Posted by: Ok May 5, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मेरो कहानी पढ्ने/प्रतिकृया दिने सबै साथिहरुलाई धन्यबाद टक्राउँदै, मेरो कथाको नवौँ भागः मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ९ बाटोभरी ताराले पनि तेति धेरै गफ गरिन, हिड्नकै सुर बढि थियो। बिचारा केटी मान्छे उकालोमा त धेरै स्याँ स्याँ हुन्छे। फेरि आज पहिलो दिन, बानी पनि परिसकेको छैन। मलाई चाहिँ अघि मञ्जुको कुरा नै मनमा खेलिरह्यो "हुन त हामी पनि रामपुरमा बस्नु पर्ने हो, बस्न पनि त कति मन छ नि! तर के गर्नु आफ्नो ब्यथा आफूलाई मात्र थाहा छ, आफ्नो कथा आफूलाईमात्र थाहा छ। त्यो मञ्जुको घरको मतान् मा मलाई पनि बस्न दिए हुने नि। घनश्याम सरले पनि मलाई खुब माया गर्छन्, एकपटक कुरा पो गर्नु प-यो क्या हो!" भन्ने पनि सोचेँ। तर झट्ट फेरी आफूलाई बास्तबिकता तिर डोहोर्याएँ "के गर्नु? भाडा माग्दा हुन्, मसँग दिने पैसा नै छैन। फेरी घरमा त दुख-सुख जे खाए पनि कसैले देख्दैनन्, आलुका भरमा पनि २।३ दिन त काट्न सकिहालिन्छ नि। बनतरुल, गिठ्ठा, भ्याकुर खोजेर पनि १/२ दिनको गर्जो त टर्छ नि घरमा त। तेहाँ बसे पछि मञ्जुका घरका मानिसले पनि देख्लान्, अरु स्कुले केटाहरुले पनि देख्लान्, अनि स्कुलमा हल्ला गरे भने सबै केटाकेटीले हेपिहाल्छन् नि। घर बस्ता लगाउने तेहि थोत्रो दौरा छ, त्यो लगाको देखिन् भने त मञ्जुले पनि के भन्लिन्? आम्मै ! हुन्न, मञ्जुका घरमा त म मरि गए पनि बस्तिन। सित्नै दिए पनि बस्तिन"। "दाजु, त्यो अघिको हामीसँगै आउने मञ्जु त फस्ट भकि केटी हो रे। तपाईँलाई पनि चिन्दिरैछे। कसरी चिनेकी?" मेरो ध्यान नै भङ्ग गर्दि ताराले मोलुङ खोलो तरेर उकालो लागेपछि। "हो, घनश्याम सर कि छोरी हुन्। रिजल्ट भको दिनमा घनश्याम सरले नै म सँग परिचय गरिदिनु भको। राम्रो छ रे पढाई पनि। तँ पनि केहि नजानेको सोध् उनिसंग, सिकाई दिन्छिन् होला"। मञ्जुको अनुस्पस्थितिमा पनि मैले उनलाई "तिमी" नै भन्न थालिसकेको थिएँ, उनको आग्रह पनि त हो नि "तिमि" भन्नु भन्ने। तर पनि उनको अनुपस्थितिमा त जे भनेनि हुने हो नि! किन मलाई "तिमि" नै भन्न मन लागेको? "खै बोल्न त राम्रैसँग गफगाफ गर्छे, हेर्दैजाउँ, राम्रो संगत भो भने त राम्रै भो नि।" ताराले पनि आसा व्यक्त गरी। दाजु-बहिनी स्कुलका र घरका गफगाफ गर्दै घर पुगिउँ। निश्पट्टै अंध्यारो भईसकेकोले तारालाई उनको घरसम्म पुर्याएर आफ्नो घर गएँ। *** भोलीपल्ट पनि सदाझैँ हामी स्कुल गयौँ। सबै सरहरु आउनु भो, सातै घण्टी पढाई भयो। चौथो घण्टी दयाराम सरको नेपाली बिषय थियो। हामी सबैले नेपालीको १ वटा पाठ राम्रो अक्षरले लेखेर सार्ने र अहिले नै बुझाउने भन्नु भो। बेग्लाबेग्लै पाठ सार्ने, राम्रो अक्षरले भन्नु भो। सबै आ-आफ्नो किताब हेरेर सार्न लागे। मेरो चाहिँ किताब थिएन। साथिको किताबबाट सार्नलाई पनि बेग्लाबेग्लै पाठ सार्नु भनेको छ सरले। म के लेख्ने होला भनेर डटपेन टोक्दै झोक्राई रहेँ। मलाई अह्राको काम नगरेको देखेर होला, दयाराम सरले छेउमै आएर कराउनु भो "खुरुखुरू नगरेर के झोक्रार बसेको?"। हुन त कुनै बिषयका पनि किताब थिएनन् तर पनि "आज नेपाली किताब ल्याउन बिर्सेँछु" भनेर दयाराम सरलाई पनि ढाँटे।" "भोलीदेखि चाहिँ नबिर्सिकन ल्याउनु।" दयाराम सरको बोली भुँईमा खस्न पनि नपाईकन "हुन्छ सर" भने। सरले कुट्नु होला भन्ने कति डर थियो, तर केहि पनि गर्नु भएन। सातौँ घण्टी पढा?ई पनि सकियो, अलिक छिट्टै। हिजो म कुरेकै चौतारामा ताराले मलाई कुरेर बसेकी रहिछ, गेटै अगाडि। उस्का सबै साथीहरु एकछिन् अगाडि नै गईसके रे। क्रमशः
Read Full Discussion Thread for this article