Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 36454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 08-08-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jawos jawos ---- harip gaira chha ---

तिम्रो कथामा ब्यथा
आफ्नोमा तमासे हुँ म----
 
Posted on 08-08-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IMI ले "प्रेमिका को दोली उठेको ---" कुरा गर्दा म त " लौ जा प्रेमिकाको त्यस्तो उठ्या के रे छ दोली भन्ठानेर है जिउ नै सिरिङ्ग भैसक्याथ्यो भरे त डोलि पो रे छ --- थुक्क!!
 
Posted on 08-08-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेसि'जमा किनेको तिमीले
त्यो समर कपडा हुँ म!

लाउँदा त्यसलाई तिमीले
टोलमा परेको "लफडा" हुँ म!!

:P
 
Posted on 08-08-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो कथामा व्यथा आफ्नोमा तमासे हुँ म
तिमी मात्र एक हैनौ मायामा बाह्रमासे हुँ म
 
Posted on 08-08-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah wah afule ni kehi tukada jodna pae ta hunthyo khai .....
 
Posted on 08-08-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la pretty joda joda :D
 
Posted on 08-08-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए होए भऊते ज्यू क्या मारा आपने तो

मन्दीरमा बालेको तिमीले एक धुप हुँ म
मरेर हैन, मर्नै नसकि बाँचेको भुत हुँ म।

अलिकति अरु -

बाँचेर प्रिती साँचे पनि,
मरेर प्रेतै भए पनि
बदनाम भएछु तिम्रो प्यार मा,
हेरन अब त कपूत हुं म।
 
Posted on 08-08-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले गुडाऊँदा गुड्ने, अरुले गुडाऊँदा ठोकिने
1965 को Nissan हुँ म
तिमीले थिच्दा सलक्क रोकिने, अरुले थिच्दा झनै बत्तिने
त्यही Nissan को खिईएको ब्रेक हुँ म!

Nissan न फिसान, ब्रेक न स्रेक
तिमीले चलाईनौ भने,
गराजमा थन्किएको पुरानो ईन्जन हुँ म!
 
Posted on 08-08-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BMLB
पुन्टे दाईले फेरि हँसाए!
 
Posted on 08-08-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep ji , great starting.....
camo that was funny:)

प्रेमी प्रेमिका को बिछोडा को आशु हु म
प्रेमिका को दोली उठेको देखि उथ्न नाशएकेको हासो हु म

तिम्रो बिछोड मा रितिएको व्हिस्की को खालि गलस् हु म
तिम्रो मुतुको हर् धद्कन् को अवाश् हु म

आशु मा भिगिएका ती प्रेम पत्रका अखच्यर हु म
सयद् तिमि लै न अपनाउन सकेको सनिस्चर् हु म
 
Posted on 08-08-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D BMLB (copyright Birkhe_Maila)
 
Posted on 08-08-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै सकिको कलमको मसि हुँ म
देख्दा देक्दै बलेको बनको डढेलो हुँ म।

डढेलोले त बन मात्र डढाउछ यहा त मन पनि डढ्यो ।।

हा हा first try..
 
Posted on 08-08-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई ल म पनि

खियिएको ब्रेक भएनी
थन्किएको ईन्जन भएनी

माया एकचोटि स्टार्ट त गर
तिमीले कहिल्यै किन्न नसकेको बिएमडब्लु हुं म
 
Posted on 08-08-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O:O this thread is getting so funny ...... aiyaa ! puntedaa ko gazal kasto raamro bhanyaa .hasyaa hasyai marne bhae ma! :O :O
 
Posted on 08-08-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलो आकाशमा यता उति उड्ने बादल हुँ म
हावाले काउकुति लाउँदा हल्लिने रुखका पात हुँ म
खासमा चाहिँ ...
काम छोडि छोडि साझामा हल्लिने कामचोर हुँ म
 
Posted on 08-08-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पिरती,

अत्ति सुन्दर!!!
 
Posted on 08-08-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्लफिरेन्डलाई झटारो- :):)

पाएँ भन्दैमा नलगाऊ,
कडा घोच्ने भुत्लाको ज्याकेट हुँ म
पिउन नखोज प्यास लाग्दैमा,
खालि फ्रुटीको सडकमा पड्किने प्याकेट हुँ म
एक ठाउँमा राख्न नखोज,
सधैँ हल्लिने ब्याडमिन्टनको र्‍याकेट हुँ म
कनेक्सन मिलाउन नखोज,
४४० भोल्टको फुटेको सकेट हुँ म
के के न पाउँला भन्ठान्छौ,
के घाँटिमा झुन्डिएको १० तोलाको लकेट हुँ म???
 
Posted on 08-08-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाई वाह् वाह् वाह्!!


performance को के कुरो गराई भो
गराजमा थन्किएको गाडी हुँ म!!

सुन्दरताको के कुरो गराई भो
दराजमा थन्किएको साडी हुँ म!!

मायाको के कुरो गराई भो
मन नपराइएको त्रीशुलीको बाढी हुँ म!!

popularity को के कुरो गराई भो
जंगलबाट निस्किएको महाबाणी हुँ म!!

अनुहारको के कुरो गराई भो
भर्खरै मकै भुटेको कालो हाडी हुँ म!!

:P
 
Posted on 08-08-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा टुक्रा मेरो तर्फ बाट पनि...

औसीको कालो डरलाग्दो भयानक रात हुँ म।
पुश र माघको जाडोले ककृएर झरेको पात हुँ म।
दसाहरुको पनि राजा साँढे सातीको सात हुँ म।
जति पिए पनि न लाग्ने पानिको मात हुँ म।
 
Posted on 08-08-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी नआउने धाराको टुन्टी हुँ म
छुट्टी भाको स्कुलको घन्टी हुँ म
के सोच्या छ? पुन्टीको पुन्टे हुँ म
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters