Posted by: purana kagaz November 30, 2009
Nepal Police started looking for Pankaj Joshi after lottery fraud
Login in to Rate this Post:     0       ?        

ठगेको डलरले पोल्ने भो पंकजलाई


अर्काको भाग्यलाई चोरेर आफू भाग्यमानी हुन खोज्ने पं‍कज जोशीलाई अब दशा लाग्ने भएको छ। अमेरिकाको टेक्सासमा एक ६७ वर्षका बूढालाई परेको १० लाख डलरको चिठ्ठा झुक्याएर आफ्नो हातमा पारी पुरस्कार रकम कुम्ल्याई अमेरिकाबाट टाप ठोक्दा उनले शायद सोचेका थिएनन् होला, उनलाई नेपालका प्रहरीले समेत पछ्याउने छ भनी। तर अब नेपालको प्रहरीले उनको एक एक विवरण पत्ता लगाइसकेको छ। २५ वर्षका पंकज जोशी काठमाडौँको डिल्लीबजार घर भएका व्यक्ति रहेछन्। नेपालको प्रहरीले समात्‍न नसके पनि उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरीअर्थात् इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्ने भएको छ। यो नोटिस जारी भएपछि उनलाई जुनसुकै देशको प्रहरीले समात्‍न सक्छ। ठगेको डलरको पैसाले मोज गरौँला भन्ने सोचेका पंकजलाई अब त्यही डलरले पोल्न थाल्नेछ।

[Disallowed String for - script not allowed] type=text/javascript>


[Disallowed String for - script not allowed] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

पंकज जोशीले एक ग्राहकलाई झुक्याएर त्यो १० लाख डलरको चिठ्ठा आफ्नो हात पारेका थिए। भएको के रहेछ भने उनी काम गर्ने Grand Prairie convenience store मा आएका एक ६७ वर्षीय ग्राहकले उनलाई १० लाख डलरको चिठ्ठा टिकट आफूलाई पर्यो कि परेन हेर्देउ न भनेका रहेछन्।


नेपालीले डुबायोः विलिस विलिस, यिनैलाई परेको चिठ्ठा पंकजले ठगेको रहेछ। फोटो साभारः स्टेट्सम्यान


अहो, ठ्याक्कै त्यही नम्बरलाई परेको रहेछ। अब धन देखेपछि महादेवका तीन नेत्र। यो बूढालाई के थाहा होला र भनेर उनले धत् तँलाई त २ डलर मात्रै चिठ्ठा परेछ भनेछ र सुटुक्क त्यो टिकट बोकेर चिठ्ठा रकम दिने कार्यालय अस्टिनमा गएर १० लाख डलर साटेछन्। त्यसपछि बेपत्ता।


भाग्य खुलेर पनि अभागी भएका बूढाले प्रहरीमा उजुरी हालेपछि पंकजको दशा सुरु भएको हो। १० लाख डलरको चिठ्ठा भए पनि कर काट्दा उनले साढे ७ लाख डलर मात्रै हात पारेका थिए। त्यो रकममध्ये अमेरिकी प्रहरीले अनुसन्धानका क्रममा करिब ३ लाख ६५ हजार डलर उनको बैङ्क खाताबाट जफत गरिसकेको छ। भनेपछि उनीसित ३ लाख ८५ हजार डलर जति मात्रै बाँकी छ। तर यो पैसा पनि उनले सजिलै कुम्ल्याउन सक्ने देखिँदैन। काठमाडौँमा उनको नाममा र उनका आफन्तहरुको नाममा रहेको केही बैँक खाता नेपालको प्रहरीले रोक्का गर्न लगाएको छ। अकस्मात् ती खातामा ठूलो रकम आएको देखिएकोले रोक्का गरिएको रहेछ।


तर, चलाख जोशीले सबै पैसा भने बैँकमा पनि राखेका रहेनछन्। आधाभन्दा बढी पैसा ती खातामा समेत प्रहरीले फेला पार्न सकेको रहेनछ। नेपालको प्रहरीले अनुसन्धान सुरु गर्नुअघि नै उनले पैसा निकालेर केही ठाउँमा जग्गा किनेको अनुमान प्रहरीले गरेको रहेछ।


जग्गै किनेको भए पनि कहाँ हाइसन्चो हुनु र पंकजलाई। राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह गरिसकेको रहेछ।


अमेरिकी राजदूतावासले पंकजका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैँकलाई लिखित पत्राचार गरेको रहेछ। त्यसपछि अहिले यसबारे अनुसन्धान भ्याली क्राइम ब्रान्च र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका रहेछन्। नेपाल र अमेरिकाबीच सुपु्र्दगी सन्धि भएको छैन क्यारे। त्यसैले अमेरिकामा गरेको अपराधका लागि नेपालमा समात्‍न नमिल्नु पर्ने हो। तर शक्तिशाली देशको कुरै बेग्लै। हाम्रोमा केही गरेर अमेरिका भागेको मान्छेका बारेमा अमेरिकामा रहेको नेपाली दूतावासले त्यस्तै चिठ्ठी लेख्यो भने अमेरिकाको प्रहरीले पनि यसैगरी खोज्ला त?


तर जे होस्, प्रहरीले जोशीको खोजी गर्न उनको डिल्लीबजारस्थित घर, आवतजावत गर्ने सम्भावित स्थानमा समेत निगरानी बढाएको छ। दबाब नआए नेपाल प्रहरीको अनुसन्धान त खतरा पो हुन्छ त। पं‍कज नेपालमा भए भविष्यमा एक दिन पक्कै पक्राउ परेको खबर पनि आउने छ। बिचराले अनि थाहा पाउनेछ, ठगेको पैसाले कहिले पनि शान्ति हुन्न।

Read Full Discussion Thread for this article