Posted by: Kedar_Sharma March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
सबैलाई धन्यवाद। १. यसलाई विकास गर्दै लैजानका लागि ..... अहिले त सबभन्दा पहिलो कुरा यसको प्रचलन नै बढाउनु परेको छ। हामीले जत्ति चलायो त्यति नै नयाँ नयाँ फन्टहरू बन्छन्। अरु पनि काम हुन्छ। युनिकोड मात्र होइन, नेपालीमा कम्प्युटर कर्मलाई नै अघि बढाउनका लागि भइरहेका धेरै कामहरू मध्येः क) सब भन्दा महत्वपूर्ण कुरा त सरकार, गैसस, र निजी क्षेत्रको सहकार्य भइरहेको छ। मपुपुले युनिकोड निकालेको छ र अब लिनक्सका लागि काम भइरहेको छ। चाँडै नै, १-२ महिनामै नेपालीमा Windows नै आउनलागेको छ र यसका लागि माइक्रोसफ्टसित आलेन तुलाधरले काम गरिरहनुभएको छ। ख) शब्दकोष, थिसारस र हिज्जे परीक्षक लगायतका अन्य धेरै काममा सहायक हुने, करोडौँ शब्द सङ्ग्रहित पाठ सङ्ग्रह (Corpus) तयार हुँदैछ। ग) मानक कम्प्युटर शब्दावली तयार भइसकेको छ। २, हाम्ले नि यसो सहयोग गर्न सकिने ठाउँ छ कि ... हिन्दीमा नेकी अौर पुछ पुछ के ? भन्छन्,गुन गर्नेले सोध्नु पर्छ र? सकेसम्म धेरै प्रयोग गर्नुस। नेपालमै बस्नुहुन्छ भने मपुपु मा पाल्नुस्। इमेल र च्याट गर्दा सकभर नेपालली चलाउनुस् ..... ३, "खुट्टा" लेख्दा त्यो ट को तल आधा ट झुण्डिन्छ नि त्यो कसरी लेख्ने होला। अरु नि छन्, प्रश्न पछि थप्छु है। मङ्गल बाहेकका फन्टहरूमा Shift t (T) थिच्दा ट्ट नै आउँछ।रोमनाइज्डमा चैँ थाहा छैन। साँचो कुरा भन्नु भयो। अरु धेरै नै पछाडि छन्। ... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
Read Full Discussion Thread for this article