[Show all top banners]

timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jhapali_Thito

lolitalover
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा-ब्यथा
[VIEWED 3712 TIMES]
SAVE! for ease of future access.
Posted on 03-23-10 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



कथा

आज यस  कथा को मुख्य पात्र  निकै खुसि छ , किन कि १५ वर्ष पछि उ भारत बाट आफ्नो

गाउ फर्कदै छ . पन्ध्र वर्ष पछि उ आफ्नी स्वास्नी लाई भेट्छ अबको ५ दीनमा. उसले छोडेर
जादा उसकी स्वास्नी सात महिना को गर्भवती थि, के भो होला छोरा  कि छोरी त्यो पनि थाहा  छैन उसलाई, न स्वास्नी नै पोइल गैसकी कि सौतेनी सासुको बुहार्तन सहन  नसकेर? उसको बाबु र सौतेनी
आमा  पनि बुढो भए होलान  अबत. उसले नेपाल छोड्दै उनीहरु चालिस का थिए. मद्रासमा
१५ वर्ष बितेको उसलाई पत्तै भएन. सौतेनी आमाको रीसले जिन्दगिमा केहि गर्छु भनेर घर
छोडेर हिडेको. उसको आँखामा बिगत सलल बग्न थाल्छ.

+++++++++++++++++++++++++++++++++++++++++++++++

बिबाह गरेको  सात महिना भाथ्यो , दसैँ आउन  अझै एक महिना बाकी. आइतेको बाबुले  दसैँ खर्च चलाउन भनेर आइतेलाई  सिमलटारको  हाटमा  एउटा  खसी बेचेर  ल्याउन भने बिहान. उसकी स्वास्नी मंगली बिहानै  खाना  खाएर बेसीमा साग रोप्न  गैसकेकी थि. सिमलटार बेसी भएर नै जानु पर्थ्यो. दसैँ को लागि सिमलटारमा हाट लाग्या थ्यो. वोरी पारीका पांच गाउका मान्छे जम्मा हुन्थे त्यो हाटमा, चटक, सर्कस हुन्थ्यो, पाल टाँगेर भिडियो मा सिनेमा समेत देखाइन्थ्यो, पांच गाउ को लागि वर्षको एक पटक रमाइलो गर्ने ठाउँ थ्यो त्यो, फूलपातीको  अघिल्लो दीन देखि चाहि हाट बन्द हुन्थ्यो. बेसी बाट झन्डै एक घण्टा लाग्थ्यो सिमलटार पुग्न.

अल्लारे बैंसमा  मजा गर्ने कसलाई रहर हुदैन र.  मंगलीले पनि आइते लाइ  एकपटक सिमलटारको हाटमा सिनेमा हेर्न लैजाऊ भनेर ६ महिना  अघि देखि भनि  रहेकी थिइ.

आइते लाइ लाग्यो  आज राम्रो मौका छ मंगली  पनि बेसी मा छे, बा, आमा लाइ पनि थाहा नहुने.  खसी बेचेको पैसा आइहाल्छ, मंगली लाइ  लिएर खसी बेच्न जान्छु, फर्किदा सिनेमा हेरेर फर्किन पर्ला 

आइते बेसी पुग्दा मंगली बारीमा साग रोप्दै थि.

"मंगली  कति काम गर्छेस, जाउ  हीन आज हाटमा , खसी बेच्न भन्नु भाको छ बा ले, तेस्को
पैसा बाट सिनेमा पनि हेरुला."

लोग्ने संग सिनेमा  हेर्न जाने धोको आज पुरा हुने भयो भनेर मंगली खुसि भै तर  उसलाई घरमा थाहा पाए भने सासु ससुराले  कस्ती उत्तौली, बुहारी भएर घर गर्न छोडेर लोग्ने संग  सिनेमा हेर्न जाने?  भन्लान भन्ने पनि डर  थ्यो. ससुरा त त्यति  कडा थिएनन् तर सासु चाही  अति मापाकी.

जे त होला भनेर मंगली डोको, कोदालो र हसिया बारीमै छोडी, हात्  खुट्टा धोएर  आइते  संग हाट तिर लागि.बैंसमा  चाहना सबैको हुन्छ. खसी बेचेपछि आइते र मंगली ले सिनेमा हेरे, पछी मंगलीले दुवै जना 

संगै बसेर फोटो खिच्ने भनेपछि आइते र मंगली ले दुवै जना संगै बसेर फोटो खिचे र दुइवटा प्रिन्ट बनाए.

बेलुका घर फर्किदा बारीमा छोडेको समान लिएर  गए 

बाबु चाही आगनमा बसी रहेका रहेछन, ल बा, खसी बेचेको पैसा भनेर आइते ले २००० रुपिया बाबुको हात मा रखिद्यो

"अनि  खर्च कति गरिस नि" बाबु  ले सोधे

कति हुनु, खाजा त हो नि?

आनि बुहारी को खर्च  लागेन नि?

“लौ मार्यो, कसरि थाहा पायेछान”

हेर बाबु साग को बिउ आधा मरे, साग सारे पछि तुरुन्तै पानी लगाउने पर्ने मा तेसरी लिएर हाटमा जान हुन्छ?अब अर्को बिउ छैन, त्येहि साग बेचेर हिउद धान्न पर्ने हाम्ले. धन्न  रामे कि आमा ले तिम्री बुहारी त लोग्ने संग हाट तिर  घुम्न गइ है बारीमा काम गर्न छोडेर  भनेपछि पो हामी लै थाहा भो, फेरी म  गएर पानि लगाए नत्र बाकी पनि मर्ने थिए.

मंगली ले बाबु छोरा को कुरा सुनी सकेकि थि, अब सासु ले के भन्ने हो भनेर डराई  डराइ घर भित्र पसी, सासु अगेनामा  रहेछीन , मंगली लाइ  देख्ने बित्तिकै भनिन " ओहो आउनु भो महारानी"


"घर र बारी भनेर हाम्रो जिन्दगि बित्यो, आज सम्म दसैँमा बाहेक अरुबेला एकजोर लुगा हाल्न सक्या
छैन तिमिहरु लाइ चाही के के जाति  हो हेर्न जान पर्ने, झन् बुहारी आइ घर  गर्ली भनेको त

घर बिगार्ने बुहारी पो भित्राए छौ कि क्या हो हाम्ले " सासु ले भनिन मंगली चुपचाप बसी रही


"बिहान देखि को भाडा माझ्न पनि पाको  छैन, तरुनी भैन्जेल सासु को सेबा गरियो अब बुढी भए, बुहारी ले सुक्ख देली भनेको त बुहारी कै सेबा गर्दै मा ठिक. जा, भाडा माझेर लेरैजा " सासु ले गुनासो पोखिन


++++++++++++++++++++++++++++++++++++++++++++++

भोलि पल्ट बिहान खाना खाने बेला मा आइतेकी आमा ले भनिन,

" आफ्नो उमेर का गाउका सबै ठिटा हरु कोइ का त कोइ का गएर पैसा कमाका छन्  हाम्रो भुसतिग्रे चाही पढ्न पनि सकेन, कमाई गर्नु त परै जावोस बाउ  को पैसा ले मोज  गर्न खोज्छ"

"गरेर खादैन कि क्या हो एसले"भर्खर  बिबाह  गरेको स्वास्नी को अगाडी सौतेनी आमाको भनाइ ले आइतेलाई च्वास्स बिझ्यो मनमा, त्यो बेला त केहि भनेन तर खाना सकेपछि लुगा लगाएर मंगली संग खिचेको  फोटो एक प्रति लिएर उ बेसी झर्यो , मंगली मझेरी मा भाडा माझी रहेकी थि, आइतेले मंगली लाइ खुब माया गरेर हेर्यो, मंगलीले पत्तै पाइन.
+++++++++++++++++++++++++++++++++++++++++++++++++++

र आज ठिक १५ वर्ष भो,  लाहुरे  वर्तमानमा आइपुग्छ, ट्रेन गोरखपुर आइपुगेछ. आफ्नो अतितमा चुर्लम्म डुबेको लाहुरे  लाइ गोरखपुर बाट बुटबल र बुटबल बाट तनहु को भिमाद आइपुगेको पत्तै भएन.

१५ वर्ष अगाडी सम्म भिमाद बाट उसको गाउँ पुग्न ३ दीन लाग्थ्यो हिडेर, अब त हुक्का गाउँ  सम्म मोटर बाटो पुगेछ, भिमाद बाट हुक्का पुग्न जम्मा ३ घण्टा लाग्ने रहेछ , हुक्का बाट त उसको गाउँ  जम्मा ५ घण्टा  मा पुगिन्छ हिडेर. लाहुरे बस बाट हुक्का तिर लाग्छ

++++++++++++++++++++++++++++++++++++++++++++++++

हुक्का गाउँ, मोटर बाटो पुगे पनि खास फेरिएको छैन, १०, १२ बटा खुद्रा  पसल र केहि चिया पसल थापियेछन  तेत्ति हो, मान्छेको चहल पहल पनि केहि बढिनै  थ्यो क्यारे. बस बाट ओर्लेर लाहुरे समान बोक्ने भरिया खोज्न थाल्छ.

"ये ज्यामिरे सम्म एउटा सुटकेस  बोकेको कति ह?"

"५०० दिनुस न" एउटा बुडो भरिया भन्छ

आमा, कस्तो  महँगो  हो,

अब के महँगो भन्नु, मान्छ्या   ज्यान बाहेक सबै महँगो  छ हिजो  आज, "४०० मा हुदैन"

हुदैन, भारी बोकेर गाउँ सम्म पुग्न ६ घण्टा लाग्छ, फर्कदा वोरालो छ तैपनि 2 घण्टा त लागि हाल्छ, अब ८

घण्टा काम गरेको ५०० भन्दा कममा त के गर्नु 

"उ त्यो ठिटो तेतै गाउँ तिर को हो, तेस्ले लैजाला सस्तो मा, तल वोर्लिना पर्दैन तेस्लाई गाउँ मै

घर छ” बुढो भरिया भन्छ

“ये ठिटा, ४०० मा  यो सुटकेस ज्यामिरे गाउँ  सम्म बोकेर लगिदिने हो?”

१५-१६ वर्ष को जस्तो देखिने भरिया लाहुरे  लाइ हेर्दै भन्छ 

"तेस्मा बाटोमा खाजा खानी पैसा थप्ने हो भनी लैजाने हो "

"ल हुन्छ हिड, बाटोमा संगै खाजा खाउला"

लाहुरे र भरिया ठिटो ज्यामिरे जाने उकालो लाग्छन

असोज  को महिना, गर्मि तेती नभए पनि उकालो   चढ्नु  तेती सजिलो थिएन, दुइ जना बिस्तारै उकालो  लाग्दै थिए, समय कटाउन , लाहुरेले कुरा सुरु गर्यो

"नाम के नि तिम्रो"?

"बुधे", "बुधबार जन्म्या रे, आमा ले भन्या"

अनि घर  ज्यामिरे मै हो ?

"ज्यामिरे भन्दा अलिमाथि छोप्राकमा आधा घण्टा लाग्छ ज्यामिरे बाट "


"ए तेसो भए आज तिमि पनि घर मै पुग्ने रहेछौ"

"को को छन् घर मा?"

"आमा छिन एक जना "

बुधे लाइ लाहुरे  संग कुरा गर्न खास रुची छैन

उसलाई  कुनै  लाहुरे प्रति सहानुभूति छैन, उसको बाउ पनि उ नजन्मिदै इंडिया तिर गको रे, उसले आज सम्म बाउ देख्न पा छैन फोटोमा बाहेक, मरे बाचेको केहि ठेगान छैन, आमा एक्लै ले हुर्काको उसलाई.
सुरु सुरुमा  भारि  बोक्न सुरु गर्दा कोइ लाहुरे आए  भने  उसलाई लाग्थ्यो कतै त्यो लाहुरे आफ्नो बाउ  त होइन
भनेर, धेरै सोधी  खोजि गर्थ्यो उ, तर अब ३ वर्ष पछि तेस्तो  केहि लाग्दैन, बरु लाहुरे देख्यो
कि रिस  उठ्छ उसलाई, कुन चाहि स्वास्नी र बच्चा   छोडेर जान सक्ने कठोर   व्यक्ति आइपुग्यो भनेर.

ज्यामिरे गाउका  उमेर पुगेका आधा लोग्ने मान्छे त लाहुर गा छन्, बुधे सोच्छ   यो व्यक्ति ति मध्ये  हुनु पर्छ, ज्यामिरेमा उसका धेरै साथी छन् जसका बाउ  लाहुर गएका, आज हर्के, बिरे, रामे, रिठे मध्हे एक जना को घरमा खुसियाली हुने  भो. तर कतिन्जेल? एक दुइ महिना पछि लाहुरे फर्की हाल्छ , फेरी उस्ता को उस्तै.

बुधेको आमा ले भने अनुसार उनीहरुको घर  पनि पहिला ज्यामिरे मै थियो  रे, उसको बाउ लाहुर गएको दुइ वर्ष पछि पहिरो ले उनीहरुको घर गोठ  पुरेछा,  बुधे लाइ  लिएर  उसकी आमा माइत  गएको हुनाले उनीहरु बाचेछन

कति वर्ष मा फर्किनु भो दाइ ? बुधे सोध्छ

"घर छोडेर हिडेपछि पहिलो पटक आउदै  छु"

बुधेको अनुहारमा एउटा घृणाको  भाव आउछ

होइन मान्छे हरु कति कठोर हुन सक्या, उसलाई लाग्छउसको पनि बाउ फर्केको भए  उसले भरि बोकेर खान पर्दैन थ्यो होला उसका साथी हरु जस्तै उ पनि स्कूल जान  चाहन्थ्यो

तीन घण्टा उकालो उक्ले पछि चौतारी आइएऔग्छ

"खाजा त यही खान पर्छ, यहाँ बाट ज्यामिरे सम्म त खाजा खाने ठाउँ पाइदैन"

"लौ त यही खाउँ तेसो भए", लाहुरे  को जबाफ

ज्यामिरे, छोप्राक र हुक्का आवत जावत गर्ने लाइ खाजा खुवाउने यही एउटी भट्टी छ यहाँ, माइली को

दहि चिउरा, कुखुराको मासु, चौचौ, रक्सि  र उसिनेको बोडी, माइली  आफ्ना ग्राहक इनै  खाजा ले स्वागत गर्छे सधै.

बुधे ले आफ्नो लागि कुखुराको मासु, चिउरा, र बोडी माग्यो
लाहुरेले  चाहि दहि चिउरा र बोडी, १५ वर्ष  मद्रासी खाना खाएर वाक्क भाको  आइते आफ्नै गाउको दहि चिउरा खान पाएर खुसि देखिथ्यो

"होइन लाहुरे भाइ, गाउको रक्सि नचाख्नी"? खाना सकिन लाग्दा समेत रक्सि नमागेको देखेर माइलि
ले भनि,  रक्सि मा उसलाई धेरै फाइदा हुन्थ्यो खाजामा भन्दा, ब्यापार न हो.

लाहुरेले आफ्नो लागि एक गिलास रक्सि माग्यो र बुधेको लागि आधा गिलास 

खाजा खाइ  वोरी दुवै जना फेरी उकालो लागे, अब लगभग तीन घण्टा जति बाकी थ्यो ज्यामिरे  पुग्न  

"अनि  कति पढ्या छौ त तिमीले?"

"कति हुनु तीन क्लास सम्म तेस्पछी आमा बिरामी हुन थालिन, नुन, लुगा खर्च चलाउन भारी बोक्न सुरु गर्या"  “बारी को उब्जनी ले ६ महिना मात्रै पुग्छ , भारि नबोके के गर्नु”  

"वोहो गर्मि भो, रक्सि खान नहुने रेछ, उकालो चड्दा त निकै पसिना आयो"

ल मेरो यो कोट पनि सुटकेस   माथि राखिदिन्छु" लाहुरे  भन्छ   मेरो पैसा कागजपत्र सबै तेस कोटमा छ नि, राम्रो संग बोक्नु"  

“हैन कति कराई रहन्छ यो लाहुरे" बुधे मनमनै  भन्छ उसलाई पनि रक्सिले  छोएको  हुनु पर्छ

"अनि  तिम्रो बाउ छैनन्" लाहुरे को त्यो प्रस्न ले बुधे लाइ निकै रिस उठ्छ  

"कति खोजि नीति चाहीया यो मोरो लाइ" तर मुख ले केहि भन्दैन

उसलाई लाइ हरेक लाहुरे प्रति घृणा जाग्छ एक मन त लाग्छ उसको सामान र पैसा भएको कोट उसैले नै बोकी राछ, फटाफट  हिडेर छली दिउ यो लाहुरे लाइ  तर होइन एकै गाउको जस्तो, खोजे  फेला पारी हाल्छ  नि  

बुधे आफ्नी बिरामी आमा सम्झन्छ  र आफ्नो जिन्दगि भारी बोकेर नै बित्ने भो जस्तो लाग्छ,

उसलाई आफ्नो बाउ फर्केर नआएकोमा रिस उठ्छ, संगै हिडिरहेको लाहुरे संग रिस उठ्छ
उसलाई लाग्छ यो जन्जाल बाट मुक्त हुन केहि गर्ने पर्छ, वर्ष दीन लाई खान पुग्ने बारी त जोड्नै पर्छ

चौतारी बाट ज्यामिरे सम्म को बाटो निकै  डर लाग्दो  छ, सेती को किनारै किनार , बाटो  पनि सानु छ, दुइ जना भन्दा तीन जना संगै एक लहरमा हिड्न समेत नपुग्ने अझ ज्यामिरे पुग्नु भन्दा एक घण्टा  अगाडी को गौडा त बद्नाम नै छ , पहिला पहिला साहु संग ऋण लिने ज्यामिरेका गाउले हरु साहु लाई "ज्यमिरेको गौडा
ढुकुला तेरो ऋण तिरुला"  भन्थे रे


ज्यामिरे पारीका लाहुरेहरु घर फर्कदा सामान लुटेर लाहुरे लाई चाहि सेतीमा फालिदिन्थे  भन्ने  पनि
हल्ला   चलेको थ्यो एक जमानामा, कति भरियाले तेसै गरेर घर बारी जोरे पनि भन्थे मान्छे ले.

बुधे लाइए अचम्म लाग्छ  आज उस्लाइ के भाको छ कुन्नि खाली  येस्तई कुरा मात्र दिमागमा खेली रहन्छ
साझ को बखत बाटो  सुनसान थ्यो, दुइ जना बाहेक कोइ थिएनन् हिड्ने, गौडा निर आइपुग्दा  बुधे लाइ  के भो कुन्नि उसले लाहुरे लै भन्यो, "लौ हेर्नुस तल सेती किनारमा कति बढेमा को हुचिल"

खोइ त भनेर लाहुरे निहुरेर के सेती तिर हेर

Last edited: 23-Mar-10 03:42 PM
Last edited: 23-Mar-10 03:54 PM
Last edited: 23-Mar-10 04:43 PM

 
Posted on 03-23-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधे लाइए अचम्म लाग्छ  आज उस्लाइ के भाको छ कुन्नि खाली  येस्तई कुरा मात्र दिमागमा खेली रहन्छ साझ को बखत बाटो  सुनसान थ्यो, दुइ जना बाहेक कोइ थिएनन् हिड्ने, गौडा निर आइपुग्दा  बुधे लाइ  के भो कुन्नि उसले लाहुरे लै भन्यो, "लौ हेर्नुस तल सेती किनारमा कति बढेमा को हुचिल"

खोइ त भनेर लाहुरे निहुरेर के सेती तिर हेर्न लाथ्यो बुधे ले पछाडी  बाट उसको पीठमा एक लात्ता दियो. लाहुरे सिधै  २०० फित तल सेती मा खस्यो.

बुधे सामान लिएर सरासर आफ्नो घर तिर लाग्यो,  उसको अनुहारमा कुनै ग्लानि थिएन 

+++++++++++++++++++++++++++++++++++++++++++++++++

कलम आफ्नै हो, सिर्जना पनि आफ्नै, सब्द हरुको कमि पनि छैन. कहिले कहिँ लाग्छ कथाका  पात्र हरुलाई स्वोतन्त्र नछोडी  एउटा तानाशाह  ले जस्तो आफ्नो इक्च्या अनुसार तिनीहरुको  कथा को अन्त्य गरि दिउ. तर अर्को मन भन्छ  किन अर्धसत्य कथा लाइ पुरै असत्य बनाउने? कथा नमिठो बन्न सक्छ तर  पात्र हरुमाथि अन्याय त हुदैन , तेसैले मैले पनि अर्धसत्यतामा आधारित पात्र  हरुलाई उनीहरुकै इक्च्या अनुसार छोडी दिएको छु. पुरै असत्य बनाएर  पात्र हरु लै मेरो इक्छ्या अनुसार डोराएको भय कथा ले अर्कै रुप लिन्थ्यो +++++++++++++++++++++++++++++++++++++++++++++++++++
ब्यथा


आमा, के गर्दै हुनुहुन्छ भन्दै बुधे घर भित्र पस्यो,

भात बसाल्न मात्र ला  त आइपुगीछस भन्दै बुधे कि आमा ले टुकी बालिन, "कसको हो बाबु त्यो, गाऊ तिरकै कोइ लाहुरेको आएछ कि के हो? " बुधेले सुटकेस र कोट बोकेको देखेर आमा ले सोधिन

ज्यामिरे को रे आमा तर एकदम रक्स्या रेछ, खाजा खाने बेलामा माइली को भट्टी मा टन्न रक्सि खाथ्यो गौडामा

ढुलमुलियेर, सेतीमा पो खस्यो

"हरे राम राम बिचरा" आमा ले भनिन

समान खोल त बाबु, कुन गाऊ को हो थाहा  पाइन्छ  कि, घर मा त खबर पुराइदिन   पर्छ  

हेरौ न त भनेर बुधे समान खोल्न थाल्यो, समान संगै एउटा कापी पनि निक्ल्यो

कापीमा  लेखेको होला ठेगाना भनेर बुधे ले कापी पल्टायो, कापी भित्र  एउटा  फोटो निक्ल्यो जुन बुधे  कि आमा ले १५ वर्ष देखि  घर को भित्तामा झुन्ड़ाई  रहेकी थि. फोटो हेरेर एकै छिनमा बुधे कि आमा बेहोस् भइ,


बुधेका हात खुट्टा लगलग कामि रहेका थिए  सारा सन्सार अन्धकार लागि राथ्यो  उसलाई
Last edited: 23-Mar-10 03:47 PM
Last edited: 23-Mar-10 04:44 PM

 
Posted on 03-23-10 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा र ब्यथा-देखाको प्रिजेन्टेसन दामी लाग्यो, तर कथा को पहिलो भाग सकिन्दा नसकिन्दै कथा कुन मोडमा पुग्छ भन्ने थाहा भै सकेको थ्यो। राम्रो सुरुवात, अरु पनि कथाहरु आउलान भन्ने मानेको छु।

~पुरे~

 
Posted on 03-23-10 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड-पोस्टिङ

Last edited: 23-Mar-10 04:13 PM

 
Posted on 03-23-10 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टि एम एस् को कथा पढें । कथाको भाव भन्दा नि कथा को संरचना स्तरिय लाग्यो। कथा सुनेको पढेको हुन सक्छ त वाचन शैलीले नै पंडित कहलिन्छ । मखुला ??

 
Posted on 03-23-10 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा मज्जाको आर्ट मुवि बन्ने रहेछ कथा। गजब!
 
Posted on 03-23-10 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा- ब्यथा पढि दिनु भएको मा धन्यवाद। formatting के भाको  words मा लेख्दा त सबै मिल्या थ्यो, posting गर्दा खोइ के भाको हो

पुरे काजी कस्तू चलाख ह, पहिलो भाग नासिदिदै दोस्रो भाग थाहा पाउने
Texas को मान्छे को हात हेरेर Washington को मान्छे को भबिस्ये बताउने सक्ने पो रहेछन त

राहुलभाइ ji

धन्यवाद यो प्लोत मलाई गत 7 महिन देखी लेखुम लेखुम लागि र थ्यो  अल्छि लागेर, बल्ल सकाये, वास्तविक घटना चाँही म 12 बर्ष को हुँदा आफुले देखेको, हुक्का गाउँ मा, एक जना लाहुरे २५ बर्ष पछी एकै ताल घर फर्केका   रहेछन। तेस्को केही दीन पछी तनहुँ को दुलेगौंडा मा एक जना बुहारी  शायद १६ बर्ष कि हुदी हुन श्रीमान लाहुर गाको, घर मै बसी रकी रेछिन, अनी एक दीन बेसी मा बारी खन्दा खन्दै, कोदाली र डोको बारी मै छोडेर माइत गैछिन,बेलुक ति बुहारी  लाई, सासु ससुरा खुब गाली गर्दै थिए 

बिर्खे काजी

अब मेरो कथा -ब्यथा लाई तेति स्तरिये ठानी दिनु भएको मा धन्यवाद   

Last edited: 23-Mar-10 05:32 PM

 
Posted on 03-24-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको plot धेरै राम्रो र मन छूने खालको छ. कथा यसरी सल्लल्लल्ल्लल्ल्ल्लल्ल्ल्ल बगेको छकी आइते र मंगलिले फिलिम हेरे जस्तै लाग्छ. अरु पनी लेख्दै गरौ है त.


 
Posted on 03-24-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झापाली थिटा जिउ

कथा-ब्यथा पढेर मन्पराइदिनु भएको मा धन्यवाद, कुनै राम्रो प्लोट पाएमा लेख्ने नै छु,

TMS

 
Posted on 05-10-10 1:52 PM     [Snapshot: 366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले  लेखे को कथा सँग मिल्दो जुल्दो  घटना


३५ वर्षपछि 'बेहुलाबेहुली' को पुनर्मिलन




रमेशचन्द्र अधिकारी   





[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);


धनकुटा, वैशाख २७ -
 विवाह भएको ४ दिनमा पतिसँग बिछोडिएकी उनले साढे तीन दशकपछि पुनर्मिलन
हुन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । पतिको आगमनमा आस गरेकी उनले वर्षौ
बिछोडमा भोगेको पीडा र आँसुको कथा उनले पतिलाई बल्ल सुनाउन पाएकी छन् ।


३५ वर्षअघि बिछोड भएका विराटनगरका केदारप्रसाद न्यौपाने र कमलाको बल्ल
धनकुटाको विश्रान्तिस्थित वृद्धाश्रममा पुनर्मिलन भएको छ । विवाह गरेको चार
दिनमा धार्मिक विधिअनुसार चतुर्थी गरेको दिन केदार बेपत्ता भएका थिए ।
सँगै सुतेका पति बिहान ओच्छ्यानबाटै बेपत्ता हुँदा कमलाले चिन्ता र
व्याकुलतामा कयौं दिनरात बिताउनु परेको उनले बताइन् । बेहुला अवस्थामा
बेपत्ता भएका पतिसँग अघिल्लो महिना पहिलो भेट हुँदा उनले चिन्नसमेत सकिनन् ।


१६ वर्ष आफ्नै पतिको घरमा बिताएकी कमला त्यसपछि माइती संखुवासभा मादीमा
बस्दै आएकी थिइन् । लामो समय माइती बस्दा कुरा काट्ने डरले उनले विकल्पको
खोजीमा वृद्धाश्रम रोजेको बताइन् ।


कमला आफ्नी आमा पार्वता दाहालसँग २६ वर्षदेखि यहाँ बस्दै आएकी छन् ।
अघिल्लो वर्ष वृद्धाश्रमबारे जानकारी दिन आएका एक वृद्धसँग भेटघाट हुँदा
नाम ठेगानाका आधारमा पति भएको शंकासमेत भएपनि उनले अनुहारबाट चिन्न सकिनन् ।
तर पुनः विश्रान्ति वृद्धाश्रममा बस्न अघिल्लो महिना आएपछि उनीहरूबीच
पुनर्मिलन भएको हो । पहिले फोटो खिच्ने चलन थिएन, तन्नेरी बेहुला अवस्थामा
बिछोडिनुभएका उहाँलाई वर्षौंपछि भेट हुँदा चिन्ने कुरै भएन, उनले अघिल्लो
महिना भेट हुँदाको स्मरण गर्दै भनिन्, वृद्धाश्रम आएको केही दिनमा मात्र
पति भएको देवरले भनेपछि थाहा पाएँ ।


आमाको सानैमा मृत्यु भएपछि बाबुले सौतेनी आमा ल्याएकाले निकै हैरानी
खेप्दै आएका केदारले करकापले कमलासँग विवाह गर्नुपरेको सुनाए । भर्खरै
विवाह गरेकी पत्नीका अगाडि सौतेनी आमाले दुव्र्यवहार गरिन्, नरमाइलो
लाग्यो, उनले भने, सौतेनी आमाको रुखो व्यवहारले घर र परिवार छोडेर भारततर्फ
लागेको थिएँ । लामो समय भारतमा बस्दै आएका केदारले वृद्धावस्था
वृद्धाश्रममा बिताउने चाहनाले त्यहाँ आएका थिए । त्यसरी बिछोडिएका
उनीहरूबीच वृद्धाश्रममा अप्रत्याशित पुनर्मिलन भएको छ ।


कमला वृद्धाश्रमकी पुरानो स्वयम्सेविका हुन् । उनले वृद्धवृद्धाको
स्वास्थ्य र सरसफाइबारे ध्यान दिने मुख्य काम गर्दै आएकी छन् । त्यहाँ हाल
२९ वृद्धवृद्धा रहेका छन् । सबैकी साझा छोरीका रूपमा कमला रहेकी छिन् ।
उनीसँगै बस्दै आएकी १०४ वषर्ीया आमा पार्वतापछि पति पनि थपिएका छन् ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters