[VIEWED 4430
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 08-28-05 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकाबिहानै हुर्रिदै आएर बास्साले साइकल छेउ लायो । मुखले गोर्खापत्र च्याप्दै खुइलिसक्या डन्डिबाट दुइ पाउ जेरिको झोला झिकेर भुइमा राख्यो फ़्यात्त । कमिज लाउदा टाक नलाउनि बास्साको बानिप्रति जो कोहि नि अभ्यस्त थिए त्यसकारण ऊ सधै हत्तारमा झै देखिए पनि खास् चासोको बिसय थिएन । बास्सा, अर्थात साइकलको बाद्शाह् !! बास्सा भनेसि टोलभरि परिचित्..बुढापाकाहरु बाहेक बास्साले साइकल नसिकाका तन्नेरिहरु टोलमा हम्मेसि भेट्न गारै पर्थ्यो । जो साइकल् चलाउन सक्थे, तिनिहरु बास्साका चेला भएकै हुन्थे कुनै न कुनै दिन । साइकल चलाउदा घन्टिको खास्सै जरुरत् नठान्नि बास्साले हुर्रिदै आउदा कसैगरि जनाउ दिएकै हुन्थ्यो..फेरि बास्साको बेगमा घन्टि नै बजे नि सुन्नि कस्ले ? " बुझिस! म एकचोटि नि लड्या छैन आजसम्म ", बास्सा बेलाबेलामा रवाफ् मार्थ्यो । बास्सा लड्दा तालि पिट्न खोज्नेहरु नि कालो मुख लाउथे त्यस्तो सुन्दा । सबै बालगिरि साइकल दोकानमा बास्साकै भनसुन चल्थ्यो, भरतदाइले पठाएको भनेसि यसो फाटफुट सुका-मोहोर छुट पनि मिल्थ्यो । बिस्मातको कुरो! बास्सा जन्मिदै कुन्जो, गोलिगाठाले मात्रै टेकेर हिड्ने बास्सालाइ साइकल नचलाउदा नि कसैले नभेट्ने..दौतरिहरु 'भज्जि' भन्थे भरतेलाइ छोट्याएर तर भरते पनि नसुनेकाहरुलाइ समेत बास्सा को हो भनेर अर्थ्याइरहन नपर्ने! यस्तै थियो बास्साको परिचय भनम या लोकप्रियता । मध्यान्न् घाम होस या घनघोर पानी, बास्सालाइ मैतिदेबि चोकमा अक्सर देखिन्थ्यो कसै न कसैलाई साइकल् सिकाइरहेको अबस्थामा । बास्साको दिनचर्या भनम यो । स्कुल नि जान्थ्यो क्यारे तर पढ्यो चै कति ? खै! कसैलाई नि यो कुरोको हेक्का थिएन प्रस्ट । देउथानका बोकाहरुलाई साइकलमा राखेर बेलाबखतमा स्टन्ट दिन नचुक्ने बास्सादाइको वरपर केटाकेटिहरु अक्सर झुम्मिएकै हुन्थे । एकपल्ट एउटा घोर्ले बोकोको दारी साइकलको जन्जिरमा अड्किएर २/३ महिना फ्लप खाथ्यो रे बास्सा दाइ तर धेरैले बिर्से त्यो कुरो चाडै नै, बास्सा फेरि स्टन्ट दिन थाल्यो बोका च्यापेर । बास्सा साइकल् जस्तो चलाउथ्यो, गफ नि उस्तै बेतोडमा हाक्थ्यो । डन्डिमा बस्दा खुट्टो झमझम गरेको नि भन्न नपाइनि, उस्को गफ सुन्दिन पर्नि नत्र बास्सा दाइले साइकल सिकाइदिनि कैले फेरि ?? जो छैन उसकै बारेमा गफ हाक्थ्यो त्यसो हुदा छड्के हान्न नि गारो, अनि प्रायजसो सबै घटनाहरुमा उस्को साइकल जोडिएकै हुन्थ्यो कुनै न कुनै पारामा, सत्य कति हुन्थ्यो ? त्यो बास्सा नै जानोस ! ढलेको साइकल बास्साको हो भन्नि बुझ्नुपर्ने । " स्ट्यान्ड् लगाको साइकल जहापायो त्यै अडाउनै गारो हुन्छ ", बास्साको एकोहोरो तर्क थियो सधै त्यसैले पनि सडक छेउ साइकल ढलेको देखिए बास्सा कत्तै नगिचै हुन्थ्यो । बास्साको साइकल् बीचमा ढल्ने त कुरै आएन ।...... continued
|
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 08-28-05 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" मलाई समाजसेवा चिट्ठा पर्यो रु तीस हज़ारको ", मुखको गोर्खापत्र भुइमा झारेर बास्सा बेतोड्मा करायो । सबै चौकन्ना खाए । बास्साले नतिजा पेज पल्टाएर कागतको नम्बर भीडाउन थाल्यो एक एक गरेर...गज़्ज़ब !! सबै मिल्या छ, कागतको नम्बर र प्रथम पुरस्कारको नम्बर ठ्याक्कै मिल्या छ । " बज्रन्गबलिको नाम बाट किन्या मैले छुक हुन्छ भनेर ", बास्साले हकवाला दाबि गर्यो उत्तिनैखेरि । शन्का गर्ने ठाउ रहेन तर "टिकट खै त ?, सानो कागतको पुर्जामा नम्बर किन ?? ", सबै मुखामुख गर्न थाले । " डस्ना मुनि छ टिकट् चै, हराउछ भनेर कागतमा सारेर राख्या थि " , बास्साले जेरि खाई सकेसि तल गएर टिकट ल्याउने बाचा गर्दै एक् सासमा कुरो सक्कायो । "यै राख्या थिए, फ़ाल्दिनु भो कि क्या हो! काहा राख्दिनु भो?"..बास्साले आमालाई गालि गरेको सुनियो माथिबाट । " चिट्ठानि चिन्दिन त म! ", आमाले सपस्टिकरण दिईन । " मा*पाखा, काहा रखिस ए ? ", बास्सा तोपे माथि खनियो । तोपे यानेकि बास्साको भाईले जेरि चपाउदै के भन्यो माथि बाट बुझिएन । सबै तल ओर्ले, बास्सा डस्ना झार्दै रैछ भुइमा तर फागु पुर्णेको सुक्या बेलून् र दश् पैसे ढ्याक बाहेक क्यै नि निस्केन खाटको भिनिस्ता बाट पनि । " यदि चिट्ठा पर्या हैन भने किन ख्वायो त एकाबिहानै जेरि सधै टक्किनटाट हुनि बास्साले ? ", सबै मुखामुख गर्न थाले फेरि । जेरिको गुलियो मुख पारेर गल्फत्ति गर्न बसेका सबैलाई छाडेर बास्सा एक्कासि हुर्रियो ढल्या साइकल उठाएर । बास्सा कहा गयो त ?, कसैले नि ठम्याउन सकेनन । चिट्ठो भेटेर ठाडै भद्रकालितिर पैसा लिन हानियो कि भन्नि नि छलफल भो, कसैले बास्साले साइकलको डन्डिमा खसि डोराएर ल्याएको देखे । गाठि कुरो बुझ्नि कस्ले ? बास्सा दुइ दिन सम्म बेखबर् भो यसरी नै तर उस्लाई चिट्ठा पर्या हल्ला नसुन्नि कोइ नि भएनन टोलमा । तेस्रो दिन मध्यान्नमा बास्सा थान अगाडि स्टन्ट देखाइरा हालतमा फेला पर्यो फेरि । "चिट्ठा पाइयो त भज्जि ?", थानको घन्टि हान्दै पछिल्तिर बाट एउटा अल्छिना करायो कानै खानि गरि । बास्साले नसुन्या झै गरेर एउटा छोटो दारि भाको बोकोलाई साईकलको डन्डिमा हालेर अर्को स्टन्ट मार्यो तु ॥
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 08-28-05 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-28-05 6:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु जिरा जी सुर ल्याम्नु भो। बरु "चिटठा" पो कता प-यो। पाइए हुन्थ्यो बरा। सोझो मान्छेको। हाम्रा गाममा त्यो क्यान्टिनका छोराले साइकल किनेर लगेछ। पैलो रेकर्ड नि, त्यो उकालो कच्चि बाटाँ नि चलाम्दै हिन्छ बा केटो त। कुनदिन गुल्टिनी आँधि खोलाँ। स्कुल जाँदाखेरि साइकलमाथि केटो, घुर्दाखेरि केटोमाथि साइकल हुन्छ रे। उकालो छ के बाटै।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-29-05 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jiradai, Bassa was one heck of an energetic guy. Tyo tangal school agadi basera yasari gaf hanthyo bassa manau yo kisna ho ra nilo cholo ra jama laka haru gopini...chine janeka le ta baal didaina the nachineka haru pani bassaka khutta dekhi si bhadki halne...tara gopiniharu bhadkeni nabhadkeni bassa lai baal chhaina side dya chha dya chha...side didai didai bassa ka ho ka para pugi sakya thyo ni.....meri bassai! btw, तनक्क तन्क्या अ बोक्नी आशाको panch thyo kyare bhau...गैंर चुरोस को १० ho jasto lagchha....purano kura jiradai....marichdai kata ho?
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 08-29-05 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shree5 ko jaya hose padhidiyeko ma :-) dada sir, bassa lay chittha kinya ta ho? bhanni ni dherrai thiye..tara kasley garni verify jeri khandey pachi? Thanks Deep sir, aba bassa ra mero ta purano ho ni..bassa balmandir ma natak garna janthyo..khutto ko karan lay baal-mandir ko lata bhatta ni kha thyo rey bassa lay..tara bhatta jati tangal school ko taruni lai sidhyawuni..baki chai maitidevi thaan pachadi bholey tanna jaani rey bassa...bholey badhi bhera dedh/2 barsha karaagaar ma ni bita ho kyara...tara like you said, no matter what... bassa was one heck of an energetic guy...
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-29-05 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गज्जब छ ल! मेरो नि चिट्ठा सम्बन्धी गजबको कथा छ एउटा। आफैं बारे। कुनै दिन फुर्सद भा' बेलाँ भन्दिम्ला यई थ्रेड मा! :D
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 08-30-05 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la poonte sunaam sunaam la...... aba bassa ko mattai kati sunni guph..... central park ma stunt dya ho ki kya ho lotto ticket hareyera? :-)
|
|
|
thees_keta
Please log in to subscribe to thees_keta's postings.
Posted on 08-30-05 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु मुइले पारेको थे चिट्ठा एक पटक, दशैका सप्तमिका दिन। प्रथम पुरस्कार थियो, के भन्देखी : एउटा "खसि" हजारउ थिए, चिठ्ठा हाल्ने तर गणश भगवाका नाममा ले को थे मैले टिकट, थ्याकै परिगो नि मलाई एउटा नकाटेको सिङगो खसि। टोल तिर, पनि झाय्लि पिटे क्यारे। पछि, नंवमीको दिन, खसि छिनाउदा...एसो कुटामुनि हेर्दा त, बोको पो परेछ। :( लु परेन आपत। खसि पर्यो भनेरा झन दङ्ग भाको त, बोकोपो परेछ :( तेस्पछि मैले, लोटो किनेकै छैन। पर्यो भने यो दिन्छ भन्छ, परेपछि त्यो दिन्छ। कति बाठा हुन्छन् नि :(
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 08-30-05 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बास्साले त हामि लाइ पनि सिकायो साइकल चलाउन सानो गोचरन मा teti matra hora bassa le khana ra pinu najaneko kahi hunna thyo except sarho ma dhunga, flam , pani ma Gaut ani gilo ma gobar. Teti khera nai Bassa G Group (Now P group) ko leder, ganeshower, Kalo pul, mai gaun , Sano Gaurchan, handi gaun ani Bhagawati Bahal bassa bhane pachhi Rajasab. Birat dai ta chela re hahahah। हि हिहिहिह
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-30-05 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sajhabusaima, Birat dai bhaneko Birat Poudel ho maligaun ko? Bassalai maile pani chinnu parne tara maile thammyaunai sakina ko ho bhanera.
|
|