[Show all top banners]

NepaliBudho
Replies to this thread:

More by NepaliBudho
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Glasses
[VIEWED 3230 TIMES]
SAVE! for ease of future access.
Posted on 05-19-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चस्मा किन्दा ध्यान पुर्?याउनुपर्ने कुराहरू

सर्वप्रथम चस्मा लगाएर ऐनामा हेर्नुहोस् र प्रस्ट देखिन्छ देखिंँदैन तय गर्नुहोस् । त्यसपछि बाहिर पनि हेर्नुहोस्- बाटोको उचाइ, चौडाइ, स्पिडब्रेकर आदि प्रस्ट देखिन्छ कि देखिंँदैन परीक्षण गरेर मात्र सनग्लास किन्नु राम्रो हुन्छ । अन्यथा धेरै गाढा रंगको चस्मा लगाउँदा दुर्घटना हुने सम्भावना हुन्छ ।
ग्रे, ब्राउन र हरियो रंगको चस्माले कम रंग विकृति देखाउने हुँदा त्यसलाई उपयुक्त मानिन्छ । पहेंलो र गाढा रंगको चस्माले समतल प्रकाशमा कन्ट्रास्ट बढाइदिन्छ । यस्तो चस्मा हिउँमा हिँड्दा प्रयोगमा ल्याइन्छ ।
घरबाहिर रहनुपर्ने समयमा समेत सनग्लास उपयुक्त मानिन्छ । चाहे त्यो हिउँको मैदान होस् वा बोटिङ, बाटर स्पोर्ट आदिमा सनग्लासको प्रयोग उपयुक्त हुन्छ ।
चस्मा किन्दा सधैं चौडा प|mेम भएको, रेप-एराउन्ड, साइड सिल्ड्स ग्लासेज किन्नुपर्छ । ड्राइभिङ, साइक्लिङ र सामान्य उपयोगमा पनि सजिलो हुने खालको चस्मा छान्नुपर्छ ।
मिरर कोटिङ चस्मामा अल्ट्राभ्वाइलेट किरणलाई रोक्न सक्ने क्षमता कम हुन्छ । तसर्थ प्रकाश वा घामको ज्योतिलाई रोक्ने क्षमता भए पनि यो चाँडै नै धमिलो हुन्छ ।
सिसाबाट बनेको चस्माभन्दा प्लास्टिक र पोलिकार्बोनेट लेन्स भएको चस्मा अल्ट्राभ्वाइलेट किरण रोक्न बढी सक्षम हुन्छ । फोटोक्रोम्याटिक लेन्सले प्रकाशको बदलिँदो स्थितिमा समेत काम गर्नसक्छ । बारम्बार प्रकाशबाट छायाँमा र छायाँबाट प्रकाशमा आउने-जाने गर्नेहरूका लागि यसप्रकारको लेन्सले फाइदा पुर्?याउँछ ।

 
Posted on 05-19-05 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चस्मा लगाउँदा महिलाको सौन्दर्यमा कमी आउँछ भन्ने धारणा गलत हो । सही रंग आफ्नो अनुहार सुहाउँदो आकारमा चस्माले व्यक्तित्वमा निखार ल्याउँछ । डिल्लीबजारकी निशा शर्मा गत १० वर्षदेखि चस्मा लगाउँदै आएकी छिन् । उनलाई चस्मा लगाएको १-२ दिन केही अप्ठ्यारो महसुस भयो । तर चस्माले उनको व्यक्तित्वमा निकै प्रभाव पारेको छ । निशा भन्छिन्-म चञ्चल त्यति नपढ्ने भए पनि झट्ट हेर्दा भलाद्मी, पढन्ते र रहस्यमय देखिन्छु । चस्माले गर्दा मलाई मान्छेले हेप्न सक्दैनन् ।
चस्मा किन्दा केही कुरामा ध्यान पुर्?याउनुपर्छ ।

चस्माको चौडाइ अनुहारभन्दा ठूलो हुनुहुँदैन ।
यदि बंगारा चौडा छ भने चारपाटे प|mेम भएको चस्मा किन्नुहुँदैन ।
किन्नुभन्दा पहिले चस्मा लगाएर ऐना हेर्नुपर्छ ।
नेपालीलाई ग्रे, रातो रंगको सिसा भएको चस्मा सुहाउँछ ।
सुनौलो टोन, क्यामल र पिचटोन चस्मा नेपालीलाई सुहाउँदैन ।
चस्माको ग्लाससँग स्याडोको रंग मिल्नुपर्छ ।
रंगीन सिसा भएको चस्मा लगाउँदा सधैं गुलाबी रंगको आइस्याडो लगाउनुपर्छ ।
पारदर्शी चस्मा लगाउँदा सधैं ग्रे वायलेट वा रोजीटोन भएको आइस्याडो लगाउनुपर्छ ।
चस्मा लगाउँदा आफ्नो अनुहारमा गरिने मेकअप व्यवस्थित गर्नुपर्छ अन्यथा अनुहारमा कमी झल्किन्छ ।
आँखा वरिपरिको कालो घेरा छोप्न फाउन्डेसनलाई एकसमान फैलाउनुपर्छ नत्र धब्बा बढी भएर अनुहार नै भद्दा देखिन्छ ।

 
Posted on 05-19-05 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कम्पनीको चस्माको परिचय

रे-वन

अल्ट्राभ्वाइलेट किरणबाट पर्याप्त सुरक्षा प्रदान गर्ने,
बलियो प|mेम,
यसको रंग खुइलिंदैन -'एफडीए' अमेरिकाद्वारा प्रमाणित)
आँखामा नकारात्मक असर नगर्ने र विभिन्न डिजाइनमा उपलब्ध ।

स्याफिलो

'आप्टल' प्लास्टिकबाट निर्माण गरिएको,
धेरै बलियो प|mेम -कम्पनीका अनुसार प|mेमको आकार खराब नहुने र फोल्ड गरेर राख्न सकिने),
अल्फा क्लन, सायरोजिन, डा- आटोमानी तथा क्यारिटी आदि डिजाइनमा उपलब्ध,
ब्रान्ड ः गुक्की, डिजेल, बर्बरिज, क्यारेरा आदि ।
अकली

आरामदायक,
हलुका/अल्ट्राभ्वाइलेट'ए' र 'बी' प्रुफ ।
प्लुटोनाइट लेन्स
इरिडियम कोटिङ गरिएको जसले कडा घाममा आँखाको नानीलाई शीतलता प्रदान गर्छ ।
ब्रान्ड ः पेनी, स्कार, वायरटप, विजडम, व्हाय, जुलियट आदि ।

--------------------------------------------------------------------------------

 
Posted on 05-19-05 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh ho dherai din pachhi jhulkinu bho ni budho ba.

Hajur opthalmologist ho?
Ki katai bat taasnu bhayo?

Hajur othalmologist ho bhane, computer screen le aankha lai sachai ni bigarchha ki bigardaina real truth bataidinu hola.
 
Posted on 05-19-05 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Nepali Budho le NARI patrika ko taruni ko photo tasya rahechha... je hos ramra chhani nani haru.....

Ramro chha Kattu Kholera...... (hEY Dnt mind la..... Kattu kholera mero thego ho kya :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters