काठमाडौ, २०६६ मंसिर १५ - अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वषर्ीय पंकज जोशी हुन् । प्रहरीले जोशीको खोजी गर्न उनको काठमाडांैस्थित घर, आवातजावत गर्ने सम्भावित स्थानमा निगरानी बढाएको छ । जोशीले ६७ वषर्ीय अमेरिकी महिला विलिजलाई परेको चिट्ठा झुक्याई ७ लाख ५० हजार अमेरिकी डलर -पाँच करोड पैंसट्ठी लाख) आफ्नो हात पारी बैंकमार्फत् नेपाल पठाएका थिए । पछि आफू पनि अमेरिकाबाट बाहिरिएका थिए । मेगा मिलियन्स, मेगा पिलर नामको चिट्ठाको विजेताले दस लाख डलर (सात करोड ५० लाख) पाउने गर्छन् । जोशी युनिभर्सिटी अफ टेक्सासमा पढ्दै लक्की फुड स्टोरमा विगत पाँच वर्षदेखि अफिस क्लर्क पदमा कार्यरत थिए । उनले स्टोरमा बसिरहेको बखत चिट्ठा पर्यो परेन भनी जाँच गर्न आएकी अमेरिकी महिलालाई जोशीले कप्म्युटरमा जाँच गर्दा प्रथम उपहार परेको देखेपछि उनलाई नपरेको जानकारी दिँदै चिट्ठा फुत्काउन सफल भएका थिए । अमेरिकी राजदूतावासले हालै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय र राष्ट्र बंैंकलाई लिखित पत्राचार गरेपछि त्यससम्बन्धी अनुसन्धान हाल महानगरीय अपराध महाशाखा र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका छन् । 'सम्बन्धित निकायबाट अनुसन्धानका लागि आग्रह भएपछि महानगरीय अपराध महाशाखालाई अनुसन्धान गर्न निर्देशन दिएका छौं, प्रहरी प्रधान कार्यालय, अपराध विभागका प्रमुख एआईजी प्रकाश कुँवरले कान्तिपुरलाई भने । 'अभियुक्तले अमेरिकाबाट नेपालमा पठाएका रकम कुन कुन बैंकमा राखेको छ ? भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।' घटनाबारे विस्तृत विवरण पाएपछि अनुसन्धान महाशाखाले जोशीको आपmनै नाममा रहेको खाता र शंकास्पद अन्य आफन्तका खाताहरू रोक्का राख्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ । प्रहरीको अनुरोधमा राष्ट्र बैंकले विभिन्न बैंकका झन्डै आधा दर्जन खाता रोक्का राखेको थाहा भएको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रोक्का राखेका अघिकांश खातामा आकस्मिक रूपमा ठूलो रकम जम्मा भएको देखिन्छ । जोशीकै नाममा भने उनकी दिदी काम गर्ने आईसीएफसी बैंकमा पनि ठूलो रकम जम्मा भएको देखिन्छ । 'अमेरिकाबाट भागेलगत्तै नेपालमा जोशी र उनको आफन्तको नाममा जम्मा भएका अधिकांश ठूला रकमको हामी खोजी गरिरहेका छौं,' महाशाखाबाट अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, 'केही रकम भेटिए पनि आधाभन्दा बढी रकम अझै फेला पर्न सकेको छैन ।' नेपालको बैंकमा जम्मा भएको रकम प्रहरीले अनुसन्धान थाल्नुअघि नै निकालेर अभियुक्त जोशीले केही स्थानमा जग्गा खरिद गरिसकेको हुनसक्ने आशंका प्रहरीको छ । राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह पनि गरेको थाहा भएको छ । अभियुक्त जोशीलाई काठमाडौं प्रहरीले भेटाउन नसके केही दिनभित्रै उनका नाममा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय प्रहरीको सन्जाल( इन्टरपोल) बाट 'रेड कर्नर नोटिस' जारी गर्ने भएको छ । इन्टरपोलको नोटिस जारी भएपछि फरार अभियुक्त जोशी नेपालमा नभए उनलाई जुनसुकै देशको प्रहरीले पक्राउ गरी अमेरिकी प्रहरीलाई बुझाउने छन् । जोशीलाई अमेरिकी प्रहरीले भेटाए त्यहाँको कानुनअनुसार बिगो फिर्ता गराई बीस वर्षसम्म जेल सजाय गर्न सक्छ । source:http://www.ekantipur.com/np/ne...
Purana Kagaz · Nov 30, 2009 9:19 AM · 40,427 views
ठगेको डलरले पोल्ने भो पंकजलाई अर्काको भाग्यलाई चोरेर आफू भाग्यमानी हुन खोज्ने पंकज जोशीलाई अब दशा लाग्ने भएको छ। अमेरिकाको टेक्सासमा एक ६७ वर्षका बूढालाई परेको १० लाख डलरको चिठ्ठा झुक्याएर आफ्नो हातमा पारी पुरस्कार रकम कुम्ल्याई अमेरिकाबाट टाप ठोक्दा उनले शायद सोचेका थिएनन् होला, उनलाई नेपालका प्रहरीले समेत पछ्याउने छ भनी। तर अब नेपालको प्रहरीले उनको एक एक विवरण पत्ता लगाइसकेको छ। २५ वर्षका पंकज जोशी काठमाडौँको डिल्लीबजार घर भएका व्यक्ति रहेछन्। नेपालको प्रहरीले समात्न नसके पनि उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरीअर्थात् इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्ने भएको छ। यो नोटिस जारी भएपछि उनलाई जुनसुकै देशको प्रहरीले समात्न सक्छ। ठगेको डलरको पैसाले मोज गरौँला भन्ने सोचेका पंकजलाई अब त्यही डलरले पोल्न थाल्नेछ। [Disallowed String for - script not allowed] type=text/javascript> [Disallowed String for - script not allowed] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); पंकज जोशीले एक ग्राहकलाई झुक्याएर त्यो १० लाख डलरको चिठ्ठा आफ्नो हात पारेका थिए। भएको के रहेछ भने उनी काम गर्ने Grand Prairie convenience store मा आएका एक ६७ वर्षीय ग्राहकले उनलाई १० लाख डलरको चिठ्ठा टिकट आफूलाई पर्यो कि परेन हेर्देउ न भनेका रहेछन्। नेपालीले डुबायोः विलिस विलिस, यिनैलाई परेको चिठ्ठा पंकजले ठगेको रहेछ। फोटो साभारः स्टेट्सम्यान अहो, ठ्याक्कै त्यही नम्बरलाई परेको रहेछ। अब धन देखेपछि महादेवका तीन नेत्र। यो बूढालाई के थाहा होला र भनेर उनले धत् तँलाई त २ डलर मात्रै चिठ्ठा परेछ भनेछ र सुटुक्क त्यो टिकट बोकेर चिठ्ठा रकम दिने कार्यालय अस्टिनमा गएर १० लाख डलर साटेछन्। त्यसपछि बेपत्ता। भाग्य खुलेर पनि अभागी भएका बूढाले प्रहरीमा उजुरी हालेपछि पंकजको दशा सुरु भएको हो। १० लाख डलरको चिठ्ठा भए पनि कर काट्दा उनले साढे ७ लाख डलर मात्रै हात पारेका थिए। त्यो रकममध्ये अमेरिकी प्रहरीले अनुसन्धानका क्रममा करिब ३ लाख ६५ हजार डलर उनको बैङ्क खाताबाट जफत गरिसकेको छ। भनेपछि उनीसित ३ लाख ८५ हजार डलर जति मात्रै बाँकी छ। तर यो पैसा पनि उनले सजिलै कुम्ल्याउन सक्ने देखिँदैन। काठमाडौँमा उनको नाममा र उनका आफन्तहरुको नाममा रहेको केही बैँक खाता नेपालको प्रहरीले रोक्का गर्न लगाएको छ। अकस्मात् ती खातामा ठूलो रकम आएको देखिएकोले रोक्का गरिएको रहेछ। तर, चलाख जोशीले सबै पैसा भने बैँकमा पनि राखेका रहेनछन्। आधाभन्दा बढी पैसा ती खातामा समेत प्रहरीले फेला पार्न सकेको रहेनछ। नेपालको प्रहरीले अनुसन्धान सुरु गर्नुअघि नै उनले पैसा निकालेर केही ठाउँमा जग्गा किनेको अनुमान प्रहरीले गरेको रहेछ। जग्गै किनेको भए पनि कहाँ हाइसन्चो हुनु र पंकजलाई। राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह गरिसकेको रहेछ। अमेरिकी राजदूतावासले पंकजका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैँकलाई लिखित पत्राचार गरेको रहेछ। त्यसपछि अहिले यसबारे अनुसन्धान भ्याली क्राइम ब्रान्च र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका रहेछन्। नेपाल र अमेरिकाबीच सुपु्र्दगी सन्धि भएको छैन क्यारे। त्यसैले अमेरिकामा गरेको अपराधका लागि नेपालमा समात्न नमिल्नु पर्ने हो। तर शक्तिशाली देशको कुरै बेग्लै। हाम्रोमा केही गरेर अमेरिका भागेको मान्छेका बारेमा अमेरिकामा रहेको नेपाली दूतावासले त्यस्तै चिठ्ठी लेख्यो भने अमेरिकाको प्रहरीले पनि यसैगरी खोज्ला त? तर जे होस्, प्रहरीले जोशीको खोजी गर्न उनको डिल्लीबजारस्थित घर, आवतजावत गर्ने सम्भावित स्थानमा समेत निगरानी बढाएको छ। दबाब नआए नेपाल प्रहरीको अनुसन्धान त खतरा पो हुन्छ त। पंकज नेपालमा भए भविष्यमा एक दिन पक्कै पक्राउ परेको खबर पनि आउने छ। बिचराले अनि थाहा पाउनेछ, ठगेको पैसाले कहिले पनि शान्ति हुन्न।
Purana Kagaz · Nov 30, 2009 6:12 PM
i would say, no one should blame Pankaj on what he did. everyone thinks of making money on way or the other, he choosed the wrong side but many of us would have done the same thing if had an opportunity. and i am still surprised how can anyone prove that it was willis ticket just because he claims he played the same number every time. i can say the same thing, i was thinking goin to the store and claim that the ticket was mine because i played the same number every time and present with the slip..haha. it is just that american govt doesnt want their million dollars to go to any alien esp. off the lottery, that is the reason why they are after him so much. and the jury are all american, so it is ovious they would not want an alien to win the mega bucks when they are living here paying the tax money forever... so they convict him. if i was the jury i would pled willis guilty for falsely claiming the winner ticket after the winner has been declared.
sijanr · Dec 2, 2009 3:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion