[Show all top banners]

Morange
Replies to this thread:

More by Morange
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Must read article Published in Kantipur
[VIEWED 6682 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-10 4:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वाधीनता र देशभक्तिको अपव्याख्या




    डा. रमेश ढुंगेल

     




    [Disallowed String for - ] type=text/java>


    [Disallowed String for - ] type=text/java src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


    [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

    [Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

    [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

    [Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
    फे रि पनि वर्तमान र इतिहास दुवैको अपव्याख्या ओकलेका छन्, माओवादी नेतृत्वले । सात समुद्रपारबाट साम्राज्यवादी हुंकार लिएर हिन्दुस्थान दबाउने र हिमालको चिसो हावा र जडीबुटीलाई स्वच्छन्द सेवन गर्ने प्रलोभनमा हाम्रो मातृभूमिमाथि धावा बोल्ने अंग्रेजको विरोधमा हिमाली जनतालाई अनेक उपायले एक ठाउँमा उभ्याउन जग खन्ने र हिन्दुस्थानीहरूलाई पनि त्यस कुरामा चेतना जगाउन प्रयास गर्ने पृथ्वीनारायण शाह जस्तालाई नै 'विस्तारवादी' को संज्ञा दोहोर्‍याएका

    छन् । रामबहादुर थापाको भाषणमा स्पष्टै परेको यो धारणा दुनियाँले पचाउन नसके पनि सुन्नचाहिँ पर्‍यो । खासमा पृथ्वीनारायण देशका साझा संस्कृतिका संरक्षक र नेपाल र नेपालीका स्वाभिमानका प्रतीक भएको यथार्थ बुझ्नै खोजेनन् माओवादीले । उनी त अंग्रेजले हिन्दुस्थान दबाएर त्यहाँका जनताको शिर निहुरिएर भुइँमा पारेको र यस भेगकै प्राचीन र परम्परागत सभ्यताको मानमर्दनमात्र नभएर धूलिमैदान पारेको विरोधमा चेतना जगाउने तात्कालिक सामन्तयुगको क्षेत्रीय नेता पो

    थिए ।

    सायद लाखभन्दा बढी संख्याको कार्यकर्ता, समर्थक तथा आसेपासेको भेलालाई सम्बोधन गर्न नपाएर मन खुम्च्याएका डा. बाबुराम भट्टराईले पनि खुलामञ्चको भेलाको भोलिपल्टै जनताका हक-अधिकारलाई विवेकशून्य ढंगले कुल्चँदै बीचै बाटोमा आयोजना गरिएको एउटा भीडलाई सम्बोधन गरे । हामीलाई आशा थियो, यिनले त रामबहादुरका जस्ता विवेकशून्य र इतिहास असम्मत कुरा ओकल्दैनन् भनेर । दुर्भाग्य के भयो भने बाबुरामले पनि भीमसेन थापालाई पो 'महान् देशभक्त' मान्दै त्यस्तैखाले देशभक्तिमा लाग्ने माओवादी दृष्टिकोणलाई उजागर गरे ।

    पुष्पकमल दाहाल र अरू पनि माओवादी नेतृत्वका निम्ति गाउँका गरिब र हातमा लाठी बोक्नेमात्र जनता, सहर-बजारमा बनिबुतोबाट सक्षम भई कलम समाउने भएका समेत अरू सबै सामन्त, जनघाती, राष्ट्रघाती भए । अनि त्यसैगरी अभद्र रूपमा सार्वजनिक मानवीय अधिकारलाई कुल्चने र त्यस अभियानमा लाग्न तयार हुने जतिलाई देशभक्त जनता र शान्ति रोज्ने र चुपचाप आफ्नो काम र व्यवसाय गरेर जीवन धान्नेलाई चाहिँ देश र जनताका शत्रु देख्ने राजनीतिक र सामाजिक दुवै दृष्टिबाट अपव्याख्यात्मक अभिव्यक्ति ओकल्न कुनै पनि वक्ता पछि परेनन् ।

    रामबहादुर -बादल) ले उनको अत्यन्त अविवेकी लाग्ने नेपाली-नेपालीमाझ सोझै आपसी घृणा र हिंसा उब्जाउने वा बढाउने खालका अभिव्यक्तिमा बहुपक्षीय -दलीय) गठबन्धनको शासन तथा दलका उच्च पदमा रहेका माधव नेपाल तथा सायद झलनाथ, ओली, सुशील, शेरबहादुर, रामचन्द्रजस्ता कांग्रेस-एमालेका नेतृत्व पंक्तिलाई संकेत गर्दै तिनका वैचारिक समर्थकहरू समेतलाई रणबहादुर शाह र भीमसेन थापाजस्ता अविवेकी संहारका सामन्तका कोटीमा राखेर त्यस्ता कथित सामन्तलाई पुर्न आफ्ना कार्यकर्तालाई उक्साउँदै खाडल खन्नका लागि बेल्चा र कोदाला उठाउन आह्वान गर्नेसम्मका अत्यन्त असभ्य गर्जन गर्न एकरत्ती पनि हिचकिचाहट गरेनन् । स्मरणीय छ, नेपाली ढुकुटीबाट तलबभत्ता र सुविधा खाने रोलक्रममा परेका ६ सय १ जनाको निर्वाचित तथा मनोनीत सभासदमध्ये धेरै संख्या माओवादी नेता-कार्यकर्ताको छ । त्यसै संख्याको आधारमा गणतान्त्रिक नेपालको पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने अवसर पाएको पनि हो । यसो भए तापनि विरोध संस्कृतिको मात्र विशेषज्ञ भएका नाताले समन्वयात्मक शासन चलाउन असक्षम बन्दै राष्ट्ररक्षाको अत्यन्त अनुशासित र संवेदनशील सेवामा कार्यरत शिक्ष्ाित र लोकतन्त्रलाई राम्रैसँग आत्मसात गर्ने अनुभवी जनरलहरूलाई मात्र पनि आन्तरिक रूपमा मिलाउन नसक्ने, मन्त्रीहरूका मन्त्रालय फोरफार गरेर आन्तरिक व्यवस्थाको चाँजोपाँजो गर्नसमेत नसकी हठका भरमा राजीनामा दिएर सरकार छाड्ने पनि माओवादी नेतृत्व नै हो ।

    अब एकछिन ऐतिहासिक अपव्याख्यासम्बन्धी विश्लेषणतर्फ लागौँ । भीमसेन थापालाई माओवादीहरू 'महान् देशभक्त' र स्वाधीनताका गुरु मान्दै उनको पदछापको अनुशरणको प्रयासमा लाग्दारहेछन् । यो एउटा अनुमानको कुरा नभएर उनीहरूको आफ्नै उद्घोषको कुरा हो । हो, माओवादीले जस्तै भीमसेनले पनि गरिब, निमुखा र चेतनाका हिसाबले पछि परेका नेपालीलाई समेटेर नेपालको इतिहासमा राज्य निर्माण वा सीमान्त क्षेत्रमा शत्रुपक्ष्ासँग लड्नका लागि नभई आफू र आफ्ना आसेपासेको मात्र सानो घेराभित्र सत्ता कायम गर्ने हेतुले पहिलोपल्ट ब्यारेकसहितको आफ्ना चाकडीदार र विश्वासपात्रले भरिएको करिब ६ हजार सेनाको थालनी गरे । यो सेना तिनताका माओवादी दस्ताजस्तै नेपाली गरिब, निमुखाहरूको नै थियो र पूर्णरूपमा भीमसेन र उनका समर्थकका शक्तिका रक्षाको पहरेदारमात्र थियो । आफूले एकपल्ट पनि बन्दुकै नसमातिकन र कुनै पनि लडाइँमा भागै नलिइकन 'जनरल' को उच्च सैनिक पदवी लिनमा भीमसेनलाई लाज र घिन लागेन । यसै सैन्यबलका भरमा निरंकुशता, भय र त्रासले पूर्ण शासन भीमसेनले चलाएका थिए भन्ने कुरा पुराना दस्तावेजमा पढ्न पाइन्छ ।

    भीमसेन थापा बिना योजना र बिना सोच अंग्रेजका विरुद्ध डुक्रने गर्थे, ठ्याक्कै आजका माओवादीझैँ । त्यसो गर्दा सरदार अमरसिंह र झक्ति थापाजस्ता राज्य निर्माण र अंग्रेजसँग लड्ने वीर योद्धाका विरुद्धमा समेत खनिने गर्थे । रणबहादुर जस्ता अविवेकी राजालाई उक्साएर खुट्टा बाँधेर बेइज्जतसम्म पनि गर्ने गर्थे । अंग्रेजी 'जनरल' पदवी लिने र प|mेन्च ट्युनिकसहित पश्चिमा शैली र चालचलनलाई नेपालमा भित्र्याउने वा नक्कल गर्ने, गराउने पहिलो नेपाली पनि भीमसेन नै हुन् । बिना राष्ट्रिय सोच र योजनाशून्य, अदूरदर्शी तथा निरंकुश नेतृत्वका कारण हामीले नेपालको राष्ट्रिय अखण्डता गुमायौँ, झन्डै ३ खण्डको १ खण्ड भूभाग अंग्रेजलाई सुम्पन पुग्यौँ, भीमसेनको मुख्तियारकालमा । उनले राजा, राजपरिवारका सदस्य, काजी तथा जनसाधारण सबै किसिमका नेपालीको निर्ममताका साथ दबाउने, अंगभंग तथा हत्या गराउने काम गरे । अभक्ष खुवाउने, शूलीमा चढाउने, हिंस्रक पशुको खोरमा पठाएर खुवाउने र सजाय पाएकाहरूको सर्वस्व हरण गरेपछि तिनका स्त्रीहरूलाई नांगेझार पार्दै तात्कालिक समाजले तल्लो मानेका पोडे, च्यामे, दमाई आदिलाई जिम्मा दिनेसम्मका क्रूरताका काम भीमसेन थापाबाट भएका थिए । उनले १८६० चैतको एउटै काण्डमा लगभग १२ जना काजी, भारदारहरू मार्ने काम गरे । १८६३ वैशाखमा रणबहादुरको हत्याको निहुँमा सती पठाएका आइमाईहरू र केटाकेटीसमेत करिब ९३ जनाको इहलीला उनैले समाप्त पारेका थिए ।

    यहाँनिर माओवादी स्वाधीनताको ढोल पिटाइ, समयसापेक्ष योजना र तालिमबिना देशको सेनाको एकैचोटी उच्च पद समेत दिलाउने र लिने प्रयास गर्ने, नेपाली-नेपाली बीचमा जातीय र अन्य किसिमका विभाजन ल्याउने र समयोचित शिक्षाको अभाव र त्यसको पर्खाइमा रहेका गाउँका सोझासाझा जनतालाई आफ्नो सत्ता स्वार्थमा नाना रंगका सपना बाँड्दै उपयोग गर्ने जस्ता काम भएका छन्, जुन उनीहरूले भनेजस्तै भीमसेन थापासँग ठ्याक्कै मिल्ने खालका छन् । नेपालको इतिहासमा युद्धमैदानमा बाहेक षडयन्त्र र हठवादका कारण सबैभन्दा बढी संख्यामा आफ्ना विरोधी भनिएका होनाहार नेपाली सिध्याउने क्रूर व्यक्ति भीमसेनको तुलनामा अर्काे पाइएको छैन । वि.सं १८६० ताकादेखि १८९३ सम्ममा सयौँ नेपाली सपूतहरूको ज्यान गयो र नेपाली शासन व्यवस्थामा क्षमताका हिसाबले शून्यको अवस्थाको सिर्जना भयो ।

    माओवादीका विगत र वर्तमान चालले त्यस्तै हठवाद र निरंकुशताका लक्ष्ाण देखाएका छन् भन्नुमा अत्युक्ति हुँदैन । हेरौँ, इतिहासले कुन दर्जामा राख्ला आजको माओवादी नेतृत्वलाई । ठन्डा दिमागले सोचौँ त कस्तो स्वाधीनताको कुरा गर्दैछ माओवादी ? अस्ति खुलामञ्चमा र हिजोसम्म गल्ली-गल्लीका कोणसभाका नामका हूलमा उनीहरू माधव नेपाल र अन्य पार्टीलाई भारतपरस्त, विदेशीका दलाल भनिरहेका थिए । लगभग त्यसैबेला उनीहरूले नै भनेजस्तो भारतीय 'प्रभु' मा फूल चढाउन राम कार्कीहरूलाई दिल्ली पनि पठाउँदै थिए । त्यसबेला 'प्रभु' का काठमाडौंस्थित दूतलाई आफैँ बस्ने महलमा बिहानै कफी ज्युनारमा निम्त्याउँदै थिए, पुष्पकमल दाहाल । यो कस्तो आरोप, कस्तो स्वाधीनताको व्याख्या हो र जनता झुक्याउने तमासा हो ?

    वास्तवमा सीमामा आधारित नेपाली स्वाधीनता र युरोपमुखी -युरो-सेन्टि्रक) राष्ट्रवादको कुरा गर्नेले सबैभन्दा पहिले जंगबहादुरलाई सलाम चढाउनुपर्ने हो । किनकि जंगबहादुर नै पहिलो नेपाली हुन् जसले दक्ष्ािणमा राष्ट्रिय स्तम्भ र उत्तरतर्फ नाका-नाकामा बडेबडे पर्खाल समेतको व्यवस्था गरी देशलाई विधिवत् राष्ट्रिय सिमाना स्तम्भ र पर्खालहरूले बाँधेर भविष्यका पिँढीलाई समेत ढुक्क हुनेगरी देशको सुरक्षा र स्वाधीनताको बन्दोबस्त गरेका थिए । सुगौली सन्धि भएपछि हाम्रो भूभागमा एक रौँ बराबर पनि वृद्धि हुने ठाउँ नभएको स्थितिमा जंगबहादुरको कूटनीतिक चालले पश्चिम तराईको त्यत्रो भूभाग फिर्ता भयो जसमा नेपालगन्ज, धनगढी र महेन्द्रनगर जस्ता ठूलै सहरहरू विकसित भएका छन् । यता हाम्रा माओवादीहरू भने कार्लमाक्र्सले गरेको 'बेलायती कुत्ता' भन्ने जंगबहादुर उपरको गाली देशको वास्तविक इतिहासै नबुझिकन हुबहु उतार्दै हिँड्छन् । कार्लमाक्र्स र हाम्रो मूल्यांकनमा जंगबहादुर एउटै हुन सक्दैनन् । एउटा हिन्दुस्थानीकै सोचमा पनि जंगबहादुरको मूल्यांकन हाम्रो भन्दा फरक अवश्य हुन्छ ।

    हाम्रा माओवादी भीमसेन थापाका जस्तै आफूद्वारा खडा गरिएको सैन्य-दस्ता वा अर्धसैनिक सैन्य-दस्तासँग मात्र विश्वास गर्छ । त्यसैगरी भीमसेनजस्तै आफ्ना समर्थक बाहेकलाई मान्छे र जनता नै मान्दैन । आफ्ना कार्यक्रमको टीकाटिप्पणी नै सुन्न चाहँदैन । हजारौँ-हजार जनताको शान्तिको माग र चाहना राखेको हतियार र लाठीरहित सभालाई समेत स्वीकार गर्न सक्दैन भने त्यो भीमसेनको जस्तो आत्म र देशध्वंश गर्ने दम्भ नभएर के होला त ? शान्तिसभा समेत बिथोल्न माओवादी कार्यकर्ता र नेतृत्व वर्गले प्रयास गरेकै हुन् । असनतर्फबाट सभामा सम्मिलित हुन जाने यो पंक्तिकारको समूह र त्यस्ता अनेकनलाई डन्डा तेस्र्याएर रोक्ने प्रयास गरेकै हुन् । 'शान्तिवाला हो, सेतो सर्ट लाउने ?' त्यसलाई रोक्नुपर्छ भनेर डन्डी बोकेका माओवादीले भनेकै हुन् ।

    प्रमुख नगरमा बसोबास गर्ने नेपाली नागरिकहरूले आफ्ना पाखुरा, बुद्धि, विवेकलाई प्रयोग गरेर निर्माण गरेका, गुल्जार गरेका टोल, डबली, सडक, गल्ली तथा घरकरेसामा समेत शान्तपूर्ण ढंगले बस्न र खान नपाउने अवस्थाको सिर्जना भएकै हो । के दोष र अपराध थियो ती सहर, गल्ली र टोलवासीको त्यस्तो हिँडडुल गर्ने र आफ्नै पसिनाको आर्जन प्रयोग गरेर खान र आराम गर्नसमेत सुविस्तासाथ नपाउनुपर्ने भन्ने प्रश्न अझै अनुत्तरित नै छ ।

    एउटा कुरा हामी सबैले इतिहासबाट बुझ्नुपर्छ, कसैको पनि वर्तमान क्षणिक जित, हार, उन्माद, रिस, क्रोध आदि कुराको निरन्तरता हुन सक्दैन । भीमसेन थापाका अमानवीय, घृणित र अति हठवादी कर्मले एकपल्ट तहसनहस अवश्य पार्‍यो, नेपाली राजनीतिमा, प्रशासनमा र समाजमा । कसैले ठाडो आँखा उघारेर हेर्न सक्दैनथे उनलाई । तर, उनको निजी जस्तो ६/६ हजारको सैन्य-दस्ता कहाँ पुग्यो ? आखिर उनको पनि गल्लीको भुस्याहा कुकुरको भन्दा निम्नकोटीको मरण हुँदा त्यत्रो सुविधा र विश्वास दिएका सिपाहीका समूहको एउटा पनि देखिएन, उनको दर्दनाक अवसानका बेला । भीमसेनको अर्धमरण शरीरलाई अघि सत्तामा वा सैन्यशक्तिको दम्भ भएका बेलामा गरेका कर्तुतजस्तै विष्णुमतीको बगरमा फालियो । ९ दिनसम्म स्याल र गिद्ध जीवित र सिनु के हो भनी जाँच गर्दै घेरेर बसे । मरणपछि उनका शरीरका मासु लुछ्नका निम्ति । आखिर त्यस्तै भयो । स्याल, गिद्धले भीमसेनको मृत शरीरको मासु खाए । ९ दिनसम्म बडो सकस र पीडापछिमात्र अवसान भयो उनको । तिनै मसानघाट नजिकका स्याल, गिद्ध र कुकुरबाहेक कुनै मानव अनुहारसम्म पनि देखापरेन त्यहाँ । उनको परम्परागत सद्गतिका कार्य पनि भएनन् । उनका आसेपासे, नातेदार सबैलाई कि मारियो कि डाँडा कटाइयो । श्रीमतीलाई बिना जुत्ता घोर बेइज्जतीसाथ पहाडतर्फ निष्काशन गरियो । बीसौं शताब्दीको अन्त्यको रुमानियाका निकोलाई चौचेस्कुका, सद्दाम हुसेन र पोलपोटका अन्त्यका घटनाले पनि हामीलाई शक्तिका दम्भ र तिनका अकल्पनीय अवसान, क्रूरताका र विवेकशून्यताका अचम्म लाग्दा घटना र प्रतिफललाई मनै झस्काउने गरी स्मरण गराउँछ ।

    काकाले बनाएको ६ हजारको आफू अनुकूलको सैन्य-दस्तालाई ९ हजार पुर्‍याएर कसैले केही गर्न सक्दैन भनेर अहंकारका साथ राज्य गर्ने, एकै रातमा १९ जनाको, एकै काण्डमा दर्जनौँ असल काजी र भारदारको ज्यान लिनसक्ने माथवरसिंह थापा -नेपालका प्रथम चिफ मिनिस्टर र कमान्डर इन चिफ दर्जा लिने) जस्ताको पनि ६ महिना शासनकाल पनि नबित्दै आफ्नै भाञ्जो र आफन्तसमेतको संलग्नतामा इहलीला समाप्त भयो । अत्यन्त तुच्छ मरण भयो उनको । मरेको लासलाई नियुक्ति गर्ने राजाले नै लात्ताले हानेर भर्‍याङबाट तल खसालिदिएको हृदयविदारक घटना पढ्दा र सुन्दा अचम्म लाग्छ नै । त्यसैले 'म', 'हामी' वा कुनै समूह धेरै बलियो भएको छ वा मैले ठूलो दस्ता बनाएको छु, म '१ वा २ लाखका मेरा समर्थकको एकैचोटी परेड खेलाउन सक्छु' भन्नेजस्ता हठ र अहंकारले मात्र यदि बुद्धि, विवेक, संयम आदिको प्रयोग नभएमा वा राष्ट्रिय स्वार्थबाट व्यक्तिगत वा त्यस्तै पार्टीगत वा समूहगत तथा आफूले निर्माण गरेको दस्ताको मात्र हेक्का गर्न थाल्दा न आफ्नो हित गर्छ न देश र समाजको नै । यस कुरामा विश्वास गर्न कार्लमाक्र्सका एकताकाका अत्यन्त निकट सहकर्मी तथा पछि भिडन्तको वा द्वन्द्वको राजनीतिबाट देश र समाजलाई फाइदा हुन्छ भन्ने कुरामा विश्वास गुमाएका पूर्ण कट्टर समाजवादी -वामपन्थी) तर पछि मध्यमार्गी प|mेन्च विद्वान् जर्ज सोरेलको भरसक पूरै पुस्तक नभए पनि त्यसैबेलाका अर्का कट्टर माक्र्सवादी वामपन्थी डेनियल हेलेवीलाई उनले लेखेको ३०/३५ पेज लामो त्यसै किताबमा छापिएको अति विद्वतापूर्ण चिठीमात्र पढे पनि पुग्छ । उक्त किताबको नाम हो, रेफ्लेक्सन अन भायोलेन्स । अन्त्यमा, माओवादीसमेत सबै नेपाली र हाम्रो मातृभूमिको सदा कल्याण होस् ।

    लेखक सिनाससँग सम्बद्ध छन् ।


     
    Posted on 05-11-10 8:37 AM     [Snapshot: 168]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     


    खोई भीमसेन थापा कसता थिए त्यों थाहा भयेन तर माओबादी ले गएको बंदबाट कही शिक्षा लिए राम्रो हुन्थ्यो .

     
    Posted on 05-11-10 9:38 AM     [Snapshot: 323]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Who is this writer?
    Seems like he is Rajako Gula Chatne..
    Whats wrong in Maobadi taking example of heroes other than Rajas or Ranas (are they the only heroes of history)? The writer seems to beg to praise the Rajas and Ranas.
    Just because its published in Kantipur does not mean anything, Kantipur is not credible enough.

     
    Posted on 05-11-10 10:07 AM     [Snapshot: 354]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    If someone reads "Das Capital"by Carl Max and does not have any idea about Economics then his vision and conclusion will be quiet different than the person who is familiar about it. Broaden your horizon, try to get the content , do not be judgmental and bias about the publication.

              I read it as Maoist need to change their way of doing things around, once they are in the democratic path it must be followed. If they want to be in government they must come through the proper channel not this way.
              One thing for sure " you must acknowledge about the right things done by any party or any person even you are against them, You can be against the person but not against the right thing they have done in their life" If you can not differentiate then you are not unbiased on your thought processing. Hey do not take it personal, lets argue as we are little literate than those who did not got this opportunities. Hoping we have graduated from High School.

     
    Posted on 05-11-10 10:10 AM     [Snapshot: 409]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Prithvi Narayan Shah was not what he was portrayed to be by the historians in Nepal. This is his true picture...


    http://www.sajha.com/sajha/html/OpenThread.cfm?ThreadID=75855


     
    Posted on 05-11-10 11:26 AM     [Snapshot: 556]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    The writer is a historian, a professor of history in TU and was also in School of Oriental and African Studies in London. He has the authority to speak on these matters.

    To say that Bhimsen is not Shah or Rana is to expose your ignorance to others. First read history and then talk.

    To Newlynew: yea, now I will learn history from sajha! Or from Maoists or other ethnocentric blogs. You want me to believe they will be impartial.

    Most of the historians in TU's history department, including Newars and Limbus, have spoken against Maoists and spoken in favor of Prithvi Narayan Shah, eventhough most of them have criticized other kings such as Rajendra, Surendra, Ranabahadur etc. I would suggest people here to read history books themselves and make ideas rather than follow some jatibadi neta/maowadi neta to understand our country.

     
    Posted on 05-11-10 11:53 AM     [Snapshot: 577]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    I had a good impression of Bhimsen Thapa; it is good to learn different aspect from someone at CNAS.

    I don't think that the writer is favoring for Ranas or Shahs by wrtiting this article. He simply wrote what he learned from history books in contrast to maoists propagandas. Jung Bahadur made those pillars; that's the truth; that's why it's still called "Junge Pillar". But he also pushed our country into the dark era behind many decades by not allowing anyone from getting education when other countries were having scientific discoveries. Jung Bahadur also imprisoned king Rajendra with the help of his own son Surendra. After Jung Bahadur's death, his offsprings also faced a bad misfortune from Jung Bahadur's own brothers. So it seems like bad deeds did get punished and will get punished.

     
    Posted on 05-11-10 12:03 PM     [Snapshot: 623]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    I think what the article is trying to say--in my opinion-- was that in some aspects, Jung was better than Bhimsen himself (of course not in all aspects). For example, Bhimsen Thapa lost land in sugauli sandhi, but he didn't even resign or took any moral responsibility. He called himself 'general' and wore French tunics. Jung bahadur, afterall, is the only prime minister after Sugauli Sandhi who actually brought some land back, and managed the border. thulthulo rashtrabadi guff dheraile die pani border management or gumeko jagga firta garaune sawalma no body has beaten Jung Bahadur so far. Junge was wrong in starting jahaniya rule, but if rashtriyata is the only criterion to judge, few PM can beat him. That's how historians , such as Dr Dhungel, Dr Rajesh Gautam, Dr Triratna Manandhar etc judge him and that makes sense to me too.
     
    Posted on 05-11-10 12:10 PM     [Snapshot: 652]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     
     
    Posted on 05-11-10 12:18 PM     [Snapshot: 623]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    I loved the article. Loved the way he has presented it. He has not supported anyone or tried to be bias. I am a peace loving Nepali what ever party you belong to just let me live my life happily. 
     
    Posted on 05-11-10 12:55 PM     [Snapshot: 767]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Pire: I don't think I can dismiss logs of a notable missionary as easily. In fact, it may be more credible than some of the Nepali historians driven by their own agendas.
     
    Posted on 05-11-10 1:42 PM     [Snapshot: 845]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Dear Newlynew,

    Don't get me wrong, but please tell me who are those people you call 'notable missionary'? How much do you know about them? Say, father Giuseppe who wrote that piece on Asiatic Researches about Kirtipur assault. Tell me what else you know about him to make him so notable except that what he wrote perhaps sounds concordant to those ears that want to feel they are victimized?

    In reality, if you look at the geopolitics of that time, the Italian and Spanish missionaries went around the world to convert. In America (South/North), they were instrumental in leading emperialists and destroying local culture. In Kathmandu too, you can find evidence of such destruction or attempted destruction of local culture by missionaries. Missionaries like Giuseppe were not happy that they were kicked out by Prithwi Narayan Shah after he conquered Kathmandu. They just wrote bad things about  him and campaigned against him from their refuge in Bettiah. Some of what they wrote were perhaps true--but mostly they were writing with extreme hatred and malice towards Prithwi. It is like relying on America government's account of Iran (once kicked out of the gas deals and other stuffs they malign them)!

    In any case, let me know what professional integrity and conduct of those people led you to brand them as notable men. They were just agent of conversion. They first went to Tibet to convert in seventeenth century, but finding Kathmandu nearer, and finding Tibetans more spiritual than their liking, they came to Kathmandu.

     
    Posted on 05-11-10 2:07 PM     [Snapshot: 875]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Pire: Don't get me wrong either. My knowledge of history of Nepal is limited by what I studied in grade school and Nepal Parichaya. I know that's not much.


    I heard about the attrocities of Prithvi Narayan after he conquered Kirtipur long time ago as told by my then 80+ years old grandfather, which was passed on by his forefathers. But from the time I was able to think for myself, I did not believe in it as there was no historical logs/evidence of what actually transpired back then - absolutely nothing in the Nepali history books to say the least. Recently when I came across the writings of this missionary in the internet, I was naturally shocked as I refused to believe this for all my life. It is not easy to comprehend how the account could be so similar as told by my illiterate grandfather and this missionary...


    I am not saying these missionaries do not have their own agendas, but I believe in keeping an open mind to everything.


    PS: I don't come from Kirtipur and do not hold personal grudges against the late King.

    Last edited: 11-May-10 02:08 PM
    Last edited: 11-May-10 02:09 PM

     
    Posted on 05-11-10 3:33 PM     [Snapshot: 994]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Very nicely written article. I really like the comparision of past and present.


    Thanks Dr. Dhungel. Keep it on.


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    What stocks to buy -- Any recommendation
    Conservative discussions
    What are your first memories of when Nepal Television Began?
    When the news is bought for by vaccine corporations
    तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
    How to deal with anxiety
    Premier League Discussions
    'Plan C' amnesty push for millions of illegal immigrants in Democrat reconciliation bill
    ढुककुर बढाउने घरेलु उपाए ...
    Diwali is here. Rangoli Ideas. Please let us know which one do you like ?
    भाते मुखियाबा
    YouTube question ❔
    King Mahendra's Alaska Visit
    जेरी हैन जलेबी भन्नुस
    5 questions to ask your friends who plan to get the Covid vaccine
    काखी मा घुँडो
    TPS Holder with travel document
    उरन्ठ्यौला बोकाहरुको नाङो नाच
    " भिनाजुको सुरुवाल "
    What's up with US embassy Nepal Kathmandu?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters