Posted by: NepaliBudho May 19, 2005
Login in to Rate this Post:
0
?
चस्मा लगाउँदा महिलाको सौन्दर्यमा कमी आउँछ भन्ने धारणा गलत हो । सही रंग आफ्नो अनुहार सुहाउँदो आकारमा चस्माले व्यक्तित्वमा निखार ल्याउँछ । डिल्लीबजारकी निशा शर्मा गत १० वर्षदेखि चस्मा लगाउँदै आएकी छिन् । उनलाई चस्मा लगाएको १-२ दिन केही अप्ठ्यारो महसुस भयो । तर चस्माले उनको व्यक्तित्वमा निकै प्रभाव पारेको छ । निशा भन्छिन्-म चञ्चल त्यति नपढ्ने भए पनि झट्ट हेर्दा भलाद्मी, पढन्ते र रहस्यमय देखिन्छु । चस्माले गर्दा मलाई मान्छेले हेप्न सक्दैनन् ।
चस्मा किन्दा केही कुरामा ध्यान पुर्?याउनुपर्छ ।
चस्माको चौडाइ अनुहारभन्दा ठूलो हुनुहुँदैन ।
यदि बंगारा चौडा छ भने चारपाटे प|mेम भएको चस्मा किन्नुहुँदैन ।
किन्नुभन्दा पहिले चस्मा लगाएर ऐना हेर्नुपर्छ ।
नेपालीलाई ग्रे, रातो रंगको सिसा भएको चस्मा सुहाउँछ ।
सुनौलो टोन, क्यामल र पिचटोन चस्मा नेपालीलाई सुहाउँदैन ।
चस्माको ग्लाससँग स्याडोको रंग मिल्नुपर्छ ।
रंगीन सिसा भएको चस्मा लगाउँदा सधैं गुलाबी रंगको आइस्याडो लगाउनुपर्छ ।
पारदर्शी चस्मा लगाउँदा सधैं ग्रे वायलेट वा रोजीटोन भएको आइस्याडो लगाउनुपर्छ ।
चस्मा लगाउँदा आफ्नो अनुहारमा गरिने मेकअप व्यवस्थित गर्नुपर्छ अन्यथा अनुहारमा कमी झल्किन्छ ।
आँखा वरिपरिको कालो घेरा छोप्न फाउन्डेसनलाई एकसमान फैलाउनुपर्छ नत्र धब्बा बढी भएर अनुहार नै भद्दा देखिन्छ ।
