[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 05-03-05 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok ji.
the story is really nice. <<<<<<<<<
"बाजेको त जनै भिरी सक्या रे, भान्सा चाँही बेग्लै गरम्, बाहुनको छोरा, मलाई पाप लाग्छ होउ"<<<<<<<<<<<
khoi aba ta ishai haru sanga nai hiddul cha, uniharu sangai khan pin huncha. maile ta janai restroom ma rakheko chu. nepal jani bela ma virnu parla.
 
Posted on 05-04-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम के भन्छ यो हान्सी जनै नलाएर खुरु खुरु ।
ल आउने पर्सी शनिबार म कहाँ , जनै म सँगै छ म मन्त्र पढेर लगाएदिन्छु , बरु खल्ति अलि बलियो पारेर आउनु है ;)
 
Posted on 05-04-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi. i am new feirnd, Iam suffering
 
Posted on 05-04-05 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi. I am, new friend. I am suffering the diseases of Thyrotoxicosis, I am coming soon in USA your little help save my life.
 
Posted on 05-05-05 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhane pachi aba balla manju sanga ko kahani le gati linchha jasto chha ho Ok jee?
 
Posted on 05-05-05 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनै भो भने चाँवि हराएको रातमा पनि सुबिस्ता।
 
Posted on 05-05-05 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तारा चैँ कवाफमा हड्डी बन्ने छाँटकाँट देखे मैले त :)
 
Posted on 05-05-05 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लेख राम्रो छ, मीठो छ, मार्मिक छ। यसमा २ मत छैन।"

(हाजिर गरेको नि अब। कुनै स्कुलमा हात उठाउँछन्, कुनै स्कुलमा "हे सर!" भन्छन्।
कुनै स्कुलमा "यस सर!" भन्छन्। कुनै स्कुलमा "छू गुरु!" भन्छन्।
कुनै स्कुलमा ऊ माथि मैले भन्या जस्तो भन्छन्। अब तिमी बढि नबोल नि फेरि।)
 
Posted on 05-05-05 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि साझा स्कुलमा चईं :) गर्छन्।
 
Posted on 05-05-05 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
आज पहिलो चोटि पढेको मैले त यो लेख. सार्है नै ह्रिदयबिदारक लाग्यो. I had seen the title before tara tyo 1-2 week computer ma unicode nabhayeko le hernai payeko thiyena. aaja ta ekai din ma sampurna mahakabya nai sakaye maile ta. atti nai ramro OK ji, keep going.
धेरै कुरा पोख्न मन लागेको छ तर शब्द छैन अहिले.


 
Posted on 05-05-05 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कहानी पढ्ने/प्रतिकृया दिने सबै साथिहरुलाई धन्यबाद टक्राउँदै, मेरो कथाको नवौँ भागः

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड ९
बाटोभरी ताराले पनि तेति धेरै गफ गरिन, हिड्नकै सुर बढि थियो। बिचारा केटी मान्छे उकालोमा त धेरै स्याँ स्याँ हुन्छे। फेरि आज पहिलो दिन, बानी पनि परिसकेको छैन। मलाई चाहिँ अघि मञ्जुको कुरा नै मनमा खेलिरह्यो "हुन त हामी पनि रामपुरमा बस्नु पर्ने हो, बस्न पनि त कति मन छ नि! तर के गर्नु आफ्नो ब्यथा आफूलाई मात्र थाहा छ, आफ्नो कथा आफूलाईमात्र थाहा छ। त्यो मञ्जुको घरको मतान् मा मलाई पनि बस्न दिए हुने नि। घनश्याम सरले पनि मलाई खुब माया गर्छन्, एकपटक कुरा पो गर्नु प-यो क्या हो!" भन्ने पनि सोचेँ। तर झट्ट फेरी आफूलाई बास्तबिकता तिर डोहोर्याएँ "के गर्नु? भाडा माग्दा हुन्, मसँग दिने पैसा नै छैन। फेरी घरमा त दुख-सुख जे खाए पनि कसैले देख्दैनन्, आलुका भरमा पनि २।३ दिन त काट्न सकिहालिन्छ नि। बनतरुल, गिठ्ठा, भ्याकुर खोजेर पनि १/२ दिनको गर्जो त टर्छ नि घरमा त। तेहाँ बसे पछि मञ्जुका घरका मानिसले पनि देख्लान्, अरु स्कुले केटाहरुले पनि देख्लान्, अनि स्कुलमा हल्ला गरे भने सबै केटाकेटीले हेपिहाल्छन् नि। घर बस्ता लगाउने तेहि थोत्रो दौरा छ, त्यो लगाको देखिन् भने त मञ्जुले पनि के भन्लिन्? आम्मै ! हुन्न, मञ्जुका घरमा त म मरि गए पनि बस्तिन। सित्नै दिए पनि बस्तिन"।

"दाजु, त्यो अघिको हामीसँगै आउने मञ्जु त फस्ट भकि केटी हो रे। तपाईँलाई पनि चिन्दिरैछे। कसरी चिनेकी?" मेरो ध्यान नै भङ्ग गर्दि ताराले मोलुङ खोलो तरेर उकालो लागेपछि। "हो, घनश्याम सर कि छोरी हुन्। रिजल्ट भको दिनमा घनश्याम सरले नै म सँग परिचय गरिदिनु भको। राम्रो छ रे पढाई पनि। तँ पनि केहि नजानेको सोध् उनिसंग, सिकाई दिन्छिन् होला"। मञ्जुको अनुस्पस्थितिमा पनि मैले उनलाई "तिमी" नै भन्न थालिसकेको थिएँ, उनको आग्रह पनि त हो नि "तिमि" भन्नु भन्ने। तर पनि उनको अनुपस्थितिमा त जे भनेनि हुने हो नि! किन मलाई "तिमि" नै भन्न मन लागेको? "खै बोल्न त राम्रैसँग गफगाफ गर्छे, हेर्दैजाउँ, राम्रो संगत भो भने त राम्रै भो नि।" ताराले पनि आसा व्यक्त गरी। दाजु-बहिनी स्कुलका र घरका गफगाफ गर्दै घर पुगिउँ। निश्पट्टै अंध्यारो भईसकेकोले तारालाई उनको घरसम्म पुर्याएर आफ्नो घर गएँ।

***

भोलीपल्ट पनि सदाझैँ हामी स्कुल गयौँ। सबै सरहरु आउनु भो, सातै घण्टी पढाई भयो। चौथो घण्टी दयाराम सरको नेपाली बिषय थियो। हामी सबैले नेपालीको १ वटा पाठ राम्रो अक्षरले लेखेर सार्ने र अहिले नै बुझाउने भन्नु भो। बेग्लाबेग्लै पाठ सार्ने, राम्रो अक्षरले भन्नु भो। सबै आ-आफ्नो किताब हेरेर सार्न लागे। मेरो चाहिँ किताब थिएन। साथिको किताबबाट सार्नलाई पनि बेग्लाबेग्लै पाठ सार्नु भनेको छ सरले। म के लेख्ने होला भनेर डटपेन टोक्दै झोक्राई रहेँ। मलाई अह्राको काम नगरेको देखेर होला, दयाराम सरले छेउमै आएर कराउनु भो "खुरुखुरू नगरेर के झोक्रार बसेको?"। हुन त कुनै बिषयका पनि किताब थिएनन् तर पनि "आज नेपाली किताब ल्याउन बिर्सेँछु" भनेर दयाराम सरलाई पनि ढाँटे।" "भोलीदेखि चाहिँ नबिर्सिकन ल्याउनु।" दयाराम सरको बोली भुँईमा खस्न पनि नपाईकन "हुन्छ सर" भने। सरले कुट्नु होला भन्ने कति डर थियो, तर केहि पनि गर्नु भएन। सातौँ घण्टी पढा?ई पनि सकियो, अलिक छिट्टै। हिजो म कुरेकै चौतारामा ताराले मलाई कुरेर बसेकी रहिछ, गेटै अगाडि। उस्का सबै साथीहरु एकछिन् अगाडि नै गईसके रे।

क्रमशः

 
Posted on 05-05-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मञ्जु पनि गईसकिन्?" मैले अनयासै बोलेँछु।
"के हो दाजु, मञ्जु त खुब मन परिकी क्या हो तिमीलाई?" ताराले मलाई जिस्काई।
"हँ! के भन्छे यो, तेस्तो कुरा पनि गर्ने, हिँड् जाउँ छिटो घर" मैले कुरा मोड्न खोजेँ। बिचारा तारा डराईछे क्या रे, चुप लागेर हिड्न थाली लुरुलुरु।
केहि पर ओरालो लाग्ने ठाँउमा पुगेपछि तारालाई मैले नि सोधेँ "सबै बिषयको पढाई भयो त आज?"
"भएन, तेस्रो घण्टीको सर आज बिरामी हुनु भा रे! आउनु भएन।"
"अनि के गरेर बसिस् त पढाई नभाको बेलामा"।
"अँ, मञ्जुसँग गफ गरेर बसेँ"।

मैलाई के के गफ् भो भनेर सोध्न चाहिँ कति मन थियो, तर फेरी ताराले के भन्ने हो भनेर सोधिन। एकछिन् पछि बरु उसैले "दाजु, मञ्जु त राम्रो शिलस्वभाव भकी केटी रै छे जस्तो छ नि! म सँग पनि कस्तो गफ गरी! आज त हामीले सबै गफ गरेउँ नि। थाहा छ कस्का गफ् बढी भए?" ताराले नै गफ तिर कुरा मोडे पछि त म मख्ख। के गफ् भएछन् भनेर जान्न ईच्छुक थिएँ।
"कस्का?" मैले भन्न खोज्नु अघि नै मेरो मुखबाट फुत्त निस्कियो।
"तिम्रा नि! अरु कस्का हुन्थे" उस्ले भका कुरा गरी, नढाँटी।
"मेरा?" म झसङ्ग भएँ। "के कुरा गरेउ ए तिमिहरुले मेरा?" मेरो खुल्दुली झन् बढ्यो।
"मञ्जुले त खै के के, के के सोधिनि तिम्रो बारेमा" ताराले धेरै नै गफ भए जस्तो कुरा गरी।
"हैन, के के सोधिन् हँ मञ्जुले मेरो बारेमा" मेरो कौतुहलता झन् बढो।
"सप्पैई।"
"के सप्पैई?"
"तिम्रो घरमा को को छन् रे? घरको स्थिति कस्तो छ रे? अरु थुप्रै।"
"अनि तैँले सबै कुरा भनिदिस् कि क्या हो?" मलाई ताराले कुरा बिगारी भन्ने लागि सक्यो। तेस्को बानी नै तेस्तै छ।
"भन्दिएँ मैले त सबै कुरा"
"राम राम! हरे शिब, मैले तँलाई झन् सबै कुरा भन्नु हुन्न भनेर हिँजो तेत्रोबिधि भनेको हैन! कस्ति रैछे यो तारा त? अब सब बर्बाद हुने भो। तँलाई त के...." मेरो रिसको पारोले १०० काटिसकेको थियो।
"अनि भका कुरा गर्न के हुन्छ त? हिँजो मात्र मैले नैतिक शिक्षामा 'सधैँ सत्य बोल्नु पर्छ' भनेर पढेको। ताराले पढेको कुरा हुबहु ब्यबहारमा पनि लागू गर्न खोजी।
"खुप होला नि! तेरो नैतिक शिक्षा अब बर्बाद हुने भो। अनि मञ्जुले के भनिन् त, तेस्ता सबै कुरा गर्दा?" मलाई मञ्जुको प्रतिकृया जान्न ईच्छा जागो।
"अँ, मञ्जुले त कस्तो पीर गरि नि। झन्नै रोकि बिचारा! आँसु चाहिँ झर्न दिन, हतार हतार ओढ्नेले पुछि।" तारा पनि सिरियस् भई।
"छोड् यी कुरा। हिँड अब खुरुखुरु।" मैले अरु कुरा नउक्काउने बिचार गरेँ। मनमनै सोचेँ "खै मञ्जु कस्ति केटी हुन्? सब कुरा स्कुलमा भनि दिएर मेरो बेईज्ज्यत पो हुने हो कि? कसैलाई नभने त म उनको नजरमा मात्र गिर्थेँ, सबैलाई भन्दै हिँडिन् भने चाहिँ, बर्बाद हुने भो। भोली कसरी मुख देखाउनु मञ्जुका अगाडि? सके घनश्याम सरलाई पनि भनिदिने हुन् कि?"। मेरो मन तेहि कुरामा नै डुलिरह्यो। त्यसपछि हामीले धेरै बोलेनौ। सदा झैँ तारालाई उस्को घर पुर्याएर म आफ्नो घरतिर लागेँ।

साझाल्यान्ड,
२२ बैशाख, २०६२
 
Posted on 05-05-05 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-05-05 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति खायो खाम् खाम् लाग्ने, झरना को पानी।
जति पढ्यो उति नशा, ओके को कहानी।

-सरु
 
Posted on 05-05-05 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)







No comment



Ma haajir chu hai.
 
Posted on 05-05-05 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके सर म पनि हाजिर छु है, :०)
मञ्जुले हजुरलाइ मन पराउन थालि रे, मलाइ सुतुक्क भनेकि है।;०)
निर्माण
 
Posted on 05-06-05 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-06-05 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma roll number 4...........hajir chhu
 
Posted on 05-06-05 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katti maan ma kura khelayeko OK ji...he he he ... mero pani maan ma kura khelna thalyo kya....so next part please :)
 
Posted on 05-06-05 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Federal judge has rejected a plea to temporarily restore the scores of 832 medical graduates from Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters