Posted by: NepaliBudho May 19, 2005
Glasses
Login in to Rate this Post:     0       ?        
चस्मा किन्दा ध्यान पुर्?याउनुपर्ने कुराहरू सर्वप्रथम चस्मा लगाएर ऐनामा हेर्नुहोस् र प्रस्ट देखिन्छ देखिंँदैन तय गर्नुहोस् । त्यसपछि बाहिर पनि हेर्नुहोस्- बाटोको उचाइ, चौडाइ, स्पिडब्रेकर आदि प्रस्ट देखिन्छ कि देखिंँदैन परीक्षण गरेर मात्र सनग्लास किन्नु राम्रो हुन्छ । अन्यथा धेरै गाढा रंगको चस्मा लगाउँदा दुर्घटना हुने सम्भावना हुन्छ । ग्रे, ब्राउन र हरियो रंगको चस्माले कम रंग विकृति देखाउने हुँदा त्यसलाई उपयुक्त मानिन्छ । पहेंलो र गाढा रंगको चस्माले समतल प्रकाशमा कन्ट्रास्ट बढाइदिन्छ । यस्तो चस्मा हिउँमा हिँड्दा प्रयोगमा ल्याइन्छ । घरबाहिर रहनुपर्ने समयमा समेत सनग्लास उपयुक्त मानिन्छ । चाहे त्यो हिउँको मैदान होस् वा बोटिङ, बाटर स्पोर्ट आदिमा सनग्लासको प्रयोग उपयुक्त हुन्छ । चस्मा किन्दा सधैं चौडा प|mेम भएको, रेप-एराउन्ड, साइड सिल्ड्स ग्लासेज किन्नुपर्छ । ड्राइभिङ, साइक्लिङ र सामान्य उपयोगमा पनि सजिलो हुने खालको चस्मा छान्नुपर्छ । मिरर कोटिङ चस्मामा अल्ट्राभ्वाइलेट किरणलाई रोक्न सक्ने क्षमता कम हुन्छ । तसर्थ प्रकाश वा घामको ज्योतिलाई रोक्ने क्षमता भए पनि यो चाँडै नै धमिलो हुन्छ । सिसाबाट बनेको चस्माभन्दा प्लास्टिक र पोलिकार्बोनेट लेन्स भएको चस्मा अल्ट्राभ्वाइलेट किरण रोक्न बढी सक्षम हुन्छ । फोटोक्रोम्याटिक लेन्सले प्रकाशको बदलिँदो स्थितिमा समेत काम गर्नसक्छ । बारम्बार प्रकाशबाट छायाँमा र छायाँबाट प्रकाशमा आउने-जाने गर्नेहरूका लागि यसप्रकारको लेन्सले फाइदा पुर्?याउँछ ।
Read Full Discussion Thread for this article