Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111953 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-05-10 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झक्कास जदौ।


तारेमाम रामे , नमे ,


आज ब्यानै देखी मिटिङ छ , सके सि फूलटाइम हाजिर ।


 
Posted on 03-05-10 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि हाजिरी जनाउन आएँ। नमे भन्या?? हाउँरो दौतरी दाई नमे पो हो?

लु प्रणाम नमे, रामे, ठुल्दाइ। म नि आज याइँ छु, कसै कसैले सराप्या थे, त्यो सप्पै थु थु गरेर निकालिसकियो। कसैको आँखा नलागोस प्रभो।

अनी त्यो मुन्तिर फर्क्या तिर बारे, कुनै बाबाले भन्या any publicity is gud publicity अ'रे

 
Posted on 03-05-10 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि हाजिर जनाउन आको है।
शुक्रबारे रिम्झिमे जदौ सप्पै लाई।

 
Posted on 03-05-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि हाजिर जनाउन आको है।
शुक्रबारे रिम्झिमे जदौ सप्पै लाई।



 
Posted on 03-05-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मनको के नै भर हुन्छ
बहकिने मात्र डर हुन्छ
जानी जानी पनि यहाँ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ ।




शुक्रबारको बिहानिमा, साँझको कल्पना गर्दै बसिरहेको यो रामेले सबैलाई "Happy Friday" भनेको छ है ।

 
Posted on 03-05-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै नमस्ते ठोक्दै हराउंदै गर्दा रइचन। च्या खान हतार भएर हो कि मेला जान हतार हो? आज त पुर्न्या हो केरे मेरो। हलो जोत्ने कामबाट बिदा छ। दिनभरी चौतारीमा सुस्ताएर बसिन्छ।
नमे दौंतरी,दौंतरी चौतारी,चौतारी नमे म नि अलि अलि कन्फुस छु क्या। यो तारी मन पर्ने भएर हो कि एउटा तारी गाइको कथा पनि लेखेथें। दौतरीमा राख्याथे, यता पनि पर्चा बाढ्नुपर्ला,शुक्रबार बिताउने मेसो हुन्छ ह्या।


भो नटासौं कि क्या हो। फेरी सान दाइले लु परचार परसार गर्यो भनेर घोक्रेठ्यांक लाउने हुन कि,त्यो पो डर छ त गांठे।


 
Posted on 03-05-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम दाई, प्रचार गर्न डराउन पर्दैन, परेको लहरेले बेहोर्छ रे, गर्दिम गर्दिम, हन कुरो चाइँ के हो रे? के को पर्चा बाँड्न ला? फेरी सप्पै छर्पस्त पार्न भएन केरे, अरु त केइ नि हुन्न होला केरे

 
Posted on 03-05-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लरे भाइ ह्या चौतारी,दौंतरी को कुरो गर्दा म कतै तारी प्रेमी त भइन भनेर क्या। एउ दुइ दिन पैल्ये तारी गाइकै कता लेखेंथे 'नछापिएको कथामा' दौंतरीमा टास्या थें। ह्या शुक्रबार ट्याम पास गर्न टासु भनेको त्यी सान दाइको डर नि। एउ चोटी मलाइ हकारेका थे क्या। त्यांसी दौंतरीको कुरो साझां गर्न  अलि डराउछु।
अनि लरे के छ त शुक्रबारको तालीका?


 
Posted on 03-05-10 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, लहरे, बिस्टे ।



मिटिङ सुरु भैनसकेको   मौका मा चौका हानुम भनेर आएको ।



पुरे ले भने जस्ताइ डराउनु पर्दैन नेम दाई, चौतारी मा प्रचार प्रसार गर्दैमा सान बराजुले केही गर्दैन। अचेल सान बराजु नि फ्यान हुनु भाको छ रे । मेरो त आफ्नै टोलिया हो, पारी हाल्यो भने छदै छु ।


 
Posted on 03-05-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो रामे राती पौने १ बजे सम्म चौतारीमा डुलेर ब्यानै ६ बजे नै फेरी आँखा मिच्दै आइसकेछ ! जम्मा ५ घण्टा पनि सुत्दैन कि के हो



शुक्रबारे जदौ तथा तारेमाम नमे, पुरे, रामे, ठुल्दाइ, बिस्टे सबैलाई !


 
Posted on 03-05-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, ३ बजे तिर त केही नलेखेको अझ .......



हिजो राती प्राप्त समाचार अनुसार त्यो तलतिर फर्केको रातो तिर लाई जिम्माल ले २-३ चोटि क्लिक गरेको रे भिन्दा भिन्दै मुकुन्डो प्रयोग गरेर ........


ल जा त ..... भन्दे मैले त
Last edited: 05-Mar-10 03:29 PM

 
Posted on 03-05-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ कती चौका छक्का हान्नु भो हो ब्यान देखी? लौ मैले थपरी मारें तरररररररर......
तपाइ हामी त एउटा टोलको हैन ;) अझै पनि याद छ एउटा ब्यान दौंतरी खोलेको त तपाइ र मेरो नामनै किटेर दौंतरीमा मर्ने गरी गाली गरेका रैचन। त्यो पनि आंखा मिच्दै दौंतरी खोल्दा त्यस्तो पो देखियो, मान्छे पनि  थरी थरीका हुन्छन।
रिठ्ठे सान के छ हालचाल? जदौ टक्राएर कता टाप हो? एउ दुइ जना चौतारीमा नहल्ले त सुनसानै हुन्छ गांठे।



शुक्रबार क‍-कस्का के के पिलान छन लौ भनम त ह्या?


 
Posted on 03-05-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अज शुक्रबार, मेरो  त हाल्फ छुट्टी।

ल है नयाँ पुरना, धेरै पुरना र धेरै नयाँ चौतारी का आउतारी लाई TMS को नमस्कार, दौतरि के हो त्यस्तो  सान सँग किन डराको,
राम्रा राम्रा सबै  पोस्टिङ् गरुम, तेस्ताइ परेछ  भने san लाई साझा बाट ban गर्ने म छदै छुनी, धन्दा नमाने हुन्छ.
 
Posted on 03-05-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,



हो भने यो रामे को के चाला हो ? सुत्नु पनि नपर्ने ?
छिट्टै झ्याइं गरी दिनु पर्‍यो, एक्लै सुत्न डराएको हुनु पर्छ, मखुला ?


एक रि-सोच अनुसार वयस्क ब्यक्तिले कम्तिमा ६ घण्टा सुत्नु पर्दछ। ७ घण्टा भे अझ बेस । ८ घण्टा भए झनी बेस।


एक घण्टा बढी सुताइ ले ५ % ह्रिदयघात को दर घटाऊछ रे । त्यही भेर मनग्य सुतम, ह्रिदयघात हुन बाट बचम्।


 
Posted on 03-05-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हिजो राती प्राप्त समाचार अनुसार त्यो तलतिर फर्केको
रातो तिर लाई जिम्माल ले २-३ चोटि क्लिक गरेको रे भिन्दा भिन्दै मुकुन्डो
प्रयोग गरेर ........ अस्ती देखी जिम्माल ले चौतारी देखी बित्रिश्णा लागेर
चौतारी परीत्याग गरेको रे ........>>>



जिम्मालबा के यो कुरो साँचो हो? हैन भन्देउ बाजे, यस्तो आरोप साँचो हुनै सक्दैन। हैन भन्देउ बाजे, ल न बा, भन्देउ न भन्देउ। यो हुनै सक्दैन, त्यो बङालीकोमा खाको माछाको लागि भे पनि हैन भन्दिनु पर्‍यो बाजे। लौ न, उकुस्मुकुस भो! रामे तिम्ले नै भन्देउ, यो सब झुथो हो भनेर
 
Posted on 03-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या सुलसुले समचार समिती अनुसार बिर्खेलाइ मन तरुनो हुंदा हुंदै बुढो बुढो भनेर गिज्याएककोले हातका,खुट्टाका उम्लाले तल झार्ने धर्सोमा औंठा छाप लगाका रे। यतीले मात्र नपुगेर बिर्खेनी बज्यैलाइ पनि हकार्दै तल झार्ने धर्सोमा औंठा छाप लगाउन लाए रे। सुनिए अनुसार अब नाती नातीनालाइ पनि हात र खुट्टाका औंलाले त्यो तल झार्ने धर्कैमा औंठा छाप लगाउन परयास गर्दै छन रे। ल केटा केटी हो ति बिर्खेलाइ तुरुन्त हाजिर गर्नु पर्यो। तिनलाइ एउ दुइ लौरो नहानी भएन।
 
Posted on 03-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, ह्रिदय्घात त होला नै ..... कस्को लागि ह्रिदय जोगाउनु छ र दाई ...

हिजो बेलुका इष्टर्न समय अनुसार रातको १२ कटेको हुँदो हो ..... हो त्यही बेला जिम्माल ले मलाई भनेका हुन पुरे ..........


Last edited: 05-Mar-10 03:30 PM

 
Posted on 03-05-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मलाई त खै किन हो किन त्यो हस्तिनापुराँ खाको माछा याद आयो गाँठे। झल झली याद आयो, यस्तो त हुन नपर्नी भन्छु म त। अझै विश्वाश लागेन, जिम्मालबाले हाजिरी जनाएर हो मैले नै गर्या हो नभने सम्म यो कान/आँखाले मान्ने वाला छैन। यो रामे यसै पनि बकम्फुसे कुरो गर्न उस्ताद छ, अब के नपा'र बुधो भा जिमालको पछी ला'छ । 

 
Posted on 03-05-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको लागि हजार सीते हरु लाइनमा होलान, हृदयलाई सुम्सुम्याएर हेर रामे । बगलामुखी तिर लाइन मार्न छोडि देउ । सीताहरु भू -समाधी लिन वाध्य होलिन फेरी ।


हैन जिम्माल बिरुद्ध यो अनर्गल प्रचारबाजी  कल्ले गर्‍यो? जिम्माल जिम्मालनी बिना बाँच्न सक्ला, चौतारी बिना नाइ । 

Last edited: 05-Mar-10 10:10 AM

 
Posted on 03-05-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन २७ गोटा तल्लो धर्सो कस्ले लगायो? यो हजार अबतार भएका जिम्माल बायक कस्ले पो सक्नु?
लु जिम्माल आउने भे आउ नत्र तिम्रो हिड्ने गौंडो पर्खन नपरोस!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters