[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 172300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-20-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नखानु है चित्रे। बिहे भा छैन अझै, भुँडी लाग्यो भने ठिटीहरुले फुट्या अँखाले नि हेर्दैनन्।
 
Posted on 07-20-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ठूली, धेरै खाको त हैन, बरू तिमीलाइ खाना फेडेक्स गर्दा गर्दै ढीलो भो चौतारी आउन। तिमीले मैले पठाको खान पायौ?

चिप्लु, धेरै खा'छैन मैले, तिम्रो भाग नि खाइदेला भनेर डराको हो कि क्या हो?
 
Posted on 07-20-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau birkhe dailai cute bhaneko ta mukh aaaaaaaaaaaaa garera basnu huncha ke. feri mukh ma jhingaa paslaa ni
 
Posted on 07-20-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre jhuto nabola la.

chiplu kina hehe ni
 
Posted on 07-20-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भुँडी लाग्यो भने ठिटीहरुले फुट्या अँखाले नि हेर्दैनन्"

अनुभव;
एउटा नमिठो तरवार बनेर
प्रहार गर्छ कहिले
अनुभव,
त्यसै पटक पटक
बहार छर्छ कहिले
अनुभव, भविष्य बिना नै कहिले
वर्तमान बनिदिन्छ
त्यसैले त अनुभव
एउटा यस्तो आँखा बन्छ
जो आफ्नो,अरुको
धेरै थोरै भविष्य
देख्नन सक्छ,
लेख्न सक्छ
अनुभव गर्न सक्छ!


 
Posted on 07-20-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल झिङ्गा पस्ला रे!
मेरो मुख गुलियो छैन ठुलि झिङ्गाहरुले मन पराउँदैनन्!
 
Posted on 07-20-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mukh aaaaaaaaaaaaa garera basnu huncha ke. feri mukh ma jhingaa paslaa ni

tyahi bhaera hehe
 
Posted on 07-20-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai hamro birkhe dai lai ke bhako mukh ko demonstrate gariraakhe ko cha
 
Posted on 07-20-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe dai hajurko bhanjo dekhaa pareko chaina ni. ke ho kumakarna jasto sutiraa jasto cha ni
 
Posted on 07-20-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुभव अजबको छ, गजब को छ बिर्खे दाईको। तारेमाम्।
अनुभवको एक्स्पिरेन्स त ठुलदाईको जस्तो हुनु नि, कसो?

म:म: बनाउने अनुभव ३५ बर्षको।

जागिर खाएर काम् न गरेको अनुभव १६ बर्षको।

लभ गरेको ( परेको होइन) अनुभव २५ बर्षको।


कामाएर खाएको( पकाएर होइन) अनुभव ३१ बर्षको।

कबिता लेखेको- ३० बर्षको

सबिता देखेको २५ बर्षको।

रुने अनुभव ४० बर्षको

धुने अनुभव १२ बर्षको। ( के के धुने भनेर नसोध्नु होला)।

कूल, जम्मा, मजबून र टोटल् अनुभव २१४ बर्ष।

तारेमाम्।
 
Posted on 07-20-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गए सबै जना?
 
Posted on 07-20-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ताअाअाअाअाअाअाअाअाअ

ह्याप्पी गुड फ्राइडे ।
 
Posted on 07-20-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म: बनाउने अनुभव 0 बर्षको।

जागिर खाएर काम् नगरेको अनुभव 0 बर्षको।

लभ गरेको ( परेको होइन) अनुभव 8 बर्षको।


कामाएर खाएको( पकाएर होइन) अनुभव 14 बर्षको।

कबिता लेखेको- ० बर्षको

सबिता देखेको 0 बर्षको।

रुने अनुभव ४० बर्षको

धुने अनुभव 14 बर्षको। ( के के धुने भनेर नसोध्नु होला)

Total 76
 
Posted on 07-20-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको माथिका अनुभवहरु संघ सम्बन्धिन केहि प्रश्नहरु। अनुभव को लिस्ट संगै राख्दैछु! :)

१) फुटेको म:म बन्नुका करणहरु के के हुन्?

२) सरकारि काम कहिले जाना घाम भनेको के हो?

३)लभ पर्नु र लभ गर्नुमा के के फरकहरु छन्? एकै व्यक्ती संग 'गर्नु' र 'पर्नु' सम्भव छ कि छैन?

४) कमाएर खाँदा र काँचै खाँदा के के समानताहरु हुन्छन? :)

५) कविता लेख्दा सबितालाई कहाँ राख्ने गर्नुभएको छ?

६) सबितालाई देख्दा कविता लेखेको ५ बर्ष भैसकेको रहेछ, अब भन्नुहोस पाँच बर्षे बेबफाइ कसरि जन्मियो?

७) रुने अनुभव ४० बर्षको रहेछ जबकि मम पकाउने ३५ बर्षको। ममलाई प्याज काट्दा रोएको कुल बर्ष जम्मा ३५ हुन आउँछ, अब भन्नुहोस बाँकि ५ बर्ष कसरि रुनुभयो?

८) जे सुकै धोएता पनि धुने अनुभव १२ बर्षको रहेछ, भन्नुहोस जिन्दगीको लाइफमा कसैले तपाइँलाई नै धोएको कुरालाई अनुभवमा राख्ने कि नराख्ने?

 
Posted on 07-20-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! राहुल दाई जिम्माल बा को उत्तर दिनुहोस है त! हे हे हे!!

जदौ सबैजनालाई!

सप्तान्त राम्रो बितोस सबैजनाको!! :-)
 
Posted on 07-20-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) फुटेको म:म बन्नुका करणहरु के के हुन्?
उत्तर्: कर्म फुट्नु र म:म: फुट्नुमा कुनै कारण चाहिदैन। मात्र बाइचन्सले संयोग हो।

२) सरकारि काम कहिले जाना घाम भनेको के हो?
उत्तर्: सरकारी काम अहिले जाला घाम्, आज खाए भोलि खानलाई छैन दाम्।

३)लभ पर्नु र लभ गर्नुमा के के फरकहरु छन्? एकै व्यक्ती संग 'गर्नु' र 'पर्नु' सम्भव छ कि छैन?
उत्तर्:पहिलो नजरमै पीरति बस्यो भने लभ पर्‍यो, धेरै नजर मा, अनेकौं ठक्करमा माया बसे जस्तो भो भने लभ गरेको ठहर् हुन्छ। एकै ब्यक्ति सङ लभ पर्नु र गर्नु संभव छ र छैन पनि । यानी ५०% को चानस हुन्छ।

४) कमाएर खाँदा र काँचै खाँदा के के समानताहरु हुन्छन? :)
उत्तर्: कमाएर खाँदा आशु पनि नुनिलो हुन्छ। निष्ठो भात नि स्वादिलो हुन्छ।

५) कविता लेख्दा सबितालाई कहाँ राख्ने गर्नुभएको छ?
उत्तर्: सबितालाई हेरी, सम्झी सम्झी कबिता लेखिन्थ्यो। अचेल् सबिता सङै बसी कबिता लेखिन्छ।


६) सबितालाई देख्दा कविता लेखेको ५ बर्ष भैसकेको रहेछ, अब भन्नुहोस पाँच बर्षे बेबफाइ कसरि जन्मियो?
उत्तर्: यहाँ निर् बेवफाइको प्रश्न नै छैन। अरुले बबिता, पबिता आदि इत्यादिलाई लाइन मारेको रमिता हेर्दा केर्दै कबिता लेखेको ले ५ बर्श अघि भएको।


७) रुने अनुभव ४० बर्षको रहेछ जबकि मम पकाउने ३५ बर्षको। ममलाई प्याज काट्दा रोएको कुल बर्ष जम्मा ३५ हुन आउँछ, अब भन्नुहोस बाँकि ५ बर्ष कसरि रुनुभयो?
उत्तर्: आफ्नो लुगा मात्र धुनु त के धुनु भने जस्तै, प्याजले रुनु के रुनु। जन्मिदा नै यो संसारिक माया जालमा किन आएं भनेर रोएको समेत् गनना गरेको ले ४० हुन गएको।

८) जे सुकै धोएता पनि धुने अनुभव १२ बर्षको रहेछ, भन्नुहोस जिन्दगीको लाइफमा कसैले तपाइँलाई नै धोएको कुरालाई अनुभवमा राख्ने कि नराख्ने?
उत्तर्: राख्ने, किन राख्ने? कसैले धुने त के सुघ्ने आँट नि गरेन, आफुले नि कसैको राम( सीता, हरि, लक्ष्मण) धुलाइ नि गरिएन। त्यसैले अनुभव शुन्य भाको।
तारेमाम्।
 
Posted on 07-20-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो हेर्दा हेर्दा आँखा थाकेछ
हाँस्दा हाँस्दा बंगारा थाकेछ
के लेखुँ भनि सोच्दा दिमागै थाकेछ
सजिलो बरु मन छुने लाइ
यी यस्तरी पेस्टेछ ।

व्यस्तताको कारणले बिजि भए पनि, आयट लिस्ट कम्तिमा एक पटकलाई वान ट्याम साझा छिरे हुन्थ्यो नि! जिन्दगीको लाइफ हो, व्यस्तताको कारणले बिजि भएको यो फस्ट टाइम पहिलो चोटि त हैन नि? कि कसो? यहाँ त व्यापक भिड छ बस्ने ठाउँ सिट पनि भेटिन्न, कहिलेकाहिँ त ह्याङ्गिङ कन्डिसनमा झुन्डेर बस्नु पर्छ, बेकारमा कपालको हेयर स्टाइल बिग्रन्छ बेला बेलाको टाइम टाइममा
 
Posted on 07-20-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्ला मुनि पुगि सकेछ चौतारि त!
कति हसाउन सकेका हुन् ! हास्दा हास्दा बंगारा नै दुखि सक्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters