[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कालापानी टोक्नु न बोक्नु - लड्न नसक्ने भएसी अडेरै फिर्ता ल्याउने रे
[VIEWED 4082 TIMES]
SAVE! for ease of future access.
Posted on 05-14-20 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"कुरा गरौं" भन्दा भारतले वास्ता नै गर्दैन -- ३ चोटि र "नोट" पठाइसक्यो रे

https://youtu.be/ihGteIkUxAc

लिपुलेक नजिक सुरक्षा पोस्ट खडा गर्न सेनाको हेलिकप्टरमा सशस्त्रको टोली प्रस्थान

भारतले नेपाली भूमि मिचेर बाटो बनाएपछि नेपालिहरु बिच आक्रोश बढिरहेको बेलामा नेपालि सेनाले लिपुलेक नजिकै एउटा सुरक्षा पोस्ट खडा गर्ने भएको छ । त्यसको लागि नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबु सहितको एक टोली दार्चुलाको खलंगा पुगेको खवर छ । खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मी सहितको टोली लिपुलेक नजिकैको छाङ्गरु पुगेर त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खडा गर्ने बताइएको छ ।

भारतले हालै चिन संग मिलेर तिब्बतको मानसरोवरसम्म जाने बाटो निर्माण सम्पन्न गरेर उदघाटन गरेको थियो। सो बाटो नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा निर्माण गरिएको र त्यसको लागि चिन र भारत दुबै देशले नेपालसंगकुनै परामर्श नगरेको नेपालि अधिकारिको भनाइ छ । यहि वैशाख २६ गते भारतले ७९ किलोमिटर लामो सो बाटो उद्घाटन गरेपछि नेपालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

छाङरुमा बन्न लागेको बोर्डर आउट पोष्ट-बिओपीले लिपुलेक-कालापानी क्षेत्रमा पर्ने नेपाल-भारत सीमाको रेखदेख गर्ने बताइएको छ। बिओपीले सीमा स्तम्भको रेखदेख र सीमा वारपार हुने अपराध तथा अवैध क्रियाकलापको नियन्त्रण गर्ने गर्दछ। तर, देश देश बिचको बिवाद भएमा बिओपीले नभएर सरकारका उच्च अधिकारिले राजनितिक रुपमा बिवाद समाधान गर्ने प्रयास गर्छन। तेसैले बोर्डर आउट पोष्ट खडा गर्दैमा मिचिएको भुभाग भने फिर्ता हुने छैन। तर, यसले नेपाल यो बिषयमा गम्भिर भएको संकेत भने अबश्य पनि दिन्छ नै ।

यसै बिच सरकारले नया परिस्थितिको उचित समाधान खोज्न फेरि सर्वदलिय बैठक आयोजना गरेको थियो। सो बैठकमा सहभागि सबैले सीमा विवाद साम्य पार्न सरकारले तत्कालै भारतसँग वार्ता गर्नुको साथै भारत र चीन दुबै संग् उच्चस्तरीय त्रिपक्षीय वार्ता पनि गर्नु पर्ने माग उठेको छ। सो बैठमा बोल्दै प्रधानमन्त्रि केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन।

प्रधानमन्त्री ओलीले भारतले नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि जानकारी गराए ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाल, राप्रपाका प्रकाश चन्द्र लोहनि लगायतले सुझाब राखेका थिए।
एक अर्को समाचार अनुसार ओलिले "पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्छ । " पनि भनेका थिए। उनले अहिले पहिला जस्तो युद्ध गर्नु नपर्ने उनको भनाइ थियो।

यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूतलाइ भेटेर डिप्लोमेटिक नोट बुझाएका थिए। उनले सरकार त्यसको जवाफको पर्खाईमा रहेको पनि बताएका छन। उनले वार्ताका लागि नेपाल सरकारले पटकपटक प्रयास गर्दा पनि भारतले वास्ता नगरेको पनि स्विकार गरेका छन।
https://youtu.be/yPyganh8QOs

सुगौलि सन्धि

https://youtu.be/iPSnJPxSnUo

 
Posted on 05-15-20 1:16 PM     [Snapshot: 121]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपडेट

https://youtu.be/oU6sbdvETno
 
Posted on 05-16-20 4:21 PM     [Snapshot: 287]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो खेल त 2008 विसं बाट नै चलिरहेछ | म पनि हृथिक रोशन बिरुद्ध सडक मा उत्रेको थिए | ऐले पनि एसलाई मलम मात्र लगाइयो भने यो फेरै भोली अर्को रूपमा बाहिर आउछ | केपी ले 2015 AD मा पनि unofficial blockade विरोध गरेथे | अब पनि कडाइ कदम चालेर यो भारत भन्ने उल्जन बाट नेपाली राजनीति लाई सधैं को लागी माथि लिएर गए नेपाल अनि नयाँ युग मा पर्बेश गर्ने थियो | नत्र विगत 70 वर्ष देखी यही मुद्दा नै नेपाली राजनीति को सबै भन्दा ठूलो मुद्धा भैरखेको छ |
 
Posted on 05-17-20 3:09 PM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@harkhe7
यस्तो रे .. इतिहासको बारेमा लेख्दैछु
सीमा अतिक्रमणको सुरुवात भएको थियो राणा शासनको अन्त्य लगत्तै, सन १९५२ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै । त्यसबेला भारतको सहयोगमा नेपालले राणा शासनको अन्त्य गरेको थियो । त्यसको लागि राजा त्रिभुवन भारतको शरणमा गएका थिए। उनि भारतबाट फर्केर प्रजातन्त्र आएको घोषणा त गरे तर, त्यस संगै उनले राजदरवार भित्र नै भारतिय दुत राख्ने सहमति पनि गरेर फर्केका थिए । मन्त्रि परिषदमा भारतिय प्रतिनिधि नभै बैठक बस्न नपाउने। अरु त अरु, भारतको स्विकृति बेगर राजाले खेलकुदमा पुरस्कार जितेकालाइ पदक दिन पनि नपाउने प्राबधान राखेको थियो भारतले।

देशको राजदरवार, प्रशासन र कर्मचारि प्रशासनको साथ साथै नेपालमा सैनिक हस्तक्षेप पनि बढाएको थियो भारतले । त्यहि बेला नेपालले भारतलाइ कालापानी लगायत १८ वटा उत्तरी सिमानामा सैनिक पोस्ट राख्न स्विकृति दिएको थियो। सन १९५५ मा राजा त्रिभुवनको निधन भएपछि राजा महेन्द्रले शासन सत्ता सम्हाले। नेपालको राजनितिले भिन्दै मोड लिइरहेको थियो। राजा महेन्द्र चलाख र सक्षम भएको हुनाले भारतलाइ त्रिभुवनसंग डिल गरेको जस्तो सजिलो नहुने देखियो। त्यसपछि भारतले नेपालमा राजनितिक पार्टिहरुलाइ प्रयोग गरेर नेपाललाइ आँफ्नो इशारामा चलाउने निति लिएको बुझिन्छ । सन १९५९ मा भएको पहिलो आम निर्वाचनमा नेपालि कांग्रेसले बहुमत ल्याएर बिपि कोइरालाको नेतृत्वको सरकार गठन भएपछि भारतिय स्वार्थ, नेताहरुको स्वर्थ र राजदरवारको स्वार्थ बिच खाडल आएको देखिन्छ। यसै बिच राजा महेन्द्रले संसदको बिघठन गरेर शासन सत्ता आँफ्नै हातमा लिए सन १९६० को डिसेम्बर १५ मा । दलहरु बिचको खिचातानिले देशलाइ भलो नगर्ने भन्दै उनले निर्दलिय पन्चायति ब्यबस्थाको शुरुवात गरे। मन्त्रिपरिषदमा बेरोकटोक पहुँच पाएको भारतको लागि पनि यो कदमले असर गर्यो । नेपालले स्व-निर्णय गर्न पाउने भयो । तेस्तै, दरवारका भारतिय प्रतिनिधिलाइ पनि महेन्द्रले बिदा गरिदिए।

यसै बिच, सन् १९६२ मा भारत‑चीन बिच युद्ध भयो । अक्टुबर २० देखि २१ नोभेम्बरसम्म चलेको सो युद्धमा चिन बलियो ठहरियो र भारतको हार भयो । त्यसपछि भारतीय फौज कालापानी क्षेत्रमा एकतृत हुन थाल्यो । नेपालि उत्तरी सिमाना का भारतिय सैनिक पोष्टहरुले निरंतरता पाइरहेका थिए।

सन् १९६९ मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेलामा भारतीय सेनालाइ फर्काउने निर्णय गरियो। १७ ठाउँबाट भारतिय सेना फर्किए तर, कालापानी क्षेत्रबाट भने फर्केनन् ।



अहिले को भिडियो
नक्सा जारि गर्न चाँहि .. सरकारले आँट गरेन

https://youtu.be/tAaIMoZOim8
 
Posted on 05-17-20 5:29 PM     [Snapshot: 365]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्यवाद जानकारी र भिडियो को लागि ! यसो हेर्दा India ले एक तर्फी रूपमा फैसला गर्ने धेखियो | एस पालि चाहि India लाई पनि एस मामिला मा बेर्नु जरुरी छ | ऐले सम्म बिस्व को अगाडी India नेपाल लाई सहयोग गर्ने राम्रो छिमेकी को रूप मा देखिन्छ | Indian port नेपाल ले प्रयोग गर्छ र लाखौं नेपाली India मा काम गर्छन | नक्सा पास गरेर र 1000 सेना बोर्डर मा लगेर stand-off गर्यो भने सबै बिस्व तेहा आउछ |

नेपालीले अजै सम्म नेपालको लागी विदेशी सँग लड्ने अबसर पनि पाएँका छैनन | पहिला गोर्खा राज्यको विस्तार को लागी अरु राज्य हरु सँग लडे | ऐले Indian Gurkha र British Gurkha बाट India र Britain को लागी अरु देश सँग लड्छन |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
The Battle of the Titans
Michael Kobold's expose on Nimsdai Purja
Example of how media controls the sheeps
If you are mad at Elon and DOGE..
Democrats cannot think for themselves
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters