[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 114085 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-03-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो नव युबक को होला? चेतनाको "केटासाथी" अथवा उसको साथीको? मुर्गा मार्न सदै मरिहत्ते गर्ने तर हात लाग्यो शुन्य हुने सुपारिकै शब्दमा 'पातकी अघोरिहरु'को होला जस्तो भा'को अर्को माछो पनि फुत्केला जस्तो पो भो गांठे। यदि ट्वाक साच्चिकै कथामा भने जस्तो हो भने चेतनाले तोरिको फुल देख्ली कि नदेख्ली?
 
Posted on 11-04-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँहीं एक वटा कुरा पक्का ल प्रभु, बाङगे बीना को कथा त रमाइलो नै नहोला जस्तो लाग्न थालि सक्यो।----"कुन दिन तँलाई म यै पुलबाट खँदारदिन्छु"।----- ल दीप जि दिम दिम सके जती दिम है, एसो मौका पाको बेलां छोड्न नि हुन्छ र, अब त्यो चेतना सँग देखेको केटा को हो भन्ने पीर ले दीप जि को कलम अली ढिलो चलेको हो कि क्या हो रे क्या। एती भने पछी त छिट्टो अरु नि पढ्न पाईन्छ कि!  Deep ji, I'm just trying to pull your legs, waiting for the remaining part of the story. Anyway, the main subject of curiosity is, " who is the guy with Chetana?" You have to reveal that secret soon. All right, waiting for more to come, ...desperately!!

wow.nepal


 
Posted on 11-04-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Twak ko kick, bange ko mukka ta barsine haina bihan bihanai . bhag Nav yubak bhag.


 
Posted on 11-04-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 04-Nov-07 10:07 PM

 
Posted on 11-05-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज केही थपम्ला भन्ने थ्यो यो "आमन्त्रण"मा तर पत्रकार बिरेन्द्र साह्को निर्मम हत्याको खबरले मन यसै बिरक्तेको बेला केही लेख्न मन लागेन। आज पत्रकार साहको आत्मालाई चीर शान्ती मिलोस र उनको परीबारका आगामी दिनहरु यस्तो दु:खद स्थितीबाट टाढै रहुन भन्ने कामना गर्न चाहन्छु। पत्रिकाहरुमा देखेको स्वर्गीय बीरेन्द्र साहकी पत्नी र उनका निर्दोष नाबालकहरुको तस्बीर मन मस्तिष्कमा अझै टल्केकै छ। देशकै दुर्भाग्य हो यस्ता हत्या र आतंकका कार्यहरुलाई दण्डीत गर्नु कता हो कता बरु सुनेको नसुनेई, देखेको नदेखेई गर्ने चलन बिबसताको नाममा हुर्कीदो छ।

आज ती सम्पूर्ण जीबनहरु जुन कसैको निहीत स्वार्थ र अहमका कारण हिंसामा आहुती दिईए र जस्को असर बाँचेका निर्दोषहरुले जिबन पर्यन्त बाँच्नु छ प्रति मेरो आदर ससम्मान अर्पण गर्न चाहन्छु।

साथीहरु, आमन्त्रण भोली सायद अघि बढ्ला तर प्रोत्साहनको लागि आजै पनि सबै प्रति आभार।

 


 
Posted on 11-05-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी को कुरालाई पूर्ण समर्थन गर्दै मान्छेको जिउनु पाउने अधिकारको लागि आवज बुलन्द गरौं।
कलम सशक्त बनाऔं।

 
Posted on 11-05-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are right Deep bro, "The CPN-Maoist on Monday admitted that its cadres killed Bara-district journalist Birendra Kumar Sah"

This is so sickning. CPN-Maoist are the worst thing ever happened to Nepalese soil. They are admiting that killer were one of them but still trying to maintain that  "the entire party cannot be held responsible for the crime". There is an old saying "hagne lai bhanda dekhne lai laaj"

Maoist are totally out of control.

R.I.P Sah.

 


 
Posted on 11-07-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनीहरुले हामीलाई देख्या थिएनन। ट्वाकले अलि ठुलो स्वरमा "ए!" भन्यो। ---तिनटैले हामी तिर हेरे। ---

केही परेको खण्डमा नब युबक एक्लै थ्यो हामी चार चार जना। डर त उसैलाई धेर लाग्ने नै भो। अघि सम्म कपाल मिलाई मिलाई मुस्कान देर कुरा गर्ने त्यो सोम अहिले हावा फुस्क्या बेलुन जस्तो भा थ्यो। धन्न ट्वाक जाई कटक गरी हाल्दैनथ्यो नत्र बबाल हुन्थ्यो।

चेतना र अर्की केटीको पनि स्थिती त्यति राम्रो देखीदैन थ्यो। "हैन, हामी हुँदा हुँदै त्यो भातेको त्यत्रो आँट चेतना सँग गफ गर्ने? अनि तरुनी पनि हामी हुँदा हुँदै किन मालीगाउँ तिर नी? " सुपारी, बाङ्गे, र मेरो मनमा यही कुरा एक्कै चोटी आएको हुनु पर्छ र त एक अर्कालाई हेर्दा हाम्रा आँखा जुधेका थिए।

सोम अलि बिस्तारै पछी हट्यो। हामी उभीएका उभीएकै थिईम घुरान दिएर। केटीहरु पनि फर्किए र हाँडीगाउ तिर लागे। ट्वाकले जे भन्यो सायद त्यही हुन्थ्यो। मुद्दा त हाम्रो पनि थियो तर अधिकार भने ट्वाककै थ्यो। चेतना र उस्की साथीलाई त्यो बाटोमा हाम्रो अघि अघि हिन्न महाभारत परेको थ्यो।

ट्वाकले सुपारी तिर हेरेर "त्यो केटा को रे छ पत्ता ला" भनेर आदेश दियो। बाङ्गेलाई त कसैले केही काम अराको थिएन उ आफैले "तँ र म भएर बुझम्ला, बुझीस?" भन्दै सुपारीको काँधमा हात राख्यो। सुपारीले केही भनेन। केटीहरु उकालो नेर पुगी सकेछन।

त्याँ मालीगाउँ देखी घर तिर आउँदा खासै केही कुरा भएर्न। ट्वाक चुपचाप थ्यो। पहीला सुपारीको घर आउथ्यो। उ लाग्यो। अनि ट्वाक पनि गयो। यता बाट जाम -- बाङ्गेले उस्को घर तिरको बाटो देखायो। -- घर गए पनि भात खाने बेला भएकै थिएन त्यसैले उस्को घर गैइयो। कौसीमा बसेर हाडीगाउ यसो नियालेर हेर्दै थिम बाङ्गेले "खुब यसो र त्यसो -- ट्वाक्या बैनीले मलाई मन पराउन्न रे तँलाई माला लाइदिन्छे रे -- यो रे त्यो रे भन्थीस त -- देखी हालियो नी" भन्यो।

"हेर बाङ्गे, त्यो माला साला लाउनी कुरा गर्या थे न मैले --" आफुलाई नी दिक्क लागी रा बेला झन बाङ्गे थप्छ।

"त्यो अघोरीलाई त्यैं फ्ल्याट पार्दिनु पर्ने -- मलाई भन्या भे पोस्टर बनाईदिन्थें -- ट्वाक बोल्दै बोलेन मारोगी" बाङ्गेले फुर्ती गर्यो।

"तँलाई के को टाउको दुख्यो नी -- तेरो बैनी हो?" मैले सोधें।

"तेरै होला नी -- पातकी" उस्ले हाँस्दै भन्यो। यत्तिकैमा कुबेरले च्या ल्यायो।

"सुपारीले केई गर्ने हैन -- म बुझ्न गा बेलाँ त्यस्तै पर्यो भने बन्दोबस्त गर्दिन्छु म त्यो केटाको" बाङ्गे अझै त्यै कुरा गर्दै थ्यो। मैले सुनी रहें चियाका चुस्की संगै उ बोल्दै गयो -- "यो हाँडीगाउ, मालीगाउँ गरेर कति तरुनी होलान? ल भन त? त्यो अघोरीलाई हाम्रै चेतना किन ताक्नु पर्ने? तेस्को त म ---"

बाङ्गेलाई तातो न छारो किन जंग चल्या हो -- न त चेतनाले उस्लाई मन पराउने न नै तेसको सम्भावना थ्यो। अब राम्री केटी त्यो भातेले हेर्यो --फेला पार्यो त पार्यो -- के भयो त? हामी पनि त्यै कार्यक्रममा हो। मैले बाङ्गेलाई सम्झाउन खोजें तर उ भडकिईरह्यो। मरोस भनेर छोडदिएँ मैले पनि।

चिया सकिदा नसकिदै बाङ्गेले कुरा फेर्यो -- "अनि त्यो चाबेलकी तरुनीको कथा चै के हो नी?"

"को चाबेलकी तरुनी?" मनमा मेरो चिसो पस्यो।
बाङ्गेले कौसीबाट पिच्च तल थुकेर थुक तल नपुगे सम्म हेर्यो अनि "तँ त त्यो भन्दा पनि छिटो पुग्छस तल -- पुग्लास नी" भन्यो।

"हैन तँलाई के को चासो? -- मंगलबार तँलाई त आउन भन्या छैन मलाई बोलाछ म जान्छु-- र्‍याल् चुहाउन आउँछस् भने हिन" भनें।

"हैन कसरी फेला पारीस?" उस्ले गम्भीर भएर भन्यो।

"ट्वाकले लिएर गा थ्यो तेसको घरमा अस्ति निम्ता दिन बे को" भाको कुरा भन्दें।

"मारोगी ट्वाक पनि पछेपाती छ -- मलाई चै अस्ति त्यो लम्बु बाँसको घराँ भोगटे चोर्न लिएर गयो -- पर्खाल चै सँगै चढ्यो है अनि म मान्छे हेर्छु तँ गएर टिपेर ल्या भन्यो -- लौ त भनेर दुईटा टीपेर ट्वाकलाई दिन्छु भन्या त पर्खालबाट भ्वाक्कै उता हामफाल्यो -- यता कुक्कुर भुक्दै बारीमा आईपुगी हाल्यो -- भोगटे सोगटे फ्यालेर पर्खाल चढ्दा चढ्दै याँ कुर्कुच्चामा  अलिकति त दारी हाल्यो नी -" उस्ले कुर्कुच्चाको खत तिर देखाउँदै भन्यो --- अनि थप्यो "मलाई चैं तेस्तो ज्यान माल ध्वस्त हुने ठाम तिर लेर जाने तँलाई चै ज्यान माल मस्त हुने ठाम तिर लेर जाने हो त तेल्ले? कराँते नसिक्या भए बज्या ट्वाकलाई नी हान्दिन्थें -- के गर्नु --उस्लाइ छोए आफ्नै बंगारा हल्लीन्छ अनि त्यो पनि लौ भनम भने चेतनालाई त बिर्से नी भयो -- उस्लाई बिर्सन मलाई पटक्कै मन छैन, बुझिनस?" बाङ्गेले यत्ति लामो कुरा सुनायो। गफै त हो बज्या को।

"मंगलबार म पनि जाने हो चाबेल लुसुक्क एक्लै लस्किने हैन नी" बाङ्गेले आफुलाई बुक गर्यो।

"तँलाई चेतना छदै छ नी" भन्या "खै ठेगान छैन -- जता ततै भिलेन छन" भन्यो।

बाङ्गेको घरबाट आफ्नो घर तिर आउँदै थिएँ त्यै अघि चेतना सँग उभिएर मालीगाउँमा केटा सँग कुरा गर्ने चेतनाकी साथी सँग देखादेख भो। उस्ले बोलाए झै लाग्यो इसाराले -- म टक्क उभिएँ। ---

 

 


 
Posted on 11-07-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"को चाबेलकी तरुनी?" मनमा मेरो चिसो पस्यो।
बाङ्गेले कौसीबाट पिच्च तल थुकेर थुक तल नपुगे सम्म हेर्यो अनि "तँ त त्यो भन्दा पनि छिटो पुग्छस तल -- पुग्लास नी" भन्यो।

यो बाङ्गेले दीप लाई थर्काएको थर्काएकै छ ।।
कहिले पुल्बाट खसाल्ने रे कहिले कौसी बाट

यो पनि तेतिकै राम्रो, अर्को पनि जावोस छिट्टै है।।।


 
Posted on 11-07-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bango tingo bajiyaa.. baroo yo chetna ko saathi pani chwaank nai holaa nee .. kaso??


 
Posted on 11-07-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाङ्गे muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh

 
Posted on 11-07-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बांगे पो हिरो हुन लाग्यो त क् भै राछ आखिर्?
 
Posted on 11-07-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेले कौसीबाट पिच्च तल थुकेर थुक तल नपुगे सम्म हेर्यो अनि "तँ त त्यो भन्दा पनि छिटो पुग्छस तल -- पुग्लास नी" भन्यो।

 

धत्! मरिजाम्, झण्डै आन्द्रै ओकलेको हाँस्दा हाँस्दै यो पढ्दा त। बुढेसकालैं भे' नि दोस्ती गर्न मन लाओ बाङ्गेसंग। घाट पुगुन्जेल नि हँसाको हँसाई गर्नि होला बज्जेले!


 
Posted on 11-07-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Jee,

Nice one, more please.

 

Jhankri


 
Posted on 11-08-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

when i read... i feel like i witnessed everything myself. i guess...that is the most powerful aspect of your writing.

Great work as usual, Deep.

"मारोगी ट्वाक पनि पछेपाती छ --  extremely hansaunu bhayo hajurle. :).


 
Posted on 11-08-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji more please .. he he


 
Posted on 11-08-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप टाओन गल, हामी हुँदा हुँदै कीन काल्पनिक बागेलाई  muaaaaaaaaaaaaaaaaaaah हो? भएन है यो त अती भो
 
Posted on 11-08-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepji ta ekdam HANDSOME hunuhuncha jasto cha....Chabel ma pani tetikai demand, Springfield ma pani tetikai Demand. Pheri - terai pahad, swadesh Bidesh jatatatai bata .....malai herna man lagyo kya

Jokes aside, but really appreciate your sense of humour and wiriting style....ma pani flat bahi sake kya... 

 


 
Posted on 11-08-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Undisputedly, Deep has a wealth of unique stories and a unique style of telling them. I have often wondered about their prospectus for publishing as a book.

 

Literary aesthetics, although I do not know how to define it, is important for a book.

 

Deep’s story telling, although captivatingly entertaining, probably does not comply with the conventional literary aesthetics.

 

So Deep will have two choices: adapt his stories to the conventional literary aesthetics which would be at the risk of losing the amazing raw flavor they have, or go ahead daring to start a new genre of Nepali literature in street language.

 

You never know, you just might get a recognition of a pioneer.

 

I really and seriously think it is worth.

 

Nepe 


 
Posted on 11-08-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe

I told him the same thing long time back.

कानमा तेल हालेर बलि रहेछ दीप ज्यू !

 

Last edited: 08-Nov-07 06:38 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters