dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बच्चा उमेरको कच्चा बुद्धि

[Please view other pages to see the rest of the postings. Total posts: 102]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 40721 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-25-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर एघार को फाइनल सिद्धेको, आफुलाई पि यच. डि. नै सिध्या जस्तो भाथ्यो। घरमा त बास नै नहुने, कहिले ठुलोबाबाकाँ पुग्याछ कहिले मामाघर।
आज चैं के गर्ने होला भनेर खाना खाएर सोच्दै थेँ पुजा आइपुगि "हिंड जाउ फिल्म हेर्न गोपी कृष्णमा"---फिल्म को किरै थि त्यो पनि।
यसै पनि केही काम थेन घर बसेर, जानु नै पर्यो भनेर सोच्दै थें त्यस्ले १० मिनेट भैसक्यो ऐनाको अगाडी उभिएर घरी कपाल मिलाकी छे घरी "यो लुगामा कस्तो देखिएको छ भन्त" भन्दै ऐनाको अगाडी र पछाडी गर्दै हेर्या हेर्यै छे,
"हल्मा कस्लाइ बोलाकी छेस भन् अनी मात्र जान्छु"-- तेस्का हरेक बानी देखी परिचित थिएँ म। नहुनु पनी कसरी २ कक्षा देखिको साथी।
 
"तँ हुँदा हुदै कस्लाइ बोलौनु नि? कि बोलाउने भए भन्?"--अझ उल्टो मलाई सोध्छे ।
"पर्दैन, जान्ने नहो है तँ, आफ्नु इज्जत त पानिमा बगेको बालुवा जस्तो बनाइसकिस, मेरो अली अली भाको पनी देख्न सक्दिनस है?"--- हुन पनी उस्लाई न आफ्नु इज्जत को पिरथ्यो न घर परिवार को। घरमा पनी बाबा जहिले बाहिर हुने काम को सिलसिलामा, आमालाई पटक्कै टेर्दिन थि। फेरी आमा पनी खाली छोरिको ढाकछोप गर्नु हुन्थ्यो, हद्द भयो भने रिजल्ट भएको दिन रिसाएर गाली गर्नु हुन्थ्यो, पुजालाइ त्यो गालिले छेउ टुप्पा कतै अशर गर्दैनथ्यो।
 
तेस्ले कसैलाइ बोलाको छैन त भनी तर मलाई पुरै बिश्वाश चैँ हुन सकेको थेन। नभ्न्दै हल्मा पुगेको त उस्का आखा चमक चमक गर्दै कस्लाई खोज्न थाली हाले।
 
"पुजे को आउदैछ भनेर मर छिटो, नत्र म गएँ फर्केर"--मेरो मुटुमा ढ्याङ्रो बज्न थाल्यो कुन चैँ नमुनालाइ बोलाकी छे भनेर।

"किन डराकी? पख न थाहा पाइहल्छेस नि"--उल्टो मरी मरी हास्न थाली।
"आखिर तेरो बुढो बाजे आउदै रहिछ त मलाई किन लेराइस"--रिस उठेर मलाई त्यो सँग बोल्न पनी मन लागेको थेन। उ भने केही मतलब नगरेर उल्टो धुइँ धुइँ खोजिरथी। उ खोजिनै राथी मैले देखिहालेँ त्यस्को अबिनलाइ। अबिन मात्रै भए त हुन्थ्यो उ सँग त प्रशान्त पनी आएको रहेछ।
 
बल्ल मेरो दिमागमा एकाएक कुराहरु छर्लङ भए। प्रशान्तलाइ मैले पूजा कै माद्यम बाट चिनेकी थिएँ। उ धेरैनै मिठो गीत गाउँथ्यो र मलाई उस्को आवाज मन पर्थ्यो। पूजालाई एकदिन दशा लागेर के भनेकी थिएँ उस्को स्वोर मन पर्छ भनेर, पूजालाई के चहियो र? हो न हो मलाई प्रशान्त मन पर्छ तर भन्न मन नलागेको सम्झिन थालि, कती चोटि होइन भन्दा पनि जबर्जस्ती हो भनेकी भएर तेस्को मुख बन्द गराउन  ३ दिन अगाडि मात्रै हो भन्देकी थे, उ त धर्ना कसेर लागिछे मलाइ र प्रशान्तलाइ भेटौउन। फेरि त्यो प्रशान्तको स्वोर मत्रै मिठोथ्यो, ओठमा दश पत्र कलेटि परेका जति खेर पनि चुरोट च्यापेर होला, आखा सधै झुम्म परेको कयौ बर्ष देखी निन्द्रा नपुगेको जस्तो र अनुहारमा हेरे पछी उस्ले आँखा ओराल्न जानेको थेन।
 
"पूजा अब चैँ तँ मरिस, म फर्किन्छु, तैं हेर् फिल्म हेर्ने हो कि त्यो अबिन अनी उस्को चुरोटे साथी प्रशान्त"--उस्ले आफ्नो सफाइको लागि दुई शब्द पनि पोख्न पाकी थिन म फरक्क फर्केर हिंडे।
 
"दिपीका तिनिहरुले देखिराछन, प्लिज तँ बेज्जत नगर त मेरो, हिँड बरु चित्त बुझेन भने म पनि फर्किन्छु"--मेरो हात तान्दैथी पूजा, अबिन र प्रशान्त त नजिक्कै  आइपुगिसकेका रहेछन्।
 
"तिमी हामी सँग डराको त हैन दिपिका? हामी खाँदैनौ तिमीलाई, प्रशान्त ले त हेर्नै मात्र पाए नि पुग्छ भन्थ्यो"-- एकदम बडी बोल्नु पर्थ्यो अबिनलाई, को सँग कस्तो मजाक गर्ने भन्ने कुराको ज्ञान उस्लाई कहिले आएन। प्रशान्त चुप चाप नै थियो, पूजाको त मैले पछी सात्तो लिने कुरा निस्चितथ्यो उस्का स्वोर के निस्किन्थे? मलाई अबिनको घटिया मजाक राम्रो लागेको थेन तेसैले बोली पनि फुट्न मानेन्।
 
केही बेर को असजिलो मौनतालाई भङ्ग गर्दै अबिन ले भन्यो--"जाम अब, फिल्म नै सुरु हुने बेला भईसक्यो"
अबिन को हातमा ४ वटा टिकेटथ्यो, हल भित्र छिरे पछी त " दुइटा सिट तल्लो रो मा छ दुइटा माथिल्लो, दिपिका र प्रशान्त तिमीहरु नै भन कहाँ बस्छौ"-- त्यो पूजा र अबिनको नै चाल थियो मलाई र प्रशान्तलाई सँगै बसाउने।
 
एकमन ले म खुशि नै थियेँ त्यो बढि बोल्ने अबिन भन्दा त यो नबोल्ने प्रशान्तको छेउमा नै बस्नु ठिक छ भनेर। मैले प्रशान्तलाइ राम्रो सँग चिनेकि पनि थिन र कहिले धेरै बोलेकोनै पनि, त्यसैले त्यो बताबरण मलाइ निकै नै अप्ठ्यारो लागिराथ्यो। फेरी तल रो मा अबिन र पूजा आफ्नै दुनियाँमा मस्त छन।
 
मैले अप्ठ्यारो मानेको भएर प्रशान्त झन बढी अप्ठ्यारो मानिराथ्यो, आँफैले थाहा पाइरहेको थेन उस्ले खुट्टा हल्लाएको भएर उस्को अर्को छेउमा बस्ने सानी फुच्ची झाँक्री कामेको जसरी हल्लिराथी।
 
"प्रशान्त तिमी एकदम खुट्टा हल्लाइराछौ"---मैले हाँसोलाई काबुमा राख्न सकिन यो पाली र उ पनि हाँस्यो।
 
"तिमीलाई फिल्म हेर्न मन छैन हो?"-- यो पाली चैँ बुझेकै हो मेरो मनको कुरा, तै पनि कती छुच्ची जस्ती हुनु भनेर झुठो नि भएनी बोल्नै पर्‍यो --"हैन ठिकै छ"
 
पूजा बेला बेलामा पल्याक र पुलुक हामीलाई हेर्दै थि, मैले एकचोटि पनि हेरिन त्यस्लाइ। फिल्म सिद्देपछी घर छोड्ने कुरामा बिबाद उठ्यो। अबिनले  पूजालाई कतै लान खोजिराथ्यो र पूजा मेरो अप्ठ्यारो मानिराथी।
 
पूजा र म अलि अगाडिथ्यौ,  "हेर त बच्चा छैनस अब, राम्रो नराम्रो तलाई पनि थाहा छ, कहाँ जानु उचित छ कहाँ जानु छैन तँलाई पनि थाहा छ मलाई पनि, बाँकी आँफै बिचार  गर"--झन राम्रो मुखले सम्झायो भने मान्ली भनेको त, लात को भुत बात ले के मान्थी?
 
 "ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ
क्रमश:

 

भाग २..........

"ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ

प्रशान्त ले मलाई घर छोड्दियो,  घर सम्म छोड्न आएको मान्छेलाई माथि आउ पनि नभनी कसरी पठाउनु?
"माथि हिडन, चिया खाएर जाउ"-- मैले सिस्टाचार निभाएँ।
 
"हुन्छ"-- उस्ले सजिलै सँग मेरो निमन्त्रणा को पालना गर्‍यो र हेल्मेट हातमा बोकेर म सँगै माथि आयो। उ र म भर्याङ् उक्लदैथ्यौ भाइ आयो, मैले "मेरो भाइ" भनेर चिनाउदै थिए उस्ले खल्तिबाट हार्ट क्यान्डी निकालेर दियो भाईलाई।
 
"मेरो भान्जिलाई एकदम मन पर्छ यो क्यान्डी, उ आएकि छे त्यसैले खल्तिमा भैरन्छ"--मनमा जुन कुरा सोचिराथे, मैले नसोधिकन नै उस्ले जवाफ दियो।
 
भाईलाई "आमा काँ हुनुहुन्छ" भन्दा "भान्सामा" भन्यो। जो साथी घरमा आएपनी म पहिले आमालाई नै भेटाउन लान्थे तेसैले  आमाकाँ लगेँ। आमाले एकछिन साधारण कुरा गर्नु भो र भान्सा बाहिर कौशिमा राखेको कुर्सिमा राख्नु भो। प्रशान्त पनि केही अप्ठ्यारो नमानेर आमा सँग हाँसी हाँसी कुरा गरिराथ्यो।
 
म भित्र चिया बनाउने तर्खर गर्दै थे, आमा आएर भन्नु भो--"तिमी जाउ म बनाइदिन्छु चिया",
म बाहिर गएँ र अर्को कुर्सी तानेर बसेँ। कुरा गर्दा रमाइलो रहेछ प्रशान्त। धेरै नबोल्ने तर बोल्दा हाँसी हाँसी बोल्ने बानी रहेछ। बेला बेलामा दातले ओठको पत्रहरु टोकिराथ्यो तर अप्ठ्यारो मानेको जस्तो लागेन।
 
"तिमिलाई आज पूजाले जबर्जस्ती लगेको हो?"-- मैले सोच्दै नसोचेको प्रश्न तेर्स्यायो 
 
"जबर्जस्ति त हैन तर मलाइ तिमिहरु आउने थाहा थिएन"-- साच्चै कुरा भने, पूजाले भन्नु पनि पर्‍योनी थाहा हुन
 
"किन? थाहा भएको भए आउदैनथ्यौ ?"-- खिस्स हाँस्दै रुखो बोलिमा सोध्यो
 
म हाँसे मात्रै, मेरो उ प्रतिको सोचाइ त्यति राम्रो थेन र म भन्न चाहन्न्थेँ। त्यतिकैमा आमा आउनु भो ट्रे मा चिया र भुजिया लिएर। आमालाई देखेर प्रशान्त जुरुक्क उठ्यो र हातबाट ट्रे लिएर टेबलमा राख्यो। मन मनै सोचेँ राम्रो संस्कारमा हुर्केको रहेछ। पूजाले भन्थी -- "जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।
 
"छोरी केहि चहियो भने गोमालाइ भन, बाबा आउने बेला भो म तल जान्छु, ल त बाबु, आउदै गर न है, "-- आमाको हाँसी रहने र मेरो साथिहरु सँग कुरा मिल्ने बानिको सबैले प्रशन्शा गर्थे, प्रशान्त पनि आमाको बिदाइमा मुस्काउदै जुरुक्क उठ्यो। उस्को व्यबहार मा केही देखवोटी पन मैले पाइन।
 
"अबिनले पूजालाई घरमा त छोडिदियो होला नि है?"---धेरै बेर देखी त्यो प्रश्नले मेरो मन खनिराथ्यो, प्याच्च मुखबाट निस्क्यो।
 
"खोइ पूजा को के भर?"-- चियाको कपलाई एक फन्का घुमाउदै उ त्यो कपमा घोरिरह्यो।
 
उस्को एक वाक्यले मेरो मन श्रावनको झरीमा रुझे झैं रुझ्यो। पूजा रमाइलो मन पराउने केटी हो तर एउटा सच्चा साथी पनि त हो।  जे मन पर्दैन अगाडिनै भन्थी, पछाडि कुरा काट्ने उस्को बानी थेन । नसोचिकन प्यच्च बोल्थि तर पनि मेरो एकमात्रै सफा मनको साथी थि। जे जस्तो भए पनि आफ्नो साथीको बारेमा अरुको मुखबाट नराम्रो सुन्दा निकै नरमाइलो लाग्यो मलाई।
 
"किन अबिन को चैँ भर छ र?"--मलाई प्रशान्त को वाक्यले मुटुनै घोचेकोथ्यो र मुख बन्द राख्न सकिन।
प्रशान्तले पुलुक्क मेरो अनुहारमा हेर्यो, शायद बुझ्यो होला मलाई नराम्रो लागेको,
"Don't worry, she will be fine"-- उस्ले चियाको अन्तिम चुस्की लिदै भन्यो र जाने तर्खर्मा उठ्यो। म उस्लाइ छोड्न तल आँगनको ढोका सम्म पुगेँ। माथि आउदा पनि मन खिन्ननैथ्यो पूजा सम्झेर।
 
खाटमा गीत सुनेर पल्टिराथे र पूजा घर पुगी कि पुगिन भनेर मन मा कुरा पनि खेलिराथ्यो, आँगनको ढोका खुल्यो, हेर्छु त पूजा सकी नसकी चोरको जस्तो चालमा ट्रेक्किङ ब्याग जत्रो झोला घिसार्दै आइराछे। म तर्सेर तलै पुगेँ। 
 
"काँ जान ला तँ?" --मेरो हन्शले ठाउँ छोड्ने बेला भैसकेकोथ्यो।
 
"काँ जानुनि तँ काँ बस्छु २-४ दिन" --म भन्दा उहि अघि अघि लाग्छे बा
 
"तेरो घर चैँ के भो? फेरि झगडा गरेर हिडिस् कि क्या हो?"--आफ्नो घरमा आमा सँग या दाइ सँग झगडा पर्यो कि आइपुगिहाल्थि मेरो घरमा झोला बोकेर, मलाइ आगोको ज्वालामा हुमेर।
 
"के हुनु नि? अबिन सँग फोनमा कुर गरिराथे, आमाले अर्को फोन बाट सुनिरहनु भा रे'छ। अब जवान छोरीको बढी चियो चर्चो गरेपछी के-के सुनिन्छ के-के"-- उस्लाई के सुन्नु भयो भन्ने त एकथोपा पनि पिर छैन उल्टो आमाको गल्ती देखाउछे
 
"अनी किन मुन्ट्या त मेरो घरमा? बाबा-आमालाई के भन्ने? "-- ढोका ढप्काउदै अली सानो स्वरमा भने
 
"कस्को घरमा जाँउ त? आफ्नो घरमा बस्न खतरा नै छ आमाको रिस नमरेसम्म, त्यो किच किच सुन्नेर बस्न सक्दिन म"--अझ उस्कै घुर्की लाउछे, आफ्नु मुटुनै फुल्न थालिसक्यो घरमा के भन्ने भनेर।

"मुन्ट्या भए हुन्थ्यो नि तेही अबिनेको घर, दिनभर सँगै थीस अझ तेती ले नपुगेर घर पुग्ने बित्तिकै झुम्मिनु पर्छ फोनमा?"-- त्यस्को बिथिती ताल ले मेरो सहन सक्तिलाई थिचिमिची पारिसकेकोथ्यो।
 
"गई हाल्थेनी तैले सिकाउनु पर्थ्यो र? त्यो बुढीले मेरो फोन त दिन्न, मलाई त के देली र ढिम्किन?"-- बुढी भनेको अबिनको आमा होला भनेर म नियाल्न तिर जोड दिदैथेँ, उ भने २ -४ दिन बस्न आउदा १ महिनालाइ पुग्ने लुगा लिएर आएकि रहिछे, मेरो दराजमा के ठाउँ पुगोस, मरी मरी कोचिराथी।
 
"तेरो लुगा राख्न अर्को दराज पनि चाहिने भएछ अब"---उ अटेसम्म लुगा कोचिराथि
 
"किन नचाहिनु त, तेरो बासै म काँ हुन्छ, बिचर दराज ले पनि के धानोस् दुइ दुइ जना को लुगा"-- आफ्नो लुगा खुम्चेला भनेर अली अली सार्दै उस्लाई ठाउँ बनाउन करै लाग्यो।
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
क्रमश:

 

भाग ३........

 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
मेरो सतोपुत्लो उडिहाल्यो। भाईलाई आमा रिसाउनु भएको छ भन्दा छैन भन्यो तेसैले अली ढुक्क भएँ।
 
"मिलाएर भन है आमालाइ"-- आफ्नो आमा सँग नडराए पनि मेरो आमा सँग चैँ अलि अलि भए नि डराउथि पूजा
 
माथि जाँदा आमा भ्याइ नभ्याइ भान्सामा काम गरिरनु भा रे'छ। काम गर्ने केटि, गोमा,  उता साग पखालिराथी, कुरा बुझ्दा आमालाई त पूजा आएको थाहा नै रहिनछ।
 
"कती कोठामा बसिरा छोरी तिमी? अहिले त पढ्नु छैन, एक छिन यहाँ सघाइदे त हुन्छ  नि"-- पूजा को कुरा निकाल्नु अगाडिनै आमाको स्वर चर्किसक्यो, त्यो शुभ लक्षण थेन।
 
ग्यास चुलोमा दुध बसाल्नु भा रे'छ, मलाई दुध उम्लेला हेर है भनेर आफु आरती गर्न पूजा कोठामा जानु भो। आफ्नु ध्यान चित्त पुरै तल कोठामा बसेकी पूजामाथ्यो, दुध हेर भन्नु भएको, हेरि मात्र रहिछु, सबै उम्लेर पोख्यो। हत्तपत्त ग्यास सानु बनाएर पोखिएको दुध पुस्दै थे, "काहा छ तिम्रो ध्यान" भन्दै आमा आइपुगिहाल्नु भो भान्सामा। आमालाई नभनिकन पनि काम थेन हिम्मत गरेर पूजा बस्ने गरेर आकी छे भनेको त जे सोचेकि थे तेही भयो
 
"त्यस्लाई कहिले आफ्नो घरमा बस्नु पर्दैन भन्या ? छोरी मान्छे भएर लखर लखर डुल्याछ, त्यो सरलालाई भन्न पर्ने भा छ छोरीलाई तर लगा भनेर"-- गाली त पूजाबाट उस्को आमाकाँ सम्म पुग्यो। आमाको पारो चडेको बेलामा मेरो बोलि काँ बाट निस्किनु? म चुपचाप ग्यास पुसिनै राथे, पूजा त अझ गीत गाउदै आइ माथि।
 
अब चैँ गाली भेट्ने भई भनेर म ठीक्क पारीराथे, उ त केहि पिर नगरेर भन्छे-- "ल आमा तल जानु , म र दिपिका भएर गर्छौ भान्सा को काम"
 
"छोरी मैले र सरलाले भान्साकै काम गर्यौ सधैं छोरा छोरीको पिर गरेर,  कुवाँको भ्यागुता जस्तो भयौ,  तर तिमिहरुले त्यो देखेनौ भने कस्ले देख्छ हाम्रो बलिदान? छोरी मान्छेको इज्जत सियो को टुप्पामा हुन्छ, अलिकति ढल्क्यो भने आफैलाइ घोच्छ"-- निकै गहिरो शब्दहरु बज्रे यो पालि पूजा र म माथि।
 
पूजा, म र आमा तिनै जना भान्सामाथ्यौ, एक्छिन मा बाबा पनि आउनु भो माथि। बाबाको आँखामा साफ देखिन्थ्यो पूजा राती बस्ने गरेर आएको मन नपरेको। सधैं बाबाको अनुशासनको पाठमा चल्ने मेरो घरमा पूजाले तेस्को उल्लङन गरेकी थि। बाबाको  सिधान्त थ्यो गाली गरेर भन्दा मनमा लाग्ने गरेर भन्यो भने गल्ती दोहरिदैन र मलाई आमा को सय गाली बराबर हुन्थ्यो बाबाको एक भनाइ र त्यो भनाइ अरुको सामु आउँदैनथ्यो, त्यो आउथ्यो जब हामी घरको मान्छे मात्रा हुन्थ्यौ।  
 
खाना खाउन जेल पनि हामी सबै नै चुपचापथ्यौ। खाना खाएर पूजा र म कोठामा गयौ। भाईपनी मेरो कोठामा आउँदैथ्यो पूजाले आँखा सन्काउन थालिहाली मलाई। उस्लाई चाहिदो नचाहिदो कुरा गर्नु पर्थ्यो उस्को प्रेम काहानीको अनी भाई आएको के मन पर्थ्यो? फकाइ फुलाई भाईलाई पठाएँ,  हुँदा हुँदा भाईले धरी मन पराउन छोडिसकेको थ्यो पूजा घरमा आएको।
 
भाई जाने बित्तिकै सोध्न थालि हालि प्रशान्तले के के कुरा गर्यो भनेर। मलाइ प्रशान्त चिया खाएर गएको कुरा भन्न मन थेन, फेरि जिस्काएर हैरान पार्थि के भन्नु? तर नभनिकन बस्नु पनि उचित थेन, भोलि थाहापाइभने त मलाइ मारिहाल्छे, त्यसैले माथि आयो भनेको मात्र के थिए सुरु भै हाल्यो--
 
"माथि नै आयो?---आमाले केहि भन्नु भएन?"--उस्को स्वर र आँखा दुइटै ठुल्ठुला हुन थाले।
 
"मेरै आमा बुढी मात्रै हो यो संसारमा एकजना कसैलाइ देखि नसहने, मलाइ त एक रति बिस्वाश गर्ने हैन, अब त फोन धरि सुन्न थालेर हैरान भैसके"-- उ गुनसो पोखिराथि
 
"बिस्वाश गर्न त तैले ठाउँ छोडेको पनि हुनु पर्‍यो नि"  
 
"हेर बिस्वाश भनेको त्यस्तै हो, अघि अबिन रिसाइराथ्यो मैले पाटन जान मानिन भनेर जा फोन लेरा त कुरा गर्नु पर्ने छ मेरो"-- दिउँसो हलमा अबिन ले खाश खाश र खुश खुश गरेको त त्यो पो रहेछ।
 
"तँ बढ्ता हुन्छेस्, आफ्नो घरमा तेत्रो कान्ड मच्चाइसकिस् अझ पुगेन, बाबाले सुन्नु भयो भने के भन्ने ? भोलि बिहान गर बरु"-- थामथुम पार्ने कोशिश गर्दै थे म
 
"भोलि बिहान सम्म त कुर्न सक्नु नि पर्यो नि? २ मिनेट मात्र कुरा गर्छु प्लिज फोन लेरान छिटो"-- त्यस्को त्यो ढिप्पी गर्ने बानी कहिले मन परेन मलाई।
 
फोन त बाबाको कोठामा चार्ज गर्न लाग्नु भएको रे'छ, तैपनि २ मिनेट त पुग्छ होला भनेर दिए, उ कुरा गर्दै थि  dead भैहाल्यो। त्यति थोरै समयमा कुरा गर्दा पनि उस्को त झगडा परेछ रुन पो थालि। बल्लतल्ल सम्झाएँ, झन कुरा नगरि भएन भन्छे।
 
"काँ बाट गर्छेस त कुरा अब? अर्को फोन बाबाको कोठामा छ, बाबाको अगाडि बसेर गर्छेस् ? जा गर्ने भए गर म केही भन्दिन"-- अब त मलाई पनि झनक्क रिस उठ्यो।
 
"हिँड जाँउ सोम दाईको पसल बाट फोन गरेर आउ"--उ त आशु पुस्दै त्यो गल्लि बाहिरको पसलमा पो जाने भन्छे।
 
"बौलाइस् कि क्या हो? यति राति कँहा बाट जाने पसल? ढोका खोल्दा बाबाले थाहापाउनु भयो भने दुइ जानाकै खुट्टा भाँच्नु हुन्छ"
 
"ढोका बाट कस्ले जाने भन्या छ र? झ्याल बाट जाने नि"-- मेरो कोठाको अगाडि पटिको ज्यालबाट आँगनमा हाम्फाल्न एक्दम सजिलोथ्यो। आँगनको पर्खाल् झन्डै मेरो झ्याल बाहिरको पिँडि सम्म आइपुग्थ्यो। उस्ले त तेहि बाट जाने दाउ कसिछे।
 
"जान्छेस् तँ यो आधा रातमा झ्यालबाट, कसैले देख्यो भने के भन्ने?"-- उ तेति निडर कुरा गर्छे, आफु चैँ उस्को सट्टा धरि आँत्तिराछु।
 
"कस्ले देख्नु? सबै जाना सुतिसके, कसैको कोठामा नि बत्ति बलेको छैन"--उ त मेरो कुराको वास्त नगरेर जुत्ता निकाल्न थालि। गर्ने भने पछि गरेरै छोड्ने तेस्को बानिले धेरै चोटि अप्ठ्यारोमा पारेको थ्यो दुबैलाइ। आँखा भरी आशु पारेर ५ मिनेट कुरा गरेर फर्किने, प्लिज हिड् कि हिड् भन्न थालि। तँ नजाने भए म एक्लै गएर आउछु पो भन्छे। त्यति राति पुजालाइ एक्लै जान दिन मेरो मन ले मानेन। मैले केहि सोच्नै सकिन। बाबाहरुको कोठामा पनि बत्ति निभिसकेकोथ्यो। उ झ्याल खोलेर बाहिर पिँडिमा पुगिसकि।
 
झ्यालबाट जान पनि झ्याल खुल्लै राखेर हिड्ने कुरा भएन फेरि आफ्नो टोलमा सबै नातेदारहरुनै थे, झ्याल् खुल्लै देखेर बाबालाइ फोन गर्देलान् भनेर गोमालाइ हेर्न गए, उ सुतेकि रहिनछे। उस्लाइ कोठामा लेराएर नफर्किउन् जेल सम्म ढोका लक गरेर बस अनि झ्याल पनि बन्द गर भने र उस्लाइ राखेर दुबै जना झ्याल बाट बाहिर पिँडिमा ओर्ल्यौ। मुटु को धड्कनको गति बडेर ड्रमसेट् को जत्रो आवज निक्लिराथ्यो। हात खुट्टा दुइटै लगलग कामिराथे। पुजा भने मेरो हात समात्दै अघि अघि लागिराथि। पूजा खुत्रुक्क पर्खाल्मा हाम्फाली र त्यहा बाट आँगनमा। म पर्खालमा हाम्फाल्दै थे एक्कासी को करायो---
 
"को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो
 
क्रमश:
 
Last edited: 05-Mar-08 06:48 PM

 
Posted on 03-03-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तै हो कलेजो जिन्दगीको उकाली ओरालिमा झ्याल बाट पनि भागीयो
 
upadharya, welcome!! आमाले गालि गर्दा पनि तिमी भन्ने भए त त्यो गालि नै हुदैन नि, अहिले सम्म त कथामा आमको गालि खाएकै छैन, अलिकति चर्को स्वरले मात्र भन्नु भएको हो, गालि नै त होइन। Thank you so much for the comment.
 
कान्छा, पूजा नेपाल मा छैन। उ त म भन्दा अगाडि तम्सेकि थि नेपालमा बस्न पुग्यो भनेर।
 
फुच्चेकेटो, हा हा पूजालाइ भेट्ने हो? यो दशैमा नेपाल जाँदैछे पूजा, त्यहि भेट्ने हो?
 
somewhereondearth, म पनि हजुर् को कथा को प्रसन्शक हुँ, म हजुरको कथा पनि एकदम् चाख दिएर पढ्छु।
 
शुभ भाइ, दिदि को उटपट्यांग सबैलाइ नभन है, भन्नु हुन्न बा त्यसरी
तिम्रो आचाक्लि लेख्थे फेरि बुहारिले घरमा छिर्नै दिइन भने के गर्नु?
अनि येस्तो सधै खुशि भएर बस्ने दिदि लाइ कहा बाट ठुस्स परेर बसेको देख्यौ भन्या तिमिले? त्यै बुहारिले सिकाकि होलि नि
 
म्यापि, क्या क्या दिन आउने देख्यौ, आफ्नै घरको पर्खालमा चड्दा चोर रे
 
पुन्टे ज्यु, हा हा बदमाश केटिहरु रे, हो त्यो चैँ बदमशि नि गरेको हो
 
yakku, part 3  होइन, part 4 होला, म छिट्टै टाँस्छु है
 
आ-आफ्नो किम्ती समय निकलेर पढिदिनु भएकोमा सबैलाई धन्यवाद। अर्को भाग सके सम्म छिट्टो नै प्रस्तुत गर्नेछु।
दिपिका

 
Posted on 03-04-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग
 
को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो......
 
पल्लो घरको शम्भु अन्कल त बुर्लुक बुर्लुक उफ्रेर कराएको देखे आफ्नो आँगनबाट,
 
"अंकल म म, दिपिका"--पर्खालबाट तल ओर्लिने कि माथि पिढिमा चडने सोच्दै लग्लग कामेका मेरा खुट्टा चिप्लिनबाट रोख्दैथे।

"नानि किन पर्खाल् पर्खाल् हिँडिरा येति राति?"-- मेरो भन्दा बडी शम्भु अंकलका खुट्टा लर्बराइरहेका थे, बढिनै पिएका रहेछन्।
 
"कुकुर भुकेको भुकेकै गर्‍यो  त्यसैले खोर बाट निकाल्दिन लागेको"-- धन्न त्यो अंकलको चर्को स्वरले गर्दा कुकुर पनि त्यो भन्दा चर्को स्वर मा भुकिराथ्यो।
 
"काँ त्यो जड्या संग कुरा गरेर बसिरा, ओर्लि तल छिट्टो"-- पूजा कराउन थालि तलबाट
 
"ल खुरुक्क कोठामा गएर सुत, राती राती यसरी झ्याल बाट ओरोदोरो गर्दा चोर्ले देखेर तेही सिक्ला"-- लर्बरिदै भर्र्याङ् चडदै हुनुहुन्थ्यो शम्भु अंकल र खुट्टाकै तालमा निस्किराथे बोलिपनि।
 
"हुन्छ" भन्दै  बिस्तारै आँगन मा हाम्फाले,
 
"तेरो टोलमा पनि कती चासो चाहिन्छ मान्छेहरुलाई, आफु जड्या सिधा हिड्न सक्या छैन अरुलाइ सिकाउछ"-- टोलको कुरा ठिकै भनेकि हो पूजाले र त्यो अंकलको पनि।
 
त्यो समयमा आफ्नो घरमा फोन हुँदा हुँदै पनि पसल मा पुग्दा मैले सोम दाई को अनुहार सिधा हेर्न सकिन। पूजाले फोन गर्नु छ भनी, उस्को टोल होइन उस्लाई त के पिर थ्यो र? आफुलाई भोली तेही दाई सँग दात ङिच्याएर हिंड्नु पर्थ्यो। दाइले केही नभनी लक गरेर राखेको फोन खोलिदिनु भो। पूजा कुरा गर्दै थि मलाई निक्कै असजिलो लागिराथ्यो, सोम दाइको ,त्यो समयमा त्यसरी घरबाट बाहिर निस्केको र तेस्मा पनि त्यो सम्भु अंकलले देखेको। त्यो असजिलो पन मेरो अनुहारमा प्रस्ट देखिन्थ्यो, सोम दाइले  त्यो बुझ्नु भयो, केही सोध्नु भएन। मैले घरि हातका औलाहरु पड्काउने घरि नङ टोक्ने गरेको देखेर पूजाले पनि आफ्नो कुरा टुङाउन तिर जोड दीराथी, तर जती जोड दिएपनी बिस मिनेट त लगाइहाली। जाने बेलामा मैले हिम्मत गरेर सोम दाइसँग हाँसे। निकै नै नमिठोथ्यो त्यो पल मेरो लागि। फर्किदा बाटोमा म चुपचाप थे।
 
बिस्तारै पर्खाल चडेँ, पिँडिमा पुग्दा केहि आवज आएको जस्तो लाग्यो। राम्रो सँग सुनेको त बाबाको स्वर सुन्छु म त--
 
"दाई तेस्को संगत गतिलो छैन भन्ने मलाइ पहिले थाहाथ्यो"-- संगत को कुरा गर्दा त आँफैलाई भन्नु भएको जस्तो लाग्यो, फेरी बाबाले दाई त खाली ठुलो बाबालाई मात्र भन्नुहुन्छ, केहि कुरा बुझ्या होइन आफुले
 
झ्यालमा पुगेपछी हेर्दा झ्याल खुल्लई छ, तीन छक्क पर्दै भित्र छिरे, गोमा कोठामा पनि छैन ढोका पनि ढप्काको मात्रै छ लक गरेको छैन।
 
"कसैलाई नभनिकन घरबाट निस्किने, तेस्लाई गलहत्याएर निकाल्दिनु पर्‍यो "-- यसो कुरा बुझ्दा बाबा ठुलो बाबा सँग फोनमा कुरा  गरिरहनु भएको जस्तो लाग्यो
 
"अब घरमै नबस्नेलाइ के गलह्त्याएर निकाल्ने नि? आफै निक्लिनेलाइ अरुले के निकाल्नु? तेरो बाउ पनि जे पायो तेहि भन्ने"--पूजा जोस्सिराथी, म चैँ कुरा बुझ्न भित्तामा कान टाँसिराथेँ
 
"तेस्तो एकसुरे काम गर्नेलाइ कोठामा राखेर त गएको के हुन्थ्यो? सके ढोका खुल्लै राखेर कतै गै होलि अनि थाहा भयो होला सबैलाइ हामि झ्याल् बाट भागेको"-- पूजा एक्लै जङ्गिराथि
 
"जति झगडा परे पनि आमालाइ त भन्नु पर्छ, आमालाइ धरि नभनि हिड्ने, तेस्को पाता कस्न नपुगेको अरु केहि होइन"-- बाबा त अझै उर्लदै हुनुहुन्छ। 

"तैले आमालाइ भनेकि थिनस् यहा जान्छु भनेर?"-- पूजालाइ सोधेँ
 
"झगडा गरेर आउँदा नि कोही यहाँ आउछु र त्या जान्छु भनेर हिड्छ त? गालि गर्न सक्ने मान्छेले आफै थाहा पाउनु पर्छ"-- अझ उही स्वर ठुलो गर्छे ।
 
"तैँ राक्षस को आमाले फोन गरेरै सबै भएको हो यो, नत्र कसरी बाबालाई थाहा हुन्छ तैले नभनी कन आएको भनेर?"  
 
"सोझो बाउ भएर हेपेको होला, ल त्यो बेल्ट निकाल्, त्यस्लाई बेल्ट्का कोरा नलगाइ छोड्दिन म आज"-- बाबा त पिट्ने नै सम्म पुग्नु भयो। आज सम्म गाली त तेती नखाको मान्छे लाई सिधै पिट्ने कुरा अझ त्यो पनि बेल्टले। मुटुमा आधिबेरि चलेर आखाबाट त झरि नै बर्सिन थाल्यो।
 
"नरो नरो यो बाउहरु तर्साउने मात्रै हो के, छोरीलाई कहाँ पिट्नु नि, मेरो बाउले कती चोटि बेल्ट्को घेरा लगाइसक्नु भो आज सम्म, सच्चिकै त कहाँ पिट्न सक्नु? त्यही पनि हामीले के नै गरेका छौँ र? हामी जती डरायो उती हेप्छन यि बाउ आमाहरु बुझिस्, मान्छे का छोरीहरु कती बिग्रेर्का छन्, हामी त धेरै नै सोझा हो, अझ तैले त के नै नराम्रो काम गरेकी छेस् र बेल्टले हान्नलाई।"-- पूजाले सम्झाको हो कि उक्साको हो त्यो मैले सोचिन, तर उस्को कुरा पनि ठीक लाग्यो मलाई, मैले के नै गरेको थे र? 
 
"काँ जान लाग्नु भएको हजुर अब यति राति"--बल्ल आमाको स्वर सुने
 
"काँ जानु? अब दाइ ले खोज्न जाउ भन्नु भयो भने खोज्नै भए नि जानु पर्यो नि"
 
अब बाबा खोज्नै जाने भने पछि त बाहिर निक्लिनु परिहाल्यो, निस्किनु पनि कसरि बाबा उता घरि घरि बेल्ट् खोइ भनिरनु भएको छ। जिन्दगिमा न कहिले बेल्ट्को कोरा खाएको थेँ न त कसैले सच्चिकै खाएको यो आखले देखेको थेँ। ढोका खोलेर बाहिर निस्किने आँट पनि मरे काटे आउदैन। बाबाले घरको मुल ढोका खोल्न लाग्नु भएको थाहा पाए पछि म पूजाले उक्साएको भरमा निस्के---
 
"बाबा म कोठामै छु"-- उक्साएको भरमा बाहिर निस्क्याथे, बाबालाइ देखेपछि त डरले डाँको छोडेर रुन थालेँ। बेल्ट्को कोरा खान पनि तयार भएर देखा परेको थेँ बाबाको अगाडि  
 
"के गरिरा यति बेर सम्म नसुतेर"-- बाबाको आवाजको को तिब्रता त उहि थ्यो तर प्रश्न चै नसोचेको आयो
 
"हजुरको पनि रिश अती नराम्रो छ, हजुर कराको सुनेर बिचर  चिल्लेर रुन थालिछे। दाइले नै छाडा छोडेर त हो नि त्यो बिपिने बिग्रेको,  नत्र घरमा झगडा गरेर कोहि हिड्छ यो समयमा। हजुर् बेक्कार् तत्तो न छारो  सँग आफ्नु blood pressure बडाएर के गर्ने? भयो पर्या छैन हजुर पनि अहिले दाइकाँ जान....."--- आमा बाबालाइ ठुलोबाबाकाँ जान रोकिरहनु भएको थ्यो, मेरा कान ले बाँकि केहि सुनेनन्, भगवान को नाम् लिदै म लुसुक्क आफ्नो कोठामा छिरेँ। ढोका लक गरेर थचक्क भुइमा बसेँ। धड्कन्को गति अझ पनि  तिब्र नै थ्यो। पूजा पनि मेरो छेउमा आएर बसी।
 
"बुझिस् मैले त तैले sure नै कोरा खाइस् भन्ने सोच्याथे"-- अहिले आएर त पूजे तेसो पो भन्छे
 
"चुप् लाग् अघि सम्म छोरीलाई पिट्नु हुन्न बाबाहरु ले भनिराथिस"
 
"त्यो त भन्देको पो त, छोरा न छोरी रिस को झोक्मा, तलाइ के था त्यो बेल्ट् ले कति दुख्छ भनेर? म त तँ बाहिर निस्किने बित्तिकै भित्र पटि बाक्लो trousers  अनि बाहिर jeans लाउन भ्याइसकेको थे, तेरो पछि मेरो पालो भनेर"
 
समाप्त!!!!!


 
Posted on 03-04-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो त भन्देको पो त, छोरा न छोरी रिस को झोक्मा, तलाइ के था त्यो बेल्ट् ले कति दुख्छ भनेर? म त तँ बाहिर निस्किने बित्तिकै भित्र पटि बाक्लो trousers  अनि बाहिर jeans लाउन भ्याइसकेको थे, तेरो पछि मेरो पालो भनेर"   पूजालाई चाही मैले माने बा, अदभुत नमुना नै हो।

साह्रै रमाइलो रहेछ यो अन्तिम भाग। सजिब सम्बादहरु अनी हास्यब्यङ को मिश्रणले कथा को शोभा नै बढाएको छ। यस्तै राम्रो राम्रो कथाहरु अरु पनि लेख्दै गरम ।


 
Posted on 03-04-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ट, एकदम राम्रोलाग्यो, सदा झै!!
बिशेष गरि
"त्यो समयमा आफ्नो घरमा फोन हुँदा हुँदै पनि पसल मा पुग्दा मैले सोम दाई को अनुहार सिधा हेर्न सकिन। पूजाले फोन गर्नु छ भनी, उस्को टोल होइन उस्लाई त के पिर थ्यो र? आफुलाई भोली तेही दाई सँग दात ङिच्याएर हिंड्नु पर्थ्यो। दाइले केही नभनी लक गरेर राखेको फोन खोलिदिनु भो। पूजा कुरा गर्दै थि मलाई निक्कै असजिलो लागिराथ्यो, सोम दाइको ,त्यो समयमा त्यसरी घरबाट बाहिर निस्केको र तेस्मा पनि त्यो सम्भु अंकलले देखेको। त्यो असजिलो पन मेरो अनुहारमा प्रस्ट देखिन्थ्यो, सोम दाइले  त्यो बुझ्नु भयो, केही सोध्नु भएन। मैले घरि हातका औलाहरु पड्काउने घरि नङ टोक्ने गरेको देखेर पूजाले पनि आफ्नो कुरा टुङाउन तिर जोड दीराथी, तर जती जोड दिएपनी बिस मिनेट त लगाइहाली। जाने बेलामा मैले हिम्मत गरेर सोम दाइसँग हाँसे। निकै नै नमिठोथ्यो त्यो पल मेरो लागि। फर्किदा बाटोमा म चुपचाप थे।"

लेख्दै गर्नु होला!!!

 
Posted on 03-04-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्पू, दामी गयो यो भाग नि! त्यो पूजे त साँच्चिकै नमूना हो! हा हा!

>>>"काँ त्यो जड्या संग कुरा गरेर बसिरा, ओर्लि तल छिट्टो"-- पूजा कराउन थालि तलबाट <<<
हा हा!

अनि देवेन्द्र अंकललाइ नमस्ते भन्दिनु है! छोरीको नाम चैं आफ्नोसँग मिलार राख्नुभा' रेछ!

 
Posted on 03-04-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि मानें ल पूजालाई!!! साँच्चै अब त भेट्नै मनलाग्यो !!!!

लेखाइ अति राम्रो छ, पढ्दै जान पाउँ !


 
Posted on 03-04-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hehe, part 4 hune parne ma part 3 po bhaechha, sorry hai. Kathaa ko ending ekdam raamro laagyo. Aru pani jaos.   
 
Posted on 03-04-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la Dipika ending le ta babal turn liechha ni.....yesai praise gareko ho ra yar timro

""त्यो त भन्देको पो त, छोरा न छोरी रिस को झोक्मा, तलाइ के था त्यो बेल्ट् ले कति दुख्छ भनेर? म त तँ बाहिर निस्किने बित्तिकै भित्र पटि बाक्लो trousers  अनि बाहिर jeans लाउन भ्याइसकेको थे, तेरो पछि मेरो पालो भनेर"----  I want to meet Puja too.....wat a character!!!!


 
Posted on 03-04-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्न बाल बाल बच्या हो भाई यि दुइटी
फेरी त्यो बिपिनेलाई पनि पूजा घर छोडेर हिंडेकै दिन किन हिंड्न पर्या हो नि
कत्रो ढ्याङ्रो ठोकिसक्या थ्यो है दिपिका?
पूजा अहिले अम्रिका मै छे रे? काँ?
सदा झै सरल साथै चटक्क लेखाइ
धन्यवाद दिपिका


 
Posted on 03-04-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मर्छु कि क्या हो हाँस्दा हाँस्दै

ग्रेट!!


 
Posted on 03-04-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipu kya hasa ko yar timile feri padhe ko feri ustai hasya la .
 
Posted on 03-04-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्मा केही नलेखी पढेर मात्र बसेको थिए,
अब त सकीएन बा,
पूजाको त के कुरा गर्नु, आइतम नै राइछ,
लास्त पार्ट को पनि लास्ट त क्या हसाउने भन्या,
गजबै राइछ, हाँस्द हाँस्द के भन्ने


 
Posted on 03-04-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे पूजालाइ र उस्को हिम्मतलाइ सधै सबैले माने,
 
सोम, हामी दुबै जना लेख्दै गरौ है। हजुरको पनि कथा त म रमाइ रमाइ पढ्छु नि
 
म्यापी तिमी पनि नहसाउन, बाबाको र छोरीको नाम नमिले कस्को मिल्छ त?हो भन्या पूजा एउटा नमुना नै थि, डर भर नभएकी
 
चेली यि केटाहरु त पूजालाइ भेट्ने भनेर कराको कराइ छन अब तिमीलाई पनि भेट्न मन लाग्या साच्चि हो? हो भने त म भेटाइदिन्छु क्या  रे
 
yakku, हा हा केहि छैन भाग ३ भाग ४ जे भने पनि, तर यो चै अन्तिम भाग हो नि,
 
कलेजो, तिमीलाइ पहिला म भेट्छु अनि मात्रै पूजालाइ भेटाइदिन्छु हुन्छ?
 
रिट्ठे, ढ्याङ्रो ठोकिसक्या रे  त्याँ आफ्नो प्राण जान लागिसक्याथ्यो, कती खेर कोरा बर्सिने हो भनेर, मैले त आफ्नो मिती पुग्यो भन्ने सोचिराथे त्यो बेलाँ त
 
 miss sis, के भनेको त्यस्तो, झन आफु आफ्नो दिज्जुलाई नाती पानाती चिनाउँला भनिरा हजुर चै मर्ने कुरा गर्ने  अनि शुभ भाइ चै खोइ आज,  कि गयो बुहारि सँग ससुरालि
 
प्रेरणा तिमी फेरी पढेर हासेकी
मर्छु कि क्या हो म पनि हाँसेर, कसो सिस
 
Serial jyu, अहिले सम्म पढेको मात्रै ल हेर केहि नलेखेको, ल जे होस् अन्तिम सम्म मा त  लेख्न वाध्य नै गराइछु खुशी लाग्यो :) thank you
 
धन्यबाद!!!!!!
Last edited: 04-Mar-08 05:26 PM

 
Posted on 03-04-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

puja lai chahin maannai parne rahecha... la story maa ta gajab twist aayecha... ending chaahin daami gayo... kasto pujalai bhetna man laagyo... launa tyo kahaan che holi
 
Posted on 03-04-08 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'miss sis, के भनेको त्यस्तो, झन आफु आफ्नो दिज्जुलाई नाती पानाती चिनाउँला भनिरा हजुर चै मर्ने कुरा गर्ने  अनि शुभ भाइ चै खोइ आज,  कि गयो बुहारी सँग ससुरालि '

 मेरीबास्सै!!  नातिपनाति पनि मलाइ चीनाइ रहनु पर्छ  म आफै चिनिहाल्छु नि  दिपूसिस

BTW  कति जना  नातनातिना भए भन्चु  र (मेरा के--मार्ने भइन सिसले  भाग्छु म)

 खै गयो कित तिम्रो शुभ भाई  बुहारीले सिनेमा हेर्न लैजान्छु भैन्दै थियो ---


 
Posted on 03-05-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीका मैले सप्पै भाग पढीनसकी टिप्पणी नगर्ने कसम खाएको थिएँ आँफै सग। आज त्यो कसम तोड्दै छु। तिमीलाई त्यो पुजेले देको दु:ख देखेर त अहिले गएर जगल्ट्एदिउ जस्तो लाग्यो त्यस्लाई। जस्ट किड्डिग है। सरल घटनालाई पनि यती राम्रो प्रस्तुती दिन सक्नु एउटा साधारण लेखक (लेखिका) को खुबी हुन सक्दैन। अरु के भनम ..............
 
Posted on 03-05-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice ending Dipika.

"त्यो त भन्देको पो त, छोरा न छोरी रिस को झोक्मा, तलाइ के था त्यो बेल्ट् ले कति दुख्छ भनेर? म त तँ बाहिर निस्किने बित्तिकै भित्र पटि बाक्लो trousers  अनि बाहिर jeans लाउन भ्याइसकेको थे, तेरो पछि मेरो पालो भनेर"

Puja is some character huh...

So do you still get in trouble because of Puja?


 
Posted on 03-05-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा पिर नगर कुनै दिन होला तिम्रो र पूजाको भेट पनि, तर मलाई चैँ केहि नभन्नु त्यो बेलामा


सिस भए पछी भन्छु हैनाति नातिना चै दैब ले साँचे नमरी बाँचे भने , अनी शुभ भाईलाई उल्टो बुहारी ले पो लगेकी सिनेमा हेर्न

norton, welcome,  पूजालाई जगल्टाउने रे त्यो शुभ कार्य मैले एक्लैले नसकेर साथी खोजेको कती बर्ष भैसक्यो, अब त रिश पनि मरिसक्यो मेरो, जस्ट किड्डिग, टिप्पणी को लागि धन्यवाद।

Punte, अझ पनि दु:ख दि भने त त्यस्को जगल्टा निकाल्न गई हाल्छुनी, ya she was something and still is but will always be my good friend.

 
Last edited: 09-Mar-08 09:07 PM

 
Posted on 03-07-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

depika ji....

nice ending to a story........ nice one....

keep it up.....

just one question... are u still in touch with Puja.... say hi from my side too...( jus kidding hai)

cheers,

 

 


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters