[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 114079 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 10-24-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी पर्सिपल्ट मङ्गलबार चार बजे नै आँखा खुल्यो होला दीपको? हात मात्रै डाम्या भए पो निद्रा परोस दिल पनि उत्तिकै डामेसि के लाग्थ्यो  त नि निद्रा बाबै! बरु कुन गणेशथानको कुरो गरेको बुझियो कि गणेशथान सुनेर त्यसै मख्ख परियो?


 
Posted on 10-24-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmm...ramo lekhai deep jee...Ani Bangey khoi ta? Bangey lai मङ्गलबार गणेशथान ma nai entry garaune bichar ho ki?

Story finish bha ta chaina ni?


 
Posted on 10-24-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep jyu ani bange cha tapai haru sanga card badna nagaako. malai ta ajhai bangeko nai yaad aairaa cha

 
Posted on 10-24-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेसम्म पनि बान्ङ्गेको  एन्त्री नभएको कारण एउता
ग्रान्द डिजाईन हो भन्ने कुराको म थोकुव गर्छु।

दीप ब्रो, अली छिटो लेखु है एस्पाली त, यो पनि तेतिकै राम्रो, कस्तो लेख्न जान्या भन्या


 
Posted on 10-24-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी खोजी खोजी पढियो दीप जि, तपाईंको लेखैइ लाई चाँही माने महिले धेरैनै राम्रो लाग्यो , अर्को भाग छिट्टै जवोस है

क. ले. जो.



 
Posted on 10-25-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,

अब जुन गणेशथान सम्झेर मन उफारेको हो त्यै हो सम्झिनु पर्यो।

चिया र चाउ चाउले ज्यान पोल्दी उस्ले मेरो अनि छायाँ र हाउ भाउले मन।

अगस्ट२५, १९९७

बाङ्गे छुट्टीमा। उ नभएको बेला उसलाई किन बोलाउनु? तेसमाथि यसै पनि आउनेलाई किन बोलाईरहनु पर्यो? कसो?

ठुली,
बाङ्गेलाई तिम्रो बारेमा भन्दीमला अनि फेरी बाडुल्कीको औषधी नसोध्नु मलाई।

सिरियल,
जिन्दगीनै एउटा ग्रान्ड डिजाईन हैन र? बरु योमरी बनाको बेला मलाई नबिर्सीम है -- योमरी चाकु भन्दै हिनेका ति दिनहरु सम्झें। घण्टाकर्णको जगात पनि उठाईन्थो गाँठे कुनै बेला।

क.ले.जो,
आभार सँगै मैले स्वस्ती गरें।


 
Posted on 10-25-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण त हाम्ले नि बाँडेका हुम् के रे, हैन किन यो दीप् ज्यु लाई मात्रै हुने हो यो हुनु नहुनु।

जे भएनि, ति आन्टी कि छोरि ले मलाई त सोचि बिचारि नै चिया पोखेको झै लाग्यो है।

बच्के रेहेना दीप् ज्यु, बच्के रेहेना।


 
Posted on 10-25-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दीप ज्युको अर्को धमाकेदार प्रस्तुती आएछ। फेरि कथा त इन्डिअन सिरिअल सकिए जस्तो गरि पो सकियो त? 

"क्या दीप मङलबार को गणेश मन्दिर गया?"
"क्या उस लड्की से फिर मुलाकात हुइ?" 

यो जम्मै प्रश्नको जवाफ पाउन कहिले सम्म कुर्नु पर्ने हो कुन्नि?   


 
Posted on 10-25-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hai deep ji..... yo pali chai chittai thapau.... dherai kurna sakkinna.......

 
Posted on 10-25-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप् जि, नयां प्रस्तुति सुरु गर्नु भये छ, हजुरका अरु रचना हरु जस्तै मिठो र रशिलो नै लाग्यो। ल समय मिलाइ वरि थप्दै गरम् ल दीप् जि।  Loved reading it, awesome!

wow.nepal


 
Posted on 10-25-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro,

Nice one.

 Silent reader.

 


 
Posted on 10-25-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालीको ट्वाक महात्मे दामि लाग्यो।

तर किन हो किन, बांगे महात्मालाइ त कस्ले दित्ने ?


 
Posted on 10-26-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,

As always, your writing brings smile in my face. Your stories always flow effortlessly like a real event...and i always like your witty remarks.

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

and this line portrays the kind of guy you are i guess..... there is a special sweetness. which girl can avoid such charm? :)

And of course bangey is so crucial....dont we all have some bangey in our lives? :)


 
Posted on 10-26-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,

As always, your writing brings smile in my face. Your stories always flow effortlessly like a real event...and i always like your witty remarks.

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

and this line portrays the kind of guy you are i guess..... there is a special sweetness. which girl can avoid such charm? :)

And of course bangey is so crucial....dont we all have some bangey in our lives? :)


 
Posted on 10-26-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो घटना त मलाई नि थाहा छ त। (j/k)  यस्तै सिमिलर घटना चै भा हो मलाई नि। कुरा म १७-१८ बर्षको हुँदाको। बाउ आमालाई किन हो कुन्नि बिहे गरेर पठाउनै हतार तेति बेलै देखि। मलाइ भने तेतिबेला बिहे गर्ने पटक्कै मन थिएन, पढाई पुरा गर्नु थ्यो। अनि मुखले भन्दा केइ सिप् नलागेर रुनुलाइ अफ्नो हथियार् बनाउन थाले, बिहे को कुरो निक्ल्यो कि घ्वा घ्वा टोलै थर्किने गरि रोइदिन्थे, अनि त उनिहरु अलि चुप लाग्थे केहि दिनलाइ, फेरि यसो उसो गर्यो बिहेकै कुरो आउथ्यो बिच् बिचा र फेरि म तेसै गरि रोइदिन्थे। ति माग्न आउने हरु देखेर यति, रिस् उठ्थ्यो कि के भन्ने मै मात्र केटि छ यो सन्सार मा भन्या झै लाग्थ्यो। कोइ कोइ त अझ बिहे पछि पढ्न दिनि रे भन्नि भन्या। अनि एक्चोटि त मलाइ थाहै नदी बोला रेछ बाउ आमाले केटोलाइ उस्को परिवार् सहित। म नुहाएर निस्के त्यो दिन अनि बैठक् कोठामा र भान्छा मा  चहल् पहल् जस्तो लाग्यो। भान्छामा गए अनि ममिले अलि छोटो खाले स्कर्ट ला देखेर यो कुर्था सुरुवाल राम्रो छ लगाउन रे, किन भन्या त तेत्तिकै राम्रो छ नि रे। ह्या मलाइ ठिक् छ यहि लुगा को को न स्पेसल् मान्छे आ जस्तो, को आको? भनेर सोधे। आमाले के के कुरा लुका झै गर्दा मैले बुझिहाले कुरो के हो भनेर, तै नि नबुझ्या जस्तै गरे, अनि टाउको बाट टावल् नि ननिकालि बसे।

तेस्पछि ल उमा दि खाजा बनाउन बिजि छ तिम्ले लगिदेउ त यो ट्याङ्ग् सर्बत् रे, ट्रेमा सजाइसक्या छ रे। रिसाइ रिसाई मन् नलागि नलागि गएँ  म सर्बत लिएर। मन नलाग्या भएर होला कार्पेट मा खुट्टा अल्झेछ र म लड्खडिए अनि जम्मै सर्बत उनिहरु को कोल्लाइ पर्यो, ग्लास एउटा त खसेर केटाको खुट्टाको औलो मै बज्रियो, ऐया नि नभनि जबर्जस्ति हसिलो मुख बनाउदो पो रैछ अझ।

अब ढुक्क भो मलाई ल भड्किए बिहे पार्टि भन्या त "केटि त अलि बेढङी रैछ तर छोरोले मन् परायो के गर्नु त अब" भनेर पो भनिन् रे आमा चाहिले ल भो अब। तेस्तो बेढङी भन्नि लाई सासु बनाउन जान्छु कि क्या हो अब, कस्तो हजुरहरु त भनेर रिसाए म। कुरो ल्याउने हरु रिसाएर धुइ फुलेका हुन्थे फेरि। सबैलाई तेस्तै हुन्थ्यो भन्या?


 
Posted on 10-26-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइँ नाइँ सान्नानि, अनि के भयो सबै सुन्ने नाईssss!


 
Posted on 10-26-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानि तेहि नै बेला मलाइ फोन गरेर बोलाउनु पर्दैन त्यो केतालाइ मैले जानेको थे। कहिलेनि केति हर्न जन्न भन्ने गेरि।


 
Posted on 10-26-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गिलास बज्रेको औला त अझै पनि बाहीर झरी पर्दा झम झम हुन्छ नी नारान। ब्या गर्ने मन थे न भने बरु नाईँ भन्देको भए भै हाल्थ्यो तेसरी जता ततै जानु पर्ने खुट्टामा गिलास बजारेर --सम्झिदा अझै पनि खुट्टा यसै पछी सर्छ। कतै कसैले किस्तीमा सर्बत च्या क्यै ल्याउन हुन्न त्यो दिन देखी किस्तिफोबिया भएर जिन्दई खत्तम छ। अब डाँको छोडी छोडी टोलै थर्कार बाउ आमालाई त नाईँ भन्या रेछ नी आफु अर्कै टोलको परियो नी पर्मेस्वर।

ठुलीले भन्न खोज्या के? तिमीलाई बोला भे के हुन्थ्यो? तिमीलाई देखेर केटाको केटीहरु प्रति बाट मन हटथ्यो भन्या की के हो?

 


 
Posted on 10-26-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई बोलाको भए त्यो केटालाई मेरो घरमा भाको कुकुरले तोकाइ दिन्थे। अनी १२ थाममा सुइ लगाउदा थाहा हुन्त्यो।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters