औउतारीहरु बिहे ............... उपत्यका चार नारायणहरु- हल्चोकको इचंगु नारायण, फर्पिंगको शेष नारायण, ललितपुरको विशंखु नारायण र भक्तपुरको चाँगु नारायण. यी चार नारायणको अलावा अर्को नारायण पनि बिद्यमान छ काठमाडौंमा –अर्को नारायण , कसै कसैले अट्को नारायण पनि भन्ने गर्छन्. हो यही अर्को नारायण मन्दिरको छेउछाउको कथा भन्न गैराख्याछु. काष्ठमण्डप मंदिरबाट दक्षिण जैसी देवल लाग्दा चिकमुगल भन्ने टोल पर्छ , प्रख्यात चतांमरी छें भएको घरको ठिक सामुन्ने यो मन्दिर छ. यस कथाका पात्रहरु यही अर्को नारायणस्थान वरिपरी बसोबास वा दोकानदारी वा भेला हुने औतारिहरु हुन् , पात्र परिचय यस प्रकार छन् . १. श्याम दाइ – दौंतरीहरु माझ श्याम चा बजां: (बजां: अर्थात हुक्का चिलिममा भर्ने तमाखु), तमाखु बेच्ने पसलको साहूजी . शिक्षा बीए पास. त्रि बि बि मा प्रसाशक. फिफाको मान्यता प्राप्त रेफ्री. उमेर ३५-३६ . ४ दाजु भाई मधे माइलो, अबिबाहित गफाडी भन्दा नि भोल्टबाज नम्बर एक. २. भगवान झा – दौंतरीहरु माझ झा वें ( झा वें = पटके पागल ). पृथ्वी नारायण शाह को पाला मै उपत्याकामा बसोबास गरेका तराईमूलका ब्राम्हण. तर नेवार टोलमा हुर्की बढेकोले नेवारी भाषा नै मातृ भाषा भएको, शिक्षा एम ए पढ्दै गरेको, उमेर ३३-३४ . अबिबाहित . बेरोजगार भएकोले फुर्सदिलो , औसत गफाडी . ३. ज्ञान दाई – उमेर ३७ अबिबाहित , सबै भन्दा जेठा भएकोले होला सबैको ज्ञान दाई . सियो धागो, टाँक, जिपर , ऊनी धागो आदिको दुकान . ९९ प्रतिशत महिला ग्राहक . नम्बरी सोझो . ४. कबिन दाइ – उमेर ३०-३२ अबिबाहित . खाद्यान्नको किराना पसल. ३ फिट बाइ १२ फिट को पसलमा सबथोक पाइने भाउ भने अर्कर्को पसलको भन्दा चर्को हुने. कन्जुस नम्बर एक. ५. रबिन बालाजु – ४ किलास देखि संगै पढेको साथि. एस एल सी गुल्तिएर बसेको, महिला शृंगार सामाग्रीको सानो दुकान. भोल्टबाज नम्बर दुइ. श्याम दाई को पसल वरिपरी बिहान र बेलुकी भेला हुने अन्य औतारिमाहरुमा हलुचा (बेसार) , नवो दुगु ( गन्हाउने बोको ), टेम्पु, क्षेप्यास्त्र, भों भों गुर्जु आदि पनि थिए तर अहिलेलाई तिनीहरुको बारे बखान गर्न अर्को एउटा महाकाब्यले पनि गर्न सकिन्न . श्याम दाई पसलमा बिहान बेलुकी मात्र बस्ने भएकोले होला त्यति बेला नै गफाडीहरुको चौखंडी बस्नेगर्थ्यो . औतारी श्याम दाइ को बारे दुइ शब्द थप भन्ने पर्ने नै हुन्छ. फिफाको रेफ्री तालिम सफलता पूर्बक हासिल गरे लगत्तै, स्कूल लेभलको फूटबल खेलाउने जिम्मा पाउनु भए छ. श्याम दाई रेफ्री, दुइजना फिफा ट्रेनिंग प्राप्त लौकाहरु लाइन्स म्यान . फोर्थ अफिसियलको ब्यबस्था हुँदैनथ्यो त्यति बेला. खेल सुरु भए छ, दुवै टिमले एक अर्का बिरुद्ध एक पछी अर्को गोल ठोक्दै गए छ. खेल सकिंदा श्याम दाइले गोलको गिन्ती भुल्न्नु भए छ र खेल सकेको सिटि बजाउँदै खेल बराबरीमा टुंगिएकोले पुन: अतिरिक्त ३० मिनेट खेलाउने घोषणा गर्नु भए छ. एउटा स्कूल ले ८ र अर्को ले ६ गोला ठोकेको रहेछ . गोल टिपोट गर्दा भद्रगोल भए छ र ७-७ को बराबरी भएको ठान्नु भए छ . त्यस पछी त जित्ने टिमले बिबाद मात्र हैन झ्याइँकुटी नै गरिदिए छ . यसरी पहिलो खेल मै रेफ्रीबाट सन्यास लिनु भए छ. एस एल सी पछी क्याम्पस भर्ना हुन झन्डै ६-७ महिनाको गयाप हुन्थ्यो. पुरानो साथीको पसल, त्यसको बगलमा श्याम दाई , ज्ञान दाई जस्ता औतारीहरु को भेला हुने भएकोले हरेक जसो साँझ त्यै गफाडी मण्डलमा भजन सुन्न जाने बानी बस्यो. दिनभरिको भात जोर्ने काम सके पछी “रिलाक्स “ गर्ने निशुल्क रंगमंच थियो मेरो लागि. आफु भन्दा पढेलेखेका अनि उमेर खाएका औतारीहरुबाट केही सिक्न नि पाइने टाइम पास नि हुने . औतारिहरुमाझ फुच्चे नै भए नि एस एल सीको राम्रो नतिजाको कारण सम्मानजनक उपस्थिति हुन्थ्यो यो राहुलेको. पंचायतकाल भए नि देशको राजनीति देखि विश्वघटनाको बिश्लेषण हुन्थ्यो. फेशन र लरकीको बारे बाह्रहाते बहस हुन्थ्यो. क्षेप्यास्त्र देखि पनडुब्बीको चर्चा हुन्थ्यो . टेलिभिजन भने नि त्यहीं , रेडियो नेपाल भने नि . यी सबै बीच कसैले कसैलाई पम्पु हाल्न बाँकी राख्दैनथ्यो. कसैलाई पम्पुको हावा धेरै नै पर्थ्यो , उड्थ्यो आफ्नै संसारमा . कोइ कोइ लाई फिटिक्कै छुन्दैथ्यो , गैंडाको छाला जस्ता ....... यिनै औतारिहरुको केही बिबाह प्रसङ्गहरु भन्न मन लाग्यो ................ बिबाह नम्बर १ उमेर पुगेको भगवान झा अर्थात झा वेंलाई घरबाट झ्याई गर्न रयाईरयाई . जेठोको बिबाह नभई अरुको नहुने. लास्टै प्रेसर दिए छ परिवारले. एम ए क्लियर भएर लेक्चरर को जागिर नखाई बिहे नगर्ने भीष्म प्रतिज्ञारत भगवान झालाई पर्नु पीर पर्र्यो. उमेर मिल्ने साथी भनेको उही श्यामदाइ . धेरै कुरा थाहा भएको श्यामदाई संग असली सल्लाह लिनु पर्र्यो भनी एक साँझ श्याम दाइको पसलमा स्टूल लिएर बस्नु भए छ. “ मलाई एउटा असली सल्लाह चाहियो बजां:, पम्पु संपू हाल्ने हैन , एकदम टेन्सनमा छु “ “भन न झा वें, मैले कहिलेइ गलत सलाह दिएको छु कसैलाई ? अझ तँ जस्तो गाइ सोझो बाहुनलाई नचाहिने कुरा गर्छु ? ल छिटो भन .” श्याम दाई नि सिरियस . “मलाई घरबाट ब्याह गर कि गर भनेर प्रेसर दिएको दिएई छ भने . मेरो कारणले भाइहरु समेत बुढाकुमार हुन लागि सक्यो रे.” “ राम्रो रिस्ता आएको छ रे , जनकपुर तिरबाट . आफुलाई यो एमए नसक्याई र जागिर नखाई ब्याहा गर्ने रहर छैन. सके यसै महिना गर्नु पर्छ रे .” “तैले के भनिस् त , गर्छु भनिस् कि क्या हो ?” श्याम दाईको ५ नम्बरको पम्पु सुरु . “हैन भनेको छैन, आमाले साह्रै किच किच गरिराख्नु भा छ , छु यायगु , छु मयागु ?” “यो महिना मै रे . थुक्क !! यो महिना के महिना हो ?? “ “मङ्सिर” “भन्दिए हुन्छ, ब्याहा स्याहा गर्दिन यो महिनामा भनेर . यो महिनामा त कार्तिकमा साइत नजुरेका कुकुरले पनि ब्याहा गर्दैनन् . तँ त मान्छे हो . हतार गर्नु हुन्न , सोचेर सम्झेर जवाफ दिन्छु भन्दे जा.” अहिले झ्याई नगर्ने सोच बनाएको भगवान दाईले के चाहियो , ‘के खोज्छस कानो , कालो चस्मा’ भने जस्तै . घरमा ठुलै महाभारत मच्चाएछ झा दाइले. त्यसको लगत्तै २-३ दिन श्याम दाईको पसल बन्द भयो . सबैमा खुल्दुली . फोन भन्या दुर्लभ जन्तु त्यति बेला . चौथो दिन , शनिबार बिहान पसल खोल्न श्याम दाई आफै आउनु भए छ एक चांग शुभ बिबाह लेखिएको कार्ड सहित. “येह राहुल, ल एउटा कार्ड लिएर जाउ त ..” “कसको ब्याह दाई ?” “भित्र लेखेको छ , हेर न . “ भित्र लेखिएको यस्तो रहेछ “ हाम्रा आयुष्मान सुपुत्र श्री श्याम कृष्ण श्रेष्ठको आयुष्मति सुश्री ...... संग हुने शुभ बिबाह...” बिबाह नम्बर दुइ , कबिन दाइको बिबाह . धुमधाम संग बिबाह गर्ने तयारी बाहिरबाटै देखिन्थ्यो. मनमनै लाग्थ्यो यो कन्जुस मख्खिचुस कबिन दाइको बिबाह यति धुँमधाम संग? साह्रै नै कन्जुस भएकोले कबिन दाइ को निक नेम कवे: दाई ( कन्जुस दाई –नेवारीमा ) थियो . निम्तो मलाई नि आयो, अझ जन्तीमा गन्ति गरेरै . बिहान जन्ती ९ बजे . नेपाली टाइम अझ नेवारी टाइम अनुसार ९ भनेको ११-१२ हो. त्यसैले ११ बजे तिर जन्ती प्रस्थानको लागि भेला हुने समूहमा सामेल भैयो . खाना खानु भा छैन होला भन्दै सबिनदाइले खाना ब्यबस्था गरेको चोकमा पुर्र्याई दिनु भयो. बिबाह घरमा भात खानुको स्वाद र मजा नै बेग्लै . हरियो सालको पातमा . माय: कें. लैं ला तरकारी , गोलभेडा अचार , तुकंचा ....( मासको दाल , मुला र मासु को तरकारी, अचार अनि तोरीको साग). १२ बज्यो .. मास्टर तुत प्रसादको ब्याण्डले टोल घन्काई सक्या थियो. सबजना सुट टाईमा रातो कागजको फूल टाँसेर तमतयार. जन्ती प्रस्थानको लागि माथिको आदेशको पर्खाइमा थिए. जन्ती प्रस्थान गर्न अघि शुभ होस् भनी दुलहा राजालाई नेवारी परम्परा अनुसार खें सगं: ( अण्डा माछा को शगुन) दिई घरको मूल द्वारमा सजाइएको जलघडामा दान दक्षिणा चढाउने कार्यक्रम हुन्थ्यो . सब तयारी भयो दुलहा राजा गयाब . तीन त्रिभुवन चार चतुर्भुज खोजियो कहीं भेटिएन. कोलाहल मच्चियो. बाइक साईक लिएर खोज्न निस्के कोइ त कोइ कोइले कवे: दाई को सम्भावित लोप स्टोरीको नायिकाको घरमा छापा मार्ने योजना बुन्न ब्यस्त थिए. सबिन दाइ असिना पसिना . त्यसमाथि ब्याण्डवालाहरुले चुरोस चाहियो भनेर डिमाण्ड गरिराख्या रैछ . जन्तीलाई भनेर ल्याएको ५५५ चुरोस भने सबिन दाईलाई नि दिन कन्जुस्याईं भए छ क्या रे मलाई बोलाएर ५० रुपैया को नोट दिई याक चुरोस ५ बट्टा किनेर ल्याई देउ त राहुल भन्नु भयो . तिनता चोक बाहिर बजार. तु गएर तु आउछु भन्दै निस्के. बाहिर धेरै पसल खुलेको थिएन . शनिबार अनि पसलेहरुको खाना खाने ट्याम. खुलेको पसल खोज्दै जाँदा कबिन दाइको पसल खुलेको हो कि हैन जस्तो लाग्यो , नजिक गएर हेर्दा त साक्षात कबिन दाई मैदा तौलिन्दै हुनुहुन्थ्यो . “ह्या कबिन दाई , तपाइँ गयाप भएर कोइ कोइ त थानकोट सम्म खोज्न निस्की सके , दाइ भने पसलमा . आज को दिन त कमसे कम .... “ के भनेको थिएँ .... जंगिएर “ ९ बजे जन्ती जाने भन्ने अनि १०-११ बजे सम्म कोइ न आउने ??” “अनि रिस उठ्यो १-२ नबज्दै के जन्ती गइन्थ्यो र भनेर यसो पसल खोल्न आएको, टाइम नि पास, १०-२० नि आम्दानि हुने . ३ सय अस्सी रुपैयाको सामन बेचिसकें , गतिमा ३०-४० नाफा भयो होला.” “लौ, म पसल बन्द गरेर तु आउछु, तिमी गएर आउँदै छ भन्ने खबर गर्देउ है “ भन्दै पसल बन्द गर्ने तरखरमा लाग्नु भयो . ज्ञानदाई ब्याह पनि कम्ता रोचक थिएन , झन्डै बिबाह भाँडिएको रबिन बालाजुको पम्पूमा परेर . भागवान झाको अर्को साल बिबाह भयो , हाल झा दाई एउटा क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्छ. श्याम दाई वरिष्ठ प्रशासक. कबिन दाई सहकारी खोलेर मालामाल . रबिन बालाजु उद्योगपति का साथै कालीको पति. तर अझै भोल्ट हाल्न , पम्पु चलाउन कसैले छोडेको छैनन् , बस फरक यति भयो कि अहिले उहाँहरुका सुपुत्र सुपुत्रीहरु फेशबुक रट्विटरमा पम्पु चलाई राख्याछन् , भोल्ट हाली राख्या छन्. आखिर जिन्दगी न हो , चल्तीका नाम गाडी ..... अस्तु !!!!!
rahulvai · Mar 6, 2013 12:22 PM · 49,189 views
लोल ठुल्दाई नम्बरी औतारी हरु रहेछन
serial · Mar 6, 2013 1:21 PM
राहुलबाई को ब्या चाईँ कोल्ले लेख्छ नि ?
mulmiz · Mar 6, 2013 1:32 PM
राहुल भाइ को बिहा को बारे लेख्न सक्ने त मुल्मी मात्रै देख्छु म त
serial · Mar 6, 2013 1:41 PM
ekdum ramro lagyo thuldai, simple yet loaded with humor.
durbarmargnepal · Mar 6, 2013 1:44 PM
हा हा ठुल्दाइ .. थुक्क म त्यो कविन दाई किन नभा होला ?
Geology Tiger · Mar 6, 2013 6:43 PM
बिहे पुराण हाहाहा
adventurer · Mar 6, 2013 11:05 PM
Tutukaji BandBaje :) I remeber that. Awesome writting. Kathmandu ko newar tole ma janmera hurkeko ley I can feel all your writings.
gone12 · Mar 7, 2013 9:15 AM
बिहे पुराण अलि बढी होला भन्या छोटो भएछ ....जे होस् रमाइलो लाग्यो !!
bhakte dai · Mar 7, 2013 9:46 AM
लहरे, अझै केही महा औतारीहरुको बिहेको कहानी बाँकी छ , कुनै दिन त्यो पनि लेखौला . मुल्मी, मेरो ब्याहको कहानी चाहिं गुल्मी घर भएका मुल्मी लाई नि लेखाउने बिचार छ . दरबारी, डिम्पल देखे डिम्पल, सिम्पल देखे सिम्पल लेख्ने मान्छे , जे देखें त्यै लेखें . श्याम दाइ महात्म्य चाहि अझै बाकि छ , कुनै दिन त्यो नि लेखौला . बाघ दाइ. अहिले जस्तै आइ फोन , नोज फोन भएको भए सुट टाई लाएर मैदा जोख्दै गर्दा को फोटो क्लिक गरेर राख्नु हुन्थ्यो . मिलियन डलर को फोटो नभए नि मिलियन रुपैयाको हुन्थ्यो कि . बाघ दाई लाई कबिन दाई संग मित लगाई डेम कि क्या हो ?? Adventurer, धन्यबाद . gone१२, सहि सम्झिनु भयो . खिचापोखरीको माछा मासु बजारको लहरैमा एउटा साइन बोर्ड देख्न पाइन्थ्यो "..... ब्याण्ड " प्रो. मास्टर तुत प्रसाद " लेखिएको . धेरै बर्ष सम्म पछि थ्यो बोर्ड -ब्रास्ब्यांड फुकिरहेको बडेमान को मोटेको तस्बिर भएको . भक्ते दाई सधैं दुखको कथा , पीडाको कथा सुनाएर कति मन दुखाउनु भनेर यसपाली औतारिहरुको कथा पस्केको हुँ. सम्पूर्ण मन पराइ दिनु हुने , चुपचाप मनन गर्नु हुने सबै मित्रगणहरुमा भित्र देखिको आभार ब्यक्त गर्न चाहन्छु . धन्यबाद .
rahulvai · Mar 8, 2013 8:49 AM
ठुल्दाई को कथा आयेछा नि बजार मा.... आज बल्ल पढ्ने फुर्सद भयो.....सारै रमाइलो लाग्यो...... त्यो झा को बिहे किन भाडेको भनेर अर्को भाग लेख्नु पर्ला....
baaramaase · Mar 8, 2013 3:30 PM
Tapai ko lekh " sadabahar " cha, lot of nick names remind me of my old time. "Jha Wayn" 😀
atomic · Mar 9, 2013 12:22 AM
त्यो खिचा पोखरी बर्सौ वर्ष टासिएर बसेको " स्टाइलिस्ट टेलर " को साईन बोर्ड बिपत्ता भएको, अहिले फ्लोरिडा डिस्नेल्याण्डमा "यति एड्व्भेन्चार" संगै बिज्ञापन गरि बसेको छ | कहिँ त्यो ब्याण्ड पनि तेतै पुगेको त हैन ?
magorkhe1 · Mar 9, 2013 7:02 AM
१२ मासे , सान दाइ को नियम अनुसार अर्को भाग लेख्न न मिल्ने रे . बरु अझै अन्य औतारिहरुको बिहे बाँकी छ अर्को प्रतियोगिता को लागि बचाएर राखेको छु . एटोमिक, धन्यबाद . त्यति बेला को निक नेम हरुमा , बर्मु , झा वें, झाञ्झर, सौ खीइ पों, आदि इत्यादि युनिक हुन्थे . म गोर्खे , हुन सक्छ , खैरे मोरो लाई त्यो नि क्युरियो लागेको हुन सक्छ. ** सम्पूर्ण हितैषी मित्रहरुलाई पुन: सादर आभार .
rahulvai · Mar 12, 2013 11:08 AM
एकदम रसिलो र हसिलो कथा राहुल-भाय,पद्नलाइ अति उत्तम,मूड फ्रेश गर्ने टाएपको,औतारिहरुको दिस्क्रिप्सन अति रमाइलो लाग्यो,औसत गफाडी भन्ने सब्दले मन छोयो ...एक दिन भोक लागेर चतांमरी छेंमा बतासेर गाको बेला एक जना मन्दिर नजिकै घर र पसल भएको दाइ संग ठोकिएको थिए,नेपाल को पहिलेको राष्ट्रिय खेलाडी रे फुटबलको ,जापान सम्म गाको रे बल लिएर,श्याम दाइ कै दाजु-भाइ हुनु पर्छ भन्ने गेस गरेको...अलि छोटो भयो तर धेरै पछि भैरब अर्यालको जस्तै लेखाइ पद्न पायियो...लेख्दै गरम..गाडी चलाउदै गरम.
Aawara · Mar 12, 2013 12:11 PM
ठुल्दाई- रमाइलो लाग्यो, यदप्पि पूर्ण बिराम को प्रयोग नभएर पढ्न चाहिँ अलि गरोह भयो | अर्को लाग्या कुरा चाहिँ, अझै दुइ भाग अरु भएको भए अझै रमाइलो हुन्थ्यो| अलि हत्तारमै सिद्धाइएको जस्तो लग्यो| दुइ सय को पछाडी त पर्नु भाको होइन? :P
Maverick · Mar 12, 2013 12:56 PM
Rahul Uncle, you have stated 5 characters and written only 2 weddings, yo ta jhelli bhayo ni, yesto ni garne ho. Khai aaru tinta ni sunna paam. :D
Juggy · Mar 13, 2013 9:39 AM
This might be a slightly biased review. I came here expecting Rahulvai's excellent creation. Reading his other posts, I thought I wouldn't be disappointed. Well...I thought...right!! Amazing narration. The subject matter is so casual, and yet you pack it with utmost maturity. Narration is flawless and the readers cannot help but envision each of the cast members as their own friends, dais. Both stories were funny and well narrated. The writer is also able to thread a poignant observation about life back then and possibly now (FB, twitter generation). Great read. Would love to read about other Autaris in future. Two thumbs UP.
Kiddo · Mar 13, 2013 12:10 PM
हाहा पड्दा एकदमै रमाइलो लग्यो, राहुल वाई, वेरी वेल डोन!!! साझा मा धेरै पछि राम्रो कथा पद्न पाइयो....कीप इत Last edited: 13-Mar-13 02:07 PM
dhadeBiraloo · Mar 13, 2013 2:07 PM
chautariko autariharuko bihe bhaneko ta, haina raicha! Thuldai ko bihe ko katha sunna paae kati ramailo hunthyo, kahile aaucha ta tyo kathaa? story ko character haru interesting chan, ali lamo lekhnu bhaeko bhae ajhai ramro hunthyo!
crazy_love · Mar 13, 2013 5:58 PM
हामि भन्दा पनि ठुलाbऔतारी हरुको जन्म भै सक्या रहेछ नेपाल मा पहिले नै . राहुल भाइ ले गजब को राम्रो खरक पस्किनु भो, तर एउटा कुरा , ति आतारी हरु ले थाहा पाए भने अर्को ताल तपाई नेपाल जादा नेपाल बन्द गरिदेलान
timi_mero_sathi · Mar 13, 2013 11:27 PM
ठुल्दाई कथा राम्रो लाग्यो :) बाग जी को कमेन्ट हेरेर कतै ठुल्दाई ले कथा निकाल्नु त भएन भनेर हुकियेर यता आएको, कथा भेटियो र पडियो :) लाइफ टाइम अचिवेमेंट त ठुल्दाईले नै पाउनु पर्छ :)
NitiSa · Mar 14, 2013 4:41 PM
हेत्तेरी नितिशा जि मैले ठुल्दाइलाई कथा लेख्नै छोड्नुस् कहाँ भनेको हो र भन्या ? खै सबै जनाले मलाई किन गलत अर्थमा बुझेका होलान् भने :( अनि हिजोआज चौतारी किन आउन छोडेको नि ... तिमी चौतारी आउन छोडे देखि भोक प्यास केही लाग्दैन ... यहाँ मान्छेको जिउ घटेर आधी भइसक्यो .... ल दुई चार मान पिउर भैंसीको घ्यू लिएर झट्ट चौतारी आउ त....
Geology Tiger · Mar 14, 2013 5:00 PM
घिउ जति औतारी को बिहे भोजमा सकियो :( पछि औउला है Geoji
NitiSa · Mar 14, 2013 9:32 PM
ठुल्दाइ, हजुरको लेख बल्ल पढ्ने मौका मिल्यो अस्तिना एक अनुच्छेद पढेर लाइक गरेको थिए....थाहाथ्यो दामी छ भनेर....र रहेछ पनि . पढेर सारै दामी लाग्यो......अरु २ वटा औतारीको नि औतार र लिला वर्णन सहित सुन्ने मौका मिले यो थाने धन्य हुनेथ्यो ...... पस्किनुस न के पिलिज भन्छु नि .... - थाने
ThahaChaena · Mar 20, 2013 2:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion