[Show all top banners]

Nepali Janta
Replies to this thread:

More by Nepali Janta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Our Leaders are Great!
[VIEWED 4237 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महान नेताहरु तिमिहरुको सत्ताको लडाईको लागि कति दिन देस तहस नहस ग‍‍‍र्छौ ?

तिमिहरु साच्चै प्रजातान्त्रिक छौ भने तिम्रा घरमा भएका चामल पिठो जनतालाई बाँड नेपाली जनता तिमिहरुको पछि पछि लाग्दा लाग्दै भोक भोकै मर्ने बेला भैसकेको छ । एक माना चामल बाँडन नसक्नेले के प्रजातन्त्र को कुरा गर्नु ? तिन हप्ता देखि बन्द, हडताल र कर्फ्यूले सामाजिक संरचनानै तहस नहस हुन लाग्दा पनि दिनदिनै काम गरेर छाक गुजार्नेले कसरि खाइ रहेकाछन भनेर सोच्न पनि नसक्नेले कसरि जनताको प्रतिनिधित्व गर्न सक्छन ?

अब केहि दिन यस्तै हाल रहेमा सडकमा राजनैतिक नारा हैन लुटपाट सुरु हुनेछ । पलहला देस जोगाउ ! त्यसपछि अन्य काम । आफ्नो हातमा डाडु पन्यौ आएको बेलामा खुरुक्क सरकार बनाई सरकारि निर्णय बाटै आफ्नो अनुकूल नीयम कानुन तयार गरी प्रजातन्त्र बहाल नगरि के को नौटंकि गरेर बस्या हो ?। प्रजातन्त्र र "लोकतन्त्रमा" पनि कुनै गुढ फरक छन भने चाहीँ त्यो भारतको नोकरि र भारतिय नेताको खुट्टा मोल्ने महान सेवकहरुले मात्रै बुझ्ने ब्रम्ह ज्ञान हो र त्यो कुरा हामी जस्ता आफ्नै पहिचान र राष्ट्रियता प्रेमिले बुझ्ने कुरा पनि भएन ।

समष्टीमा देस अब पनि लक्ष बिहिन आन्दोलन र सिमा बिहिन कर्फ्यू धान्न सक्ने स्थितीमा पक्कै छैन । फेरि साँच्चीकै सरकारमा नजाने र समानान्तर सरकार बनाउने जस्ता बुझी नसक्नुका रोड म्याप हाम्रा महान नेताको 'रौशन दिमाग' मा कसरि आँउछन त्यो पनि बुझि नसक्नुको छ ।

आफ्नै कार्यकालमा रेड कर्नर नोटिस समेत निकालेर टाउकोको मोल समेत तोकिएका अनि आफ्नै दलका हजारौं कार्यकर्ताको हत्या गर्ने माओबादिसंग चाँहि बार्ता गर्न मिल्ने तर राजासंग चाहिँ कुरा गर्न नमिल्ने कु्रा पनि बुझिनसक्नुको छ ।

संसा्रकै ईतिहासमा हाम्रा जस्ता महान नेता कतै कहिल्यै पैदा भएनन् । आफैले आतंककारि घोषीत गरेका समुह संग मिलेर बहालवाला सरकारको बिरोधमा आन्दोलन भएको विश्वकै ईतिहासमा यो पहिलो पटक हो । अनि साँच्चीकै सरकार बनाउने अबसर पाँउदा त्यसलाई ईन्कार गरि समानान्तर सरकार बनाउने आदर्श नेताहरु पनि यिनै हुन । वाह! महान नेताहरु‍‍‍ …… जुन तरिकाले तिमिहरु आफ्नो ४०- ५० बर्ष पुरानो ईतिहासलाई भुलेर सत्ताको लागि माओबादिको खुट्टामा परेका छौ, त्यो हेर्दा यस्तोलाग्छ तिमिहरुको हालत छिट्टै धोबिको गधाको जस्तै हुदै‌छ ... जुन उनिहरुको जन्दसिध्द अधिकार र बास्तबिक पहिचान पनि हो ।

नेपालि जनता
 
Posted on 04-23-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great piece.....
 
Posted on 04-23-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Janta
Let's assume that the parties accept the king's offer but what is the guarantee that the king doesn't use the article 127 of the constitution again?

What is the guarantee that again he takes the "naso" back when the situation normalizes?

समष्टीमा देस अब पनि लक्ष बिहिन आन्दोलन र सिमा बिहिन कर्फ्यू धान्न सक्ने स्थितीमा पक्कै छैन

If the country is not in the situation to withstand the curfews, this is something the king has to think. This is the king who is unreasonably imposing the curfew.

संसा्रकै ईतिहासमा हाम्रा जस्ता महान नेता कतै कहिल्यै पैदा भएनन् । आफैले आतंककारि घोषीत गरेका समुह संग मिलेर बहालवाला सरकारको बिरोधमा आन्दोलन भएको विश्वकै ईतिहासमा यो पहिलो पटक हो ।

There is no permanent friend or enemy in politics.

अनि साँच्चीकै सरकार बनाउने अबसर पाँउदा त्यसलाई ईन्कार गरि समानान्तर सरकार बनाउने आदर्श नेताहरु पनि यिनै हुन ।

This fight is not for the opportunity to making government. This fight is for the confirmation of the people's right. This fight is for the guarantee that no king in the future can use article like 127 of constituion and take back the "naso".

तिन हप्ता देखि बन्द, हडताल र कर्फ्यूले सामाजिक संरचनानै तहस नहस हुन लाग्दा पनि दिनदिनै काम गरेर छाक गुजार्नेले कसरि खाइ रहेकाछन भनेर सोच्न पनि नसक्नेले कसरि जनताको प्रतिनिधित्व गर्न सक्छन ?

That's right. This is the king who is not able to think about it. How come he deserves to be the king?

वाह! महान नेताहरु‍‍‍ …… जुन तरिकाले तिमिहरु आफ्नो ४०- ५० बर्ष पुरानो ईतिहासलाई भुलेर सत्ताको लागि माओबादिको खुट्टामा परेका छौ, त्यो हेर्दा यस्तोलाग्छ तिमिहरुको हालत छिट्टै धोबिको गधाको जस्तै हुदै‌छ ... जुन उनिहरुको जन्दसिध्द अधिकार र बास्तबिक पहिचान पनि हो ।

The monarchy is ruling Nepal for 250 years. Now its time for the monarchy to go. By the way, do you know what happened to Polpot, Khamerooj, ChauChesku, Milosevich...etc etc?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
whats wrong living with your parents ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Driver license help ASAP sathiharu
Is this a progressive step?
Now Trump is a convicted criminal .
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters