Posted by: cybernepali December 14, 2012
बालविवाह गरेको आरोपमा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ
Login in to Rate this Post:     0       ?        

२९ मंसिर, पाँचथर । बालविवाह गरेको आरोपमा प्रहरीले बेहुला–बेहुलीलाई जग्गेबाटै पक्राउ गरेको छ ।

फिदिम-२ का धनकुमार धमलाका १७ वर्षीय छोरा बेहुला राजन धमला र लुमफावुङ ५ बस्ने नरेन्द्र घिमिरेका १७ वषिर्या छोरी बेहुली सुमित्रासहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुलाका बाबु, हजुरबुबा अमृतमान, काका हजुरबुबा मित्रमान, दिदी रिता र पुरोहित कृष्ण गदाल छन् ।

उनीहरुलाई बालविवाह अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । ‘बाल क्लब जिल्ला संजालका सल्लाहकार सुन्दर लावतीले उजुरी दिएपछि स्थानीय बाल समाजले उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हौं ।’ प्रहरी निरीक्षक गोपाल ढकालले अनलाइनखबरसँग भन्नुभयो । पहिलेदेखि नै प्रेमसम्वन्ध रहेका राजन र सुमित्राले करिव २ महिना अघि भागेर विवाह गरेका थिए । ‘प्रेम विवाह गरेर भागेका उनीहरु फर्किएपछि राजनको घरमा भित्र्याउने क्रममा भोज भत्तेर र जग्गेको काम भइरहेको थियो’ ढकालले भन्नुभयो ।

उनीहरुलाई बालविवाहको मुद्धा चलाएर शुक्रबार नै अदालत उपस्थित गराइएको थियो । अदालतले बेहुला–बेहुलीलाई अविभावकको जिम्मा लगाउन र अन्य ५ जनालाई ५/५ हजार धरौटी लिएर तारेखमा छोड्न आदे दिएको छ । ‘हामीले आजै अदालत पेश गरेका थियौं’ प्रहरी निरीक्षक ढकालले भन्नुभयो-’धरौटीमा छोड्ने भनेपछि छाडिएको छ ।’

Read Full Discussion Thread for this article