Posted by: jira August 28, 2005
Bassa Lai Chittha Paryo..jira
Login in to Rate this Post:     0       ?        
एकाबिहानै हुर्रिदै आएर बास्साले साइकल छेउ लायो । मुखले गोर्खापत्र च्याप्दै खुइलिसक्या डन्डिबाट दुइ पाउ जेरिको झोला झिकेर भुइमा राख्यो फ़्यात्त । कमिज लाउदा टाक नलाउनि बास्साको बानिप्रति जो कोहि नि अभ्यस्त थिए त्यसकारण ऊ सधै हत्तारमा झै देखिए पनि खास् चासोको बिसय थिएन । बास्सा, अर्थात साइकलको बाद्शाह् !! बास्सा भनेसि टोलभरि परिचित्..बुढापाकाहरु बाहेक बास्साले साइकल नसिकाका तन्नेरिहरु टोलमा हम्मेसि भेट्न गारै पर्थ्यो । जो साइकल् चलाउन सक्थे, तिनिहरु बास्साका चेला भएकै हुन्थे कुनै न कुनै दिन । साइकल चलाउदा घन्टिको खास्सै जरुरत् नठान्नि बास्साले हुर्रिदै आउदा कसैगरि जनाउ दिएकै हुन्थ्यो..फेरि बास्साको बेगमा घन्टि नै बजे नि सुन्नि कस्ले ? " बुझिस! म एकचोटि नि लड्या छैन आजसम्म ", बास्सा बेलाबेलामा रवाफ् मार्थ्यो । बास्सा लड्दा तालि पिट्न खोज्नेहरु नि कालो मुख लाउथे त्यस्तो सुन्दा । सबै बालगिरि साइकल दोकानमा बास्साकै भनसुन चल्थ्यो, भरतदाइले पठाएको भनेसि यसो फाटफुट सुका-मोहोर छुट पनि मिल्थ्यो । बिस्मातको कुरो! बास्सा जन्मिदै कुन्जो, गोलिगाठाले मात्रै टेकेर हिड्ने बास्सालाइ साइकल नचलाउदा नि कसैले नभेट्ने..दौतरिहरु 'भज्जि' भन्थे भरतेलाइ छोट्याएर तर भरते पनि नसुनेकाहरुलाइ समेत बास्सा को हो भनेर अर्थ्याइरहन नपर्ने! यस्तै थियो बास्साको परिचय भनम या लोकप्रियता । मध्यान्न् घाम होस या घनघोर पानी, बास्सालाइ मैतिदेबि चोकमा अक्सर देखिन्थ्यो कसै न कसैलाई साइकल् सिकाइरहेको अबस्थामा । बास्साको दिनचर्या भनम यो । स्कुल नि जान्थ्यो क्यारे तर पढ्यो चै कति ? खै! कसैलाई नि यो कुरोको हेक्का थिएन प्रस्ट । देउथानका बोकाहरुलाई साइकलमा राखेर बेलाबखतमा स्टन्ट दिन नचुक्ने बास्सादाइको वरपर केटाकेटिहरु अक्सर झुम्मिएकै हुन्थे । एकपल्ट एउटा घोर्ले बोकोको दारी साइकलको जन्जिरमा अड्किएर २/३ महिना फ्लप खाथ्यो रे बास्सा दाइ तर धेरैले बिर्से त्यो कुरो चाडै नै, बास्सा फेरि स्टन्ट दिन थाल्यो बोका च्यापेर । बास्सा साइकल् जस्तो चलाउथ्यो, गफ नि उस्तै बेतोडमा हाक्थ्यो । डन्डिमा बस्दा खुट्टो झमझम गरेको नि भन्न नपाइनि, उस्को गफ सुन्दिन पर्नि नत्र बास्सा दाइले साइकल सिकाइदिनि कैले फेरि ?? जो छैन उसकै बारेमा गफ हाक्थ्यो त्यसो हुदा छड्के हान्न नि गारो, अनि प्रायजसो सबै घटनाहरुमा उस्को साइकल जोडिएकै हुन्थ्यो कुनै न कुनै पारामा, सत्य कति हुन्थ्यो ? त्यो बास्सा नै जानोस ! ढलेको साइकल बास्साको हो भन्नि बुझ्नुपर्ने । " स्ट्यान्ड् लगाको साइकल जहापायो त्यै अडाउनै गारो हुन्छ ", बास्साको एकोहोरो तर्क थियो सधै त्यसैले पनि सडक छेउ साइकल ढलेको देखिए बास्सा कत्तै नगिचै हुन्थ्यो । बास्साको साइकल् बीचमा ढल्ने त कुरै आएन ।...... continued
Read Full Discussion Thread for this article