Posted by: Nepali Janta April 23, 2006
Our Leaders are Great!
Login in to Rate this Post:     0       ?        
महान नेताहरु तिमिहरुको सत्ताको लडाईको लागि कति दिन देस तहस नहस ग‍‍‍र्छौ ? तिमिहरु साच्चै प्रजातान्त्रिक छौ भने तिम्रा घरमा भएका चामल पिठो जनतालाई बाँड नेपाली जनता तिमिहरुको पछि पछि लाग्दा लाग्दै भोक भोकै मर्ने बेला भैसकेको छ । एक माना चामल बाँडन नसक्नेले के प्रजातन्त्र को कुरा गर्नु ? तिन हप्ता देखि बन्द, हडताल र कर्फ्यूले सामाजिक संरचनानै तहस नहस हुन लाग्दा पनि दिनदिनै काम गरेर छाक गुजार्नेले कसरि खाइ रहेकाछन भनेर सोच्न पनि नसक्नेले कसरि जनताको प्रतिनिधित्व गर्न सक्छन ? अब केहि दिन यस्तै हाल रहेमा सडकमा राजनैतिक नारा हैन लुटपाट सुरु हुनेछ । पलहला देस जोगाउ ! त्यसपछि अन्य काम । आफ्नो हातमा डाडु पन्यौ आएको बेलामा खुरुक्क सरकार बनाई सरकारि निर्णय बाटै आफ्नो अनुकूल नीयम कानुन तयार गरी प्रजातन्त्र बहाल नगरि के को नौटंकि गरेर बस्या हो ?। प्रजातन्त्र र "लोकतन्त्रमा" पनि कुनै गुढ फरक छन भने चाहीँ त्यो भारतको नोकरि र भारतिय नेताको खुट्टा मोल्ने महान सेवकहरुले मात्रै बुझ्ने ब्रम्ह ज्ञान हो र त्यो कुरा हामी जस्ता आफ्नै पहिचान र राष्ट्रियता प्रेमिले बुझ्ने कुरा पनि भएन । समष्टीमा देस अब पनि लक्ष बिहिन आन्दोलन र सिमा बिहिन कर्फ्यू धान्न सक्ने स्थितीमा पक्कै छैन । फेरि साँच्चीकै सरकारमा नजाने र समानान्तर सरकार बनाउने जस्ता बुझी नसक्नुका रोड म्याप हाम्रा महान नेताको 'रौशन दिमाग' मा कसरि आँउछन त्यो पनि बुझि नसक्नुको छ । आफ्नै कार्यकालमा रेड कर्नर नोटिस समेत निकालेर टाउकोको मोल समेत तोकिएका अनि आफ्नै दलका हजारौं कार्यकर्ताको हत्या गर्ने माओबादिसंग चाँहि बार्ता गर्न मिल्ने तर राजासंग चाहिँ कुरा गर्न नमिल्ने कु्रा पनि बुझिनसक्नुको छ । संसा्रकै ईतिहासमा हाम्रा जस्ता महान नेता कतै कहिल्यै पैदा भएनन् । आफैले आतंककारि घोषीत गरेका समुह संग मिलेर बहालवाला सरकारको बिरोधमा आन्दोलन भएको विश्वकै ईतिहासमा यो पहिलो पटक हो । अनि साँच्चीकै सरकार बनाउने अबसर पाँउदा त्यसलाई ईन्कार गरि समानान्तर सरकार बनाउने आदर्श नेताहरु पनि यिनै हुन । वाह! महान नेताहरु‍‍‍ …… जुन तरिकाले तिमिहरु आफ्नो ४०- ५० बर्ष पुरानो ईतिहासलाई भुलेर सत्ताको लागि माओबादिको खुट्टामा परेका छौ, त्यो हेर्दा यस्तोलाग्छ तिमिहरुको हालत छिट्टै धोबिको गधाको जस्तै हुदै‌छ ... जुन उनिहरुको जन्दसिध्द अधिकार र बास्तबिक पहिचान पनि हो । नेपालि जनता
Read Full Discussion Thread for this article