कथा
गाउ फर्कदै छ . पन्ध्र वर्ष पछि उ आफ्नी स्वास्नी लाई भेट्छ अबको ५ दीनमा. उसले छोडेर
जादा उसकी स्वास्नी सात महिना को गर्भवती थि, के भो होला छोरा कि छोरी त्यो पनि थाहा छैन उसलाई, न स्वास्नी नै पोइल गैसकी कि सौतेनी सासुको बुहार्तन सहन नसकेर? उसको बाबु र सौतेनी
आमा पनि बुढो भए होलान अबत. उसले नेपाल छोड्दै उनीहरु चालिस का थिए. मद्रासमा
१५ वर्ष बितेको उसलाई पत्तै भएन. सौतेनी आमाको रीसले जिन्दगिमा केहि गर्छु भनेर घर
छोडेर हिडेको. उसको आँखामा बिगत सलल बग्न थाल्छ.
बिबाह गरेको सात महिना भाथ्यो , दसैँ आउन अझै एक महिना बाकी. आइतेको बाबुले दसैँ खर्च चलाउन भनेर आइतेलाई सिमलटारको हाटमा एउटा खसी बेचेर ल्याउन भने बिहान. उसकी स्वास्नी मंगली बिहानै खाना खाएर बेसीमा साग रोप्न गैसकेकी थि. सिमलटार बेसी भएर नै जानु पर्थ्यो. दसैँ को लागि सिमलटारमा हाट लाग्या थ्यो. वोरी पारीका पांच गाउका मान्छे जम्मा हुन्थे त्यो हाटमा, चटक, सर्कस हुन्थ्यो, पाल टाँगेर भिडियो मा सिनेमा समेत देखाइन्थ्यो, पांच गाउ को लागि वर्षको एक पटक रमाइलो गर्ने ठाउँ थ्यो त्यो, फूलपातीको अघिल्लो दीन देखि चाहि हाट बन्द हुन्थ्यो. बेसी बाट झन्डै एक घण्टा लाग्थ्यो सिमलटार पुग्न.
आइते लाइ लाग्यो आज राम्रो मौका छ मंगली पनि बेसी मा छे, बा, आमा लाइ पनि थाहा नहुने. खसी बेचेको पैसा आइहाल्छ, मंगली लाइ लिएर खसी बेच्न जान्छु, फर्किदा सिनेमा हेरेर फर्किन पर्ला
आइते बेसी पुग्दा मंगली बारीमा साग रोप्दै थि.
"मंगली कति काम गर्छेस, जाउ हीन आज हाटमा , खसी बेच्न भन्नु भाको छ बा ले, तेस्को
पैसा बाट सिनेमा पनि हेरुला."
लोग्ने संग सिनेमा हेर्न जाने धोको आज पुरा हुने भयो भनेर मंगली खुसि भै तर उसलाई घरमा थाहा पाए भने सासु ससुराले कस्ती उत्तौली, बुहारी भएर घर गर्न छोडेर लोग्ने संग सिनेमा हेर्न जाने? भन्लान भन्ने पनि डर थ्यो. ससुरा त त्यति कडा थिएनन् तर सासु चाही अति मापाकी.
संगै बसेर फोटो खिच्ने भनेपछि आइते र मंगली ले दुवै जना संगै बसेर फोटो खिचे र दुइवटा प्रिन्ट बनाए.
बाबु चाही आगनमा बसी रहेका रहेछन, ल बा, खसी बेचेको पैसा भनेर आइते ले २००० रुपिया बाबुको हात मा रखिद्यो
कति हुनु, खाजा त हो नि?
“लौ मार्यो, कसरि थाहा पायेछान”
मंगली ले बाबु छोरा को कुरा सुनी सकेकि थि, अब सासु ले के भन्ने हो भनेर डराई डराइ घर भित्र पसी, सासु अगेनामा रहेछीन ,
"घर र बारी भनेर हाम्रो जिन्दगि बित्यो, आज सम्म दसैँमा बाहेक अरुबेला एकजोर लुगा हाल्न सक्या
छैन तिमिहरु लाइ चाही के के जाति हो हेर्न जान पर्ने, झन् बुहारी आइ घर गर्ली भनेको त
घर बिगार्ने बुहारी पो भित्राए छौ कि क्या हो हाम्ले " सासु ले भनिन
"बिहान देखि को भाडा माझ्न पनि पाको छैन, तरुनी भैन्जेल सासु को सेबा गरियो अब बुढी भए, बुहारी ले सुक्ख देली भनेको त बुहारी कै सेबा गर्दै मा ठिक. जा, भाडा माझेर लेरैजा " सासु ले गुनासो पोखिन
भोलि पल्ट बिहान खाना खाने बेला मा आइतेकी आमा ले भनिन,
"गरेर खादैन कि क्या हो एसले"
र आज ठिक १५ वर्ष भो, लाहुरे वर्तमानमा आइपुग्छ, ट्रेन गोरखपुर आइपुगेछ. आफ्नो अतितमा चुर्लम्म डुबेको लाहुरे लाइ गोरखपुर बाट बुटबल र बुटबल बाट तनहु को भिमाद आइपुगेको पत्तै भएन.
++++++++++++++++++++++++++++++++++++++++++++++++
"ये ज्यामिरे सम्म एउटा सुटकेस बोकेको कति ह?"
"५०० दिनुस न" एउटा बुडो भरिया भन्छ
आमा, कस्तो महँगो हो,
हुदैन, भारी बोकेर गाउँ सम्म पुग्न ६ घण्टा लाग्छ, फर्कदा वोरालो छ तैपनि 2 घण्टा त लागि हाल्छ, अब ८
घण्टा काम गरेको ५०० भन्दा कममा त के गर्नु
घर छ” बुढो भरिया भन्छ
१५-१६ वर्ष को जस्तो देखिने भरिया लाहुरे लाइ हेर्दै भन्छ
"ल हुन्छ हिड, बाटोमा संगै खाजा खाउला"
लाहुरे र भरिया ठिटो ज्यामिरे जाने उकालो लाग्छन
"नाम के नि तिम्रो"?
अनि घर ज्यामिरे मै हो ?
"ज्यामिरे भन्दा अलिमाथि छोप्राकमा आधा घण्टा लाग्छ ज्यामिरे बाट "
"ए तेसो भए आज तिमि पनि घर मै पुग्ने रहेछौ"
"आमा छिन एक जना "
उसलाई कुनै लाहुरे प्रति सहानुभूति छैन, उसको बाउ पनि उ नजन्मिदै इंडिया तिर गको रे, उसले आज सम्म बाउ देख्न पा छैन फोटोमा बाहेक, मरे बाचेको केहि ठेगान छैन, आमा एक्लै ले हुर्काको उसलाई.
सुरु सुरुमा भारि बोक्न सुरु गर्दा कोइ लाहुरे आए भने उसलाई लाग्थ्यो कतै त्यो लाहुरे आफ्नो बाउ त होइन
भनेर, धेरै सोधी खोजि गर्थ्यो उ, तर अब ३ वर्ष पछि तेस्तो केहि लाग्दैन, बरु लाहुरे देख्यो
कि रिस उठ्छ उसलाई, कुन चाहि स्वास्नी र बच्चा छोडेर जान सक्ने कठोर व्यक्ति आइपुग्यो भनेर.
बुधेको आमा ले भने अनुसार उनीहरुको घर पनि पहिला ज्यामिरे मै थियो रे, उसको बाउ लाहुर गएको दुइ वर्ष पछि पहिरो ले उनीहरुको घर गोठ पुरेछा, बुधे लाइ लिएर उसकी आमा माइत गएको हुनाले उनीहरु बाचेछन
"घर छोडेर हिडेपछि पहिलो पटक आउदै छु"
होइन मान्छे हरु कति कठोर हुन सक्या, उसलाई लाग्छ
तीन घण्टा उकालो उक्ले पछि चौतारी आइएऔग्छ
"लौ त यही खाउँ तेसो भए", लाहुरे को जबाफ
दहि चिउरा, कुखुराको मासु, चौचौ, रक्सि र उसिनेको बोडी, माइली आफ्ना ग्राहक इनै खाजा ले स्वागत गर्छे सधै.
लाहुरेले चाहि दहि चिउरा र बोडी, १५ वर्ष मद्रासी खाना खाएर वाक्क भाको आइते आफ्नै गाउको दहि चिउरा खान पाएर खुसि देखिथ्यो
"होइन लाहुरे भाइ, गाउको रक्सि नचाख्नी"? खाना सकिन लाग्दा समेत रक्सि नमागेको देखेर माइलि
ले भनि, रक्सि मा उसलाई धेरै फाइदा हुन्थ्यो खाजामा भन्दा, ब्यापार न हो.
लाहुरेले आफ्नो लागि एक गिलास रक्सि माग्यो र बुधेको लागि आधा गिलास
"अनि कति पढ्या छौ त तिमीले?"
"वोहो गर्मि भो, रक्सि खान नहुने रेछ, उकालो चड्दा त निकै पसिना आयो"
“हैन कति कराई रहन्छ यो लाहुरे" बुधे मनमनै भन्छ उसलाई पनि रक्सिले छोएको हुनु पर्छ
"कति खोजि नीति चाहीया यो मोरो लाइ" तर मुख ले केहि भन्दैन
बुधे आफ्नी बिरामी आमा सम्झन्छ र आफ्नो जिन्दगि भारी बोकेर नै बित्ने भो जस्तो लाग्छ,
उसलाई लाग्छ यो जन्जाल बाट मुक्त हुन केहि गर्ने पर्छ, वर्ष दीन लाई खान पुग्ने बारी त जोड्नै पर्छ
चौतारी बाट ज्यामिरे सम्म को बाटो निकै डर लाग्दो छ, सेती को किनारै किनार , बाटो पनि सानु छ, दुइ जना भन्दा तीन जना संगै एक लहरमा हिड्न समेत नपुग्ने
ढुकुला तेरो ऋण तिरुला" भन्थे रे
ज्यामिरे पारीका लाहुरेहरु घर फर्कदा सामान लुटेर लाहुरे लाई चाहि सेतीमा फालिदिन्थे भन्ने पनि
हल्ला चलेको थ्यो एक जमानामा, कति भरियाले तेसै गरेर घर बारी जोरे पनि भन्थे मान्छे ले.
साझ को बखत बाटो सुनसान थ्यो, दुइ जना बाहेक कोइ थिएनन् हिड्ने, गौडा निर आइपुग्दा बुधे लाइ के भो कुन्नि उसले लाहुरे लै भन्यो, "लौ हेर्नुस तल सेती किनारमा कति बढेमा को हुचिल"
खोइ त भनेर लाहुरे निहुरेर के सेती तिर हेर