[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117573 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 05-14-05 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

4:28 am,

tai pani

:)
 
Posted on 05-14-05 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero ma 3:28 AM poonte............Poonte east coast tira ho ki kya ho?
Lu ma chai sute hai
 
Posted on 05-14-05 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पालि केटाहरुले मलाई लास्टाँ पारे , जे भे नि सार्है घत लाग्दो छ है, तर ए गुरु लप पर्न ला हैन र भन्या मञ्जु सँग ममी त अर्कै कुरा गर्नु हुन्छ ।
<<<<दुबैजना दाजु बहिनी भर राम्ररी पढ्दा हुन्छ नि, यहि बसेर!" >>>>>
क्या हो दाजु-बहिनि को कथा हो र :s
 
Posted on 05-14-05 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<" गरीबहरुको रगत चुसेर थुपारेको अकुत सम्पतिबाट निस्केको रबाफले तिनै गरीबहरुको दरिद्रतामा खिसीका खित्का ओकल्नेहरुका भिडमा पनि घनश्याम सर जस्ता आफ्नै पसिनाले कमाएको सानो हिस्सा गरीबहरुको भलाईका लागि खर्चने मानिसहरु पनि रहेछन् यसै धर्तिमा। ">>>

मलाई यो part धेरै मन पर्?यो।
 
Posted on 05-14-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐजन ऐजन
 
Posted on 05-14-05 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

again true depiction of struggle. :)
 
Posted on 05-14-05 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितजीको सिको गर्दैः

"यस कथा लेखनका प्रेरणाका श्रोतहरु, चाखलिएर पढ्ने, झ्याउ मानि-मानि पढ्ने, टाइम पासका लागि पढ्ने, कमेन्ट गर्ने/नगर्ने, पढेर सल्लाह दिने/नदिने, प्रोत्साहन गर्ने/नगर्ने , पढ्ने/पढ्दै नपढ्ने सबैलाई धन्यवाद दिदैं यो धागोबाट जुन १२ तारिक, २००५ सम्मका लागि बिदा चाहन्छु।

अपूर्ण कथालाई बिच बाटैमा छाडेर प्राबिधिक कारणबस् लामो समयको बिश्राम लिदाँ सम्पूर्ण साथीहरुमा पर्न गएको असुबिधा प्रति क्षमा माग्दै, आगामी दिनमा फेरी ससक्त सेबा गर्ने मौका प्रदान गर्नु हुनेछ भन्ने आसा सहित छिटै नै आफ्नो अन्तिम शैक्षिक खुट्किलो पार गर्ने जमर्को गर्दैछु। सबै साथिहरुको हौसला र आषिर्बाद पाएमा अबश्यै पनि एक पाईला अगाडि पुग्न सफल हुनेछु भन्ने आसा छ।

हबस् त बिदा दिनुस्, १ महिना पछि फेरि भेटौँला।
नमस्कार, शुभ?-रात्री
--------
ओके
 
Posted on 05-14-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईको विद्यावारिधीको शोधपत्र प्रतिकारको लागि मेरो तर्फ बाट धेरै धेरै शुभकामना है ओके दाजु ।

-सरु
 
Posted on 05-14-05 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK daju, ma pani haajir hai.

Maile ta padhna bahek aru kehi pani garnai sakina.




harkeDai
 
Posted on 05-15-05 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Ok sir, Good luck for your thesis defence !!!!
 
Posted on 05-15-05 3:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ.के.नानि ....
रामरि पढनु ढेरै लम्?बर ल्?याउनु ल l
उइ राईल बउ
;P
 
Posted on 05-15-05 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो नि बेस्ट अफ लक है ओ के दाजु,
अनि हाजिर पनि छु है।
निर्माण
 
Posted on 05-15-05 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि शुभकामना है शोधपत्र प्रतिकारको लागि ( मुलाई मन पर्यो के यो शब्द )
प्रतिकार -- पोलिटिक्स गनायो तर
 
Posted on 05-15-05 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok Ji,
Wish you all the best on your thesis defence. Hope the thoery you have come up in your research will be helpful to build a vibarant and propserous life in nepal and those oks who are left behind will get opportunity to advance ahead.

all the best.
 
Posted on 05-16-05 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Okji,

Balyakal ma bhognu pareka kathinai haru ka babjood hal samma prapta garnu bhaeko saixik safalta ko lagi hardik badhai cha. Aba yo antim khudkilo ko safalta ko lagi dherai dherai subhakamana cha. Arko mahina Dr. Ok sanga yahi dhaago lagayat Sajha ka anya dhaaga haru ma bhet huna paune asha sahit ahile lai taaremam.
 
Posted on 05-31-05 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ लाहुरे नयाँ पाठक पनि हो।
तपाईँको प‍तीक्षामा।
May 31
 
Posted on 05-31-05 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Manju Malai maaf garnu la .lamo.lamo katha padne mero bani chaina.
:-(
 
Posted on 06-10-05 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear readers and, well-wishers in Sajha,

LONG TIME NO SEE !!!

Thank you very much for your wishes. I did the JOB today afternoon and the performance was as expected. Although I have to finalize some more stuffs in coming days too, these are just for formality. The major barrier is over now.

Now on, I will occasionally visit Sajha. I am thinking to continue my old story. It may take few more days to mind make-up.

See you occasionally in this and other threads,

------
OK
 
Posted on 06-11-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am waiting for the story eagerly


 
Posted on 06-12-05 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

संक्षेपमा (खण्ड १ देखि खण्ड १२ सम्म):
पुर्वी पहाडको दुर्गम जिल्ला ओखल्ढुंगाको अति अविकसित गाँउमा ओके (ओम कुमार खनाल) को जन्म हुन्छ। हजुरआमा, आमा र २ जना भाईबिहिनी सहित ५ जनाको परिबारलाई बर्षभरि आफ्नो कृर्षिजन्य उत्पादनले खान पुग्दैन। भैसीँ र बाख्रा पनि पालेका छन् ओकेको घरमा, सानोतिनो खेतिपातिको साथसाथै। गाउँका जिम्मल, मुखिया र साहुमहाजनको छिचोमिचोमा ओकेको परिबार पनि पिल्सिएको छ। ओकेको बुबाको ओके सानो हुदानै मृत्यु भैसकेको र भाईबहिनि पनि सानै भएका हुँदा ओकेको आमाले बनिबुतो गरेर परिबारलाई हुर्काई रहेकि हुन्छिन्। कक्षा ५ सम्म ओकेले नजिकैको श्री शिबदुति प्रा. बि. मा पढ्यो। कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा जिल्ला प्रथम हुदाँ तत्कालिन जिल्ला शिक्षा अधिकारी जनार्दन नेपालबाट हौसलाका साथै रु. १०० पुरस्कार स्बरुप पाए पछि ओकेको मनमा कक्षा १० सम्म पढेर ठूलो माष्टर बन्ने ईच्छा जाग्यो-आमाको सपना पुरा गर्न, आँसु पुछ्न र कहाली लाग्दो गरीबीबाट मुक्ति पाउन।

नजिक पासो हाईस्कुल नहुँदा, कक्षा ६ बाट पढाई शुल्क पनि तिर्नु पर्ने र किताब पनि किन्नु पर्ने हुँदा ओकेले चाहे पनि पढाई सुचारु गर्न अप्ठ्यारो प-यो। हेडसरको सहायताले स्कुलको फि पनि मिनाहा भयो र घरबाटै दैनिक ५/६ घन्टाको बाटो हिडेर भा पनि रामपुरमा कक्षा ६ मा पढ्न थाल्यो। पैसाको अभावमा रामपुरमै कोठा भाडामा लिएर बस्न सकेन। पढाईलाई बिचबिचमा छोडेर १ हप्ताको बाटो पर्ने कटारी बजारबाट खाने नुन र टुकी बाल्ने मट्टितेल पनि ओके आफैँ ल्याउँथ्यो। भदौ र असोजमा उस्कै सानुबुबाले बस्न नदिँदा र खोला बढेर २ महिना स्कुल जान नपाए पनि बल्ल बल्ल कक्षा ६ मा पनि थोरै अन्तरले प्रथम भयो। ओकेकी बहिनि पर्ने ताराबाट ओकेको घरको सम्पूर्ण अबस्थाको जानकारी पाएपछि ताराकै कक्षामा पढ्ने रामपुरमै घर भएकी ओके भन्दा तल्लो क्लासमा पढ्ने प्रथम केटी मञ्जुले सम्पूर्ण कुरा उनको घरमा सुनाउँछिन्। मञ्जुको बुबा घनश्यामसर पनि तेहि स्कुलमा गणित बिषयका शिक्षक हुन्छन् र दयावान् पनि। मञ्जुको घरमा ओकेलाई पनि बस्न दिने कुरा भए पछि मञ्जुले ओकेलाई बोलाएर ल्याएकि छिन् हिँजो उनकै घरमा। घनश्याम सरको परिबार र ओकेले हिँजो सुत्नु अघि धेरै गफ गरे । ओकेको आमाले स्विकृति दिएमा ओकेले मञ्जुको घरमा बसेर पढ्न पाउने भएको छ। (बाँकि कथाकै खण्डहरुमा)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters