Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 36408 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 08-08-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah ek se ek aairaachha
dharako ni tunti hunchha ra? :D:D
 
Posted on 08-08-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Preety , ko yo kuro malai ni sarai ghat paryou ... kinaki ma ni tyastai ...."खासमा चाहिँ ...
काम छोडि छोडि साझामा हल्लिने कामचोर हुँ म" ha ha ...
 
Posted on 08-08-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उखाने लब इस्टोरी: एक पिरेम पत्र-

कानो गोरुलाई औँशि न पुर्ने,
तिम्रो त मेरो बिहे कहिले जुर्ने?

मुखमा राम राम बगलिमा छुरा
तिम्रो बाउ संग गरौँ बिहेका कुरा।

नाच्न नजान्ने आँगन टेढो
किन डिस्टर्ब गर्छ यो भाइ तिम्रो भेडो??

रातभरि करायो दक्षिना हरायो,
तिम्रो दैलो नाघेपछि मुटु मेरो करायो।

जति जोगि आएनि कानै चिरेका,
तिम्रो डेड्ली दाई हुन ती खुकुरि भिरेका???
 
Posted on 08-08-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"dharako ni tunti hunchha ra?"

हाम्रो छ्याकले भन्या हुन्छ रे। छ्याकले एक् चोटी यसरी काउन्टर गर्याथ्यो उस्ले टुन्टी भन्यामा हाम्ले आपत्ति जनाउदा:

"मुकन्दरका सिकन्दर चै हुने धाराको टुन्टी चै नहुने?"
 
Posted on 08-08-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइल्दाइ,

कसरी टव्वाक्क मिलाउँछौ हँ ?
 
Posted on 08-08-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा प्रीति तिम्रो त खतरा जादो रे'छ नि ।लौ म जस्तै हो तिमि नि साझा चाहर्ने कामचोर् ! ल ल अरु'नि जोड न :D :D
बिर्खे माइला जि , खुब् हसाउभो उखाने love story le ले।
 
Posted on 08-08-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वत्नताको के कुरो गराई भो र,
सबै भन्दा बदी मानव अधिकार हनन हुने देश को नगरिक हु म

कामको के कुरो गराई भो र,
बेरोजगार को अखाडा हु म

मायाको के कुरो गराई भो र
तिम्रो सिउदो कोर्न नसकेको अभागी हु म !!

Second try !!!! he..he
 
Posted on 08-08-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामबाट साझामा चियाउने
मूक दर्शक हुँ म
घर पुगेर चैं चिच्याउने
बम बर्सक हुँ म। :P

पानीमा ओढ्नै नमिल्ने
च्यातिएको छाता हुँ म
खियाले कालै भएको
जस्ता पाता हुँ म।

लौ जा, बल्ल अलि बोल्ने मौका परो, मौकामा चौका हानेको। सबको एक से एक गैरा' रैछ।
 
Posted on 08-08-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटुनै छेड्ने गरि चल्ने चिसो हावा हो झोका हु म
होलि मा कौसि बाट खप्पराँ बज्रीने पानि को पोका हु म
खै अरु त जोड्नै आएन ! दिमाग् मै ताला लगेको ढोका हु म
जे भने नि, कुहिरे लाइ ठगेर साझा चियाउने कामचोर् चै पक्का हु म !

कामचोर्** प्रीति को चोरेको है :-)
 
Posted on 08-08-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जोनजी,
यसो रमाईलो गरेको :)

लु चित्रेको नि गयो.. "खियाले कालै भएको जसता पाता हु म" रे
 
Posted on 08-08-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामबाट साझामा चियाउने मूक दर्शक पनि चिच्याउन सक्छ,
पानीमा ओढ्नै नमिल्ने च्यातिएको छाता पनि मर्मत गरे बन्न सक्छ
खियाले कालै भएको जस्ता पाता पनि हुलास् को जस्ता पाताले टालिन सक्छ
तर यो worldmapले साझामा कसरी कबिता लेख्न सक्छ ??

Mind nagarnu hai worldmap this is just a kabita
 
Posted on 08-08-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल को दस् पाँच को जागिर कस्तो
चिया र गफ गाफ म बितेको समय जस्तो

नानी देखि लगेको नेपाली को बानी कस्तो
काम छोडि छोडि साजा चियौनी जस्तो

काम को देअद् लैने छ सादे तीन
बिहान देखि काम गरे छैन एक चिन्

लौ साथी हो म अलि काम गर्छु
न मन लागि लागि तपाईं हरु को साथ छोड छु
 
Posted on 08-08-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha kati ramailo ho .. tiru ramro chha timro ta jhan

इन्टर्नेट कनेक्ट गर्नै नमिल्ने बिग्रेको मोडेम हुँ म
बिग्र्या स्पिकर भा पोडियम हुँ म
युज नभै धुलो जमेको कुनाको ल्यापटप हुँ म
कसैले मन नपराउने पित्तलको टप हुँ म
 
Posted on 08-08-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा प्रीति "पित्तल् को टप् " मरे हासेर के । कति हसा'को ल :O
 
Posted on 08-08-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीलाई....आच्या यो त चौतारी हैन है? ल ल टाइराजी लाई :)

मुटु छेड्ने हावा बहे स्विटर लाइदिउँला
कौसि बाट लोला आए उल्टो फर्काइदिउँला
दिमागको मात्रै हैन दिलकै ताला खोलिदिउँला
साझा चियाउँछु भन कुइरे त के संसारै ठगिदिउँला!

(धुत फेरि लाइन मारेको जस्तो पो भयो कि?)

रिकीनेपाल लाई-

मुक दर्शक चिच्याएको कसले यहाँ सुन्ने
दस ठाउँमा टालेको छातालाई के भन्ने
हुलास होस कि सुलास पानीले के देख्छ?
नामै त worldmap, worldमै कविता लेख्न सक्छ।



पिरतीलाई-

मोडेम बिग्रे केबल ल्याऊ
स्पिकर बिग्रे होम थिएटर ल्याऊ
ल्यापटपलाई ल्यापमा राख कुना मा किन फाल्छौ
टप नै लाउन परेपछि पित्तलको किन हाल्छौ?

 
Posted on 08-08-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा माल्दाई
 
Posted on 08-08-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero dherai kam baki chha 4:30 pachi jawaf lekula hai ta
 
Posted on 08-08-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rickynepal sachchai la ma ni aba janchhu, kam garau hai.
 
Posted on 08-08-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरालोमा फेल् भा ब्रेक् हुँ म
उकालोमा फुस्क्या जन्जीर् हुँ म
तेर्सोमा घच्चिको जोल्ठिङ् हुँ म

पन्चट् भा बलको ब्ल्याडर हुँ म
टेक्नी भाँच्या डेड्ली ल्याडर हुँ म
हो हो कामचोर संगठनको क्याडर हुँ म
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters