Posted by: Rahuldai March 8, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
 लहरे, 
अझै केही महा औतारीहरुको बिहेको कहानी बाँकी छ , कुनै दिन त्यो पनि लेखौला . 
 
मुल्मी, 
 
मेरो ब्याहको कहानी चाहिं गुल्मी घर भएका मुल्मी लाई नि लेखाउने बिचार छ . 
 
दरबारी, 
 
डिम्पल देखे डिम्पल, सिम्पल देखे सिम्पल लेख्ने मान्छे , जे देखें त्यै लेखें . श्याम दाइ महात्म्य चाहि अझै बाकि छ , कुनै दिन त्यो नि लेखौला . 
 
बाघ दाइ. 
 
अहिले जस्तै आइ फोन , नोज फोन भएको भए सुट टाई लाएर मैदा जोख्दै गर्दा को फोटो क्लिक गरेर  राख्नु हुन्थ्यो . मिलियन डलर को फोटो नभए नि मिलियन रुपैयाको हुन्थ्यो कि . 
 
बाघ दाई लाई कबिन दाई संग मित लगाई डेम कि क्या हो ??
 
Adventurer, 
धन्यबाद . 
 
gone१२, 
 
सहि सम्झिनु भयो . खिचापोखरीको माछा मासु बजारको लहरैमा एउटा साइन बोर्ड देख्न पाइन्थ्यो "..... ब्याण्ड " प्रो. मास्टर तुत प्रसाद " लेखिएको . धेरै बर्ष सम्म पछि थ्यो बोर्ड -ब्रास्ब्यांड फुकिरहेको बडेमान को मोटेको तस्बिर भएको . 
 
भक्ते दाई 
 
सधैं दुखको कथा , पीडाको कथा सुनाएर कति मन दुखाउनु भनेर यसपाली औतारिहरुको कथा पस्केको हुँ.  
 
सम्पूर्ण मन पराइ दिनु हुने , चुपचाप मनन गर्नु हुने सबै मित्रगणहरुमा भित्र देखिको आभार ब्यक्त गर्न चाहन्छु . धन्यबाद . 
Read Full Discussion Thread for this article