाथ सजल ले कम्प्युटर बन्द गर्यो।
"मलाइ केहि समय दिन सक्छौ, प्लिज?" निलु ले अनुरोध गरी।
"म अहिले ब्यस्त छु।" सजलको जवाफ आयो।
"५ मिनेट मात्र भए पुग्छ।"
"के कुरा हो यहीँ भन।"
"म यो कुरा माथी हाम्रो कोठामा गर्न चाहन्छु।"
"यहाँ के हुन्छ र?"
"यहाँ तिम्रो कामको बाताबरण छ। म हाम्रो निजी कुराहरुलाइ तिम्रो काम सङ मुछ्न चाहन्न।"
"तिमी जाँदै गर, म आँउछु।" सजलको उत्तरले निलु माथी गइ।
केहिबेरपछि सजल उनिहरुको कोठामा आइपुग्यो। ढोकाभित्र पस्ना साथ नबसिकन सजलले सोध्यो।
"ल भन के कुरा हो तिम्रो?"
"तिमीलाइ बस्न फुर्सद छैन?" निलुले सोधी।
"म ब्यस्त छु। तिम्रो कुरा भन।" सजलले रुखो उत्तर दियो।
"के तिमी मलाइ माया गर्छौ?" निलुको प्रश्नले सजल छक्क पर्यो।
"कुन फिलिमको "बाक्य" हो यो?" निलुको प्रश्नलाइ सजलले हाँसोमा उडायो।
"सजल, म तिमीलाइ "सिरियसली" सोध्दैछु। के तिमी मलाइ माया गर्छौ?" निलु झन् गम्भिर भइ।
"म तिमीलाइ माया गर्छु भनेर फिलिमको नायकले जस्तो छातीमा लेखेर हिँड्नु पर्यो?" सजल रिसायो।
"तिमीले मेरो प्रश्नको उत्तर अझै दिएनौ।" निलु निरास भइ।
"म सङ यस्तो रङ न ढङको कुरा गर्ने फुर्सद छैन।" सजल ढोकातिर लम्क्यो।
निलु दौडेर ढोका लाउन गइ र ढोका छेकेर बसी।
"आज तिमीले मलाइ भन्नै पर्छ।" निलुले ढिपी गरी।
"मलाइ धेरै रिस नउठाउ, निलु।" सजल रातो भयो रिसले।
"तिमी मलाइ किन त्यस्तो माया गर्दैनौ, जस्तो एउटा लोग्नेले स्वास्नीलाइ गर्छ। एउटा पुरुषले नारीलाइ गर्ने माया। म भित्रको चाहनाहरुलाइ किन बुझ्दैनौ तिमी ? मेरो शरीरभित्रको आगोलाइ किन शीतल गर्न सक्दैनौ तिमी ?" निलुको मनमा दबिएर रहेको कुराहरु निस्क्यो।
"निलु,तिमी बम्बैको बेश्यालयमा बस्ने केटिहरु जस्तो कुरा गर्दैछौ।" सजलको बोलीको बाणले निलुलाइ घाइते बनायो।
"तिमी पनि त नपुंसक जस्तो चरित्र देखाँउदैछौ नि सजल।" निलुले आफ्नो चोटको पीडामा सजलको अँहमा प्रहार गरी। सजल रन्थनियो निलुको प्रहारले। उसले निलुको चुल्ठो समात्यो, निलुले आफ्नो बचाउको प्रयत्न गरी। त्यसपछि निलुलाइ धकेल्यो सजलले। निलु पर भुइँमा पछारिन पुगी। ढोका खोलेर सजल बाहिर निस्क्यो।
क्रमश: