crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खाली पानाबाट.....

[Please view other pages to see the rest of the postings. Total posts: 129]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 45387 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM

 
Posted on 05-20-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>

निलुको 'क्रेजी' मनले त्यो सोचेको हो। कथामा निलुको मन आफैसङ बोलीरहेको सन्दर्भमा त्यो बाक्यको प्रयोग भएको हो।

<<<

निलु ले नै सोचेको त हो रइछ नि आखिर ! ल ल तेसो भये ठीक छ !
प्रस्नै गर्न त खोजेको होइन तर कता हो कता अली अली के नपुग्या, का के नमिल्या जस्तो लाग्यो त्यो लाइन पढ्दा तेइ भएर सोध्ने हिम्मत गरेको मैसाब !

 
Posted on 05-20-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निलुलाइ नबोलाए पनि मलाइ बोअलाँउछकि भन्ने झिनो आशामा छु क्या साथी" कस्ती डरलाग्दी होली यो क्रेजी? झन दुई जनाको मिलोमतो मा सहयोग गर्नु त कता हो कता उ त आफुलाई बोलाउला कि भनेर दाउ हेरिरारइछे 

कलेजो को कलेजो हरायो रे कहिले नि? अनी पित्त पनि हराएको कि कलेजो मात्रै किड्नी चोर्छन भनेको त सुनेको थिएँ कलेजो, पित्त पनि चोर्दो रहेछन है


 
Posted on 05-20-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के नपुग्या रैछ रिट्ठे? नुन, तेल कि खुर्सानी? नुन त छैन अहिले। ग्रोसरी जानु छ भरै किन्नलाइ। तिमीसङ छ भने पैंचो द्यौ क्यारे। भरै फिर्ता दिंउला।

कि कसो बाउसाप?

दिपु,

म त सजलले बोलायो भने बैंकक पो घुम्न जाने भन्या त। कहाँ निलु र सजललाइ छुट्याउने हो र?

अँ, बरु कलेजोको पित्त र कलेजो मात्र होइन चित्त पनि हरायो रे नि त साथी। चित्त सापट माग्दै छ रे है।

खोइ, मैले त सुन्या कुरा मात्र हो।

भगवान उसे सदा खुशी दें।


 
Posted on 05-20-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! क्रेज क्या कुरो बुझ्द्यान्त हौ 

I haven't read the story yet, waiting for you to complete the story ni ssssssssss  

याँच दिपुले मेरो क्या टेन्स लेकोन्त हौ   


 
Posted on 05-20-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया कलेजो हाजिर भन्या यहि हो।

अब म के बस्नु यहाँ हलुवामा बालुवा भएर।


 
Posted on 05-20-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नुन र सुन कैले पनि पैचो दिनु हुन्न रे क्या तेइ भ'र

कारण?
जाबो नुन पनि के फर्काइ रहनु भन्ने हुन्छ है !
सुन पैचो लिएर फर्काएन भने त स्वहा: भएन त?

 
Posted on 05-21-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma padhadai chhu hai. tyo sajal bhanne chahi mero sathiko ni nam ho ke tara keti, ani kasto jhukkine raichha.

 
Posted on 05-21-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै! नुनको कुरा गर्‍या 'सुन' सम्म कुरा पुर्‍यायो रिट्ठेले। भनेपछि 'गुण' को कुरा गर्दा 'खुन' यानि murder सम्म कुरा निकाल्ने होला तेसो भये।

नसकिने भयो रिट्ठे सङ।

Pretty,

पहिले नैं भन्नु पर्दैन त मोरी। हुन त अस्ति एउटाले Mr. crazy भनेर चिट्ठी लेख्याथ्यो। हो भन्या यो नाम पनि अब त छुट्याउनै गारो हुँदो रैछ।

आँउदै गर है क्रेजिको आँगनमा, माया नमार ल !


 
Posted on 05-21-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy,
Goin great as usual and thanks for your welcome note.
----------
खाली पाना यानिकी कोरा कागज??

Here is one for all the readers of this wonderful story........



कोरा कागज था ये मन मेरा
लिखदिया नाम इसपे तेरा

सुना आगन था ये मन मेरा
बसगया नाम इस पे तेरा .......



 
Posted on 05-21-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u Amazing for a nice song!

 

सुना आगन था ये मन मेरा
बसगया नाम इस पे तेरा .......

kasko nam ho hamilai pani bhanya bhae hunthyo ni.


 
Posted on 05-21-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy
अरु कसको हुन्थ्यो त्यही मोरी निस्ठुरिको त हो नि 
 
Posted on 05-21-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सजल जाने दिनमा गीताको पनि बुबा बिरामी हुनु। १ घन्टा अघि गीता निस्किनु अनि त्यसपछि सजल। यो संयोग पनि हुन सक्थ्यो। यदि निलु अप्ठ्यारो मानसिक अबस्थामा नहुँदी हो त। उसको लोग्नेले उसलाइ सामान्य ब्यबहार गरेको हुँदो हो त। यो जन्जाल नैं बुझ्न गार्हो भयो निलुलाइ। के सत्य र के असत्य छुट्याउन नसक्ने भइ उ। मनमा उठेको शंकाको बिउ झन झन् मौलाउन थाल्यो। के थाहा, सजल र गीता दुबै भागेको पनि हुन सक्छन् ? के सजल गीताको लागि यो सब सुखसयलको जिन्दगी त्याग्न सक्छ ? के गीता सजलकि "भित्रिनी" बन्छे?  अनि निलुको भुमिका के हुन्छ त तेसोभए ? निलुको सानो मस्तिस्कमा सम्हाल्नै नसकिने प्रश्नहरु उब्जिन थाले।

"भोली दिँउसो मेरो दिज्युका जानु पर्छ है निलु?" सासुको आवाजले निलुको सोचाइमा बिराम लगायो केहि बेरको लागि।


"कति बजे, मम्मि?" निलुको कार्यतालिका नभए पनि सोधी।


"जाँउला नि येसो ११/१२ बजे तिर सासु बुहारी। किन तिम्रो कहिँ जाने प्रोग्राम छ?"


"छैन।" छोटो उत्तर दी निलुले।


"साँझमा फुर्सद छ भने फोटो बनाउन जाँउला नि त उसोभए।" नयन अचानक सम्झे झै गरि बोल्यो।


"हुन्छ नि। उताबाट फर्केपछि निलु र तिमी जाउ न त। निलुलाइ पनि तिम्रो फोटो स्टुडिओ देखाउ।" सासुले नयनलाइ भन्नु भयो। नयन र सासुसङ "शुभरात्रि" भन्दै  निलु आफ्नो कोठामा गइ। भित्ताहरु मौन थिए, एक अर्कालाइ हेर्दै बसेका तर बोल्न नसकेका प्रेमिहरु जस्तो। कौसीपट्टिको ढोका खोली, चिसो बतासले उस्को अनुहारलाइ स्पर्श गर्‍यो। एकप्रकारको आनन्द महसुस गरी उसले। मनमा केहि बिझेको थ्यो, के भनेर सोच्न सकिन। आकाशबाट ताराहरुले उसलाइ नैं हेरेझैं देखिन्थ्यो। उसले सोची, ती ताराहरुले सजललाइ पनि देखिरहेको होला। अनि गीता? सुइरो जस्तो गीताको नामलाइ उसले सकेसम्म मनमा पस्नै दिन। निलुले आफुलाइ सकारात्मक बनाउने मनमनै बाचा गरी। सजल उसको लोग्ने हो र अबस्य पनि निलुलाइ माया गर्छ। खालि यो समयले उनिहरुको मिलनमा तगारो हालेको छ। शायद, बैंककबाट फर्किदा सजलले उसलाइ धेरै खुशीहरु मायामा उनेर ल्याउला। सजलको अङालोमा निदाउने सपना देख्दै निलुले त्यो रातलाइ पनि बिदा गरी।


भोलीपल्ट बिहानै सजललाइ फोन गरी निलुले। ३ चोटी नैं भ्वाइस मेसेजमा मात्र गयो। "मलाइ फोन गर है।" भन्ने खबर छोडी। सजल मिटिङमा ब्यस्त भएर फोन नउठाएको हुन सक्छ भन्ने अनुमान गरी। उ राम्रो मात्र सोच्छे अबदेखि। सोचाइ नैं उसको मनको दुखको कारण हो। मनलाइ फकाउदैं फुलाउदै दिनभरी सजलको फोन कुरी। मोबाइल बज्नासाथ मनमा आशाको फुल फुल्थ्यो। ब्यागमा राख्दा नसुन्ला भनेर उसले मोबाइल हातैमा बोकेकि हुन्थी। दिँउसो अरुहरुको कुरामा मस्त भएपनि उसको ध्यान सजलमा नैं केन्द्रित भएकोथ्यो। बेला बेलामा सासु र उहाँको दिज्युले निलुलाइ जिस्काउनु पनि भयो 'सजललाइ कति धेरै मिस गरेको भनेर'।


साँझमा नयन निलुलाइ लिन आयो। उनिहरु हिँड्दै दरबारमार्ग पुगे। जहाँ नयनको फोटो स्टुडिओ थ्यो। नयन र निलु भएर कुन फोटो ठुलो बनाउने र कस्तो फ्रेम राख्ने भनेर त्यहाँको कामदारलाइ बताए। ७.३० मात्र बजेको थ्यो। घर गएर पनि खासै केहि काम थिएन। निलुले केहि बेर येसो बजारतिर हेर्ने मात्र इछ्या देखाइ। त्यो भन्दा त "आइसक्रिम" खान जाँउ" भन्दै नयनले उसलाइ "हट ब्रेड" मा लग्यो। त्यहाँ त्यति धेरै मान्छे थिएन। निलुले झ्याल नजिकैको टेबुल रोजी र दुबै "आइसक्रिम" मगाएर खान थाले।


"नयन, तिमी सजलको सबैभन्दा मिल्ने साथी हो?" निलुले अनायास प्रश्न गरेको देखेर नयन झस्क्यो। केहि बेर सोच्यो।


"किन र? तिमीलाइ शंका लाग्यो? मनोबिग्यान पढ्नेहरु हरेक कुरालाइ जटिल बनाँउछन्।" हाँस्न थाल्यो नयन।


"म मनोबिग्यानको साधाराण बिध्यार्थी मात्र हुँ। मनोरोग बिशेसग्य होइन। तिमीलाइ डर लाग्यो?" झन् जोड दी निलुले "डर" भन्ने शब्दमा।


"मेरो मनको कुरा x-ray जस्तै पढ्यौ भने नि?"


"म तिम्रो अनुहारबाट धेरै कुरा बुझ्छु।" तर्साइ निलुले पनि।


"तेसो भए अहिले मेरो मनमा के छ त?" जिस्क्यो नयन।


"अति गहिरो मानसिक पीडा। हुनु र नहुनुको पीडा।" आफ्नै मनको कुरा निकाली निलुले।


नयन एकछिन अकमक्कियो। निलुलाइ नहेरी बाटोतिर हेर्न थाल्यो। केहिबेरपछि बल्ल बोल्यो।


"हेर, म जस्तो सोझो मान्छेको मन पढेर के फाइदा तिमीलाइ ? बरु सजलको मनमा के छ मलाइ पनि सुनाउन।"


"त्यहि त भनेको नि। सजलको मनभित्र पस्न मैले के गर्नु पर्छ ? तिमीलाइ थाहा होला नि।" निलु उदास देखी।


"तिमी उसको स्वास्नी, म साथी मात्र। मलाइ कसरी थाहा हुन्छ?" नयन अप्ठ्यारोमा पर्‍यो।


"सरी नयन! म त तिमी उसलाइ राम्ररी चिन्छौ कि भनेर मात्र सोधेकि। के म तिमीलाइ एउटा कुरा सोध्न सक्छु?"


"मैले भन्न सक्ने भए सोध।"


"के सजल कसैलाइ प्रेम गर्छ?"


"...................................." एक्छिन त्यहाँको बाताबरण नैं मौन भयो। नयन बोलेन। हटब्रेड नैं शुन्य भयो।


"मलाइ यस्तो लाग्छ, नयन। सजलले मलाइ उसको मनभित्र पस्ने ढोका बन्द गरेको छ र  उसको दिलमा अरु कोहि छ।"


"खोइ मलाइ त सजल त्यस्तो लाग्दैन। निलु, तिमी धेरै शंका गर्छौ। प्रेममा शंका राम्रो हुँदैन।"


"सजल किन मसङ् बोल्न पनि मन पराँउदैन त ? के कारणले उ तेसो गर्छ?" निलुले भित्रको ज्वालामुखीलाइ लुकाउन सकिन।


"तिमी पनि त उसलाइ उ जस्तो छ, त्यस्तो स्वीकार गर्न सक्दैनौ होला नि। मायामा स्वार्थी हुनुहुँदैन। त्यहि भएर त दुख हुन्छ नि मनलाइ।" नयन अलि दार्शनिक पारामा बोल्यो।


"मैले उसलाइ पाउन के गर्नु पर्छ त?" निलु थकित भएर सोधी।


"पाउनु त स्वार्थ होइन र ? मीराको प्रेममा पाउने कुरा कहाँथ्यो र? तै पनि उसले क्रिश्न भगवानलाइ मनभित्रै पाइ " आदर्श  पारामा बोल्यो नयन।


"म मीरा होइन नयन। म उसको बिहे गरेकि स्वास्नी हुँ।" निलुले कुरालाइ धेरै बढाउन चाहिन त्यसपछि।


घर फर्किदाँ नयनले सजलको गुणहरुको मात्र बयान गर्‍यो। निलु आफै गलत हुनुपरेको कुरा महसुस गरी। मनमा कुरा राख्न नसकेकोमा निलुलाइ आफैसङ रिस उठ्यो। सजल फर्केसम्म कुरेको भए के बिग्रिन्थ्यो र ? भर्खर १ हप्ता पनि भाको छैन बिहेको। निलुको मनमा किन खाली शंका मात्र उब्जिन्छ।


घर पुगेपछि निलुले सासुबाट थाहा पाइ, सजल पर्सी बैंककबाट फर्किदैंछ। निलुको मनको बादल फेरि हट्यो। अब उसको पर्खाइ सक्यो। उसको आफ्नै मनभित्रको द्वन्द सकियो। सजल उसकै हो र उसकै हुनेछ। त्यो रात निलु हलुका भएर सुती।

क्रमश:

 

 

 

Last edited: 21-May-08 07:44 PM

 
Posted on 05-21-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,

नाम पनि कस्तो मिठो। "निश्ठुरि" को रे।

ल ल बधाइ छ उसोभए।


 
Posted on 05-21-08 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K aba Sajal Aaayeypachhi sabi kura thik hunchha ta. Sankai chha. Good goin.Yo katha ta sari suspense bhayo. Anyways Keep it up. I m waiting....
 
Posted on 05-22-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera CL sahilee le katha lekhera tasera purano pani bhaisekecha  jhandai hernai napaeyko ramro cha jasto cha, comment sabai part haru padhey pachi leykchu hai crazy.


 
Posted on 05-22-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ आइसकेछ था नै नपाईरा। क्या सस्पेन्स मलाई चही भिनाजुको स्वेटर् जस्तै हो कि जस्तो ला छ, हेरम।

क्रेजी हेहे mr crazy रे lol, म आइहाल्छु नि साथी तिम्रो आँगनमा नआएर कहाँ जानु?

अनी तिम्रो सल्लु एपिसोड हरु पनि लेख्दै गरन, रमाइलो हुन्छ नि।

 
Posted on 05-22-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाउनु त स्वार्थ होइन र ? मीराको प्रेममा पाउने कुरा कहाँथ्यो र? तै पनि उसले क्रिश्न भगवानलाइ मनभित्रै पाइ"  सत्य हो तर कस्तो दुख र सुख को मिस्त्रित भाव भने झैँ

के हो यार शंका ले लंका जलाउने त होइन होलानी। सजल आएपछी ठीक हुन्छ हो क्रेजी, कस्तो एन्डिङ थाहा पाउन मन लाग्यो मलाई त


 
Posted on 05-22-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waiyat,

last part chittai aunecha. padhna nabhulnu hola.

Prerana,

I miss u yaar. timile comment nalekhe pani maile bujhisake. timro exam kasto bhayo ni? testai sunya jasto lagcha.

Pretty,

Sallu sanga tragedy parla parla jasto cha. aba maile johny lever ko katha lekhnu parla. pari sakya chaina ni feri. he he he...

Dipika,

antima bhag shayad bholi aaucha hola. kalejoko kalejo choryo re ni kasle?


 
Posted on 05-22-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकि भाग आज बेलुका फुरसदले हेर्छु। ढिलो भयो क्रेजी पहिला पढेर कमेन्ट लेखेपछि पढेको छैन। अहिलेलाई शुभकामना दिन छिरेको, पढेर कमेन्ट लेख्छु ल? शुभकामना छ!
 
Posted on 05-22-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु चा,

स्वागत छ!

हैन, शुभकामना कति चोटि के के मा दिइन्छ? खुलस्त पार्नु पर्‍यो। म त अल्लमल्ल परें। आँउदै शुभकामना भन्दै जाँदै।

त्यो त मैले तिमिलाइ दिनु पर्ने होइन र? म त बिर्खे हराको सुचना भनेर निकाल्ने बिचार गर्दैथें। तिम्रो आयु लामो रैछ।


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters