[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

tragicomic

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बालविवाह गरेको आरोपमा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ
[VIEWED 3228 TIMES]
SAVE! for ease of future access.
Posted on 12-14-12 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२९ मंसिर, पाँचथर । बालविवाह गरेको आरोपमा प्रहरीले बेहुला–बेहुलीलाई जग्गेबाटै पक्राउ गरेको छ ।

फिदिम-२ का धनकुमार धमलाका १७ वर्षीय छोरा बेहुला राजन धमला र लुमफावुङ ५ बस्ने नरेन्द्र घिमिरेका १७ वषिर्या छोरी बेहुली सुमित्रासहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुलाका बाबु, हजुरबुबा अमृतमान, काका हजुरबुबा मित्रमान, दिदी रिता र पुरोहित कृष्ण गदाल छन् ।

उनीहरुलाई बालविवाह अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । ‘बाल क्लब जिल्ला संजालका सल्लाहकार सुन्दर लावतीले उजुरी दिएपछि स्थानीय बाल समाजले उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हौं ।’ प्रहरी निरीक्षक गोपाल ढकालले अनलाइनखबरसँग भन्नुभयो । पहिलेदेखि नै प्रेमसम्वन्ध रहेका राजन र सुमित्राले करिव २ महिना अघि भागेर विवाह गरेका थिए । ‘प्रेम विवाह गरेर भागेका उनीहरु फर्किएपछि राजनको घरमा भित्र्याउने क्रममा भोज भत्तेर र जग्गेको काम भइरहेको थियो’ ढकालले भन्नुभयो ।

उनीहरुलाई बालविवाहको मुद्धा चलाएर शुक्रबार नै अदालत उपस्थित गराइएको थियो । अदालतले बेहुला–बेहुलीलाई अविभावकको जिम्मा लगाउन र अन्य ५ जनालाई ५/५ हजार धरौटी लिएर तारेखमा छोड्न आदे दिएको छ । ‘हामीले आजै अदालत पेश गरेका थियौं’ प्रहरी निरीक्षक ढकालले भन्नुभयो-’धरौटीमा छोड्ने भनेपछि छाडिएको छ ।’


 
Posted on 12-14-12 11:29 AM     [Snapshot: 80]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I didn’t like this activity of Nepal Police at all. If both parties are agreed and family members were happy, what government wants to do breaking up their relationship?


 
Posted on 12-14-12 12:07 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


it _guy ,
कुरो तेस्तो होइन रैछ नि | ब्राम्हण र दलितबीच अन्तर्जातीय विवाह अनि केटिको बाउ आमालाई मन नपरेको रैछ केटि भागेर केटाको घरमा बस्न गएको , तेस्माथी १८ वर्ष भन्दा मुनिकी केटि | केटा-केटि १८ वर्ष माथि भएको भएता पुलिस ले केहि गर्न सक्ने नै थिएन |

http://kantipuronline.com/nep/2069/8/29/full-story/359114.html

 
Posted on 12-14-12 2:08 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धमला र घिमिरे मध्हे कुनचाहि दलित जातिको हो ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
H1B
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
अब के हाेला त?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters