Posted by: jira August 28, 2005
Bassa Lai Chittha Paryo..jira
Login in to Rate this Post:     0       ?        
" मलाई समाजसेवा चिट्ठा पर्यो रु तीस हज़ारको ", मुखको गोर्खापत्र भुइमा झारेर बास्सा बेतोड्मा करायो । सबै चौकन्ना खाए । बास्साले नतिजा पेज पल्टाएर कागतको नम्बर भीडाउन थाल्यो एक एक गरेर...गज़्ज़ब !! सबै मिल्या छ, कागतको नम्बर र प्रथम पुरस्कारको नम्बर ठ्याक्कै मिल्या छ । " बज्रन्गबलिको नाम बाट किन्या मैले छुक हुन्छ भनेर ", बास्साले हकवाला दाबि गर्यो उत्तिनैखेरि । शन्का गर्ने ठाउ रहेन तर "टिकट खै त ?, सानो कागतको पुर्जामा नम्बर किन ?? ", सबै मुखामुख गर्न थाले । " डस्ना मुनि छ टिकट् चै, हराउछ भनेर कागतमा सारेर राख्या थि " , बास्साले जेरि खाई सकेसि तल गएर टिकट ल्याउने बाचा गर्दै एक् सासमा कुरो सक्कायो । "यै राख्या थिए, फ़ाल्दिनु भो कि क्या हो! काहा राख्दिनु भो?"..बास्साले आमालाई गालि गरेको सुनियो माथिबाट । " चिट्ठानि चिन्दिन त म! ", आमाले सपस्टिकरण दिईन । " मा*पाखा, काहा रखिस ए ? ", बास्सा तोपे माथि खनियो । तोपे यानेकि बास्साको भाईले जेरि चपाउदै के भन्यो माथि बाट बुझिएन । सबै तल ओर्ले, बास्सा डस्ना झार्दै रैछ भुइमा तर फागु पुर्णेको सुक्या बेलून् र दश् पैसे ढ्याक बाहेक क्यै नि निस्केन खाटको भिनिस्ता बाट पनि । " यदि चिट्ठा पर्या हैन भने किन ख्वायो त एकाबिहानै जेरि सधै टक्किनटाट हुनि बास्साले ? ", सबै मुखामुख गर्न थाले फेरि । जेरिको गुलियो मुख पारेर गल्फत्ति गर्न बसेका सबैलाई छाडेर बास्सा एक्कासि हुर्रियो ढल्या साइकल उठाएर । बास्सा कहा गयो त ?, कसैले नि ठम्याउन सकेनन । चिट्ठो भेटेर ठाडै भद्रकालितिर पैसा लिन हानियो कि भन्नि नि छलफल भो, कसैले बास्साले साइकलको डन्डिमा खसि डोराएर ल्याएको देखे । गाठि कुरो बुझ्नि कस्ले ? बास्सा दुइ दिन सम्म बेखबर् भो यसरी नै तर उस्लाई चिट्ठा पर्या हल्ला नसुन्नि कोइ नि भएनन टोलमा । तेस्रो दिन मध्यान्नमा बास्सा थान अगाडि स्टन्ट देखाइरा हालतमा फेला पर्यो फेरि । "चिट्ठा पाइयो त भज्जि ?", थानको घन्टि हान्दै पछिल्तिर बाट एउटा अल्छिना करायो कानै खानि गरि । बास्साले नसुन्या झै गरेर एउटा छोटो दारि भाको बोकोलाई साईकलको डन्डिमा हालेर अर्को स्टन्ट मार्यो तु ॥
Read Full Discussion Thread for this article