[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 76060 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-11-05 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओके भाई AX र म त आत्मिय मित्र नै पर्यौ। संगै हिड्ने संगै पढ्ने अनि संग साईद हान्न जाने। पाढन मेरो ससुराली का हो र मेरो आफ्नै घर नै होनी। ससुराली त त्येही निष्ठुरी मन्जु को गाँउ हो नि।
 
Posted on 07-12-05 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो धागोले मेरो पनि मन छोयो l गोडा'क दुई सय दाम पठाम कि भनेको ठेगाना कँl होला ? :P
 
Posted on 07-14-05 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लु कहाँ पुगिसकेछ , कता हो कता झण्डै छुतेको ।
 
Posted on 07-15-05 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एलोनगाई२७ दाई, मञ्जुको गाँउ नै तपाईँको ससुराली हो भनेर मलाई चसक्क नपार्दिनुस् न होउ। राएन बाउ, कुन ब्यांकको ठेगाना चाहिएको हो कुन्नी? सिटी ब्यांकको ठेगानाले हुन्छ? छुतेको हैन पण्डित गुरु, छुटेको होला नि! कि ग्बाराको लप ले नेपाली फ्लप भो? ------------------------------------------------------ मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १९ आमा र भाई चाहिँ नाटक सकिने बितिक्कै "घरमा गाईबस्तु फुकेर लगाएको कमाई खाए होलान्" भनेर र जानु भएछ, बैनी र मञ्जुलाई मसँगै आउनु भनेर। हामी नाटक देखाएका सामानहरु मिलाउन लागेउँ। गाँउका दाईहरुले सहयोग गर्नु भो। मञ्जुले पनि यसो अलि अलि सघाईन्। सबैसँग विदाबारी भएर घरतिर लाग्दा सप्तमीका जून पनि तीनतले डाँडाबाट टुप्लुक्कै अस्ताए। "अब, झमक्कै रात पर्छ, जाँउ दाई छिटो घरमा। मञ्जु दिदीलाई पनि भोक लागि सक्यो होला?" बैनिको यो हतारो सँगै हामी उकालो पाईला चालिउँ। तिनै जनालाई हिड्नकै चटारो थियो, कमै मात्र गफ भए। "अनि मञ्जु, कस्तो लाग्यो त हाम्रो नाटक?" अँध्यारोमा सुमुसुमु हिडाईको सन्नाटालाई चिर्दै मैले मञ्जुको प्रतिकृया जान्न जाहेँ। उनले "राम्रो लाग्यो" बाहेक अरु केहि पनि भनिनन्। फेरी पहिलेकै शुन्यता। मैले सोधेका प्रश्नहरुको सिधा र छोटो उत्तर बाहेक मैले केहि पाईन। बाटोको लम्बाईसँगै मेरा सोचाईका पनि तन्किदै गए "अघि दिउँसो रामपुरबाट आउँदा बोलेर कहिल्यै पनि नथाक्ने मञ्जु अहिले एकाएक परिवर्तित किन भईन्? सायद नयाँ ठाउँ, नयाँ गाँउ, नौलो अनुभव, बेग्लै अनुभूतिहरुले उनको सोचाईको सबै समयनै लिईदियो कि? कतै उनलाई मेरो घर र हाम्रो गाँउको बाताबरणले दुखित पो बनायो कि?"। तर पनि उनलाई के भयो भनेर सोध्ने आँट नै गरिन। बैनी अघि अघि, मञ्जु बिचमा र म पछाडि थियौ। गौडागौडीँ बाटो राम्रोसँग पनि देखिदैनथ्यो। घर छेउमा पुग्नै लागेका बेलामा गद्राकगुद्रुकको आबाज आयो। "ए दाई, मञ्जु दिदी लड्नु भो क्यारे!" बैनिको बोली सकिन नपाउँदै मैले मञ्जुलाई उठाईसकेको थिएँ। सँगै हिड्ने, सँगै पढ्ने, सँगै बस्ने भएपनि त्यसरी मञ्जुको शरिरमै समाएको चाहीँ कहिल्लै थिईन। पढ्दा होस् या बाटामा सँगै हिड्दा होस्, अलिअलि त छोईहालिन्थ्यो। भनिन्छ, आपतमा जेठाजुबुहारी त छुनु हुन्छ रे, त्यसमाथी हामी त साथीसाथी। एउटा खुट्टो ढुंगाको चेपमा परेर मर्किएछ। बैनिले मञ्जुलाई भरोसा दिई र घर पुगिउँ। "धेरैबेर लाग्यो है, सामान थन्काएर आउन। ल आओ बस आगोको छेउमा। मैले मकै ठीक्क पारेकी छु। पोलेर खानु पर्छ।" हामी ढोकाबाट पस्नै नपाई आमाले खानाको कुरा गर्नु भो "के भयो मञ्जु नानीलाई? खुट्टा त खल्च्यांग खुल्चुंग गर्छिन् नि?"। "ममी केहि भा हैन, अँध्यारोमा अलिकति ठोक्केको मात्र हो?" मलाई बोल्नै दिइनन् मञ्जुले । "मर्केको हो भने त भोली बिहान हिड्न गाह्रो हुन्छ, म औषधि बनाईदिन्छु" आमाले स्थानिय उपचार गराउने सुरसार ल्याउनु भो। "पर्दैन ममी पर्दैन। अलि अलि मात्र हो" उनले केही पनि नभए जस्तो गरिन्। क्रमश:
 
Posted on 07-15-05 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हामी मकै पोलेर खान लागेउँ। पोलेका मकै, उसिनेका आलु, काँक्राको अचार खाँदै धेरै गफगाफ भए। "आमा, मञ्जु मैले भने जस्तै रहिछिन् कि रैनछिन्?" मैले आमाको मञ्जुलाई देख्दा लागेको कुरा बुझ्न चाहेँ। "तैँले भनेको भन्दा राम्री। बाटुलो अनुहार, हिस्स परेको मोहोडा। मञ्जु नानी सारै भाग्यमानी छिन्।" आमाको कुरा सुनेर मञ्जु मुसुक्क मुस्कुराईन् "ममी, धेरै नफूर्काउनुस् न मलाई"। बैनीले कुरा अर्कै तिर मोडी "हेर्नु त आमा, मञ्जु दिदीका हातखुट्टा त कस्ता बच्चाका जस्ता कलिला छन्, मेरा चाहिँ तुसारोले पटपट फुटेका"। आमाले पुलुक्क आँखा लगाउनु भो "ए खुट्टो त निक्कै पो दुखेछ क्यारे, कस्तरी सुन्निएको! ल म औषधी बनाई दिन्छु भनेर के के -के के झारपात र जरिबुटी मिसाएर पकाईदिनु भो र भन्नु भो "लौ यो लेदो औषधी लगाएर, एउटा कपडाले मोज्जाले बाँधेर सुत्ने, भोली उठ्दा सब ठीक हुन्छ"। मञ्जु र म तला माथी सुत्ने कुरा भो। हाम्रो घरमा कोठाहरु थिएनन्। गुन्द्रि ओछ्याएर लहरै सुत्थेम्। एउटा टुकी बत्ति बालेर मञ्जु र म तलामाथी चढ्यौँ। तलामाथि एकपट्टि गाईभैँसीलाई हिउँदको लागी भनेर सुकेको खर राखेको थियो, अर्को पट्टी चाहीँ २/३ वटा गुन्द्रिको जति ठाँउ खाली नै थियो। त्यहाँ मञ्जुको घरको जस्ता धानका भकारी थिएनन्, न त कपडाहरुको खात। मञ्जुले यताउति हेरिन् तर केहि पनि बोलिनन्। "मञ्जु, तिमी औषधी लगाउदै गर म ओच्छ्यान् लगाउँछु" भनेर मैले २ वटा गुन्द्रि झिकेर अलिक टाढा टाढा ओच्छ्याएँ। ओढ्ने ओच्छाउने कपडा त थिएनन्, तेही पुराना फाटेका कपडाहरु तुनेर एउटा सिरक जस्तो बनाउनु भाथ्यो आमाले, तेसैमा एउटा अलिक सद्दे जस्तो खोल हालेर मञ्जुलाई दिएँ "मञ्जु, सरी है! हाम्रो घरमा ओढ्ने ओछ्याउने कपडा पनि छैनन्, के गर्नु हेरन, आज तिमीलाई रात कटाउन गाह्रो पर्ने भो"। मेरो बोली सकिन नपाउँदै औषधि लगाउन पनि चट्ट छोडेर मञ्जुले "के भन्नु भाको दाई यस्तो? मलाई केहि पनि चाहिन्न, जे छ तेहि नै भए मलाई पुग्छ।" भन्दै सिरियस भईन्। मञ्जुले मर्केको ठाँउमा राम्रो सँग औषधि लगाएर बाध्न सके जस्तो लागेन मलाई। उनले नमान्दा नमान्दै पनि मैले मर्केको खुट्टा मालिस गरेर औषधी लगाई दिएँ र दरो सँग कपडाले बाँधिदिएँ। "दाई, मलाई पाप लाग्छ, के गर्नु भा यस्तो?" भन्दै थिईन् मञ्जु। क्रमश:
 
Posted on 07-15-05 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रातभरी निदाउन नसकेर हो कि किन हो, बिहान म उठ्ता चाहिँ मञ्जु मस्त निद्रामै रहिछिन्। हिँजोको नाटकको थकाईले म त भुसुक्कै निदाएँछु, मुसाहरु कराएको पनि सुनिन। मञ्जुले थाहा नपाउने गरी उठेर तल्लो तलामा झरेँ। आमाले गोठको धन्दा सकेर खिर पकाउन लाग्नु भा रैछ। "मञ्जु अझै सुतिराखेकी छिन्?" आमाले अगेनाको आगोलाई आँत लगाउदैँ सोध्नु भो। "अँ सुतिराकी छन्, खै हिँजो थकाईले होला"। केहि समय पछि मञ्जु पनि उठेर झरिन। "कस्तो छ खुट्टो दुखेको मञ्जु?" मलाई घनश्यामसर र मञ्जुको ममीले गालि गर्नु हुन्छ भन्ने पीर लागिराथ्यो। "निकै ठीक भएछ, हिड्न सक्छु म" भन्दै बाहिर निस्केर वरिपरि हेरिन् "ओहो! कस्तो राम्रो जँगल घरकै नजीकै, सबैतिर हरियाली।" छिटै मञ्जुको घर जानु पर्ने भकोले हामी खाना खान बसिम्। मञ्जुलाई आमाले खिर दिनु भो। म पनि ढिँडो खान बसेँ। बेग्ला बेग्लै खाना देखेर "म पनि ढिडो खाने" भनेर जिद्दी गरिन् मञ्जुले। "हैन नानी तिम्रो पेट दुख्छ" भनेर आमाले नमान्दा नमान्दै पनि उनकै जिद्दीले दुबैले दुबैथोक बाँडेर खायौँ। "यसो दशैँका पाउनापासा आएका बेलामा काम दिन्छ" भनेर आमाले "२ पाथी आलु र २ माना घ्यू लागिदे छोरा घनश्यामसरलाई" भनेर झोलामा हालिदिनु भो। हामी मञ्जुको घरमा पुग्दा घाम पनि छकाल भए। हर्के अष्टमीको दिन खसी काटेर मासुलाई टुक्रा पार्दै रहेछ, बाहिर आँगनमै। हामी आँउदै गरेको देखेर "ल मञ्जु मैया पनि आईस्यो। क्या ठीक्क समयमा आईस्यो" भन्दै ठूलै स्बरले करायो। घनश्यामसर बाहिरकै खाटमा हुनुहुन्थ्यो। मञ्जुको ममी भित्रबाट निस्केर "ए ल, ठीक समयमा आईपुगेछन्। अब हात धोएर खान बस" भन्दै फेरी भित्र पस्नु भो। दहि, चिउरा, केरा, भित्र्याँस मासु भाँडाहरुमा राखेर सजाईएका रहेछन्। म चाहिँ भित्र गएर "आमाले हजुरहरुलाई दिनु भनेर अलिकति आलु र घ्यू पठाउनु भा" भन्दै समानलाई आँटीमा राखि झोला खाली गरेँ। "मलाई मेरो घरमा सबैले कुरेर बस्छन् खाना खान, मलाई ढिलो हुन्छ। म फर्कन्छु है" भनेर हिड्न खोज्दा मञ्जुको ममीले "अब खाना खाएर जाउ बाबु" भन्दै रोक्नु भो। मञ्जुले "ममी, एकछिन् यता आउनु त" भन्दै ममीलाई लिएर तलातिर गइन्। म बाहिर हर्केले मासु काटेको हेर्दै बसेँ। ५ मिनेट जति पछि मञ्जुको ममीले मेरो झोलामा निकै धेरै जस्तो देखिने सामान राखेर दिँदै भन्नु भो "ल तिमीलाई ढिलो हुन्छ भने जाउ, यो झोला लगेर आमालाई देउ है"। म झोला समाएर सबैसँग बिदा हुदैँ आफ्नो बाटो लागेँ। बाटामा गएर झोला खोलेर हेर्दा त्यस भित्र त मासु, चिउरा र चामल रहेछन्। "ला! मञ्जुले हाम्रो घरको सब कुरा भनिछन्" मञ्जुसँग अलिअलि त रीस पनि उठ्यो मलाई। तर पनि "यसपालीको दशैँ गजपले मनाउन पाईने भो" भन्ने सोच्दै र रमाउँदै हतार हतार घरतिर लम्किएँ। साझाल्यान्ड, ३० असार, २०६२
 
Posted on 07-15-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

katha ghacchiko raicha. mero salla manne bhaye kitab banayera nikale huncha athwa katai chapna diye huncha. ma ta ke hola ke bhanera na pdadhi baseko. aajakal sajhama Lamo lamo padhe bahneko ta uhi bad bibad ra jhai jhagada matrai ho. nabhaye ta sajhama ga jastai lagdaina.
 
Posted on 07-15-05 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चकमानजी, धन्यबाद है मेरो कथा पढिदिनु भाकोमा। तपाईँहरु जस्ता साथिहरुको सुझाब र हौसलाले नै त यो अति ब्यस्त जीवनमा पनि अलिकति फूर्सद निकालेर लेख्न मन लाग्छ नि मलाई पनि। साहित्यिक हिसाबले अल्पज्ञानमै लेखिएको कथा भए पनि राजनीतिक चर्काचर्कीको यो हुलमुलमा यसो अलिकति अर्कै किसिमको कुराहरु साझाबासी मित्रहरुमा पस्कने प्रयास हो यो मेरो। हुन त सबैलाई मेरो किसिमका कथाहरु मन पर्छ भन्ने नै छैन। जस्तै: ---------- Ashu wrote: >Ok, >A good show. >Now, put your hands in your ears, and shout "kukhuri ka" three times >and jump and down 10 times. >Maybe Manju will forgive you after all. >oohi >ashu ----- तर पनि यस्ता नकारात्मक प्रतिकृयाहरुलाई तपाईँका हौसलापूर्ण प्रतिकृयाहरुले जहिले पनि तल पार्ने छन् भन्ने कुरामा म दृढ संकल्पित छु र कथालाई नियमितता दिन हरसंभव प्रयासरत रहनेछु। ---- ओके स्मरण रहोस्: यो आशु अर्थात् आशुतोश तिवारी भन्ने मान्छे "हार्डभार्ड युनिभर्सिटीबाट पी.एच.डी गरेको हुँ। नेपाली भाषालाई पाठ्यक्रमबाट हटाउनु पर्छ किन कि नेपाली भाषा राम्रो छैन। अंग्रजी जस्तो राम्रो भाषा कुनै छैन। म जस्तो जान्ने सुन्ने र बिद्बान् अरु कोहि छैनन्। मेरा अगाडि अरु त सव बच्चा हुन्" भनेर सर्वथा उस्को घमण्ड, स्वार्थ र पाखण्डिपन प्रर्दशन गर्ने यो साझाको एक उत्तम जोकर हास्यपात्र हो।
 
Posted on 07-15-05 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ok ji Malai ta thaha nai thiyena.....ya ta ke ke bhai sakechha.... its good to read the story again.... waiting for more to come.....
 
Posted on 07-16-05 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ok, Goog job. Ashu compliments your work. http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22569 GeoGuru
 
Posted on 07-16-05 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ok, CK Lal ... being engineers, its good to see their writings. Its not bad idea to switch your profession or spend sometime in writing off the profession. Keep on writing. publish it on Nepali magazines and other journals. This is probably the last posting in this thread as it comes to San's ceiling number designed in this website. I will call this thread a celebrity thread, because it reached to its maximum limit of postings. Great job OK. Congratulations. Others who wrote in this thread should also be congratulated for writing in this great thread. As a reader I liked the thread and contents ..... Keep on moving, despite its celing limits on the number of postings. Afnai, GeoGuru
 
Posted on 01-07-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

OK ji aajakal kata ho khoi???
 
Posted on 01-07-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले यो कथा एक दिन भरि लगाएर एकैपटक मा सबै पढेर सिध्याए- सारै राम्रो!!! प्रसंशा गर्ने शब्द हरु नै भेटिन मैले , शुरु का १-२ एपिसोड् हरु ले साच्चै आशु रोक्न गार्हो पार्यो । अनि फेरि बिच क रमाइला एपिसोड् हरु मा मन्जु,ओम ,तारा, आमा हजुर आमा सबै सङ म पनि रमाए। तर... लौन कसरि त्यस्तो ड्रामाटिक इन्डिङ् ? हरेssss!!! सोध्न मिल्ने हो कि होइन तर सोध्न मन् लाग्यो- Is it a real story ??? if yes- कथा को शिर्षक राख्न लाइ मात्र कि बास्तब मै उन्को अगाडि पनि भन्नु भयो "मन्जु मलाइ माफ् गर है"? :-)
 
Posted on 01-07-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Please give me the easy access to read the thread "Manju Malai Maf Gara Hai - Part II Thanks!
 
Posted on 05-21-07 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

OK ji, My parents are in the US thesedays... Mom is reading your story... Believe me--she stays till two or three in the morning to read this. She doesn't believe that it's not a real story. Thank you very much for writing such a good piece... Keep it up. (my mom said so). GOGOL
 
Posted on 05-21-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज दिन्भर् लगायर् मैले ओके जी को 'मन्जु मलाई माफ गर् है 'आत्म् कथा पढीए साह्रै राम्रो लाग्यो , कथा आझ अगी जाऊस्,है ओके जी।।।।।। अब बाकी कथा को लागि कुरी रहीए छु , कथा मर्मिक् साथे रमेइलिओ छ ।कीप् इत् अप
 
Posted on 05-21-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I thought she already forgave you, dude.
 
Posted on 05-21-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले यो कथा एक दिन भरि लगाएर एकैपटक मा सबै पढेर सिध्याए- सारै राम्रो!!! आँसु पुछ्दै कथा पढे ! प्रस्तुति सारै नै राम्रो लाग्यो ओके जि लाइ धेरै धेरै धन्यबाद छ यति राम्रो कथा पस्कनु भको मा।
 
Posted on 05-21-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Gogol Jee, Thanks for bringing this "old thread" back to the front. I was about to reply when I saw this tread late yesterday. I am not a frequent poster in these days. It took me a long time to get my password back. Convey my "Namaste" to your parents. I am missing that great opportunity to call them in this foreign land --- a big bad luck for me. I am pleased to hear that your mother loved my story. However, I wonder how she really reads from sajha.com where some vulgar and rubbish threads are around these days. I request you to print (you can print only the parts of the story by selection--- not the comments and discussions) and give to her. I realized that I was in aggression when replying to some sajha users, e.g, my reply to Ashu few posts above in this thread. I should not have done that. Those who are interested to read and have not done so far, the following are the links (I warn you the threads are too long. I estimate you need to spend at least 5/6 hours, if not more, to complete all. If you do not have sufficient time to kill, please do not open). Part I: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 Part II: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22739 Personally, I do not want to see these threads rewinding time and again. It is better to let them stay at the deep corner of sajha.com. However, comments and criticisms are always welcome. I am still inserting the details and formatting it to make more readable the whole story. Thanks for others who commented and who read this story. - OK
 
Posted on 05-23-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

OK jee,
Mom is worrying because she is about to finish your story. She doesn't surf much around sajha... I open your thread when I go to work and she reads till I come back late night.  She liked the story a lot.. she says it reminded her of her past.
Thank you for your reply.
We hope to read more stories from you. Keep it up.
__ GOGOL.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
❤ नारी दर्पण ❤
Do you think stock market will come back soon?
रक्शी खुवाई झ्याप पारेर रेप गरेको अभियोगमा न्यु योर्क बस्ने नेपाली पक्राउ
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
TPS FEDERAL NOTICE
पुन्टर पिन्कु र नाज ब्रो
W2 Form submission to NVC
Road trip with Indian Colleagues
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters