Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 114091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-29-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चै बुर्जा डब्बल

ऊइले को मान्छे हरु भन्थियो  दुई नाऊ म खुट्ता राख्दा पानी मा पछारिन्छा रे, मेरी बास्सै अब दीप पचारेको हेरना रामैलो हुन्छ 

Seems an interesting twist is yet to come on didi’s wedding.     


 
Posted on 11-29-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चोट पर्ला फिरि, तर भन्न चै "इस् बुर्जा डब्बल" भन्न मन लायो

 
Posted on 11-29-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले भनेको होइन है फेरी CT. ज्यु ले भन्नु भएको मलाई त खाली चित्त बुझेको मात्रै हो उहाँ को कुरा


 
Posted on 11-29-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै! ------

 

भन्दा भन्दै बे को दिन पनि आयो -- डबलीमा हाम्रो बिहानै भेटघाट थ्यो -- यता शोभाले आज ट्वाकलाई प्रेमपत्र दिने हल्ला थ्यो भने उता कबिता पूनम सारी लाएर आउने। बाङ्गेलाई ज्योतिकाको बारेमा मैले सुनाए देखि चार चोटी पुगी सक्या थिम टंगाल तर देखादेखै सम्म पनि भाको थेन। तर ज्योतिका आउने रे बेमा भनेर बाङ्गेले हिँजै प्रेमको पूर्ब सन्ध्या नामक कार्यक्रम राख्या थ्यो राती जुन निक्कै सफल भयो। सुपारीले छाद्यो छाद्यो ट्वाकले समेत छादेको भने पछि कार्यक्रमको प्रभावकारीताको बारेमा धेरै बयान गरीरहन परोईन। आफ्नो पनि ब्यानै टाउको भरी ढकै ढ्क राख्या जस्तो भा थ्यो। कार्यक्रम घरमै राख्या थ्यो बाङ्गेले-- उस्ला बा आम थिएनन। बाहिर गै रहन्थे। एक दुई दिनमा फर्किने रे भन्थ्यो खै कैले हो। कुबेर थ्यो घरमा -- अनि हजुरामा थिईन। राम्रो कान नसुन्ने --- खाली धार्मिक किताब पढेर बस्थिन। बाङ्गे जन्मिन त लक्कि घरमा जन्म्या हो।

 

आज आमन्त्रणको दिन थ्यो --

 

आर्कको बे हामी सबैलाई यत्तिको रमाईलो हुन ला यो फस टाईम नै हो भन्दे हुन्छ। त्यो डबलीमा ब्यान निक्कै रमाईला कुरा भए। हामी कसकस्ले के के गर्नी भन्ने निक्कै बहस भो। सबै उस्ताद जस्तो कुरा गर्ने गर्न लाई। हामी सबैलाई बेग्लै धमाधम थ्यो दिनभरी नै जस्तो—

 

अब बेको घरमा रमझम हुने नै भयो तै पनि हाम्रा तरुनीहरु नआए सम्म हाम्लाई के को रमझम? हामी कुरान देको देकै त्यै कुरी रा बेला कोई अरु नै तरुनी आए भने घुरान पनि देकै हो। केटी पाटीको हुनु पनि बेमा झुरै रे -- कामै धेर गर्नु पर्ने। बे मा जन्ति साईडको हुनै मजा। डट्टीएर गयो (पाए आफ्नै नपाए अर्कैको भिरेर भए पनि) केटी पाटी काँ, लौ जन्ती आए भन्छन भाउ बेग्लै। केटी पाटीमा तातो छारो को टेन्सन -- काम गर्नाको हैरान। अन्त भए अलि ढिलै गए पनि हुने अब ट्वाककाँ भएन। त्यै तरुनीहरु आउने आस भएर मात्रै नत्र साफ बोर हुने नी।

 

त्यसो मलाई नै चै कबिता नआए पनि चेतना थिई तर चेतना पनि आज बत्या बत्यै है -- राम्रो सँग दुई शब्द पनि बोल्न पा हैन आफुले। भरे फेरी कबिताको धुनमा चेतना भडकिली भन्ने पिर आफुलाई बेग्लै। अब अनिकालमा ठीटी भडकाउने काम गर्न भएन नी -- कसो? जे भए पनि ट्वाकको घर झलमल थ्यो -- आफुले राख्या बत्ती --त्यो घरमा त्यो बत्ती जस्तो राम्रो आफुलाई केही

नलाग्ने।

 

बेलुका जन्ति आउने -- जन्ति आउँदा दुलही पाटी रेडी भै सक्नु पर्ने। ट्वाककाँ भोज सुरु भै सक्या थ्यो। हामी (मुख्यत: सुपारी, बाङ्गे ) कैले बाहिर बाटामा हुन्थेम कैले भित्र पालमा। ठीटीहरु आए हेर्दी पनि हाल्यो अरु आए देख्या नदेखै गर्यो गर्थिम। एक राउण्ड हामीले हल्का बजाईसक्या थ्यो अर्को राउण्ड जान बाँकि नै थ्यो। बे को बेला चुरोट फेरी नखाई नहुने -- किस्तिमा ल्वाङग सुकुमेल सँग राख्या केही खिल्लीहरु झ्याप हान्या थ्यो त्यो नसकि मनमा किन चैन हुन्थ्यो र?

 

हामी बाहिरै थिम दुईटा ट्याक्सी आए -- आउन कति आए आए तर अब यि दुईटाको काम के त्यसैले कुरो झिक्या। ति दुईटामा भएर कबिताका उस्का मान्छेहरु आएछन -- पूनम पनि साथमै थिई। मैले उस्लाई चिन्या थिएन तर सुपारी "पूनम पूनम" भन्दै मच्चे पछि थाह भै गो। नभन्दै कबिता पूनम दुईटैले सारीलाएर आएछन। हल्ला हो रे छ। भरखरका ठीटीहरुलाई के सुर चलेछ कुन्नी तर हाम्लाई भने उत्पात राम्रो लाग्यो। " तिमीहरुका आए यार, मेरो ज्योतिका पो कैले आउने हो" बाङ्गेले भन्यो।

 

पैला कबिता पूनम दुईटैले हामी तिर हेर्दै नहेरी सुरुसुरु लाग्या थे बाटो भित्र तिर तर जाँदा जाँदै दुईटैले फर्केर हेरे। लजालु मुस्कान छदै थ्यो अनुहारमा। सजिनु सजिएर आएका रहेछन ठीटीहरु -- हुरुक्कै पारे।

 

"सुपारी! मारोगी क्या लक्की रैछस यार तँ पनि -- त्यो पूर्णीमा भन्ने झन पूर्णीमै जस्ति रैछे पातकी" बाङ्गेले पूनमलाई देखे सम्म हेरेर भन्यो।

 

"पूर्णीमा हैन तेस्को नाम खाते-- " सुपारीले बिजयी हाँसो पोख्दै भन्यो।

 

"के ? पूर्णीमा भन्या हैन तैले?" बाङ्गेले सोध्यो।

 

"के को पूर्णीमा?" सुपारीले पनि बाङ्गेलाई हेर्दै सोध्यो।

 

"के को के को अब -- कोजाग्रत होला नी -- यस्तो तरुनी देखेसी के निदाउन सकिएला नी? -- जाग्रामै होला नी" बाङ्गेले सुनायो।

 

"पूर्णिमा हैन पूनम हो क्या उस्को नाम -- सम्झिराख" सुपारीले भन्यो। बज्या गद गद थ्यो।

 

"के बिर्सिन्थे अब -- तैले बिर्सी भने नी बिर्सी नसक्नु रैछे पूनम के नी" बाङ्गेलाई पुगिहाल्यो मात्रा -- ज्योतिका आकै छैन।

 

"हैन, कबिता पनि कम छैन नी -- " मैले नी थपें। अब खाली पूनमकै मात्रै कुरा गरेर हाम्रो मोरल डाउन गर्दीन भएन नी साथिहरुले -- क्या!

 

"हैन् कबिता नी च्वाँक -- उस्लाई पैले नी देख्या हो तर पूनम फस्ट टाईम देख्या फस्ट टाईम नै बेस्ट View/Share this post only

 
Posted on 11-29-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन् कबिता नी च्वाँक -- उस्लाई पैले नी देख्या हो तर पूनम फस्ट टाईम देख्या फस्ट टाईम नै बेस्ट टाईम भो बुझिनस?" बाङ्गेलाई अझै पूनमको भूत लागेकै थ्यो। सुपारी मुसुमुसु हाँस्दै थ्यो अझै।

 

शोभा अघि नै आएकि। चेतना संगै थिई। ट्वाक पनि दङग थ्यो। "लेटर दिई तँलाई" भन्या ट्वाक "छैन -- कल्ले भन्यो तिमीहरुलाई चाईने नचाईने कुरा ?" भन्थ्यो मक्ख पर्थ्यो।

 

पाहुनाहरु कोहि आए पछि दुलहीलाई भेटेर खाना खान आउँथे। त्यही बुझेर होला बाङ्गेले " हिन केटा हो पाल तिर" भन्यो अनि "त्यो पूनम कबितालाई चै दिन्छु है प्लेट --" पनि थप्यो।

 

"सबै ओगटन नखोज बाङ्गे -- हामी चै के तमासा मात्रै हेर्नी?" मैले भनें।

 

"ल भैगो कबिता मारो गोली -- सुपारी, दिन्छु है पूनमलाइ प्लेट? दाई भन्छु तँलाई " भन्यो बाङ्गेले।

 

"दे दे तैं दे -- गति पर" सुपारीले सजिलै भन्यो।

 

"तँ हो के साथि भन्या -- यो दीप कामै नलाग्ने झुर -- उस्ले चै जे दिए पनि हुने -- हाम्ले चै प्लेट सम्म पनि दिन नहुने" बाङ्गेले मलाई कुरा सुनायो। मलाई केही वास्ता लागेन।

 

पालमा प्लेट दिन बस्यालाई बाङ्गेले एक छिन पछि म दिन्छु है प्लेट एक दुई जनालाई भनेर कुरा मिलायो। कबिता पूनमलाई हामी कुर्दै थिईम। कबिताका नातेदारहरु आईसक्या थे -- बल्ल बल्ल चेतना शोभा सँगै आए पूनम कबिता। बाङ्गे चलमलायो। प्लेट उसैले दियो पूनमलाई पनि कबितालाई पनि।

 

चेतना शोभाले प्लेट लिएनन तर बाङ्गेले चेतनालाई हेरेर सोध्यो "खै ज्योतिका?"

 

चेतना पहीरन आभुषणमा धपक्क बलेकी थिई। एक चोटी हेर्नु पर्थ्यो आँखा हटाउन महाभारत पर्ने। शोभा ठिकै हो भन्न उसो हैन। तर जे होस, त्यस्ति राम्री चेतनाको अनुहारमा बाङ्गेको प्रस्नले एक किसिमको लहर उठायो। उस्ले "आउन्न रे ज्योतिका" भनी।

 

बाङ्गेले प्लेटको जिम्मा छोडेर फेरी चेतनालाई सोध्यो "नआउने रे? किन?"

 

"मलाई के था? भ्याउँदिन रे -- अर्को तिर पनि बे उता जानु पर्यो रे भन्थी" थाह छैन भन्दा भन्दै कुरो भनी चेतनाले। सबै तरुनी हाँस्दै हिने। बाङ्गेको दशा हेर्न लायक भो।

 

"यत्तिकै भन्या होला बाङ्गे -- आउँदै छे होला बुझिनस?" मैले बाङ्गेको दशा हेर्दै उस्लाई मद्दत गर्न खोजें। उस्ले केही भनेन तर भडकेको थ्यो। एक छिन हामी सँग यता उती गर्दै थ्यो पछि बाङ्गे हरायो। कता गयो गयो। हुन त राम्रै भयो। सुपारी मैले छ्यासछुस कबिता पूनम सँग बोल्न भ्याईम। आफुलाई फेरी चेतनाको पनि ख्याल गर्नु पर्ने -- के गर्नु? कबिता फेरी मैले कुरा नगरे सुपारी सँग बोल्दीने -- सुपारी मक्ख -- पूनम फेरी छदै छे -- मैले नी बोले पूनम भन्ने सँग आबाज पनि क्या मन्त्रमुग्ध पार्ने खालको रे उस्को " बे मा रमाईलो हुँदै थ्यो।

 

चेतनाको कुराले बाङ्गेलाई चोट परेको मलाई थाह थ्यो। पछि मैले चेतनालाई मौका पारेर सोधें "के साँच्चै ज्योतिका नआउने हो?"

 

उस्ले आँखा नचाउँदै "थाह् छैन मलाई, सत्ते!-- आउँछु त भन्थी" भनी।

 

अनि अघि बाङ्गेलाई किन "आउदिन रे " भन्देको ? मैले सोधें।

 

"ठिक्क पर्यो त्यस्लाई -- देख्या थेन कस्तो पार्या थ्यो अनुहार त्यस्ले?" हाँस्दै उस्ले भनी।

 

"साथिलाई बोर भयो भने हाम्लाई नी बोर हुन्छ नी" मैले सुनाएँ।

 

"साथि भए के मेरो हैन --" छडके नजर तिर हान्दै त्यसपछि हिनी तर जाँदा जाँदै थपि -- "साथि रिसाए नी छु नी" -- राम राम राम! भाग्गे बलियो भएसी भन्ने लाग्यो मनाँ।

 

निक्कै बेर पछि आयो बाङ्गे।

 

"काँ गा हँ यत्रो बेर?" आउँदा आउँदै मैले सोधें।

 

"काईँ काईँ -- तँ मेरो बाउ हो बयान दिनलाई?" झर्कियो बा! ज्योतिका आउन्न रे भनेर रिसाको मलाई था थ्यो। हुन झन हिजो उस्ले त्यै ज्योतिकाको नाममा कार्यक्रम राख्या आज तरुनी आउन्न रे भन्दा चोट पर्ने नै भो।

 

"तँ ट्वाँट खाएर ?" उस्ले हावामा मिसाउँदै गर्या गन्ध चिनेर मैले सोधें।

 

"जे खाएर आए पनि कसैको बाउको खाईदिया छैन -- तँलाई के को टनटन?" बाङ्गे अझै उस्तै कुरा गर्छ।

 

"हेर बाङ्गे, मैले चेतनालाई सोधें -- उस्ले यत्तिकै भन्देकी रे ज्योतिकाको कुरा -- आउन्न भनेर -- अहिले एक छिन पछि आउँछे भन्थी" मैले बाङ्गेलाई शान्त पार्न खोज्दै भनें।

 

"ज्योतिका के जन्ति हो दुलाह सँग आउन लाई? या त्यो आउन्न या तैले मलाई त्यो ज्योतिकाको कुरा लट्टे दे को हो" उस्ले भन्यो।

 

"मैले लट्टे देको होईन  -- चेतनाले भनेको त्यही हो मलाई" मैले भनें।

 

"खै ज्योतिका?" बाङ्गेले मलाई सोध्यो।

 

View/Share this post only

 
Posted on 11-29-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खै ज्योतिका?" बाङ्गेले मलाई सोध्यो।

"कत्ति ज्योतिका ज्योतिका भनी रा? आउली नी एक छिनमा --पर्खि --" मैले सम्झाएँ।

 

सुपारी चै यसो उसो गर्यो त्यै पूनम कबिता सँग गफ गर्या देख्ने चैं -- बल्ल बल्ल कबिता सँग अघि कुरा गर्दै थिएँ   चेतनाले बिनिसित्ती घुरी -- भो की? चेतनाले गर्न खोज्या के हो के हो?

 

ट्वाकले बेला बेला कबिता तिर हेर्दै मलाई सोध्थ्यो 'लागि रा छस?"

 

"अँ" भन्थे चै। "तँ नी?" भनेर उस्लाई सोध्या मैले "अलि अलि" भन्दै हिन्या थ्यो पनि।

 

जन्तिको बाजा सुनियो। झन रुमलो भयो घरमा।

 

ट्वाकको कोठाबाट गीतको चक्काहरु लिएर ओर्लदै थिएँ कबिता सँग भेट भो। त्यो भिडमा उस्ले मेरो हात च्याप समाती जोड सँग छडीदिई -- अधरमा उही आग्नेयास्र्त्र। पूनम सँगै थिई। कबिताले समातेको मेरो हातमा उस्को नंगको डाम अझै प्रस्टै चिनिन्थे।

 

मलाई सुपारी तिर ईगित गर्दै अस्ति चेतनाले किन पसपति जान दिईन मैले बुझ्नै सकेको थिएन। झन आज साँच्चिनै पूनम आएपछि झन अलमलिएँ। चेतनालाई सुपारी पसपति गएको थाह रे तर कस्को लागि भन्ने थाह रैन्छ कि -- थाह भए पनि नभए पनि चै उसैको मात्रै भन्या हो कि -- एक चोटी कबिता भडकिओस अनि दीप मोरोलाई पनि खँगारदिन्छु -- त्यतिन्जेल सपना देख्दै गरोस भन्या हो की -- के हो के  -- हत्तेरी!

 

जन्तिको रुमलो तरुनीको रुमलो बाङ्गे भडकेर उस्को रुमलो -- कति तिरको टेन्सन भन्या नी --खाई पाई --

 

"ए! बाङ्गेलाई हेर्दे यार एक चोटी" सुपारी आत्त्या जसरी आयो कहाँ -- उता बर्मु सँग कुरा गर्दै थें।

 

"किन के भो?" मैले सोधें।

 

त्याँ पूनम सँग कुरा गरी रा है आएर अङ्ग्रेजी मा "हेलो -- आई एम सो एन्ड सो" भन्दै पूनम सँग हात मिलाउन आई रा भन्या -- मैले त सम्झाउनै सकिन। पूनम पनि गै अनि पनि हिन्यो खै कता गयो -- एक चोटी सम्झा त त्यस्लाई -- ट्वाँट लाग्या जस्तो भातेलाई -- काँ गएर लाएछ यार? " सुपारी चिन्तित देखिन्थ्यो।

 

बाङ्गे खोज्न हिनें।

 

झिमिक्क गर्दा बाङ्गे पुगीसकेछ फेरी उता चेतना, ग्यागं भा ठाममा सुरु गरीसकेछ बोल्न "हेलो चेतना हाउ आर यु --यस्तो बबाल पनि गर्दीनी -- तिमी दीपलाई साईड हान्दिनी -- दीप कबिता लाई -- कबिता फेरी सुपारीलाई रे -- सुपारी फेरी पूनमलाई आई लभ यु दिनी रे  -- तिमीहरुले के मुक्न्दरका सिकन्द्रर गर्न ला हो कि क्याहो? मेरो पालाँ पुगेसी पूनमले 'गेट लस्ट' दि रा भन्या " मेरै पालाँ किन पर्नु पर्ने यो ट्र्याजिडी भन्या नी? यु नो लाईफ इज ढुङ्गेधारा रे -- नसुकुन्जेल तुरुरु सुके पछि उही हो -- अनि खै ज्योतिका?"

 

 हेर्दा हेर्दै सबै तितर बितर भए। चेतना क्रुद्ध देखिन्थी यस पटक।बाङ्गे एक्लै त्याँ छ्क्क परेर झुल्दै थ्यो। ---

 

बाङ्गेलाई सम्झाउँदै थिएँ ट्वाक आयो -- पछि पछि चेतना ग्यांग पनि थिए। बाङ्गे फेरी "हेलो आई एम ---" भन्दै थ्यो ट्वाकले मलाई अलि पर तिर तानेर "यस्लाई घर पुर्याएर आइज तँ --" भन्यो।

 

मैले बाङ्गेलाई "हिन यता" भनेर बाहिर तिर लागें। उ "कता?" भन्दै पछि लाग्यो।

 

"एक चोटी घर पुगेर आम हिन" मैले भनें।

 

"यता लटरम्म तरुनी फल्या छन के खान घर जाने?" उस्ले नजाने सुर गर्यो।

 

"हेर बाङ्गे -- तँलाई लागि सक्यो -- कस्ले धोक्न लायो भन्त तँलाई आज? -- यहाँ अनि ट्वाकको दीदीको बेमा बोर गर्न भएन नी"

 

"हैन ज्योतिका आउँदिन रे भने पछि अब के बाँकी भो ?" उस्ले सोध्यो।

 

"आउँछे रे भन्या सुनीनस? अब आए पनि के? तँलाई देख्ना साथ भडकिन्छे -- खाली हेलो -- आई एम सो एन्ड सो --" भन्दैमा हुन्छ? घराँ पुगेर फ्रेस हुने अनि आउने -- ज्योतिका आउँदा रेडी हुनु परेन? मैले सोधें।

 

"पर्यो यार पर्यो -- झन कैले देखी रेडी भै राको है -- लास्टाँ आर र्याग गर्न भएन नी -- तर मलाई ज्योतिका नभए पूनम भए नी हुन्छ सुपारीलाई भन्दे " बर्बराउँदै थ्यो।

 

"हुन्छ भन्दिन्छु -- पैला घर हिन --" भन्दै उस्को घर तिर लागिम।

 

बाटा भरी पूनम ज्योतिका भनेर दिक्क पार्यो।

 

घराँ कुबेर बाङ्गेको हजुरामा मात्रै थिए -- ढुक्क थ्यो।

 

अघि घरमै आएर ट्वाँट लाएर गा रे उ। अब उस्लाई त्याँ छोडेर हिनम एकै छिन मा आई पुगी हाल्थ्यो ट्वाककाँ -- निस्चित थ्यो। त्यसैले बिचार गरें बरु बज्यालाई अरु ख्वाईदिनु पर्यो अनि सुत्छ आनन्दले।

 

"यो हरिप माल जस्तो नी" मैले ट्वाँट देखाउँदै सोधें।

 

"हरीप यार -- खतरा ट्रिप दिन्छ। बाउले रीसेन्ट्ली ल्याको हो के -- " उस्ले भन्यो। बेला बेला View/Share this post only

 
Posted on 11-29-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हरीप यार -- खतरा ट्रिप दिन्छ। बाउले रीसेन्ट्ली ल्याको हो के -- " उस्ले भन्यो। बेला बेला धारा प्रबाह अंग्रेजी दिन्थ्यो उस्ले नेपाली हिन्दी मिसार।

 

उस्लाई ट्वाँट दिएँ --- मैले नखाई उस्ले नी नखाने भो। चाख्या मिठो रे -- तरुनीको गफ गर्दै अरु चाख्दै गर्या झम् झम् गर्या जस्तो पो भो। अरु कुरा गरियो पूनमको -- कबिताको -- चेतनाको-- अनि ज्योतिकाको कुरा-- ट्वाँटले छोडे पछि जाने भनियो अरु थपियो। मलाई लाग्दैन लागे नी कन्टोल गर्न सक्छु भन्ने आफुलाई पक्का थ्यो।

 

निक्कै बेर पछि होला --"बे मा जाने हैन अब?" बाङ्गेले लर्बरिएको स्वरमा भन्यो।

 

"जानै पर्यो नी -- निम्ता बे को -- तरुनीहरुको आमन्त्रण " मैले भनें।

 

"ल खत्तम्!" बाङ्गेले भन्यो "तैले बोलेकै नबुझिने भएछ -- लाग्यो कि के हो तँलाई?"

 

"काँ लाग्छ अहिले?" म जुरुक्क उठेर देखाउने भा को भन्न भो -- थुचुक्क बसें"

 

"माल कडा रे यार" मैले सुस्तरी भनें।

 

"बुझिस तर त्यो पूनम सूनम कबिता सबिता भन्दा यै माल ठिक -- कम से कम धोका दिएन -- आखिर लागि छाड्यो -- ज्योतिकाले आउँछु भनेर आईन -- त्यै पूनम भए पनि --" भन्दा भन्दै पातकी ढ्लयो ओछ्यानमा।

 

बल्ल तल्ल उठेर निस्कें उस्को कोठाबाट --बे मा जानु त पर्ने हो -- निम्ता थ्यो -- -- कबिता पूनम चेतनालाई सम्झिदै त्यो बाङ्या घुमाउरो भरयाङमा फेरी खुरुमुरिने हो कि भन्दै खुडकिलै पिच्छे बस्दै ओर्लदै थिएँ।

 

कुबेरले मेरो ताल देखेर होला सोध्यो "दाई, कता यो हालताँ?"

 

मैले सकेसम्म स्वर सोझ्याउँदै भने "उता आमन्त्रण आज" -- आँखा भने आफ्नो खोल्नै गारो हुँदै थ्यो।

********


 
Posted on 11-29-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु म नि हजुर को बिहेमा सारी लगार जन्ती जाने।

 
Posted on 11-29-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरु,

 

यो "आमन्त्रण" पैले पहिलो भाग भन्दा अगाडी बढने बिचारले लेखेकै थिएन। केही साथिहरुले "लेख लेख अरु लेख" भने अनि मलाई पनि के सुर चल्यो लौ त भनेर लेख्न थालें। लेख्दा लेख्दै "लबर" तन्क्या जस्तै हुन थाल्यो -- अब छिन्नु अघि त छोडनु पर्यो भनेर आज बिसाम कि जस्तो लाग्यो।

 

एउटा कुरा मैले भन्नै पर्छ आमन्त्रणको बारेमा -- कथा काल्पनिक हो -- पुरै काल्पनिक। सबै पात्र र ठाम काल्पनिक नभए पनि घटना पूर्णत: काल्पनिक हो। लेख्दा लेख्दै तर म आफैलाई कहिले काल्पनिक द्रिश्यमा देख्थें। नभएको कुरालाई हो कि झै गरी लेख्दा मलाई सधै कुराहरु भद्रगोल भो कि भन्ने पिर लाग्थ्यो। लेख्दै साझामा राख्दै गर्ने भएकोले न त म सँग आमन्त्रणको सबै भाग हरु छन पहिलेका कुराहरु सच्याउनलाई -- फेरी पछि सच्याउन खोज्दा ढिलो हुन सक्थ्यो।

 

मैले केही संसोधन गरेको पनि छैन -- लेख्दा लेख्दै राखेको हो। गल्तिहरु सबै मेरा हुन -- आमन्त्रणमा आईदिने सबै साथिहरुलाई मेरो हार्दिक आभार।

 

म अब एक दुई दिन यो बाटो नआउने हुँदा आजै मैले बिश्राम लिएँ।

 

सबै साथिहरुको अहिलेका र आउने पलहरु मंगलमय रहुन।

 

- दीप


 
Posted on 11-29-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुराको मोडले कता कता तेस्तै लागिरथ्यो। नसकिएको भए हुन्थ्यो। सकियो। ठिकै छ। तर अरु कुनै सिर्सकमा पुन: अरु कथा आइहाल्छन् भन्ने बिस्वास् छ।

समग्रमा भन्नु पर्दा, एउटा किसोर किसोरि ले मन् पराउने खाल्को राम्रो tele-sirial बन्ने कथा राख्नु भयो। म कुनै Director भएको भए नेपाल टेलिभिजनमा आमन्त्रण भन्ने धारबहिक आउँथ्यो होला, एउटा सफल धारवाहिक्।


 
Posted on 11-29-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा प्रष्न, हैन यत्तिका धेरै टाइप गर्न कति समय लाग्यो आज दीप् ज्यु लाइ? मैले त एउटा भाग राख्छु भनेको दिन भरिको काम तमाम् भो त।

 
Posted on 11-29-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँजै प्रेमको पूर्ब सन्ध्या नामक कार्यक्रम राख्या थ्यो राती जुन निक्कै सफल भयो। सुपारीले छाद्यो छाद्यो ट्वाकले समेत छादेको भने पछि ......... कार्जेकरम हुन त यस्तो पो

 

जे भए पनि ट्वाकको घर झलमल थ्यो -- आफुले राख्या बत्ती --त्यो घरमा त्यो बत्ती जस्तो राम्रो आफुलाई केही नलाग्ने। ---  यो चै मै लाइ भन्या जस्तो के, नामी इलेट्रिसेन थिम हामी नि जमानाँ, बे घराँ बत्ति त कति राखियो राखियो ।

 

.

.

.

.

.

 

ल ल ल ल ल ल पढ्नै पुग्या थेन, टुंङ्याइदेको भन्या ? ओए दीप, ह्या--- त्याँदेखुन के भो त्यो नि बता न यार । दाइ भन्छु के ।

 

जे होस निकै राम्रो । क्रमश: नटुङ्गे हुने जस्तो ।


 
Posted on 11-29-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हजुर!
यति सास्ती नदिम् न हो। दिप बिरादर को केहि हुन्छ कि भनेर क्या excited भैरा बेलाँ एस्तरी टुङ्गाइदेको भन्या!

 
Posted on 11-30-07 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

same story.

too much crap

too little cake


 
Posted on 11-30-07 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dar lagirathyo deeple fatafat lekhdai gaacha kun mod ma aaera la aba bishram lie maile bhanla bhanera nabhandai tesai po garya chha ta. kasto ramailo bahira bela borai hune bho 1-2 dinlai. aru kei na kei aaula bhanne purna aashaa chha hai malai tara. ani sachchai publish garna parchha hai yi kritiharu.
 
Posted on 11-30-07 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु ले क्या ढोका देको के। म चै अब दीप ज्यु को कबिता कि चेतना सँग बिहे हुन्छ अनी म चै दीप ज्युको बिहेमा सारी लगाउछु भनेको त यो दीप ज्युले ढोका दिएर क्या बोरै भो क्या।
जे भएनी हजुरले लेख्ने कथा मलाई  साह्रै राम्रो लाग्छ। अरु नयाँ कथाहरु चिट्ठी लेख्नु हुनुहुन्छ भन्ने आसा गर्दछु।


 
Posted on 11-30-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आउँछे रे भन्या सुनीनस? अब आए पनि के? तँलाई देख्ना साथ भडकिन्छे -- खाली हेलो -- आई एम सो एन्ड सो --" भन्दैमा हुन्छ? घराँ पुगेर फ्रेस हुने अनि आउने -- ज्योतिका आउँदा रेडी हुनु परेन? मैले सोधें।

 

मेरो पालाँ पुगेसी पूनमले 'गेट लस्ट' दि रा भन्या " मेरै पालाँ किन पर्नु पर्ने यो ट्र्याजिडी भन्या नी? यु नो लाईफ इज ढुङ्गेधारा रे -- नसुकुन्जेल तुरुरु सुके पछि उही हो -- अनि खै ज्योतिका?"

 

...... ghat paryo malai


 
Posted on 11-30-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, कथा यत्तिकै टुङ्यौनु भएन, लाबर लाई अरु पनि तन्काउ न, यार, यो त न्युक्लियर लाबर हो के, जत्ती तन्काये पनि टूट्दैन, अज्झै भन न, दाई भन्छु!

 
Posted on 11-30-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हामी कुरान देको देकै त्यै कुरी रा बेला कोई अरु नै तरुनी आए भने घुरान पनि देकै हो।"

Classic Deep.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters