[Show all top banners]

ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali typing in 1 hour

[Please view other pages to see the rest of the postings. Total posts: 262]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 124978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 11-20-04 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali
this past week-end in about an hour.

Yes, that's true -- in about an hour.
Was amazed by the experience.
Did not know that Nepali typing in Unicode was/is so easy.

I would recommend this to you all, if you don't know this nice little secret
already.

As they say, a good thing like this is to be shared widely.

oohi
ashu

 
Posted on 03-25-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,

अकवि जीले नि भनिहाल्नु भो,

यहाँहेर्नुस् न।

अकवि जी,
माथि मित्र२ ले सोध्या समस्या त मैले नि झेल्या छु। केहि उपाय छैन?

>मैले लेख्न नसकेका कुराहरु यस प्रकार छन्।
>'-याल' लेख्दा 'र्याल' हुन्छ। त्यो आधा 'र' कसरी लेख्ने?
>'लेख्दा' आधा 'ख' आउंछ तर 'लेख्ने' मा आउदैन। 'लेख्ने' भनेको 'लेख्रे' जस्तो देखिन्छ।
 
Posted on 03-25-05 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा क्या मज्जा भो ।
साथीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
अव एउटा कुरा पनि यसो थाहा पाउन पाए हुन्थ्यो । कुरा के भने युनिकोड रोमानाईज्ड र युनिकोड टाडिशनल कुन चाहि सजिलो होला

उहि
?ओके
 
Posted on 03-25-05 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends, In the mean time let me ask you one thing.
I can type Nepali very well at a good speed. But the problem is my laptop supports win 98 (Hell, I can't throw this away because it works very fine otherwise). I can read unicoded fonts in here. But can't type Nepali in unicode. Have to use office computers to do so. Have you got a solution for this? If yes, please share with me.
 
Posted on 03-25-05 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद साथीहरू,
मलाई त यति मजाको कुराकानीका बारेमा थाहा भएकै आजै, आशुजीको वि-पत्र पढेपछि मात्र हो। कुराकानीका क्रममा मेरो नाम पटक पटक आएको रहेछ।दङ्ग परेँ।आशुजी र अरु सबैलाई धन्यवाद।
युनिकोडका प्रसङ्गमा मैले चाहिँ मार्क टुरिनलाई धन्यवाद दिनुपर्छ । युनिकोडका केही थाहा भए पनि अप्ठ्यारो होला भनेर मैले चलाउने आँट गरेको थिइँन। बेलायती मूलका विद्वान मार्कसँग भेट भएका बेला उहाँले मलाई युनिकोड चलाउन हौसला दिनुभयो र मैले सिकेँ।

मैले केही समय अघि कान्तिपुरमा एउटा लेख लेखेको थिएँ, "कखरा बुझ्ने कम्प्युटर"।कान्तिपुरमा त्यो उति राम्र्ररी आएन।मसँग त्यसको PDF फाइल छ। तपाईँहरूलाई चाख भए पठाउन सक्छु। तर कसरी पठाउने? यहाँ कतै राख्न वा खाम्न मिल्छ?

सबै मिलेर एउटा नयाँ स्वर घन्काउँ न.....
... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....

तपाईँहरूको
केदार
 
Posted on 03-25-05 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारा साथीहरु:

अरु केही प्रश्नहरु आएका छन् - सदा झै सहयोगको आशा गर्छु। (Romanized मा है)

१ au कसरि लेख्ने? जस्तो कि - crow मा, क का कि की कु कू को कै कैा (kau)
crow - काैवा

२ "तिन धर्के अन" कसरि लेख्ने?

अरु पछि । धन्यवाद ।
 
Posted on 03-25-05 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन है!

राम्रो काम गर्नु भा छ।
मलाई आशा एवम् विश्वाश छ कि नेपाली रोमानाइज्ड युनिकोडले सबै नेपाली फन्टहरुको एकिकरण गर्नेछ।
यसलाई कम्युटर र भाषाका पण्डितहरुको एउटा ग्रुप नै मिलेर बिकास गर्दै लैजानु पर्छ जस्तो मलाई लाग्छ।

तपाईँ यहाँ चाहिएकै बेलामा आउनू भो।
मेरो प्रश्न निम्न बमोजिम छ,
१, यसलाई बिकास गर्दै लैजानको लागि के कस्तो प्रयास भइरहेको छ, कृपया झर्को नमानी बताइदिनु होला।
२, हाम्ले नि यसो सहयोग गर्न सकिने ठाउँ छ कि।
३, "खुट्टा" लेख्दा त्यो ट को तल आधा ट झुण्डिन्छ नि त्यो कसरी लेख्ने होला।
अरु नि छन्, प्रश्न पछि थप्छु है।

मलाई यो नेपाली रोमनाइज्ड युनिकोडमा टाइप गर्न थालेपछि अरु फन्ट त जमाना भन्दा धेरै पछि भए जस्तो पो लाग्न थाल्यो त।

कालेको चर्तिकला ज्यु,
१, औ टाइप गर्नलाई सिफ्ट र डब्ल्यु सँगै थिचेर हेरम्।
२, तिन धर्के नै त हैन तर ण टाइप गर्नलाई सिफ्ट र एन् सँगै थिचेर हेरम्।

उही
दादा गिरी

... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
 
Posted on 03-25-05 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी,
दर्शन है!

राम्रो काम गर्नु भा! छ।
मलाई आशा एवम् विश्वाश छ कि नेपाली रोमानाइज्ड युनिकोडले सबै नेपाली फन्टहरुको एकिकरण गर्नेछ।
यसलाई कम्युटर र भाषाका पण्डितहरुको एउटा ग्रुप नै मिलेर बिकास गर्दै लैजानु पर्छ जस्तो मलाई लाग्छ।

तपाईँ यहाँ चाहिएकै बेलामा आउनू भो।
मेरो प्रश्न निम्न बमोजिम छ,
१, यसलाई बिकास गर्दै लैजानको लागि के कस्तो प्रयास भइरहेको छ, कृपया झर्को नमानी बताइदिनु होला।
२, हाम्ले नि यसो सहयोग गर्न सकिने ठाउँ छ कि।
३, "खुट्टा" लेख्दा त्यो ट को तल आधा ट झुण्डिन्छ नि त्यो कसरी लेख्ने होला।
अरु नि छन्, प्रश्न पछि थप्छु है।

मलाई यो नेपाली रोमनाइज्ड युनिकोडमा टाइप गर्न थालेपछि अरु फन्ट त जमाना भन्दा धेरै पछि भए जस्तो पो लाग्न
थाल्यो त।

कालेको चर्तिकला ज्यु,
१, औ टाइप गर्नलाई सिफ्ट र डब्ल्यु सँगै थिचेर हेरम्।
२, तिन धर्के नै त हैन तर ण टाइप गर्नलाई सिफ्ट र एन् सँगै थिचेर हेरम्।

उही
दादा गिरी
 
Posted on 03-25-05 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KEDAR SIR........LAUNA MALAI PANI SIKAI DINU PARYO.COMPUTER KO BHASHA BATA HOINA KI. HAMRO BHASHA BATA.HOW CAN I START.DO I NEED XP CD TO UPLOAD THIS CODE OR HOW PLEASE SABAILE SIKEKO DEKHE RA MALAI PANI HATAR BHAISAKYO.
PLEASE HELP ME HOW?
\
 
Posted on 03-25-05 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाली जी,
तपाईँ कहाँ बस्नुहुन्छ?नेपालमा भए ५५ २१ ३९३, भाषा सञ्चार परियोजनामा सम्पर्क राख्नुहोला। हामी त्यहाँ युनिकोडको नियमित कक्षा नै सञ्चाल गर्ने पनि योजना बनाउँदै छौँ।

चासो नै सफलताको मूल हो। धन्यवाद।

चाँडै युनिकोड सिकौँ
... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
 
Posted on 03-25-05 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" १ au कसरि लेख्ने? जस्तो कि - crow मा, क का कि की कु कू को कै कैा (kau)
crow - काैवा

२ "तिन धर्के अन" कसरि लेख्ने? "

धन्यवाद। म ट्रेडिशनल चलायने भएकाले आज जवाफ दिन सकिँन। ढिलोमा आयतबार पक्कै भन्नेछु। ढिलाईका लागि माफी पाऊँ।

के
 
Posted on 03-25-05 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई धन्यवाद।
१. यसलाई विकास गर्दै लैजानका लागि .....
अहिले त सबभन्दा पहिलो कुरा यसको प्रचलन नै बढाउनु परेको छ। हामीले जत्ति चलायो त्यति नै नयाँ नयाँ फन्टहरू बन्छन्। अरु पनि काम हुन्छ।
युनिकोड मात्र होइन, नेपालीमा कम्प्युटर कर्मलाई नै अघि बढाउनका लागि भइरहेका धेरै कामहरू मध्येः
क) सब भन्दा महत्वपूर्ण कुरा त सरकार, गैसस, र निजी क्षेत्रको सहकार्य भइरहेको छ। मपुपुले युनिकोड निकालेको छ र अब लिनक्सका लागि काम भइरहेको छ। चाँडै नै, १-२ महिनामै नेपालीमा Windows नै आउनलागेको छ र यसका लागि माइक्रोसफ्टसित आलेन तुलाधरले काम गरिरहनुभएको छ।
ख) शब्दकोष, थिसारस र हिज्जे परीक्षक लगायतका अन्य धेरै काममा सहायक हुने, करोडौँ शब्द सङ्ग्रहित पाठ सङ्ग्रह (Corpus) तयार हुँदैछ।
ग) मानक कम्प्युटर शब्दावली तयार भइसकेको छ।

२, हाम्ले नि यसो सहयोग गर्न सकिने ठाउँ छ कि ...
हिन्दीमा नेकी अौर पुछ पुछ के ? भन्छन्,गुन गर्नेले सोध्नु पर्छ र? सकेसम्म धेरै प्रयोग गर्नुस। नेपालमै बस्नुहुन्छ भने मपुपु मा पाल्नुस्। इमेल र च्याट गर्दा सकभर नेपालली चलाउनुस् .....

३, "खुट्टा" लेख्दा त्यो ट को तल आधा ट झुण्डिन्छ नि त्यो कसरी लेख्ने होला।
अरु नि छन्, प्रश्न पछि थप्छु है।
मङ्गल बाहेकका फन्टहरूमा Shift t (T) थिच्दा ट्ट नै आउँछ।रोमनाइज्डमा चैँ थाहा छैन।

साँचो कुरा भन्नु भयो। अरु धेरै नै पछाडि छन्।

... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....






 
Posted on 03-25-05 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई एम लभिङ ईट, केदार सर । मुरी मुरी धन्यबाद तपाई हरु लाई ।
आगामी दिन हरु मा मपुपु फलोस् फुलोस् भन्ने कामना गर्दछु ।
शुभचिन्तक,
केजीफरएभिपि
 
Posted on 03-25-05 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kedar sir Ma BIll Gates ko Gau tira chuu .My Problem is ....i upload the font but i think it does not work.is there anything i need in my computer to up load or ?my computer ko JAAT windows XP ho.

 
Posted on 03-25-05 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, गजव नै भयो नि! साथिहरु, मुरि मुरि धन्यवाद!

ल त, म पनि दोहोर्‌याउँछु - .. नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....



 
Posted on 03-25-05 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान !

साझा हेरेर अङ्ग्रेजी सुधार्ने मेरो सपना, सपना नै रहने भो अब ।

" नेपालीले नेपालीलाई अङग्रेजीमा लेखौँ न हो"

:(
 
Posted on 03-25-05 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद। यो पनि त समाधान गर्नै पर्ने समस्या हो नि। त्यता हुने तपाईँहरूले नेपालीमा लेख्न थाल्नुभयो भने यता हुनेलाई झन् सजिलो हुन्छ। म तपाईँको समस्या युनिकोड अभियन्ता अमर गरुङ जी तिर सार्छु है त। उहाँसित यस्ता धेरै कुराका समाधान छन्।

केदार
 
Posted on 03-25-05 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद। यो पनि त समाधान गर्नै पर्ने समस्या हो नि। त्यता हुने तपाईँहरूले नेपालीमा लेख्न थाल्नुभयो भने यता हुनेलाई झन् सजिलो हुन्छ। म तपाईँको समस्या युनिकोड अभियन्ता अमर गरुङ जी तिर सार्छु है त। उहाँसित यस्ता धेरै कुराका समाधान छन्।

केदार
 
Posted on 03-25-05 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी

"क्रिपया" लेख्दा त्यो क को तलतिर झुण्डिने अंकुश कसरी लेख्ने होला?

सरु

 
Posted on 03-25-05 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृपया टाइप गर्न क‌+shift-r garyo bhane कृ हुन्छ।केदारजीलाई सोध्नुभएको प्रश्नको जवाफ दिएकोमा माइन्ड नगर्नुहोला।धन्यबाद।
 
Posted on 03-25-05 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद है "kathmanduite " जी

माइन्ड गर्ने त कुरै भएन नि। बरु झन खुसी लाग्यो। केदार जी लाई पर्खिन नै परेन।

सरु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters