Posted by: crazy_love May 11, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM
Read Full Discussion Thread for this article