Posted by: Ok June 12, 2005
Login in to Rate this Post:
0
?
मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
संक्षेपमा (खण्ड १ देखि खण्ड १२ सम्म):
पुर्वी पहाडको दुर्गम जिल्ला ओखल्ढुंगाको अति अविकसित गाँउमा ओके (ओम कुमार खनाल) को जन्म हुन्छ। हजुरआमा, आमा र २ जना भाईबिहिनी सहित ५ जनाको परिबारलाई बर्षभरि आफ्नो कृर्षिजन्य उत्पादनले खान पुग्दैन। भैसीँ र बाख्रा पनि पालेका छन् ओकेको घरमा, सानोतिनो खेतिपातिको साथसाथै। गाउँका जिम्मल, मुखिया र साहुमहाजनको छिचोमिचोमा ओकेको परिबार पनि पिल्सिएको छ। ओकेको बुबाको ओके सानो हुदानै मृत्यु भैसकेको र भाईबहिनि पनि सानै भएका हुँदा ओकेको आमाले बनिबुतो गरेर परिबारलाई हुर्काई रहेकि हुन्छिन्। कक्षा ५ सम्म ओकेले नजिकैको श्री शिबदुति प्रा. बि. मा पढ्यो। कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा जिल्ला प्रथम हुदाँ तत्कालिन जिल्ला शिक्षा अधिकारी जनार्दन नेपालबाट हौसलाका साथै रु. १०० पुरस्कार स्बरुप पाए पछि ओकेको मनमा कक्षा १० सम्म पढेर ठूलो माष्टर बन्ने ईच्छा जाग्यो-आमाको सपना पुरा गर्न, आँसु पुछ्न र कहाली लाग्दो गरीबीबाट मुक्ति पाउन।
नजिक पासो हाईस्कुल नहुँदा, कक्षा ६ बाट पढाई शुल्क पनि तिर्नु पर्ने र किताब पनि किन्नु पर्ने हुँदा ओकेले चाहे पनि पढाई सुचारु गर्न अप्ठ्यारो प-यो। हेडसरको सहायताले स्कुलको फि पनि मिनाहा भयो र घरबाटै दैनिक ५/६ घन्टाको बाटो हिडेर भा पनि रामपुरमा कक्षा ६ मा पढ्न थाल्यो। पैसाको अभावमा रामपुरमै कोठा भाडामा लिएर बस्न सकेन। पढाईलाई बिचबिचमा छोडेर १ हप्ताको बाटो पर्ने कटारी बजारबाट खाने नुन र टुकी बाल्ने मट्टितेल पनि ओके आफैँ ल्याउँथ्यो। भदौ र असोजमा उस्कै सानुबुबाले बस्न नदिँदा र खोला बढेर २ महिना स्कुल जान नपाए पनि बल्ल बल्ल कक्षा ६ मा पनि थोरै अन्तरले प्रथम भयो। ओकेकी बहिनि पर्ने ताराबाट ओकेको घरको सम्पूर्ण अबस्थाको जानकारी पाएपछि ताराकै कक्षामा पढ्ने रामपुरमै घर भएकी ओके भन्दा तल्लो क्लासमा पढ्ने प्रथम केटी मञ्जुले सम्पूर्ण कुरा उनको घरमा सुनाउँछिन्। मञ्जुको बुबा घनश्यामसर पनि तेहि स्कुलमा गणित बिषयका शिक्षक हुन्छन् र दयावान् पनि। मञ्जुको घरमा ओकेलाई पनि बस्न दिने कुरा भए पछि मञ्जुले ओकेलाई बोलाएर ल्याएकि छिन् हिँजो उनकै घरमा। घनश्याम सरको परिबार र ओकेले हिँजो सुत्नु अघि धेरै गफ गरे । ओकेको आमाले स्विकृति दिएमा ओकेले मञ्जुको घरमा बसेर पढ्न पाउने भएको छ। (बाँकि कथाकै खण्डहरुमा)