Posted by: AnandNepal May 14, 2020
कालापानी टोक्नु न बोक्नु - लड्न नसक्ने भएसी अडेरै फिर्ता ल्याउने रे
Login in to Rate this Post:     1       ?         Liked by
"कुरा गरौं" भन्दा भारतले वास्ता नै गर्दैन -- ३ चोटि र "नोट" पठाइसक्यो रे

https://youtu.be/ihGteIkUxAc

लिपुलेक नजिक सुरक्षा पोस्ट खडा गर्न सेनाको हेलिकप्टरमा सशस्त्रको टोली प्रस्थान

भारतले नेपाली भूमि मिचेर बाटो बनाएपछि नेपालिहरु बिच आक्रोश बढिरहेको बेलामा नेपालि सेनाले लिपुलेक नजिकै एउटा सुरक्षा पोस्ट खडा गर्ने भएको छ । त्यसको लागि नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबु सहितको एक टोली दार्चुलाको खलंगा पुगेको खवर छ । खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मी सहितको टोली लिपुलेक नजिकैको छाङ्गरु पुगेर त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खडा गर्ने बताइएको छ ।

भारतले हालै चिन संग मिलेर तिब्बतको मानसरोवरसम्म जाने बाटो निर्माण सम्पन्न गरेर उदघाटन गरेको थियो। सो बाटो नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा निर्माण गरिएको र त्यसको लागि चिन र भारत दुबै देशले नेपालसंगकुनै परामर्श नगरेको नेपालि अधिकारिको भनाइ छ । यहि वैशाख २६ गते भारतले ७९ किलोमिटर लामो सो बाटो उद्घाटन गरेपछि नेपालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

छाङरुमा बन्न लागेको बोर्डर आउट पोष्ट-बिओपीले लिपुलेक-कालापानी क्षेत्रमा पर्ने नेपाल-भारत सीमाको रेखदेख गर्ने बताइएको छ। बिओपीले सीमा स्तम्भको रेखदेख र सीमा वारपार हुने अपराध तथा अवैध क्रियाकलापको नियन्त्रण गर्ने गर्दछ। तर, देश देश बिचको बिवाद भएमा बिओपीले नभएर सरकारका उच्च अधिकारिले राजनितिक रुपमा बिवाद समाधान गर्ने प्रयास गर्छन। तेसैले बोर्डर आउट पोष्ट खडा गर्दैमा मिचिएको भुभाग भने फिर्ता हुने छैन। तर, यसले नेपाल यो बिषयमा गम्भिर भएको संकेत भने अबश्य पनि दिन्छ नै ।

यसै बिच सरकारले नया परिस्थितिको उचित समाधान खोज्न फेरि सर्वदलिय बैठक आयोजना गरेको थियो। सो बैठकमा सहभागि सबैले सीमा विवाद साम्य पार्न सरकारले तत्कालै भारतसँग वार्ता गर्नुको साथै भारत र चीन दुबै संग् उच्चस्तरीय त्रिपक्षीय वार्ता पनि गर्नु पर्ने माग उठेको छ। सो बैठमा बोल्दै प्रधानमन्त्रि केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन।

प्रधानमन्त्री ओलीले भारतले नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि जानकारी गराए ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाल, राप्रपाका प्रकाश चन्द्र लोहनि लगायतले सुझाब राखेका थिए।
एक अर्को समाचार अनुसार ओलिले "पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्छ । " पनि भनेका थिए। उनले अहिले पहिला जस्तो युद्ध गर्नु नपर्ने उनको भनाइ थियो।

यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूतलाइ भेटेर डिप्लोमेटिक नोट बुझाएका थिए। उनले सरकार त्यसको जवाफको पर्खाईमा रहेको पनि बताएका छन। उनले वार्ताका लागि नेपाल सरकारले पटकपटक प्रयास गर्दा पनि भारतले वास्ता नगरेको पनि स्विकार गरेका छन।
https://youtu.be/yPyganh8QOs

सुगौलि सन्धि

https://youtu.be/iPSnJPxSnUo
Read Full Discussion Thread for this article