[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

somewhereondearth
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सुर न ताल को डाएरी

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 33377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 02-29-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

गाउँ फर्कने दिन - १

२०५९ - ६ - २१।
भोजपुर।

 

ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ............

सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm Clock नै हो। अफसोस, सबै भन्दा नभै नहुने केही छ भने पनि त्यो तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

ए साच्ची आज त क्लास जान लागेको हैन नि। मन हलुंगो भयो। जुरुक्क उठें। ठोका खोलेर मस्तला लागें। भान्सामा भाउजु चिया नास्ता तिर लागि सक्नु भएछ। छतमा गएं। बिहान निक्कै जाडो हुन थालीसकेछ। हुस्सुले पुरा शहर ढाकेछ। केही पो देखिदैन त। यस्तोमा प्लेन पनि कसरी उड्ला। मन अलिक भारि भो। पोलिथिन ट्यांकिको धारो खोलेँ। कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने। मुख फटाफट धोएं र तल दौडिएं।

"आच्छु, कस्तो जाडो, चिया पाक्यो भाउजु।"
"सेलाउन लागिसक्यो। कस्तो खुस मुड हो, घर जाने भने पछि त। गाउमा कोही छ कि कसो?", भाउजु मुसुक्क हास्नु भो।
"हो नि त। बुवा आमा, दाजु भाउजु, दिदी-बहिनी, सबै त हुनुहुन्छ", चिया समाए, कुरो बिचैमा छोडेर भर्यांग तिर लागें।

भुइतलामा मेरो सानो कोठा छ। सानो टेबलमा कम्प्युटर मनिटर। भित्ता पट्टी सानो खाट। कुर्शिको काम खाटैले गर्छ। कुर्शी राख्नलाई कोठामा ठाउँ पनि त छैन। टेबलको छेउमा मेरो सबै भन्दा मन पर्ने बस्तु छ। सानो क्यासेट प्लेयर। बेलुका २-४ वटा मन पर्ने गीत नसुनी निद्रा लाग्दैन। हुन त त्यो कम्प्युटर बाटै सुने पनि हुने हो। तर क्यासेटसंग जुना साईनो जोडीएको छ, बाल्यकाल देखी, त्यो अरु केहीले पुरा गर्दैन। भित्तातिर बिद्यालय र कलेजमा जितेका खेलकुदका कपहरु लहरै छन। मेडलहरु कांटी ठोकेर टेबल माथि भित्तामा झुन्ड्याएको छु। सिरानेको पारीपट्टी भित्तामा मेघा पोखरेलको ठुलो वाल पेपर टासेको छु, किन किन तिनी मलाई मन पर्छिन। मेरी सोल्टिनी जस्ताइ। दाँया तिर हिमालयन रेन्ज झुन्डिएको छ। एक महिनालाई म मेरो यो सानो संसारलाई छाडेर गाउँ जादैछु, सम्पूर्ण आफ्नो संसर तर्फ।

समयले एक फन्को अरु मार्यो, अत्यन्तै दर्दनाक काहानीहरु/ईतिहासहरु बनाएर, मेरो राष्ट्रको र एउटा नयाँ बडादशैंले मेरा बेफुर्सदिहरुलाई कस्सेर धक्का मार्यो। म मेरा दैनिकिहरुलाई पूर्ण रुपले परिवर्तन गरेर, सम्पूर्ण नाम र उपनामका लेपनहरु फुकालेर एउटा सानोभाइ मात्र बांकी भएको छु, अबका ३-४ हप्ताहरु, जस्लाई म मेरो पहाडमा बिताउने छु, आमा-बुवा, दाजु भाउजु र बहिनी संग; आँगन, दलान र बलेसी संग। यही दशै एउटा आउंछ र जीवनमा अलिकता अपनत्व/आत्मियता छरेर जान्छ। नत्र त जीवन एउटा स्वचालित यन्त्र न हो। यही एउटा उत्सब जो बांकी छ, तेस्लाई पनि देशको बिषम परिस्थितीले कुठाराघात गरिरहेछ। घर जान कत्तिको सुरक्षित छ भन्ने छलफलहरुलाई सिरानी मुनी घुसारेर म निस्की रहेछु - मेरा आकांक्षाहरुलाइ उद्वेलित गर्न - मेरो रातोमाटोले पोतेको चुलो र मझेरी संग, राडी ओछ्यायको ओछ्यान संग, र टुकी बालेका रातहरु संग।

आज लगाउने भनेर हिजै छुट्याएको लुगा टेबल बाट उठाएं। पट्याएका धर्साहरु श्पस्ठ देखिक्दैछन। सर्टमा पनि, पाइन्टमा पनि। उहिले उहिले गाउभरिमा एउटामात्र इस्त्री हुँदा कती जागर लाग्थ्यो। सिरानघरबाट इस्त्री ल्यायो, कोइला फुक्यो, ततायो, लगायो, पुर्याउन गयो। आजकाल कोठामै बिजुलिवाला इस्त्री छ। तर जागर छैन। आsss, कस्लाई देखाउनु छर। पुन: आँफैलाई बाहाना मिलाएं र त्यो खुज्मुजिएको पाइन्ट र सर्ट उसै घुसारें। आफ्नो कोठामा कहिल्यै ऐना भएन। शायद जरुरी ठानिन। कपाल हिजो नै मुडुलै हुने गरी कटाएको थिएं। हातले यसो मिलाएं। टाउकोको देब्रे तिर सिउदो पर्ने गरी।

"प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ"
बा अ ञ २८१४ चिच्यायो। दाजु कहिले उठेर तयार भईवरी मोटारसाइकलमा पुगी सक्नु भएछ। फटाफट गोल्डस्टारको तुना कसें, हिजै मिलाएर राखेको कलेज ब्याग पछाडि भिरें र "भाउजु गएं है" भन्दै दौडिएं।
"तेरो प्लेन ८ बजे हैन?", दाजुले पक्का गर्नुभो।
"हो", भन्दै पछाडि चडें।

शहर चक्रपथ बाहिर पनि निक्कै बिकास भई सक्यो। दाँया बाँया भर्खर बनेका वा बनीरहेका घरहरु लहरै थपिदैछन। सानोभर्यांग ननीस्कुन्जेल उकडफाकड छ बाटो। चक्रपथमा दाजु बाँया लाग्नु भो, बनस्थली तिर। अब यो चक्रपथ नछोडी गए भईगो, मन मनै नक्सा बनाएं। दाँया बाँया त्यो लहरे पिपल हो कि के का ठुला ठुला रुखहरुले छ्याप्प छोपेका छन, रिङ रोडलाई। बनस्थली चोक। ठेलागाडा र त्यो स-साना काठका छाप्रे पसलहरु खुल्न थालीसकेका छन। बिहानी कक्षाका विद्यार्थीहरु निला, हरिया, कलेजी, थरिथरीका युनिफर्ममा हतार हतार यता उता गरिरहेछन। साच्ची दसैं बिदा त सूरु भएकै छैन नि। मैले पो त मुस्किलले २ दिन अघाडी छुट्टी पाएथें। धेरैजस्तो तेही बनस्थली स्कुलका होलान। राम्रो स्कुल भन्थे, आफुले पढ्न पाएको होइन केरे। के भो त, गाउंमै पढेपनी प्रतिस्पर्धा गरिरहेकै छु। मन वाद बिवाद गरिरहेछ। बालाजु चोक आइपुगेछ। मेरो दिमागको नक्साले काम गरेन। दाजुलाई उपत्यकाका गल्ली गल्ली याद छन। यो छोटो बाटो हुनुपर्छ। बिष्णुमतीको पुल तरेर उता लागेपछी म कता जादैछु थाहा भएन। दाँयाँतिर पसुपती डेन्टल हस्पिटल हो के के लेखेको थियो, दाँया बाँया लहरै घरहरु, एस्तो बाक्लो बस्ती रहेछ, म कहिल्यै नआइपुगेको होकी, आएर पनि मेसो नपाको होकी। त्यो दाँयाको खै के शाहीत्तिक समाज हैन। य हो त, नयाँ बजार पो रहेछ। मोदनाथ शिक्षा मन्त्री थे क्यारे। कती ७ बर्शै भो कि कसो, त्यो युवा सेवा कोशको पुरस्कार थाप्न आथें यहाँ, पहिलो पटक। दाजुले नै छोडिदिनु भाथ्यो।

दाजुले गियर चेन्ज गर्नु भयो, ४ बाट ३ अनी २। त्यो उकालोमा मोटारसाइकल पछाडिनै जाला जस्तो गरिराछ। १ मा नराखी भएन। सरस्वती क्याम्पस कट्यो, अस्कल आयो। धेरै कर्णधारहरुको कलेज। तर बिडम्बना आजकल प्रायस: टायरको थुवाँले रुमल्लिरहन्छ यो कलेज। बिहानै भएर पनि होला, आज केही तल माथि रहेनछ। राजदरवारको त्यो पश्चिम पर्खाल छेउमा पुगेर दाजु दाँयाँ लाग्नु भो। दाँया-बायाँ अलेली पैदाल यात्रीहरु देखिन्छन। कानेटोपिहरुमा। आज निक्कै नै जाडो हो। बल्ल पो ज्याकेटको चेन लगाउने होस आयो। घर जाने उमंगमा बेहोसी बढीरहेछ। आच्ची, ऊ तिनी केटीको सर्टमा चराले बिस्ट्याइ दियो। बिचरा। अस्कल गैराकी जस्ति छन, खैरो खैरो पाइन्ट देख्छु। त्यो सिक्षा मन्त्रालयको पर्खाल छेउको बाटो हिड्यो भने जहिले बिस्ट्याइ खाइन्छ। के जाती चरा हुन कुनी यिनिहरु, टाउको तल झुन्ड्यायर ति पात बेगरका रुखहरुमा सर्बत्र झुन्डिरहेछन।

त्यो ठमेल जाने चोकबाट दाजु बायाँ लाग्नु भो। म आँफैमा हराइरहेछु। साच्चि त मैले केही पनि किनिनछु घर लानलाई। कस्तो उल्लु म। बाटोमा केही पाईन्छ कि। फेरी ढिला पनि हुन लाग्यो। सोच्दै थें दाजु जैनेपाल हल बाट दाँयाँ लाग्नु भो। यो बाटो अलिक तल पुग्यो भने कृष्ण पाउरोटी पुग्छ हैन? ए हो रहेछ। एकछिन दाजुलाई रोक्न लगाएं। यो पाउरोटी पनि गाउँमा त कस्तो चिजको बस्तु पो हुन्छ त। मैले पहिलो पटका यही आएर खाएथें। सुरु सुरुमा त अचाक्ली मिठो लाग्ने। मिठ्ठाइहरु पनि प्रसस्तै रहेछन, कृष्ण पाउरोटीको पसलमा, बेसै भो। अनी दाजु त्यो अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो। कुन चाँही कालो पुल कुन चाँहीं रातो, मलाई कहिल्यै याद भएन। पुल आउनु अगाडिनै दाजु दाँयातिर लाग्नु भो। किन रहेछ, यो फेरी कता हो? ए मैतिदेभी मन्दिर पो त। सिर झुकाएं। चोक आयो। ए गूद्पाक किन्ने भनेर पो त यता तिर आउनु भा रहेछ। र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

...............................
Last edited: 29-Feb-08 04:34 PM

 
Posted on 02-29-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सरररsssssss हाईअड्डा आईपुगीयो मटरसाईकलाँ। अब ट्वीन अटराँ सररर जानि होला भोजपुर तिर।
बरु छिटो छिटो चेकिगको लाइन सरे पो यो डायरी नि बढ्दो हो हैन सुन्तले?


 
Posted on 02-29-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la sachaini bike ko pachadi basera hinya jasto lagyo  la jhattai taasnus arko bhag pani surnatalji.
 
Posted on 02-29-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो, कस्तो काठमाडौं को याद आयो,
अर्को भाग को प्रतिश्यामा

 
Posted on 02-29-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यु,  मैले यो कथा पढेको कि हेरेको छुट्यौनै सकिन।

यो पालि चैँ पोखरा लगेको जस्तो ढिलो नगर्नुस् है।

"अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो।"----त्यो त रातो पुल होला , कालो पुल को त नामै पनि प्यारो लाग्छ, आफ्नो जन्म थलो किन नलागोस्।


 
Posted on 03-01-08 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई,
तो टुइनटर क्या मोज हुन्छ है। हुरुरु आकाशमा, बादलको माथि माथि। डांडा-कांडा माथि। कहिले कुहिरोमा लुकामारी खेल्दै। तल गाउँहरु हेर्दै। कोशीका बगरहरु र खहरेका पहिरोहरु। कहीं त खर्कहरुमा गोठाला र चौरिहरु तेहीं हातले भेटिने ठाउमा जस्तो लाग्ने। उत्तर तर्फ हिमालहरु, सेता टोपी ओडेका, लमतन्न। साच्ची रमाइलो लाग्छ मलाई पहाडी ईलाकामा सानो जहाज चडन।

र ति पिलेन चलाऊनेवाला हरु देखेर जहिले पनि इर्स्या लाग्छ। म किन पाइलाट नबनउ जस्तो। उहिले उहिले भन्थे, छोरोलाई के बनाउने भन्दा पाइलट रे, डाक्टर रे, केही नलागे इन्जिनियर रे। इन्जिनियर भएको ५ बर्ष भ छ, केही लछ्छार पाटो लागेन। अब डा. पनि होइयला, रहदा बस्दा, केही न केही, बरु तेही पाइलट भईयो भने केही हुन्छ कि, म त सब छोडेर फुलौरे गाउंतिर लाग्नु परो भन्दैछु अब, क्रेडिट कार्डहरु बोकेर। 

र मेरो डाएरिमा प्रबेश गरिदिनु भएकोमा हार्दिक धन्यवाद।

प्रेरणा,
म आफ्नो बाइक किन्ने सामर्थ्य राख्नु अगाडि धेरै चडे मेरो दाइको बाइक, कहिले अगाडि कहिले पछाडि। अगाडि बस्दा एउटा मोज हुन्छ, पछाडि अर्कै। पछाडि बस्दा बातावरण खुब मज्जले नियाल्न पाईन्छ, फुटपाथका पसलहरु, छेउमै अर्को बाइकको दबल लोड, पैदाल किशोरिहरु। रमाइलो हुन्छ। अगाडि बस्दा पनि रमाइलो हुन्छ, हुइय हुइक्यायो, यता बाट उता छिरायो, मान्छिहरु जिस्क्यायो। हे हे। 

तल दिपइका पनि आइछन, तिमीहरु हाम्रो घर भोजपुर पनि जाने हो?

 

लहरे कान्त लाकौल,

जीवन काठमान्डुका यादहरु बेगर सदैब अपुरो रहन्छ। पकनाजोलमा पछ्छ्यायका गल्लिहरु हुन वा नयाँ सडकमा रमाएका सांझहरु। पाटनढोकाको रमझम होस वा सानोठिमिको सल्लाघारी।

तिमीलाई पनि स्वागत छ मेरो घरअतिरको यात्रामा। धन्यवाद।

 

दिपका,
 त्यो हिरा रत्न भन्ने भर्खर भर्खर खुलेको थियो, म भर्खर भर्खर बिहे गरेको थिएं। र हामी खै कुन चाँही हो फिलिम हेर्न आएथ्यौं थिम्रो घर छेउमा। अब आए भने चाँहीं पस्नु पर्ला, चिया खुवाउछौ हैन, सुकुमेल राखेर।

यसपाली सजिलो छ, प्लेन मा जाने हो, पोखरा पुग्न जस्तो ढिला हुँदैन। तर तो भोजपुर जाने RNAC को पिलेन जहिले नि ढिला गर्छ, तेसैले एयरपोर्टमा कती कुर्नु पर्ने हो चाँही थाहा भएन है।
       

 

 

 

 

 


 
Posted on 03-01-08 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ भोजपुर पुगेर फोन गर्न नबिर्सिनु है भाईलाई

सँधै जस्तै राम्रो ,अर्को भागको प्रतिक्छ्यामा।।।।।


 
Posted on 03-01-08 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ३५ रुपियाको चाईनिज घडिले मलाई पढ्दा पनि दुख्द दियो, पढाउँदा पनि । न उसले मलाई उठाउन छोड्यो, न म उसले उठाउने बित्तिकै जुरुक्क उठें । कस्तो सम्झाईदिनु भयो ।

..कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने।....
कस्तो मीठो रुपमा सारिदिनु भएको मनको कुरा ।

अनि दाई, मलाई पनि कुन पुल रातो हो, कुन कालो कुन भत्केको कहिले याद भएन ।
किन ति पुल तेस्ता??

कति मीठो गरि यात्रा बर्णन गर्नु भएको छ । राम्रो लाग्यो  । अर्को भाग को पर्खाईमा छु ।

पुराना सम्झंना र सम्बन्धहरु केलाउँदै गर्नु होला ।

--------------------------------------------


 
Posted on 03-01-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलार्म को आवाज त मलाई पनि साह्रै नमीठो लाग्छ भन्या, त्यो बाटातिर बेच्न राखेको अलार्म घडीको आवाज सुन्दा नि झसंग भए जस्तो लाग्थ्यो ।
अमेरिकन सेन्टर हुँदै पुगेको मैतिदेवी छेउको पुल चैं रातो पुल हो !
ल राम्रो लेखाई छ, अर्को भाग नि छिटै पढ्न पाइयोस् है !!

 
Posted on 03-01-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्विनअटर बाट सुइssssय एक्कैचोटि भच्चुर पुगियो हैन त? ल टक्सार तिर भेटौँला है सुन्तले?
गजब छ लेखाइ ! फ्लाईट डिले भा' जस्तै हाम्लाई  नि डिले नगराइदिउ है मार्साब !
 
Posted on 03-01-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाईनी कथा पढेर त्यो पुरानो बसपार्क थियोनी राष्ट्रिय सभा गृह अगाडिको हो त्यहा बाट नाइट बस चढेर नेपाल ( काठमन्डौ ) छोडेर जाडो र दसैंको छुट्टीमा होस्टल छोडेर घर गाको खुब याद आयो, भुली सकेको कुरा एक चोटि छर्लङ आँखा अगाडि आयो हौ।
 
 
Posted on 03-02-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे भाई, आजकाल खुब रमाइलो लाग्छ, गाउंमा घर घर फोन पुगेको छ रे, गाडीको बाटो खन्दै छन रे। केही होला कि त। पुग्ने साथ गरुम्ल नि तिम्लाई फोन। ल मेरो दैनिकी मा छिरेकोमा धन्यवाद।

झापाली भाई,
खै त अरु कथा? लु भोजपुर तिर गएर अर्को कथा लेख्नु पर्छ, टिकट कातेर लाग एयरपोर्ट तिर।

चेली,
मलाई त अलार्म ले सदैब झ्वाक चलाऊछ। फाल्दिमा जस्तो। तर फेरी भोली बिहान भो, नभै हुँदैन। स्वागत छ मेरो डाएरिमा।

रिठ्ठे,
भच्चुर भन्ने शब्द ले मात्रै पनि उसै उसै उमंगित बनाउछ। ल तिमी पनि आउने हो, टक्सारमा भेट्न।

हर्क सोल्टी,
उबेला तेइ एउटा दसैं आउथ्यो र उमंग ले पुन एकपटक जीवन फुल्थ्यो। आजकाल त न दसैं आउछ, न बस परक वा एयरपोर्ट नै पुगिन्छ। अझ बढी यन्त्रबत भईराछ नि जीवन।

र सबै साझा बासिहरु जस्ले समयको सानो टुक्रा मेरो डाएरिमा खर्च गरिदिनु भो, हार्दिक आभार ब्यक्त गर्दछु।


 
Posted on 03-03-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँ फर्कने दिन - २
२०५९ - ६ - २१।
भोजपुर।

---------------------
र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

ठाउँ ठाउँमा सुरक्षा जांच, दाजु टरमिनल भवन भन्दा अलिक तल जाली बारसम्म मात्र आउन पाउनु भो। झोला च्यापें र एक्लै लम्किएं। ७  बज्न लागेछ। आन्तरिक टर्मिनलमा छिरें। खचाखच मान्छेहरु, १०-१२ वटा बिभिन्न उडान सेवाका काउन्टरहरु।  एकछिन यता उती गरें। ७ बज्यो। भोजपुरको RA काउन्टर खुल्यो। १६५ Airport Charge बुझाएं। सामान जोखाउनु केही थिएन, झोलामा हाते बिल्ला हाल्न लगाएं र भित्र पट्टिको departure हल मा छिरें। साडे सात हुन लागेछ।   

त्यो हल रमाइलो थियो, नरमाइलो पनि। रमाइलो यसर्थ कि धेरै थरिका रंगी बिरंगै मान्छेहरु आउछन, डुल्छन, बस्छन र जान्छन। यि सबहरुलाई नियाली रहन बहुत आनन्द आउछ। नरमाइलो यसर्थकी म RNAC को उडानमा छु - जो अक्सर लामो समय कुराउंछ र बारम्बार स्थगित भई रहन्छ। यि सबको नैरास्यता र के होला, कसो होला, कहिले उड्लाको अस्थिरतामा त्यो कुरुवा हलमा अल्मल्लिरहन दिक्क लाग्दो हुन्छ।

यो पटकको यात्रा पनि उस्तै रह्यो। धेरै बिदेशिहरु हलमा छिरे र कुर्सिहरुमा बस्ने, सौचालय छिर्ने, क्याफे र किरना पसल जाने, अंगालो मारेर यता उता भौतारिने अनी departure gate को लाइनमा बसेर गाडी चडने (जस्ले प्लेन सम्म पुर्याउछ) सम्मको क्रीयाकलापमा औसत आधा घण्टा जती बिताए हुन, मेरा सामु। धेरै कालाहरु पनि थिए, अफ्रिकन। धेरै गोराहरु पनि थिए। र बढी चाँहीं भारतीयहरु थिए। धेरै बच्चाहरु आए, दौडिए, चुइगम पड्काए, झगडा गरे, आमा-बाहरुलाई पिरोलिरहे वा भनौं अल्मल्याइरहे र उसरिनै बाहिरिए। कुनै एउटा airlines को कुनै एउटा flight. धेरै मसिना बच्चाहरु पनि आए, बामे सर्ने वा टुकुटुकु हिंड्ने। अरु कोही आमाका काखहरुमा निधाइरहेका वा स्तनपान गरिरहेका। दुइ चार तेस्ता यात्रुहरु पनि देखिए जस्लाई नेपाली हो वा बिदेशी खुट्याउन सकिएन। तिनिहरु बिदेशी पनि हुन सक्छन, अलिकता नेपालीपन अपनाएका। वा नेपाली पनि हुन सक्छन, धेरै बिदेशिपन अपनाएका। र संग संगै २-४ सुनौला, सुन्दर अनुहारहरु पनि देखा परे र बिलाए, कोही श्रीमानसंग, कोही केटा साथीसंग, कोही आमासंग, कोही साथीसंग, कोही एक्लै।

एउटा भारतीय जोडी र उनिहरुका २ वटा बच्चाहरुलाई धेरै बेर नियाली रहें। कहिलेकाहीं यस्तो लाग्छ कि तुरुन्तै बिहे गरौं र फटाफट एक दर्जन छोराछोरी बनाउं। कती रमाइलो होला ति प्यारा कलीला आँखाका नानीहरु संग खेल्न, जिस्कन, चलाऊन, रुवाउन, हसाउन। जुन ति भारतीय बच्चाहरु र उनिहरुका आमा-बा बिच भई रहेछ। तर यो मेरो निमेसभरको आवेश पनि कत्ती नमज्जाको। मनौ उनिहरु एउटा यन्त्र हुन। म एकबिहानै उठ्छु र पावर अन गर्छु। दिन भरमा भकाभक १०-१२ बच्चाहरु उत्पादित हुन्छन- दुरुस्त बच्चाहरु - जसरी गुडियाहरु दुरुस्त हुन्छन। यो मेरो आवेस कदाचित नारिहरुलाई होच्याउन अभिप्रेरित हैन, भनिहाले, एउटा आवेसको उद्वेग मात्रै हो। उनिहरु त आमाहरु हुन, निस्वार्थ मायाँले भरिएका। उनिहरु त श्रीजना हुन, श्रीजनासिलताका पारखी। उनीहरु त जीवन संगिनी हुन, गाडाको अर्को पांग्रो, मोहोरको अर्को पाटो, त्याग आत्मियताका महासागरहरु। उनीहरु त दिदी बहिनी हुन, सदैब मेरो रक्षाका लागि बांचिरहेका, कोमलताका प्रतिमुर्तिहरु।

अझ बढी, वास्तवीकता त पर छ, क्षितिजतिर। तुरुन्त विवाह, एउटा अर्को आवेसको उद्वेग हो। असम्भव। विवाह एक्लै हुँदैन। जव कोही अरुसंग विवाह गरिन्छ भने उस्लाई अपनाउन सक्ने क्षमता पनि आफुसंग हुनुपर्‍यो। त्यो अझै तयार भईसकेको छैन। भनिहालें विवाह कोही अरु संग गरिन्छ - अर्को लिंग। धेरै वा भनौं अनगिन्ती फरकपनाकादुई बाटाहरु उदांगिएर एकठाउँमा जोडीने हुन। यसले एउटा जटिलतम परिस्थितीमा जकडिदिनेछ। त्यो परिस्थितीलाई शहज बनाउन सम्झ्यौता गर्न सक्ने शाहस र क्षमता सुध्रिड हुनु पर्‍यो, म मा। अन्यथा हाम्रा बाटाहरु भत्कन सक्छन, भास्सिन सक्छन।

उफ, यो एउटा abstract 'हामी'। किनकी कोही अरु गासिएको छैन- भौतिक रुपले- म संग, ताकी म हामी ओड्न सकौं। यो 'हामी' एउटा आत्मिए चित्र हो, मनको प्रिस्ठभुमिमा नजानिदो पाराले, नदेखिने रंगहरुद्वारा सुस्तरी पोतिएको सुन्दर चित्र।

साच्ची बाटो यहाँनिर पनि हराएछ। म मेरो यात्रामा थिएं। वास्तविक। तर लिग छाडेर पहाड तर्फ उक्लन प्रयास गरेछ। शहयात्राको पहाड। "नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले।" बेकारका वकवासमा म किन मस्तिस्क घोटिरहेछु? उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ। यहाँनिर चौतारीको प्रसंग किन महत्वपूर्ण छ भनेकी कोही पनि एक्लै अर्को कोहीसम्म पुग्दैन। दुबै बिचको समझदारिले मात्रै एक आपस्तमा सम्म पुर्याउने काम गर्छ। म चाहन्नकी यो सम्म पुग्ने कामको सम्पूर्ण उत्तरदायित्व महिलावर्गमै छाडौं। त्यो अन्याय हो। के भौतिक रुपमा पुरुषको भनिएको कटेरोमा आफ्नो वासस्थान सार्नुनै ऊ सम्म नारी पुग्नु हो त? के पुरुषको कुनै जिम्मेदारी छैन त, यो शहयात्रामा उनितिर लम्किन? कदाचित हैन। कोहीसम्म पुग्नु भनेको मनको कुरा हो, भावनाको कुरा हो, अन्तरंगको कुरा हो। भौतिक रुपमा ४ वटा पर्खालहरु र एउटा ओतले बनेको त्यो सानो अभयव त एउटा कारागर मात्रै हो - मान्छेलाई उन्मक्त र खुला आकाशबाट अलग्याउने। त्यो अभयव त जतिबेला पनि भत्कन सक्छ। भत्काउन सकिन्छ। सानो बढी, पैरो वा भुइचालोले चकनाचुर पारीदिन सक्छ। त्यस्को अस्थित्वनै बिलाउन सक्छ। वास्ताविक कटेरो त मनमा हुन्छ। वास्तबिक घर त मनमा हुन्छ। मुटुमा कोरिएको त्यो घर मात्रै युगौं युग अमिट रहन्छ। हो त्यो घर वास्ताविक हो। जहाँ हामी पुग्छौं, शहयात्राका लागि।

र मेरो यो शहयात्रा एक्कासीको हुनेछ, म एकै पटक उनको घर सम्म पुग्नेछु, उनी मेरो सम्म। त्यो समायोजन एक्कासीको हुनेछ। सुभ्र। इमान्दार। शान्त। र स्निग्ध। मैन बत्तिको शिखा जस्तै।

........................

Last edited: 03-Mar-08 05:49 PM

 
Posted on 03-03-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going surnatalji


 
Posted on 03-03-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, good going!!!!

मेरो घरमा आउने मान्छेलाइ म चिया ख्वौदिन होला त? ल चिया मत्रै होइन खाना खाने नै गरेर आउनुस है हजुर र भाउजु दुबै जना

प्रेरणा भोजपुर जाने हो? आमालाइ चैँ तिमी सोध है? फेरी सुनतले ज्यु जता गए पनि  तिमीहरुलाई जानु पर्छ भनेर गाली गर्नु होला


 
Posted on 03-03-08 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु  आमालाइ सोद्न त सोद्थे अस्ति प्रशान्त आएर च्या खाएर गा दिन तिम्लाइ झपारेको देखेर मेरो सातो उड्या छ कसरि सोध्ने हो भागेर जाम बरु।
 
Posted on 03-03-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भागेर जाम"---  

अनी फर्के पछी चैँ के भन्ने? कि सुन्तले ज्यु लाई दोश थोपर्दिने हो,  जान्न भन्दा पनि जबर्जस्ती लगेको भनेर


 
Posted on 03-03-08 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho tyehi bhandu na --hamro k jancha ra 

 


 
Posted on 03-03-08 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"hamro k jancha ra"-----  अरु त होइन आमले चुरा फुट्ने गरेर चाडकाएपछी अगाडिका दाँत चै जालन् यो उमेरमा
फेरी सुन्तले ज्यु लाई थाहा भयो भने त आर्को चोटि नेपाल गंज जाँदा हामीलाई भन्दै नभनी कन लुसुक्क जाने होला


 
Posted on 03-03-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dippu, कुरा चै ठिकै गरयोउ है तिमिले ,ए साचि अस्ति (त्यहि झ्यालाट हाम्फालेको कुरा मा) तिम्रो झर्या दात भेटियो कि भेट्या छैन,       

अति भयो सुर्नतालजिले खेदाउनु हुने भयो अब।


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters