crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खाली पानाबाट.....

[Please view other pages to see the rest of the postings. Total posts: 129]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 45394 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM

 
Posted on 05-23-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u for sharing, Sheetalb.

Yes, nilu tried her best until the end but no use at all.


 
Posted on 05-23-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

कौतुहल्ता अनी मनोभाव सँग को लुकामारी को राम्रो उदाहरण हो यो कथा। लेखाइ राम्रो  छ, अरु पनि लेख्दै गर। मौका मिले सम्म एस्तै अरु रचना हरु पनि पढ्न पाए हुन्थ्यो।

मन म खट्किएको एउटा कुरो चाँही के भने निलु को मनोभावना सँग कुस्ती खेल्दै समाप्त भन्ने शब्दमा ल्याएर कथा लाई बिष्राम त दियौ, तर निलु भन्ने पात्र प्रती कथा मा न्याय हुन भने पाएन। निलु भन्ने पात्र लाई न्याय दिन को लागि त्यो समाप्त लाई २-४ भाग पर सार्न मिल्दैन?


 
Posted on 05-23-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा साह्रै राम्रो लाग्यो! बिशेष गरेर जसरी कथालाई अन्त्य गरिएको छ! त्यो अन्तिम paragraph एकदमै राम्ररी लेखिएको छ! क्रेजी लव जीलाई धेरै धेरै धन्यवाद अनि बधाई यत्ति राम्रो कथा लेख्नुभएकोमा!!

कथालाई एकै ठाउँमा जम्मा गरेर साझा ब्लगमा राख्नुभए बेला बेलामा फेरि पढ्न पाइने थियो!


 
Posted on 05-23-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whoaaa   

crazy le hamro dimag geeta tira ghumae ra sutuka nayancha lai lyera katha end gareche --- bekar ma hijo maile geeta lai sarapechu       

Crazy maile mane yar timilai, it is superb, especially the surprising ending--no doubt that's the most enjoyable part of this story. you are one of the best story writers in sajha world-- kudos to you girl.  


 
Posted on 05-23-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting twist at the end. Loved the way you  took the whole flow of the story. Nice! Hope to read more from you!

 


 
Posted on 05-23-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी एन्डिङ ले त म पनि भएँ

यो कथा मलाई सबै भन्दा राम्रो लाग्यो। अरु भन्दा पनि निलु को मनोभाव बुझ्नु र तेस्लाई दुरुस्त उतार्नु दुइटा भिन्दा भिन्दै कुरा हुन। बुझ्न एकदम गाह्रो छ र उतार्न त्यो भन्दा पनि गार्हो। तिमी दुबै मा सफल भएकी छेउ।

यो कथाको लागि बधाई र आगामी आउने कथाहरुको लागि शुभकामना

अरु पनि लेख्दै गर है।


 
Posted on 05-23-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC,

कथा त सकिसक्यो त।

निलुको कति चिन्ता लागेको NKC लाइ। ल म भनिदिँउला है त।

Camoflaged Ji,

धन्यबाद! सुझाबको लागि। शायद म त्यस्तै गर्छु होला। ब्लगमा राख्छु भनेर सोच्दै थें।

Prerana,

किन त्यस्तो मुख आँ गरेको। आफु कहिले लेख्छौ नि कथा ? धेरै भयो त तिम्रो कथा नपढेको पनि।

Spring,

  कमेन्टको लागि मुरी मुरी धन्यबाद!

दिपिकाको पनि मुख त आँ नैं रैछ। ए, मोरीहरु हो झिङा पस्ला। होश् गर है!


 
Posted on 05-23-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow !! What a twist !

The more questions were asked, guesses were made and suspicions were raised, the better the write was !!

The plot of the story was designed in such a way that it was natural for some one to ask questions, make guessess and raise suspicions.

The details were great and minute. 

Kudos to the elegant writer - Crazy !!

("hug" cha hai - aru sense ma hoina ni feri)


 
Posted on 05-23-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसलाइ कसैसङ गुनासो थिएन अरे किन ? यो चै अली हजम भएन नि crazy
तेत्रो ठुलो धोका पाउदा पनि?
कस्तो खल्लो story..
हाम्रो देशको परीपेक्ष्य मा असुहौदो कथा (समलिङीहरु नेपालमा त्यस्तोबिधी छन जस्तो लाग्दैन मलाई त)
फेरी Iran को president ले भनेजस्तै हाम्रो देशमा समहरु छैनन भनेर भन्न खोजेको चै हैन नि मैले


 
Posted on 05-23-08 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश ज्युको अड्कलहरु पढेर मलाइ जहिले पनि कथाको अन्तिम भाग लेख्न मन लाग्थ्यो। तर तेसो गर्दा बिचको भागहरु छुट्ने डर थियो फेरि।

तपाइको सहभागिता र अभिप्रेरणाको लागि धेरै धेरै धन्यबाद!

mohanB Jyu,

हाजमोला किन्न नेपाल नैं जानु पर्छ।

धेरै त होइन, २ जनाको पो कुरा गर्‍या त मैले।

अब कति छन् भनेर त "ब्लु डाइमन्ड सोसाइटीका" प्रेसिडेन्ट सुनील ज्युलाइ नैं सोध्नु पर्ला नि है?

यहाँले आफ्नो अमुल्य समय दिएर कथा पढ्नु भएको र कमेन्ट गर्नु भएकोमा यहाँलाइ many many thanks ।


 
Posted on 05-23-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजि ले मलाइ कैले कथा लेख्छौ भनेर सोद्या राइछ, हत्तेरिका पहिले मलाइ सिकाउ तिम्रो जस्तो राम्रो कथा कसरि लेख्ने हो, अनि भन्छु।


Last edited: 24-May-08 08:16 AM

 
Posted on 05-23-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Few characteristics of this story:

* The story is written by a daring female writer with excellent psychoanlysis and state of mind after marriage (of a presumed virgin girl and her expectations of her man).A very well written psychoanalytical piece that is considered to be a taboo in the pretty conservative society - pretty rebelious writing !!

* I have not read any stories (though I am a voracious consumer of internet literary material) about "gay" character in Nepalese context. The Blue Diamond Society will have mixed reactions about the story re kya !! They will be happy to see the character with the "guy" but will feel bad for the potrayed female character.

* The plot was excellently designed as it could generate suspicions, create questions and make one ponder with the twist and turns. ( The presentation and Nepalese context makes the story more interesting for such "gay" related material will be abundent in the net. The flow of the story was great. The diction was excellent.

* The examples like Rajesh Hamal, lacking "that thing" without being vulgar has been done so naturally.

This is skill !!

 

* My suggestions:

Send the story to some quality literary magazine like "Garima" with minor corrections.

Keep writing. Who knows Crazy_love will get better recoginizition than BP on sexuality.

 

 

 


 
Posted on 05-23-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुरुमा गेस गर्या थिएँ यो कुरा, तर पछि निलुले गितालाई शंका गर्नथाले पछि, म नि गितालाई  शंका गर्न थाल्या थें । " फेरि यो सब निलु को मन को खिचडी हो, आखिरमा त सजल निलुकै हो नि" भन्दै आफ्नै मनलाई बुझाउँदैपनि थिएँ । जे होस् कथा दामी गयो, क्रेजी !!


 
Posted on 05-24-08 2:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice Story but didn't want it to end this early. You have a good skill on potraying a character and making the story flow. Keep it up and hope to read more soon .
 
Posted on 05-24-08 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल क्रेजि बधाई छ कथा सिध्याएकोमा,Excellent ending.........As u were going through such beautifullllllll female psychology i was expecting that might be her thinking  only............

general psychology भन्दा हट्के छ । twists n psychology..................I liked it.....बाँकि त शिरिष दाइ ले भनिसक्नु भऐकै छ ।


 
Posted on 05-24-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la...cha cha..cha.. saki sakyo.........kasto bore........'samaapta' dekhe pachhi man nai kasto kasto bhayo..'kramasa' dekhne abilasha thiyo...tyo bichari nilu ko lagi...bichara..kati anaginti prashna haru anutarit rahirahe crazy...suspense mai chodi dine jhyalli :-)....

bichara nilu le tesh pachi pheri bihe gari ki garina..paila nai 'buhhera' garya bhaya hunthyo..sayad garin hola..bujhhaki manche thiyien kyare ?..


 
Posted on 05-24-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very well designed plot and thoughtfully written with full of drama, suspense and careful crafted words and twists.


 
Posted on 05-25-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा,

तिमीले मलाइ एडिट गर्नु पर्ने गरी के भनेकी साथी?

गाली त गर्‍या होइन है?

ह्या, कथा लेख न पढ्न मन लाग्यो के।

शिरिश ज्यु,

लौ न मलाइ लाज लाग्यो हजुरको प्रसंशा पढेर। कहाँ बि पी कहाँ क्रेजी ?

यो कथालाइ त्यति धेरै मन पराइदिनु भएकोमा धेरै.. धेरै ...धेरै.. धेरै.. धेरै ..धन्यबाद।

हो र चेली?

खिचडी भन्नासाथ जाउलोको याद आयो। तिम्रो कथा चाहि कहिले नि?

Waiyat ज्यु,

बहुमुल्य प्रतिक्रियाको लागि धन्यबाद।

फुच्चे,

धन्यबाद साथी। मेरो अनुहारमा पनि एउटा डन्डिफोर आको छ। कस्ले हेर्‍या हो कुन्नि? हे ...हे ...हे।

maannepali ज्यु,

धरोधर्म मैले झेल्ली गर्‍या छैन।

नपत्याए सोध्नुस्न निलुलाइ।


निलुको फेरि बिहे गरी कि गरिन? मैले पनि उसलाइ सोध्नै बिर्से।

....paila nai 'buhhera' garya bhaya hunthyo..sayad garin hola..bujhhaki manche thiyien kyare ?..
तपाइको कुरा शत् प्रतिशत ठिक हो।

क्रिश्न जी,


million dollar प्रतिक्रियाको लागि धन्यबाद!

 


 
Posted on 05-26-08 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy ji,

Although I have had some minor reservations with some of your past writings but this time, oh my god, you have really written an incredible story! I cannot stop myself but salute you for such a fine creation! The story is flawless, it moves so smoothly, the suspense is held till the end, you were so good in confusing us in thinking Sajal was actually having an affair with Geeta while all the while the truth was something else! And yes it is a pretty bold story although the happentance is not out of the ordinary!

Thank you so much crazy ji......in all human selfishness, I would have liked to see Neelu living a fulfilled life but that would have been an injustice to the story itself...last but not the least, the timing of the ending could not have been better!

Please keep on writing such wonderful stories...it adds some spices to our otherwise regular and mundane life here in the US :-)

Thank you

Chicagoan

 


 
Posted on 05-26-08 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Didi,

I am the silent reader of Sajha from Nepal. This time I cannot stop my finger typeing few words after reading all your stories. This one is so great among all. Thank you very much for giving us such a wonderful story.

Aru katha haruko pratiksha ma.

Thank you

raniban


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters