Posted by: Kedar_Sharma March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
धन्यवाद साथीहरू, मलाई त यति मजाको कुराकानीका बारेमा थाहा भएकै आजै, आशुजीको वि-पत्र पढेपछि मात्र हो। कुराकानीका क्रममा मेरो नाम पटक पटक आएको रहेछ।दङ्ग परेँ।आशुजी र अरु सबैलाई धन्यवाद। युनिकोडका प्रसङ्गमा मैले चाहिँ मार्क टुरिनलाई धन्यवाद दिनुपर्छ । युनिकोडका केही थाहा भए पनि अप्ठ्यारो होला भनेर मैले चलाउने आँट गरेको थिइँन। बेलायती मूलका विद्वान मार्कसँग भेट भएका बेला उहाँले मलाई युनिकोड चलाउन हौसला दिनुभयो र मैले सिकेँ। मैले केही समय अघि कान्तिपुरमा एउटा लेख लेखेको थिएँ, "कखरा बुझ्ने कम्प्युटर"।कान्तिपुरमा त्यो उति राम्र्ररी आएन।मसँग त्यसको PDF फाइल छ। तपाईँहरूलाई चाख भए पठाउन सक्छु। तर कसरी पठाउने? यहाँ कतै राख्न वा खाम्न मिल्छ? सबै मिलेर एउटा नयाँ स्वर घन्काउँ न..... ... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ.... तपाईँहरूको केदार
Read Full Discussion Thread for this article